प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

78 औं गणतन्त्र दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सम्बोधनको मूल पाठ


Posted On: 15 AUG 2024 2:30PM by PIB Gangtok

भारत माता की जय।

भारत माता की जय।

भारत माता की जय।

भारत माता की जय।

मेरा प्यारा देशवासीहरू, मेरा परिवारजन!

आज त्यो शुभ घडी हो, जब हामीले देशको निम्ति मरिमेट्नेहरू, देशको स्वतन्त्रताका लागि आफ्नो जीवन समर्पित गर्नेहरू, आजीवन सङ्घर्ष गर्नेहरू, फाँसीको तख्तामा चढेर भारत माताकी जयको नारा लगाउने अनगन्ती स्वाधीनताका दिवानालाई नमन गर्ने यो पर्व हो। उनीहरूको पुण्य स्मरण गर्ने पर्व हो। आजादीका दिवानाहरूले हामीलाई आजादीको यस पर्वमा स्वतन्त्रताको सास लिने सौभाग्य दिए। यो देश उनीहरूप्रति ऋणी छ। यस्ता हरेक महापुरुषप्रति हामी आफ्नो श्रद्धाभाव व्यक्त गर्दछौं।

मेरा प्यारा देशवासीहरू,

आज जुन महानुभवहरूले राष्ट्र रक्षाका लागि अनि राष्ट्र निर्माणका लागि पूर्ण लगनका साथ, पूर्ण प्रतिबद्धताका साथ देशको रक्षा पनि गरिरहेका छन्, देशलाई नयाँ उँचाईमा लैजाने प्रयास पनि गरिरहेका छन्। चाहे त्यो हाम्रा किसानहरू होस्, हाम्रा जवान होस्, हाम्रा नवजवानको आँट होस्, हाम्रा माता-बहिनीहरूको योगदान होस्, दलित होस्, पीडित होस्, शोषित होस्, वञ्चित होस्, अब हामीबीच पनि स्वतन्त्रताप्रति त्यसको निष्ठा, लोकतन्त्रपर्ति उसको श्रद्धा , यो सम्पूर्ण विश्वका लागि एउटा प्रेरक घटना हो। म आज यस्ता सबैलाई आदरपूर्वक नमन गर्दछु।

मेरा प्यारा देशवासीहरू,

यस वर्ष अनि विगत केही वर्षदेखि प्राकृति आपदाका कारण हामी सबैको चिन्ता बढ्दै गइरहेको छ। प्राकृतिक आपदामा अनेकौंले आफ्नो परिवारजन गुमाए, सम्पत्ति गुमाए, राष्ट्रले पनि बारम्बार नोक्सानी भोग्नु पऱ्यो। म आज ती सबैप्रति आफ्नो संवेदना व्यक्त गर्दछु र उनीहरूलाई विशअवास दिलाउन चाहन्छु, यो देश यस सङ्कटको घडीमा उनीहरू सबैका साथ खडा छ।

मेरा प्यारा देशवासीहरू,

हामीले स्वाधीनताको पहिके दिन याद गरौं, सयकडौं सालको गुलामीमा हरेक कालखण्ड सङ्घर्षको रहेको थियो। युवा होस्, बुजुर्ग होस्, किसान होस्, महिला होस्, आदिवासी होस्, उनीहरूले गुलामीका विरुद्ध युद्ध लडिरहे, अविरल युद्ध लजिरहे। इतिहास साक्षी छ, 1857 को स्वतन्त्रता सङ्ग्राम, जसलाई हामी याद गर्दछौं, त्यसअघि पनि हाम्रो देशका कैयौं आदिवासी क्षेत्र थियो, जहाँ स्वाधीनताको युद्ध लडिन्थ्यो।

साथीहरू,

गुलामीको यति लामो कालखण्ड अत्याचारी शासक, अपरम्पार यातना, सामान्यदेखि सामान्य मानवीयको विश्वास तोड्ने हरेक तरिका, त्यसका बावजुद पनि त्यस समयको जनसङ्ख्याको हिसाबले करिब 40 करोड देशवासीले जुन साहस देखाए, जुन सामर्थ्य देखाए, एउटा सपना लिएर अघि बढे, एउटा सङ्कल्प लिएर बढिरहे, जुझिरहे, एकै स्वक थियो वन्दे मातरम, एउटै सपना थियो भारतको स्वतन्त्रता। 40 करोड देशवासीले, अनि हामीलाई गर्व छ हामीभित्र उनीहरूकै खून छ। उनीहरू हाम्रा पूर्वज थिए, केवल 40 करोड। 40 करोड मानिसले विश्वको महासत्तालाई उखेलेर फ्याँकी दिए, गुलामीको साङ्लो तोडिदिएका थिए। । यदि हाम्रा पूर्वज, जसको खून हाम्रो शरीरमा पनि छ, आज त हामी 140 करोड छौं। यदि 40 करोडले गुलामीको जञ्जाल तोड्न सके भने, यदि 40 करोडले स्वतन्त्रताको सपना पूरा गर्न सके भने, स्वाधीनता लिनसके भने, 140 करोड देशका मेरा नागरिक, 140 करोड मेरा परिवारजनले यदि सङ्कल्प गरेर अघि बढे, एक दिशा निर्धारित गरेर अघि बढे, कदममा कदम मिलाएर, काँधमा काँध मिलाएर अघि बढे, चुनौतीहरू जति नै किन नहोस्, अभावको मात्रा जति नै तीव्र किन नहोस्, संसाधनको निम्ति जुझ्नुपर्ने स्थिति भए तापनि, हरेक चुनौतीलाई पार गर्दै हामी समृद्ध भारत बनाउन सक्नेछौं। हामीले 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्नसक्नेछौं। यदि 40 करोड देशवासीले आफ्नो पुरुषार्थद्वारा, आफ्नो समर्पणद्वारा, आफ्नो त्यागद्वारा, आफ्नो बलिदानद्वारा स्वाधीनता  दिनसक्छनन् भने, स्वाधीन भारत बनाउन सक्छन् भने, 140 करोड देशवासीले त्यसै भावद्वारा समृद्ध भारत पनि बनाउन सक्छन्।

साथीहरू,

एक समय थियो जब मानिसहरू देशका लागि मर्न प्रतिबद्ध थिए, र स्वाधीनता प्राप्त भयो। आज यो समय देशको निम्ति जिउने प्रतिबद्धताको छ। यदि देशको निम्ति मर्ने प्रतिबद्धताले स्वाधीनता दिलाउन सक्यो भने देशको निम्ति जिउने प्रतिबद्धताले समृद्ध भारत पनि बनाउन सक्नेछ।

साथीहरू,

विकसित भारत 2047, यो केवल भाषणको सभद् होइन, यसका पछि कठोर परिश्रम चलिरहेको छ। देशका कोटि-कोटि जनको सुझाउ लिइँदैछ र हामीले देशवासीसँग सुझाउ मागेका छौं। र मलाई प्रशन्नता छ, मेरा देशका करोडौं नागरिकले विकसित भारत 2047 को निम्ति अनगन्ती सुझाउ दिए। हरेक देशवासीको सपना त्यसमा प्रतिबिम्बित भइरहेका छन्। हरेक देशवासीको सङ्कल्प त्यसमा झल्किन्छ। युवा होस्, बुजुर्ग होस्, गाउँका मानिस होस्, किसान होस्, दलित होस्, आदिवासी होस्, पाहाडमा बसोबासो गर्नेहरू होस्, जङ्गलमा बसोबासो गर्नेहरू होस्, शहरमा बसोबासो गर्नेहरू होस्, हरेकले 2047 मा जब देशले स्वाधीनताको 100 साल मनाउनेछ, तबसम्म वकसित भारतको निम्ति अनमोल सुझाउ दिएका छन्।

