वित्त मन्त्रालय
azadi ka amrit mahotsav

आयकर अधिनियम, 1961 को व्यापक सरलीकरणको दिशामा आयकर विधेयक, 2025 आज संसदमा पेश गरियो


Posted On: 13 FEB 2025 3:54PM by PIB Gangtok

आयकर विधेयक, 2025 आज संसदमा पेश गरियो, जुन आयकर अधिनियम, 1961 को भाषा र संरचनालाई सरली बनाउने दिशामा एक महत्वपूर्ण कदम हो

सरलीकरण अभ्यास तीन मुख्य सिद्धान्तहरूद्वारा निर्देशित थियो:

  1. राम्रो स्पष्टता र सुसङ्गतताको लागि पाठ्य र संरचनात्मक सरलीकरण।
  2. निरन्तरता र निश्चितता सुनिश्चित गर्नका लागि कुनै प्रमुख कर नीति परिवर्तन छैन
  3. कर दरहरूमा कुनै संशोधन छैन, करदाताहरूको लागि पूर्वानुमानलाई संरक्षण गर्नु।

एक तीन-आयामी दृष्टिकोण अपनाइएको छ:

  • पठनीयता बढाउनका लागि जटिल भाषालाई समाप्त गर्ने।
  • राम्रो नेभिगेशनको लागि अनावश्यक तथा दोहोरिने प्रावधानहरूलाई हटाउने
  • सन्दर्भकलाई सहजता बनाउनका लागि तार्किक रूपमा खण्डहरूलाई पुनर्गठन गर्ने।

परामर्श र शोध आधारित दृष्टिकोण

सरकारले करदाता, व्यवसाय, उद्योग संघ र पेशेवर निकायहरूसँग परामर्श गर्दै व्यापक सरोकारवाला संलग्नता सुनिश्चित गरेको छ। प्राप्त 20,976 अनलाइन सुझाउहरू मध्ये, सान्दर्भिक सुझाउहरूको जाँच गरियो र सम्भव भएसम्म सामेल गरियो। उद्योग विशेषज्ञ र कर पेशेवरहरूसँग परामर्श गरियो र अस्ट्रेलिया र यूकेका सरलीकरण मोडेलहरूको उत्कृष्ट अभ्यासहरूको लागि अध्ययन गरियो।

सरलीकरण अभ्यासको परिणाम मात्रात्मक

प्रभाव

समीक्षाले ऐनको मात्रामा उल्लेखनीय कमी ल्याएको छ, जसले गर्दा यसलाई अझ सुव्यवस्थित र सुगम बनाएको छ। प्रमुख कटौतीहरू तल संक्षेपमा प्रस्तुत गरिएका छन्:

वस्तु

विद्यमान आयकर ऐन, 1961

आयकर विधेयक, 2025 मा प्रस्ताव गरिएको

परिवर्तन (कटौती/थप)

शब्द

512,535

259,676

कमी: 252,859 शब्द

अध्याय

47

23

कमी: 24 अध्याय

धाराहरू

819

536

कमी: 283 धाराहरू

तालिका

18

57

जोड़: 39 तालिका

सूत्र

6

46

जोड़ि: 40 सूत्र

 

गुणात्मक सुधार

 

  • सरलीकृत भाषा, कानूनलाई अझ सुलभ बनाउनु।
  • संशोधनहरूको समेकन, खण्डीकरण कम गर्ने।
  • अधिक स्पष्टताको लागि अप्रचलित तथा अनावश्यक प्रावधानहरूलाई हटाउने
  • सुधारिएको पठनीयताको लागि तालिका र सूत्रहरूको माध्यमद्वारा संरचनात्मक तर्कसङ्गतीकरण
  • विद्यमान कर सिद्धान्तहरूको संरक्षण, उपयोगिता बढाउँदै निरन्तरता सुनिश्चित गर्नु।

आयकर विधेयक, 2025 ले एक सरल तथा स्पष्ट कर ढाँचा प्रदान गरेर व्यवसाय गर्न सहजता बढाउने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

********


(Release ID: 2102801) Visitor Counter : 39