मन्त्रीमण्डल
                
                
                
                
                
                    
                    
                         कृषकहरूलाई सुपथ मूल्यमा डीएपीको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्न थप आदेश जारी नभएसम्म 01.01.2025 देखि डाइ-एमोनियम फोस्फेट (डीएपी) माथि एनबीएस सहायता प्रदान गर्न एकपटकको विशेष प्याकेज विस्तार गर्न मन्त्री मण्डलद्वारा अनुमोदन
                    
                    
                        
                    
                
                
                    Posted On:
                01 JAN 2025 3:28PM by PIB Gangtok
                
                
                
                
                
                
                प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रिय मन्त्री मण्डलले कृषकहरूलाई सुपथ मूल्यमा डीएपीको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्न थप आदेश जारी नभएसम्म 01.01.2025 देखि डाइ-एमोनियम फोस्फेट (डीएपी) माथि @ ₹ 3,500 प्रति एमटीको दरले एनबीएस सहायता प्रदान गर्नका लागि एकपटकको विशेष प्याकेज विस्तारलाई अनुमोदन गरेको छ। यसका लागि सम्भावित बजेट आवश्यकता करिब ₹3,850 करोड रहनेछ।
पृष्ठभूमि :
उर्वरक निर्माता एवं आयातकर्ताहरूका माध्यमद्वारा कृषकहरूलाई छूट दरमा 28 श्रेणीको पी एवं के उर्वरक उपलब्ध गराइन्छ। पी एवं के उर्वरकमाथि सहायता 01.04.2010 देखि प्रभावी रूपमा एनबीएस योजनाद्वारा शासित छ। कृषकहरूको कल्याणलाई उच्च प्राथमिकता दिने प्रक्रियालाई जारी राख्दै, भारत सरकारले डाइ-एमोनियम फोस्फेट (डीएपी) उर्वरकको मूल्य अपरिवर्तित राखी कृषकहरूलाई व्यापक राहत प्रदान गरेको छ। भू-राजनीतिक अडचन अनि वैश्विक बजार स्थिति अस्थिर रहे तापनि, खरिफ अनि रबि 2024-25 का लागि कृषकहरूलाई डीएपी सुपथ मूल्यमा उपलब्ध हुने सुनिश्चित गर्दै सरकारले कृषकमैत्री दृष्टिकोण अपनाएको छ। मन्त्री मण्डलले जुलाई 2024 मा, ₹2,625 करोड बराबरको वित्तीय प्रभावका साथ 01.04.2024 देखि 31.12.2024 सम्मका लागि @ ₹ 3,500 प्रति एमटीको दरले एनबीएस सहायताको निम्ति एकपटकको विशेष प्याकेज अनुमोदन गरेको थियो। मन्त्रीमण्डलको आज बसेको बैठकले (01.01.2025) ₹3,850 करोड बराबर वित्तीय प्रभावका साथ डीएपीमाथि विशेष प्याकेज विस्तार गर्ने अनुमोदन गरेको छ। यसका साथमा, कृषकहरूलाई सुपथ मूल्यमा डीएपीको उपलब्धता सुनिश्चित गर्न, अप्रेल 2024 देखि डीएपीका लागि अनुमोदित विशेष प्याकेजको कूल रकम ₹6,475 करोड हुनेछ। (पीआइबी)
लाभ : कृषकहरूलाई डीएपीको छूट, सुपथ साथै मुनासिब दरमा उपलब्धता सुनिश्चित हुनेछ। 
कार्यान्वयन रणनीति तथा लक्ष्य : डीएपीमाथि @ ₹ 3,500 प्रति एमटीको दरले विशेष प्याकेज 01.01.2025 देखि थप आदेश जारी नभएसम्मको अवधिका लागि, कृषकहरूलाई सुपथ मूल्यमा डीएपी मलको सुचारू उपलब्धता सुनिश्चित गर्न अनुमोदित एनबीएस सहायताका अतिरिक्त प्रदान गरिनेछ। 
********
                
                
                
                
                
                (Release ID: 2089300)
                Visitor Counter : 90
                
                
                
                    
                
                
                    
                
                Read this release in: 
                
                        
                        
                            English 
                    
                        ,
                    
                        
                        
                            Urdu 
                    
                        ,
                    
                        
                        
                            हिन्दी 
                    
                        ,
                    
                        
                        
                            Marathi 
                    
                        ,
                    
                        
                        
                            Bengali 
                    
                        ,
                    
                        
                        
                            Assamese 
                    
                        ,
                    
                        
                        
                            Manipuri 
                    
                        ,
                    
                        
                        
                            Punjabi 
                    
                        ,
                    
                        
                        
                            Gujarati 
                    
                        ,
                    
                        
                        
                            Odia 
                    
                        ,
                    
                        
                        
                            Tamil 
                    
                        ,
                    
                        
                        
                            Telugu 
                    
                        ,
                    
                        
                        
                            Kannada 
                    
                        ,
                    
                        
                        
                            Malayalam