र जब म ती सुझाउहरूलाई हेर्थे, मेरो प्रसन्न भइरहेको थियो, उनीहरूले के लेखे, केहीले भने, विश्वको स्किल क्यापिटल बनाउने सुझाउ हामीसामु राखे। 2047 विकसित भारतको निम्ति केही मानिसले भारतलाई म्यानुफ्याक्चरिङको ग्लोबल हब बनाउने सुझाउ दिए। केही मानिसले भारतका हाम्रा युनिभर्सिटीहरू ग्लोबल बन्नुपर्ने सुझाउ दिए। केही मानिसले भने, स्वतन्त्रताको यति सालपछि हाम्रो मिडिया ग्लोबल हुनुपर्ने होइन? केही मानिसले हाम्रा स्किल्ड युवा विश्वको पहिलो रोजाइ बन्नुपर्ने बताए। केही मानिसले भारत चाँडोभन्दा चाँडो सबै क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने सुझाउ पेश गरे।

केही मानिसले सुझाउ दिए, हाम्रा किसानहरूले जुन खस्रो अनाज उब्जनी गर्दछन्, जसलाई हामी श्रीअन्न भन्दछौं, त्यस सुपरफूडलाई विश्वको हरेक डाइनिङ टेबलमा पुऱ्याउनु पर्नेछ। हामीले विश्वको पोषणमाथि पनि बल दिनुपर्नेछ र भारतका लघु किसानहरूलाई बल प्रदान गर्नुपर्नेछ। कैयौं मानिसले के सुझाउ दिए भने देशमा स्थानीय स्वराज संस्थालाई लिएर अनेकौं एकाइ छन्, ती सबैमा गभर्नेन्सको सुझार अति आवश्यक छ। कैयौं मानिसले लेखे, न्यायभित्र जुन विलम्ब भइरहेका छन्, त्यसप्रति चिन्ता जाहेर गरेका छन् र भन्छन्, हाम्रो देशमा न्याय व्यवस्थामा रिफर्म्स अति नै जरुरी छ। कैयौं मानिसले लेखेका छन्, ग्रीन फील्ड सिटिज बनाउने अब समयको माग हो। कसैले बढ्दो प्राकृतिक आपदाका बीच शासन-प्रशासनको क्यापासिटी बिल्डिङका लागि एउटा अभियान चलाउनुपर्ने सुझाउ दिएका छन्।

धेरै मानिसले अन्तरिक्षमा भारतको स्पश स्टेशन चाँडै बन्नुपर्ने सपना देखेका छन्। कसैले भारतको जुन पारम्परिक ट्रेडिशनल मेडिसिन छ, हाम्रो औषधि, विश्व जब होलिस्टिक हेल्थकेयरतर्फ गइरहेका छन्, तब भारतको पारम्परिक औषधि अनि वेलनेस हबका रूपमा भारतलाई विकसित गर्नुपर्नेछ। कोही भन्छन्, अब ढिलो गर्नुभएन, भारतले अब चाँडोभन्दा चाँडो तेस्रो विराट ईकोनमी बन्नुपर्नेछ।

साथीहरू,

म यसकारण पढिरहेका थिए, किनभने यो मेरो देशवासीले सुझाउ दिएका हुन्। मेरो देशका सामान्य नागरिकले यी सुझाउ हामीलाई दिएका हुन्। मलाई लाग्छ जब देशवासीको यति विशाल सोच छ भने, देशवासीको यति ठूलो सपना छ भने, देशवासीका यी कुरामा जब सङ्कल्प झल्किन्छ भने, तब हामीभित्र एउटा नयाँ सङ्कल्प दृढ बन्दछ। हाम्रो मनमा आत्मविश्वास नयाँ उँचाइमा पुग्दछ र साथीहरू, देशवासीको यो भरोसा केवल कुनै इन्टीलेक्चुअल डिबेट होइन, यो भरोसा अनुभवबाट निक्लिएको हो। यो विश्वास लामो कालखण्डको परिश्रमको उब्जनी हो र यसैले देशका सामान्य मानवीयले याद गर्दछन्, जब लाल किल्लाबाट भनिन्छ, हिन्दुस्तानको 18 हजार गाउँमा समय सीमाभित्र बिजुली पुऱ्याइनेछ र त्यो काम पूरा हुँदछ भने भरोसा अझ बलियो हुँदछ। जब यो तय हुन्छ, आजादीको यतिका सालपछि पनि अढाई करोड परिवारक यस्ता छन्, जहाँ बिजुली छैन, उनीहरू अँध्यारोमा जीवन बिताउँछन्, अढाई करोड घरमा बिजुली पुग्दछ। तब सामान्य मानवीयको भरोसा बढेर जाँदछ। जब स्वच्छ भारतको कुरा गरिन्छ, तब देशको अग्रिम घरको पङ्तिमा बसेका मानिसहरू होस्, गाउँका मानिसहरू होस्, गरीब बस्तीमा बसोबासो गर्नेहरू होस्, स-साना बालकहरू होस्, हरेक परिवारभित्र स्वच्छ वातारवरण बनाइराख्ने, स्वच्छताको चर्चा होस्, स्वच्छताका सम्बन्धमा एकअर्कालाई रोकटोक गर्ने निरन्तर प्रयास चल्दछ, मलाई लाग्छ भारतभित्र आएको नयाँ चेतनाको प्रतिबिम्ब हो।

जब देशका सामु लालकिल्लाबाट भनिन्छ, आज हाम्रो परिवारमा तीन करोड परिवार यस्ता छन्, जसको घरमा कलद्वारा पानी पुग्दछ। आवश्यक छ, हाम्रा यी परिवारलाई पिउनका लागि शुद्ध पानी पुगोस्। जल जीवन मिशन अन्तर्गत यति कम समयमा नयाँ 12 करोड परिवारलाई जल जीवन मिशन अन्तर्गत कलबाट जल पुऱ्याइँदैछ। आज 15 करोड परिवार यसका लाभार्थी बनिसकेका छन्। हाम्रा कुन मानिसहरू वञ्चित थिए यस व्यवस्थाबाट? को पछि रहन गएका थिए? समाजको अग्रिम पङ्क्तिका मानिसहरू यसको निम्ति अभावमा जिउँदैन थिए। मेरा दलित, मेरा पीडित, मेरा शोषित, मेरा आदिवासी भाइ-बहिनीहरू, गरीब भाइ-बहिनीहरू, मेरा सुकुम्बासी बस्तीमा जिन्दगी बिताउनेहरू, उनीहरू नै यी कुराहरूको अभावमा बाँचीरहेका थिए। हामीले यस्ता अनेकौं प्राथमिक आवश्यकता पूर्तिका लागि जुन प्रयास गरेका छौं, त्यसको परिणाम यी सबै समाजका बन्धुले पाइरहेका छन्।

हामीले भोकल फर लोकलको मन्त्र दियौं। आज मलाई खुशी छ, भोकल फर लोकल अर्थतन्त्रको निम्ति एउटा नयाँ मन्त्र बनेको छ। हरेक डिस्ट्रिक्टले आफ्नो उत्पादनको निम्ति गर्व गर्न थालेका छन्। वान डिस्ट्रिक्ट वान प्रोडक्टको परिवेश बनिरहेको छ। अब  वान डिस्ट्रिक्ट वान प्रोडक्टलाई वान डिस्ट्रिक्ट वान प्रोडक्ट एक्सपोर्ट कसरी हुने, त्यस दिशामाहरेक जिल्लाले सोच्न थालेका छन्। नविकरणीय ऊर्जाको सङ्कल्प लिएका थियौं। जी-20 समूहका देशहरूले जति गरेका छन्, त्यसभन्दा धेरै भारतले गरेको छ। र भारतले ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बन्नका लागि, ग्लोबल वार्मिङको चिन्ताबाट मुक्ति पाउनका लागि हामीले काम गरेका छौं।

साथीहरू,

देशले गर्व गर्दछ, आज जब फिनटेकको सफलतालाई लिएर सम्पूर्ण विश्व भारतबाट केही सिक्न-बुझ्न चाहन्छ। तब हाम्रो गर्ब अझ बढेर जाँदछ।

साथीहरू,

हामी कसरी भुल्न सक्छौं कोरोनाको त्यो सङ्कट काल। विश्वमा सबैभन्दा तेज गतिले करोडौं मानिसको टीकाकरणको काम हाम्रो यसै देशमा भयो। जब देशका सेनाले सर्जिकल स्ट्राइक गर्दछ, जब देशको सेनाले एयर स्ट्राइक गर्दछ, तब त्यस देशका नवजवानको छात्ती उच्च हुँदछ, चौडा हुने गर्दछ, गर्वले फुल्लिने गर्दछ। र यही कुरा हो,  जुन आज 140 करोड देशवासीको मन गर्वले भरिएको छ, आत्मविश्वासले भरिएको छ।

साथीहरू,

यी सबै कुराका लागि एउटा सुविचारित प्रयास भएको छ। रिफर्मको परम्परालाई सामर्थ्य दिइएको छ। नवीन तरिकालाई लिएर र जब राजनीतिक नेतृत्त्वको सङ्कल्प शक्ति हुन्छ, दृढ विश्वास हुन्छ, जब सरकारी मशिनरी त्यसलाई लागू गर्न समर्पण भावका साथ जुट्दछ र जब देशका हरेक नागरिक त्यस सपनालाई पूरा गर्न जनभागीदारी गर्न, जनआन्दोलनका लागि अघि आउँदछन्, तब हामीले निश्चित परिणाम प्राप्त गर्दछौं।

मेरा प्यारा देशवासीहरू,

हामीले देश त्यस परिस्थितिबाट दसकौंसम्म आजादीपछि पनि समय बिताएको कुरा बिर्सनुभएन। जब हुन्थ्यो, चल्थ्यो, र यो चल्नेछ, अरे हामीले के मेहनत गर्न आवश्यक छ र, अरे मामिला हो, आउँदो पिँढीले हेर्नेछ, हामीले मौका पाएका छौं, मौज गरौं। अघि अघि गएर हामीले के गर्नु छ र, हामीले आफ्नो समय निकाल्नु छ। अरे नयाँगरेर गए, बवाल उठ्नेछ। किन हो कुनि देशमा एउटा यथास्थितिको माहोल बनेको थियो। जे छ त्यसैबाट गुजारा गरौं भन्ने माहोल बनेको थियो। र मानिसहरू भन्ने गर्थे, छोड न अभ केही हुनेवाला छैन, यस्तै मन बनेको थियो।

हामीले त्यस मानसिकतालाई तोड्नुपर्ने थियो, हामीले विश्वासले भर्नुपर्ने थियो र हामीले त्यस दिशामा प्रयास गऱ्यौं। कैयौं मानिस भन्ने गर्थे, अरे, आउँदो पिँढीका लागि हामीले अहिलेदेखि नै काम किन गर्ने, हामीले त आजको हेर्नुपर्नेछ। तर देशका सामान्य नागरिक यस्तो चाहँदैनन्, उनीहरू परिवर्तनको प्रतीक्षामा थिए, परिवर्तन चाहन्थे, त्यसको ललक थियो। तर उनीहरूक सपनालाई कसैलो मोल दिएनन्, उनीहरूका आशा, आकाङ्क्षा, अपेक्षालाई महत्त्व दिइएन। र त्यसै कारण उनीहरूले समस्या झेल्दै गुजारा गरिरहे। उनीहरू सुधारको प्रतीक्षा गरिरहन्थे। हामीलाई जिम्मेवारी दिइयो र हामीले ठूला रिफर्म जमीनमा उताऱ्यौं।

गरीब होस्, मिडल क्लास होस्, हाम्रा वञ्चित वर्ग होस्, हाम्रो बढ्दो शहरी जनसङ्ख्या होस्, हाम्रा नवजवानको सपना होस्, सङ्कल्प होस्, आकाङ्क्षा होस्, उनीहरूका जीवनमा परिवर्तन ल्याउनका लागि रिफर्मको मार्ग हामीले रोज्यौं। र म देशवासीलाई विश्वास दिलाउन चाहन्छु, रिफर्म्स प्रति हाम्रो जुन प्रतिबद्धता छ, त्यो पिङ्क पेपरको एडिटोरियलका लागि सीमित छैन। हाम्रो रिफर्म्सको यो प्रतिबद्धता छ, त्यो चार दिनको वाहवाहीको निम्ति होइन। हाम्रो रिफर्म्सको प्रक्रिय कुनै बाध्यतामा छैन र देशलाई सुदृढता दिने अठोटका साथ छ। र यसैले म आज भन्न चाहन्छु, रिफर्म्स हाम्रो मार्गको एक प्रकारले ग्रोथको ब्लुप्रिन्ट बनेको छ। यो हाम्रो रिफर्म, यो ग्रोथ यो परिवर्तन यो केवल डिबेट क्लबका लागि इन्टेलेक्चुअल सोसाइटीको निम्ति एक्सपर्ट मानिसहरूको निम्ति चर्चाको विषय होइन।

साथीहरू

हामीले राजनीतिक बाध्यताका कारण गरेका होइनौं। हामीले के पनि गरिरहेका छौं, त्यो राजनीतिको भाग र गुणा गरेर सोच्दैनौं, हाम्रो एउटै सङ्कल्प हुन्छ – राष्ट्र प्रथम, राष्ट्र प्रथम, राष्ट्रहिनत सुप्रीम। यो मेरो भारत महान बनोस्, यसै सङ्कल्पलाई लिएर हामी कदम उठाउँदछौं।

साथीहरू,

जब रिफर्म्सको कुरा आउँछ, एउटा लामो परिवेश छ, यदि मैले त्यसको चर्चा गर्न थाले सायद घण्टौं बित्नेछ। तर म एउटा सानो उदाहरण दिन चाहन्छु। ब्याङ्किङ क्षेत्रमा जुन रिफर्म भयो। तपाईंहरू सोच्नुहोस्, ब्याङ्किङ क्षेत्रको स्थिति कस्तो थियो, न विकास नहुन्थ्यो, न विस्तार, न विश्वास बढ्थ्यो। यति मात्र होइन, जुन प्रकारका कर्तुत चल्यो, त्यसका कारण हाम्रा ब्याङ्क सङ्कटबाट गुज्रिरहेको थियो। हामीले ब्याङ्किङ क्षेत्रलाई बलियो बनाउनका लागि अनेकविद रिफर्म्स गऱ्यौं। र आज त्यसका कारण हाम्रा ब्याङ्क विश्वमा चुनिएका बलिया ब्याङ्कमध्ये भारतका ब्याङ्कहरूले आफ्नो स्थान बनाएका छन्। र जब ब्याङ्क बलियो हुन्छ, तब फर्मल ईकोनमीको तागत पनि बढेर जाँदछ। जब ब्याङ्क व्यवस्था बन्दछ, जब सामान्य गरीब विशेष गरी मध्यम वर्गीय परिवारको जुन आवश्यकता हुन्छ, त्यसलाई पूरा गर्ने सबैभन्दा ठूलो तागत ब्याङ्किङ क्षेत्रमा हुँदछ। यदि उसलाई होम लोन चाहिए, उसलाई वाहनको लोन चाहिए, मेरा किसानलाई ट्रेक्टरको निम्ति लोन चाहिए, मेरा नवजवानलाई स्टार्टअप्सको निम्ति लोन चाहिए, मेरा नव जवानलाई कहिले पढ्नका लागि एजुकेशनको निम्ति लोन चाहिए, कसैलाई विदेश जानका लागि लोन चाहिए। यी सबै कुरा यसैबाट सम्भव हुँदछ।

मलाई खुशी छ, मेरा पशुपाल पनि, मेरा माछा पालन गर्ने भाइ-बहिनीले पनि आज ब्याङ्कबाट लाभ लिइरहेका छन्। मलाई खुशी छ, पथ पसले लाखौं भाइ-बहिनीले आज ब्याङ्कसँग जोडिएर आफ्नो नयाँ उँचाइ प्राप्त गरिरहेका छन् र विकासको दिशामा पनि भागीदार बनिरहेका छेन। हाम्रा एमएसएमई, हाम्रा लघु उद्योगका लागि त ब्याङ्क सबैभन्दा ठूलो सहायक हुन्छ। उनीहरूलाई दैनन्दिन रूपमा पैसा आवश्यक पर्दछ, आफ्नो नित्य मर्जी प्रगतिको निम्ति र त्यो हाम्रो बलियो ब्याङ्कका कारण आज सम्भव भएको छ।

साथीहरू,

दुर्भाग्यले हाम्रो देशमा आजादी त प्राप्त भयो, तर मानिसहरूले एक प्रकारको “माइ बाप” संस्कृतिबाट गुज्रिनुपऱ्यो। सरकारसँग मागिरहने, सरकारका अघि हात फैलाइरहने, कसैको सिफारिशका लागि बाटो खोजी रहने, त्यो संस्कृति विकास भएको थियो। आज हामीले गभर्नेन्सको त्यस मोडललाई परिवर्तन गरेका छौं। आज सरकार स्वयं लाभार्थीसम्म पुग्दछ, आज सरकारले स्वयं उसको घरमा ग्यास चुल्हा पुऱ्याउँदछ, आज सरकारले स्वयं उसको घरमा पानी पुऱ्याउँदछ, आज सरकारले स्वयं उसको घरमा बिजुली पुऱ्याउँदछ, आज सरकारले स्वयं उसलाई आर्थिक मद्दत दिएर विकासको नयाँ आयाम तय गर्न प्रेरित गर्दछ, आज सरकारले स्वयं नवजवानको कौशल विकासका लागि अनेकौं कदम उठाइरहेको छ।

साथीहरू ठूला रिफर्म्सका लागि हाम्रो सरकार अति नै प्रतिबद्ध छ र हामीले यसैद्वारा देशमा प्रगतिको मार्ग चुन्न चाहन्छौं।

साथीहरू,

देशमा नयाँ व्यवस्था बनिरहेको छ। देशलाई अघि लैजानका लागि अनेकौं वित्तीय नीतिलाई, अनेकौं वित्त पोलिसीलाई निरन्तर कायम गर्न र नयाँ सिस्टममा देशको भरोसा पनि बढिरहोस्, निरन्तर बढिरहनु पर्दछ। आज जुन 20-25 सालका जवान छन्, जो 10 साल पहिले 12-15 सालका नवजवान थिए, उसले आफ्नो आँखाको सामु परिवर्तन देखिरहेका छन्। 10 साल भित्रभित्रै उसको सपनाले आकार पाइरहेको छ, धार पाइरहेको छ र उसको आत्मविश्वासमा एउटा नयाँ चेतना जागेको छ र त्यही देशको नयाँ सामर्थ्यका रूपमा उदाइरहेका छन्। आज विश्वभरी भारतको कद बढेको छ भारतप्रति हेर्ने दृष्टि परिवर्तन भएको छ।

आज विश्वमा युवाहरूका लागि सम्भावनाको द्वार खोलिएको छ। रोजगारका अनगन्ती नयाँ अवसर, स्वाधीनताको यतिका वर्षपछि जुन आएको थिए, त्यसले आज उनीहरूको दैलो ढकढकाइरहेको छ। सम्भावना बढेर गएको छ। नयाँ मौका बनिरहेको छ। मेरा देशका युवाहरू अब बिस्तारै हिँड्ने इच्छा राख्दैनन्। मेरा देशका नवजवान वृद्धिशील प्रगतिमा विश्वास गर्दैनन्। मेरो देशका नवजवान छलाङ लगाउने मूडमा छन्। उनीहरू छलाङ लगाएर नयाँ सिद्धि प्राप्त गर्ने मूडमा छन्। म भन्न चाहन्छु, भारतको निम्ति स्वर्णिम युग हो। वैश्विक परिस्थितिको तुलनामा हेर्नु हो भने पनि यो स्वर्णिम युग हाम्रो स्वर्णिम कालखण्ड हो।

मेरा प्यारा देशवासीहरू,

यो अवसर हामीले जान दिनु भएन, यो मौका हामीले जान दिनुभएन र यसै मौकालाई पक्रेर आफ्नो सपना अनि सङ्कल्पलाई लिएर अघि बढे हाम्रो देशको स्वर्णिम भारतको जुन अपेक्षा छ र हामीले विकसित भारतको 2047 को लक्ष्य, हामीले पूरा गरेर छाड्नेछौं। हामीले युगौंदेखिको साङलो तोडेर निक्लेका छौं।

आज पर्यटनको क्षेत्र होस्, एमएसएमईको क्षेत्र होस्, शिक्षा होस्, स्वास्थ्य क्षेत्र होस्, परिवहन क्षेत्र होस्, खेती अनि किसानीको क्षेत्र होस्, हरेक क्षेत्रमा एउटा नयाँ आधुनिक सिस्टम बनिरहेको छ। हामी विश्वका सर्वोत्तम कार्यप्रणालीलाई पनि अघि राख्दै हाम्रो देशको परिस्थिति अनुसार अघि बढ्न चाहन्छौं। हरेक क्षेत्रमा आधुनिकताको आवश्यकता छ, नयाँपन आवश्यक छ। टेक्नोलजीलाई जोड्न आवश्यक छ र हरेक क्षेत्रमा हाम्रो नयाँ नीतिका कारण यी सबै क्षेत्रमा एउटा नयाँ सहयोग प्राप्त भइरहेको छ, नयाँ ताकत प्राप्त भइरहेको छ। हाम्रा सबै अवरोध हटून्, हामी मन्दीबाट टाढा हुनसकौं, हामीले पूरा सामर्थ्यका साथ अघि बढिरहँदै, फुल्दै, सपना हासिल गर्दै, सिद्धिलाई हामीले नजिकबाट हेर्दै, हामीले आत्मसात गरेर त्यस दिशामा अघि बढ्नुपर्नेछ। हेर्नुहोस्, कति ठूलो परिवर्तन आइरहेको छ।

म अति नै धरातल स्तरको कुरा गरिरहेको छु, महिला स्वयंसहायता समूह, आज दस सालमा हाम्रा 10 करोड बहिनीहरू महिला स्वयं सहायता समूहसँग जोडिएका छन्, 10 करोड नयाँ बहिनीहरू। हामीलाई गर्व छ, हाम्रा सामान्य परिवारका, गाउँका 10 करोड महिला आर्थिक रूपमा आत्मनिर्भर बनिरहेका छन् र जब महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्छन्, तब परिवारको निर्णय प्रक्रियाको भागीदार बन्दछन्, एउटा ठूलो सामाजिक परिवर्तनको ग्यारेन्टी लिएर आउँदछन्।

मलाई यस कुरामाथि गर्व छ, तर साथसाथै मलाई के कुरामाथि पनि गर्व छ भने हाम्रा सीईओले आज विश्वभरी आफ्नो धाँक जमाइरहेका छन्। भारतका हाम्रा सीईओले विश्वभरी आफ्नो धाँक जमाइरहेका छन्। हाम्रो निम्ति खुशीको कुरा हो, एकातिर हाम्रा सीईओले विश्वमा नाम कमाइरहेका छन् भने भारतको नाम पनि बनाइरहेका छन् र अर्कातिर महिला स्वयंसहायता समूहसँग एक करोड मेरा सामान्य परिवारका आमा-बहिनीहरू लखपति दिदी बनिरहेका छन्। यो मेरो निम्ति त्यति नै गर्वको कुरा हो। अब हामीले स्वयंसहायता समूहलाई 10 लाख रुपियाँदेखि 20 लाख रुपियाँ दिने निर्णय लिएका छौं। अहिलेसम्म 9 लाख करोड रुपियाँ ब्याङ्कको माध्यमद्वारा हामीले यी महिला स्वयंसहायता समूहलाई प्रदान गरेका छौं र जसको सहयोगद्वारा उनीहरूले अनेकविद कामलाई बढाइरहेका छन्।

मेरा साथीहरू,

मेरा नवजवानले यसतर्फ ध्यान दिऊन्, स्पेस सेक्टर एउटा फ्युचर हो, हामीसँग जोडिएका, एक महत्त्वपूर्ण पक्ष हो, हामीले यसमाथि बल दिइरहेका छौं। हामीले स्पेस सेक्टरमा धेरै रिफर्म गरेका छौं। जुन बन्धनमा स्पेस सेक्टरलाई बाँधिएको थियो, त्यसलाई हामीले खोलिदिएका छौं। आज सयकडौं स्टार्टअप्स स्पेस सेक्टरमा आइरहेका छन्। जीवन्त बन्दै गइरहेको हाम्रो स्पेस सेक्टर भारतलाई शक्तिशाली राष्ट्र बनाउने महत्त्वपूर्ण अङ्ग हो। र हामीले यसलाई दूरगामी सोचका साथ सुदृढता प्रदान गरिरहेका छौं। आज प्राइभेट स्याटेलाइट, प्राइभेट रकेट लञ्च भइरहेका छन्, यो गर्वको कुरा हो। आज म भन्नसक्दछु, जब नीति सही हुन्छ, नीयत सही हुन्छ र पूर्ण समर्पणका साथ राष्ट्रको कल्याणको मन्त्र हुन्छ, तब निश्चित परिणाम हामी प्राप्त गरेरै छाड्छौं।

मेरा प्यारा देशवासीहरू,

आज देशमा नयाँ अवसर बनेका छन्, तब म भन्नसक्दछु, दुई कुरा अझ होस्, जसले विकासलाई गति दिएको छ र विकासलाई नयाँ छलाङ दिएको छ। पहिलो हो आधुनिक पूर्वाधारको निर्माण। हामीले पूर्वाधारलाई आधुनिक बनाउने दिशामा धेरै ठूलो कदम चालेका छौं। र अर्कातिर सामान्य मानवीको जीवनमा जुन बाधा छन्, जीवनको सहजताको हाम्रो सपना छ, त्यसमाथि पनि हामीले त्यति नै बल दिएका छौं।

विगत एक वर्षमा अभूतपूर्व पूर्वाधार विकास भएको छ। रेल होस्, रोड होस्, एयरपोर्ट होस्, पोर्ट होस्, ब्रडब्याण्ड कनेक्टिभिटी होस्, गाउँगाउँमा नयाँ स्कूल बनाउने कुरा होस्, जङ्गलमा स्कूल बनाउने कुरा होस्, सुदूर इलाकामा अस्पताल बनाउने कुरा होस्, आरोग्य मन्दिर बनाउने कुरा होस्, मेडिकल कलेडको काम होस्, आयुष्मान आरोग्य मन्दिर निर्माण होस्, 60 हजारभन्दा धेरै अमृत सरोवर बनेको होस्, दुई लाख पञ्चायतसम्म अप्टिकल फाइबर नेटवर्क पुऱ्याउने काम होस्, नहरहरूको विशाल जाल बिछ्याइँदैछ, चार करोड पक्का घर बनाउनु, गरीबहरूलाई एउटा नयाँ आश्रय प्रदान गर्नु, तीन करोड नयाँ घर बनाउने सङ्कल्पका साथ अघि बढ्ने हाम्रो कोशिश छ।

हाम्रो पूर्वी भारत – नर्थ ईस्टको इलाका आज पूर्वाधारको निम्ति जानिन थालेको छ र हामीले जुन कायाकल्प गरेका छौं, त्यसको सबैभन्दा ठूलो फाइदा समाजका ती वर्गसम्म हामी पुगेका छौं, जब ग्रामीण सडक त्यहाँ बन्दछ, जसका तर्फ कसैले हेर्दैन थिए, जुन इलाकालाई हेरिँदैन थियो, जुन गाउँहरूलाई हेरिँदैन थियो। दलित होस्, पीडित होस्, शोषित होस्, वञ्चित होस्, पछौटे होस्, आदिवासी होस्, जङ्गलमा बसोबासो गर्नेहरू होस्, सुदूर पाहाडमा बसोबासो गर्ने होस्, सीमावर्ती स्थानमा बसोबासो गर्ने होस्, हामीले उनीहरूको आवश्यकता पूरा गरेका छौं।

हाम्रा मछुवा भाइ बहिनीको आवश्यकता पूरा गर्नु, हाम्रा पशुपालकको जीवनमा परिवर्तन ल्याउनु, एक प्रकारले सर्वाङ्गीण विकासको प्रयास हाम्रो नीतिहरूमा रहेको छ, हाम्रो नीयतमा रहेको छ, हाम्रो रिफर्म्समा रहेको छ, हाम्रो कार्यक्रममा रहेको छ, हाम्रो कार्यशैलीमा रहेको छ। र यी सबैमा, सबैभन्दा ठूलो फाइदा मेरा युवाहरूले पाउँदछन्, उनीहरूले नयाँ नयाँ अवसर पाउँछन्, नयाँ नयाँ क्षेत्रमा कदम राख्नका लागि सम्भावना बन्दछ र यसैले सबैभन्दा धेरै रोजगार दिइरहेको छ र सबैभन्दा धेरै रोजगार प्राप्त गर्ने अवसर यसै समयमा उनीहरूले पाएका छन्।

हाम्रो जुन मध्यम वर्गीय परिवार छन्, मध्यम वर्गीय परिवारको जीवनको गुणस्तर, जुन स्वाभाविक रूपमा अपेक्षित रहने गर्दछ। उनीहरूले देशको निम्ति धेरै दिन्छन् भने देशको पनि दायित्त्व हुन्छ, उसको जुन जीवनको गुणस्तरमा जुन अपेक्षा छ, सरकारको कठिनाइबाट मुक्तिको जुन अपेक्षा छ, त्यसलाई पूरा गर्नका लागि हामीले निरन्तर प्रयास गर्दछौं र मैले त सपना देखेको छु, 2047 जब विकसित भारतको सपना हुनेछ, त्यसको एक एकाइ के पनि हुनेछ भने सामान्य मावीयको जीवनमा सरकारको दखल कम्ति हुनेछ। जहाँ सरकारको आवश्यकतचा हुन्छ, त्यहाँ अभाव नहोस्, र जहाँ सरकारले विलम्बका कारण प्रभाव पनि नहोस्, यस प्रकारको व्यवस्थामा हामी प्रतिबन्धित छौं।

मेरा प्यारा देशवासीहरू,

हामी स-साना आवश्यकता माथि पनि ध्यान दिन्छौं। हामी स-साना आवश्यकतामाथि ध्यान दिन्छौं र त्यसलाई लिएर हामी अघि बढ्दछौं। चाहे हाम्रा गरीबको घरमा चुल्हा जलिरहोस्, गरीबको आमाले कहिले आँसु पिएर सुत्नु नपरोस्, र यसका लागि निःशुल्क उपचारको योजना हाम्रो चलिरहेको छ। बिजुली, पानी, ग्यास अभ परिपूर्णताको मोडमा छ र जब हामी परिपूर्णताको कुरा गर्दछौं, तब शत प्रतिशत हुन्छ। जब परिपूर्णता हुन्छ, त्यसमा जातिवादको रङ लाग्दैन। जब परिपूर्णता हुन्छ, त्यसमा वामपनन्थिकताको रङ लाग्दैन। जब परिपूर्णताको मन्त्र हुन्छ, तब साँचो अर्थमा सबैको साथ, सबैको विकासको मन्त्र साकार हुँदछ।

मानिसहरूको जीवनमा सरकारको दखल कम्ति होस्, त्यस दिशामा हामीले हजारौं अनुपालनको निम्ति सरकारको सामान्य मानवीयमाथि भार थोप्ने गर्थ्यो, हामीले देशवासीका लागि डेढ हजारभन्दा धेरै कानूनलाई समाप्त गरिदियौं, ताकि कानूनको जञ्जालभित्र देशवासीले फस्नु नपरोस्। हामीले स-0साना गल्तीका कारण यस्ता कानूनहरू बनेका थिए, जसमा जेलभित्र धकेलिन्थ्यो। हामीले ती स-साना कारण जेल जानुपर्ने जुन परम्परा थियो, ती सबै कानूनलाई नष्ट गरिदियौं र जेल जानुपर्ने प्रावधानलाई व्यवलस्थादेखि बाहिर गरिदियौं। आज हामीले आजादीको विरासतको गर्वको जुन कुरा हामी गर्दछौं, युगौंदेखि हामीसँग जुन क्रिमिनल ल थियो, आज हामीले त्यसलाई नयाँ क्रिमिनल ल, जसलाई हामीले न्याय संहिताका रूपमा र जसको मूलमा दण्ड नभएर नागरिकलाई न्याय दिने भावलाई हामीले प्रबल बनाएका छौं।

जीवनको सहजता बनाउन देशव्यापी मिशनमा हामीले काम गरिरहेका छौं। हरेक स्तरमा सरकारप्रति यी कुराहरूको आह्वान गर्दछु। म जन प्रतिनिधि, कुनै पनि दलको किन नहोस्, कुनै पनि राज्यको किन नहोस्, सबैलाई आग्रह गर्न चाहन्छु, हामील एउटा मिशन मोडमा जीवनको सहजताका लागि कदम चाल्नुपर्नेछ। म हाम्रा युवाहरूलाई, प्रोफेशनलहरूलाई, सबैलाई म भन्न चाहन्छु, आ-आफ्नो स्थानमा जहाँ पनि स-साना समस्या हुन्छ, तपाईं त्यसको समाधान लिएर सरकारलाई चिट्ठी लेखी रहनुहोस्। सरकारलाई बताउनुहोस्, कारणबिना कठिनाई आए, त्यसलाई समाधान गर्न कुनै नोक्सानी छैन, म पक्का मान्दछु, आज सरकारहरू संवेदनशील छन्। हरेक सरकार, स्थानीय स्वराजको सरकार होस् वा राज्य सरकार वा केन्द्र सरकार होस्, त्यसलाई प्राथमिकता दिनेछ।

गभर्नेन्समा रिफर्म्स, यसलाई हामील विकसित भारत @ 2047 को सपनाका लागि जोड लगाएर अघि बढाउनुपर्नेछ ताकि सामान्य मानवीयको जीवनमा अवसर नै अवसर उत्पन्न होस्, बधाहरू समाप्त हुँदै जाओस्। नागरिकहरूका लागि डिग्निटी अव सिटिजन, नागरिकको जीवनमा सम्मान प्राप्त होस्, डेलिभेरीको सम्बन्धमा कुनै प्रकारले यो मेरो हक थियो, मैले पाउनुपर्छ भन्नुपर्ने स्थिति नआओस्, उसले खोज्नु नपरोस्, सरकारको गभर्नेन्समा डेलिभेरी सिस्टम अरू सुदृढ हुनुपर्नेछ।

तपाईंहरू हेर्नुहोस्, हामी देशमा जब रिफर्मको कुरा गरिरहेका छौं, आज देशमा करिब करिब तीन लाख संस्थाले काम गरिरहेका छन। चाहे पञ्चायत होस्, नगर पञ्चायत होस्, नगरपालिका होस्, महानगरपालिका होस्, युटी होस्, स्टेट होस्, डिस्ट्रिक्ट होस्, केन्द्र होस्, साना-तिना तीन लाखका करिब करिब एकाइ छन्। यदि हाम्रा तीन लाख एकाइलाई मैले आज आह्वान गरे, यदि तपाईंहरूले सालमा आफ्नो स्तरमा जुन कुराको आवश्यकता छ, सामान्य मानवीयका लागि, दुई रिफर्न गर्नुहोस्, धेरै भन्दिन साथीहरू। एउटा पञ्चायत होस्, एउटा राज्य सरकार होस्, कुनै विभाग होस्, केवल एक सालमा दुई रिफर्मलाई धरातलमा उतार्नुपर्नेछ। तपाईं हेर्नुहोस्, हामीले हेर्दाहेर्दै एक सालमा करिब 25-30 लाख रिफर्म गर्नसक्नेछौं। जब 25-30 लाख रिफर्म हुन्छ, तब सामान्य मानवीयको विश्वास कति बढेर जानेछ। उसको शक्ति राष्ट्रलाई नयाँ उँचाइमा लिएर जान कति काम आउनेछ र यसैले हामीले आफ्नो स्तरमा हुँदै गर्छ, चल्दै गर्छ भन्ने मानसिकताबाट मुक्ति पाएर परिवर्तनको निम्ति अघि  आउनुपर्नेछ, हिम्मतका साथ अघि आउनुपर्नेछ र सामान्य मानवीयको आवश्यकता त स-साना हुन्छन्, पञ्चायत स्तरमै समस्या झेलिरहेका छन्। ती समस्याबाट मुक्ति दिलाइए, मलाई पक्का विश्वास छ हामीले सपनालाई पार गर्नसक्नेछौं।

मेरा प्यारा देशवासीहरू,

आज देश आकाङ्क्षाले भरिएको छ। हाम्रो देशका नवजवान नयाँ सिद्धिलाई चुम्न चाहन्छन्। नयाँ नयाँ शिखरमा कदम राख्न चाहन्छन्। र यसैले हाम्रो कोशिश छ, हरेक क्षेत्रमा कार्यलाई हामीले गति प्रदान गर्नु, तेज गति प्रदान गर्नु र त्यसद्वारा पहिले हामीले हरेक क्षेत्रमा नयाँ अवसर उत्पन्न गर्नुपर्नेछ। दोस्रो, यो बद्लिँदो व्यवस्थाका लागि जुन सहायक पूर्वाधार आवश्यक छ। ती पूर्वाधारमाथि हामी परिवर्तनलाई सुदृढता प्रदान र्ने दिशामा काम गर्नुपर्नेछ। र तेस्रो कुरा, नागरिकहरूको मूलभूत सुविधाको विषयमा हामीले प्राथमिकता दिनुपर्नेछ, बल दिनुपर्नेछ। यी तीन कुराले भारतमा आकाङ्क्षी समाज निर्माण गरेको छ र त्यसैको परिणामस्वरूप आज समाज स्वयं एउटा विश्वासले भरिएको छ। हाम्रो देशवासीको आकाङ्क्षा उनीहरूका एस्पिरेशन, हाम्रा नवजवानको ऊर्जा, हाम्रो देशको सामर्थ्यका साथ जोडिएर हामीले अघि बढ्ने, एउटा ललक लिएर अघि बढिरहेका छौं।

मलाई विश्वास छ, रोजगार अनि स्वरोजगारको नयाँ रेकर्डको अवसरमाथि हामीले काम गरेका छौं। प्रतिव्यक्ति आज आमदानी दुई गुणा गर्न हामी सफल भएका छौं। ग्लोबल ग्रोथमा भारतको योगदान ठूलो छ। भारतको एक्सपोर्ट लगातार बढिरहेको छ। विदेशी मुद्रा भण्डार लगातार बढिरहेको छ, पहिले भन्दा दुईगुणा पुगेको छ। ग्लोबल संस्थानहरूको भारतप्रति भरोसा बढेको छ। मलाई विश्वास छ, भारतको दिशा सही छ, भारतको गति तेज छ र भारतको सपनामा सामर्थ्य छ। तर यी सबैका साथ संवेदनशीलताको हाम्रो मार्गले हाम्रो निम्ति ऊर्जामा नयाँ चेतना भर्दछ। ममभाव हाम्रो कार्यशैली ह। समभाव पनि चाहिन्छ र मम भाव पनि चाहिन्छ, त्यसैलाई लिएर हामी अघि बढिरहेका छौं।

साथीहरू,

साथीहरू, जब कोरोनाकाललाई स्मरण गर्दछु। कोरोनाको वैश्विक महामारीबीच सबैभन्दा तेजीका साथ अर्थनीतिलाई सुधार्ने कुनै देश छ भने त्यो देश भारत हो। तब लाग्दछ हाम्रो दिशा सही छ। दब जातपात, मत, पन्थदेखि माथि उठेर हर घर तिरङ्गा फहराइन्छ, तब लाग्छ, देशको दिशा सही छ। आज पूरा देश तिरङ्गा छ, हर घर तिरङ्गा छ, न कुनै जात, न कुनै पात न कोही उच्च न कोही नीच, सबै भारतीय हुन्। यही त हाम्रो दिशाको तागत हो। जब हामी 25 करोड मानिसलाई गरीबीबाट बाहिर निकाल्छौं, तब हाम्रो विश्वास पक्का हुन्छ, हामीले गतिलाई बराबर कायम गरेका छौं र सपनालाई साकार गर्न अब टाढा छैन।

जब 100 भन्दा धेरै आकाङ्क्षी जिल्लाले आ-आफ्नो राज्यका उन्नत जिल्लासँग स्पर्धा गरिरहेका छन्, बराबरी गर्न थालेका छन्, तब हामीलाई लाग्छ हाम्रो दिशा अनि दुवै सामर्थ्यवान छ। जब हाम्रा ती आदिवासी साथीहरूले सहयोग पाउँदछन्, पीएम जन-मनद्वारा उनीहरूसम्म जुन योजना पुग्दछन्, जनसङ्ख्या धेरै सानो छ। तर अति नै टाढा सुदूर इलाकामा छुटपुटछ, छुटपुट परिवार बसोबासो गर्दछन्, हामीले उनीहरूलाई खोजी निकालेका छौं, उनीहरूको चिन्ता गरेका छौं। तब लाग्छ, संवेदनशीलताले जब काम गरिन्छ, तब सन्तोष कति पाउँदछौं। श्रमजीवी महिलाका लागि ज्यालाधारी प्रसूति विदालाई 12 हप्ताबाट बढाएर 26 हप्ता बनाइएको छ। तब केवल नारी सम्मान गर्दछौं, यति मात्र हौइन नारीप्रति संवेदनशील भावले निर्णय गर्दछौ। तर उसको काखमा जुन शिशु हुर्किरहेको हुन्छ, उसलाई उत्तम नागरिक बनाउनका लागि आमाको आवश्यकता हुन्छ र त्यसमा सरकार बाधा नबनोस्, यस संवेदनशील भावनाले त्यस निर्णयलाई हामी गर्दछौं।

जब मेरा दिव्याङ्ग भाइ-बहिनीले भारतीय साइन ल्याङवेजको कुरा गर्छन्, कि त सुगम्य भारतको अभियान होस्, उसलाई लाग्छ, अब मेरो पनि मर्यादा छ, मप्रति देशका नागरिकले सम्मानको भावका साथ हेर्दछन्। अनि प्यारालम्पिकमा त हाम्रा खेलाडीहरूले नयाँ नयाँ तागद देखाउने थालेका छन्। तब लाग्छ, जुन मेरो ममभाव छ, हामी सबैको ममभाव छ, त्यसको तागद देखिन्छ। हाम्रा तेस्रो लिङ्गी समाजप्रति हामीले जुन संवेदनाका साथ निर्णय लिइरहेका छौं, हामीले नयाँ नयाँ कानून बनाइरहेका छौं, उनीहरूलाई सम्मानको जीवन दिनका लागि हामीले प्रयास गरिरहेका छौं। तब परिवर्तनको हाम्रो दिशा सही देखिन्छ। सेवाभावले गरिएका यी कामहरूको जुन त्रिविद मार्गबाट हामी अघि बढिरहेका छौं, यी कामहरूको एउटा सीधा लाभ आज त्यसको परिणामका रूपमा हामीलाई नजर आउन थालेको छ।

साठी सालपछि तेस्रोपटक तपाईंहरूले मलाई देश सेवाको मौका दिनुभयो। मेरा 140 करोड देशवासीले जुन आशीर्वाद दिनुभयो, त्यस आशीर्वादमा मेरो निम्ति एउटै सन्देश छ, जनजनको सेवा, हरेक परिवारको सेवा, हरेक क्षेत्रको सेवा, अनि सेवाभावले समाजको शक्तिका साथ लिएर विकासको नयाँ उँचाइमा पुऱ्याउनु। 2047 विकसित भारतको सपनालाई लिएर अघि बढ्नु त्यसै एक सन्देशलाई लिएर म आज लाल किल्लाको प्राचीरबाट मलाई आशीर्वाद दिनका लागि म कोटि कोटि देशवासीलाई शिर झुकाएर आभार व्यक्त गर्न चाहन्छु, म उनीहरूप्रति नतमस्तक हुँदछु। र म उनीहरूलाई विश्वास दिलाउन चाहन्छु, हामीले नयाँ उँचाइलाई, नयाँ जोशका साथ अघि बढ्नुपर्नेछ। हामीले जे भयो त्यसमा सन्तोष मानेर बस्नेमध्ये हामी होइनौं, त्यो हाम्रो संस्कारमा छैन। हामीले केही गर्नका लागि, केही अघि बढ्नका लागि र केही नयाँ उँचाइ पार गर्नका लागि हामी अघि बढ्न चाहन्छौं। विकासलाई, समृद्धिलाई, सपनालाई साकार गर्न, सङ्कल्पका लागि जीवन खपाउन हामी आफ्नो स्वभाव बनाउन चाहन्छौं, देशवासीको स्वभाव बनाउन चाहन्छौं।

मेरा प्यारा देशवासीहरू

आज नयाँ शिक्षा नीतिलाई धेरैमध्ये कैयौं राज्यले राम्रो पहल गरेका छन् र त्यसका कारण आज 21 औं शताब्दीका अनुरूप हाम्रो शिक्षा व्यवस्थालाई हामी बल दिन चाहन्छौं। र विकसित भारतको सपनाका लागि जुन प्रकारले मानव समूह तयार गर्न चाहन्छौं, नयाँ शिक्षा नीतिको ठूलो भूमिका रहनेछ। म मेरा देशका नवजवानलाई अब विदेशमा पढ्न बाध्य गर्न चाहँदिन। मध्यमवर्गीय परिवारका लाखौं करोडौं रुपियाँ बच्चाहरूलाई विदेशमा पढ्नका लागि पठाउन खर्च होस्। हामी यहाँ यस्तो शिक्षा व्यवस्था विकसित गर्न चाहन्छौं, जसबाट मेरो देशका नवजवानले विदेश जानु नपरोस्। मेरा मध्यम वर्गीय परिवारले लाखौं करोडौं रुपियाँ खर्च गर्नु नपरोस्, यति मात्र होइन, यस्ता संस्थानको निर्माण होस् ताकि विदेशबाट भारतभित्र त्यसको मुहान फर्कियोस्।

हालै मात्र हाम्रो बिहारको हाम्रो गौरवपूर्ण इतिहास रहेको छ। नालन्दा युनिभर्सिटीको पुनर्निर्माण गऱ्यौं। फेरि एकपटक नालन्दा युनिभर्सिटीले काम गर्न शुरु गरेको छ, तर हामीले शिक्षाको क्षेत्रमा फेरि एकपटक युगौं पुराना त्यस नालन्दा स्पिरिट जगाउनु पर्नेछ, त्यस नालन्दा स्पिरिटलाई जिउनु पर्नेछ, त्यस नालन्दा स्पिरिटलाई लिएर ठूलो विश्वासका साथ विश्वको ज्ञान परम्परालाई नयाँ चेतना दिने काम हामीले गर्नुपर्नेछ। मलाई पक्का विश्वास छ, नयाँ शिक्षा नीतिले मातृभाषामाथि बल दिएको छ। म राज्य सरकारहरूलाई भन्न चाहन्छु, म देशको सबै संस्थानलाई भन्न चाहन्छु, भाषाका कारण हाम्रो देशका प्रतिभालाई बाधा आउनु भएन। भाषाले अवरूद्ध गर्नु भएन। मातृभाषाको सामर्थ्यले हाम्रो देशको स-साना, गरीबभन्दा गरीब आमाका छोरा-छोरीलाई सपना पूरा गर्ने तागत दिन्छ र यसैले हामीले हाम्रो मातृभाषामा पढाई, जीवनमा मातृभाषाको स्थान, परिवारमा मातृभाषाको स्थान, त्यस दिशामा हामीले बल दिनुपर्नेछ।

मेरा प्यारा देशवासीहरू,

जुन प्रकारले आज विश्वमा परिवर्तन देखिँदैछ, र तब गएर स्किलको महत्त्व धेरै बढेर गएको छ। र हीले स्किललाई आफ्नो नयाँ तागत दिनुपर्नेछ। हामीले इण्डस्ट्री 4.0 लाई ध्यानमा राख्दै स्किल डेभेलपमेन्ट चाहन्छौं। हामीले जीवनको हरेक क्षेत्रमा, कृषि क्षेत्रमा पनि क्षमता निर्माण गर्नका लागि कौशल विकास चाहन्छौं। हामीले हाम्रो सफाइको क्षेत्र होस्, त्यसमा पनि एउटा नयाँ स्किल डेभेलपमेन्टतर्फ बल दिनुपर्नेछ। हामीले स्किल इण्डिया प्रोग्रामलाई अति नै व्यापक रूपमा यसपटक लिएर आएका छौं। बजेटमा पनि यसको धेरै ठूलो, यस बजेटमा इन्टर्नशीपमाथि पनि हामीले बल दिएका छौं, ताकि हाम्रा नवजवानले अनुभूति प्राप्त गरून्, उनीहरूको क्षमता निर्माण होस् र बजारमा उनीहरूको तागत देखियोस्, यस प्रकारले म कौशल युवाहरू तयार गर्न चाहन्छु। र साथीहरू, आज विश्वको परिस्थितिलाई ध्यानमा राख्दै मैले स्पष्ट रूपमा देखिरहेको छु, भारतका कुशल मानवबल, जो छन्, हाम्रा स्किलफूल जुन नवजवान छन्, उनीहरूले ग्लोबल जब मार्केटमा आफ्नो धमक बनाऊन्, हामी त्यस सपनालाई लिएर अघि बढिरहेका छौं।

साथीहरू,

विश्व जुन तेजीका साथ बद्ली रहेको छ, जीवनको हरेक क्षेत्रमा साइन्स अनि टेक्नोलजीको महात्मय बढ्दै गएको छ। हामीले साइन्समाथि धेरै बल दिन आवश्यक छ। र मैले देखे, चन्द्रयानको सफलतापछि हाम्रा स्कूल, कलेजभित्र साइन्स अनि टेक्नोलजीप्रति एउटा नयाँ रुचिको वातावरण बनेको छ, नयाँ अभिरुची बढेको छ। तब हाम्रा शिक्षा संस्थानले, यो जुन मनोभाव बनेको छ, त्यसलाई नर्चर गर्नका लागि अघि आउनु पर्नेछ। भारत सरकारले पनि रिसर्चका लागि सपोर्ट बढाएको छ। हामीले धेरैभन्दा धेरै चेयर्स स्थापित गरेका छौं। हामीले नेशनल रिसर्च फाउण्डेशन बनाएर त्यसलाई कानूनी परिवेशमा ल्याई स्थायी रूपमा एउटा व्यवस्था विकसित गरेका छौं, ताकि रिसर्चलाई लिएर निरन्तर बल प्राप्त होस् र यो रिसर्च फाउण्डेशनले त्यस कामलाई गरोस्। अति गर्बको कुरा के छ भने बजेटमा हामीले एक लाख करोड रुपियाँ रिसर्च र नवाचारको निम्ति दिने निर्णय गरेका छौं, ताकि हाम्रो देशका नवजनवानसँग जुन आइडिया छ, त्यस आइडियालाई हामीले धरातलमा उतार्नसकौं।

साथीहरू,

आज पनि हाम्रो देशमा मेडिकल एजुकेशनका लागि हाम्रा बच्चाहरू बाहिर गइरहेका छन्। उनीहरू अधिकांश रूपमा मध्यम वर्गीय परिवारका हुन्छन्। उनीहरूको लाखौं-करोडौं रुपियाँ खर्च हुन्छ र यसै कारण हामीले बितेको 10 सालमा मेडिकल सीटलाई करिब करिब एक लाख पुऱ्यायौं। करिब-करिब 25 हजार युवा हरेक साल मेडिकल एजुकेशनको निम्ति विदेश जान्छन्। र यस्ता यस्ता देशमा जानुपर्दछ, र कहिलेकाहिँ सुन्दा म हैरान बन्ने गर्दछु, र यसैले हामीले तय गरेका छौं, आगामी 5 सालमा, मेडिकल लाइनमा 75 हजार नयाँ सीट बनाइनेछ।

मेरा प्यारा देशवासीहरू,

विकसित भारत 2047, त्यो स्वस्थ भारत पनि हुनुपर्नेछ। र जब स्वस्थ भारत हुनेछ, दब आज जुन बच्चा छन्, उनीहरूको पोषणमाथि आजदेखि नै ध्यान दिन जरुरी छ। र यसैले हामीले विकसित भारतको जुन पहिलो पिँढी छ, उनीहरूतर्फ विशेष ध्यान दिँदै पोषणको एउटा अभइयान चलाएका छौं। हामीले राष्ट्रिय पोषम मिशन शुरु गरेका छौं, पोषणलाई हामीले प्राथमिकता दिएका छौ।

मेरा प्यारा देशवासीहरू,

हाम्रो कृषि व्यवस्थालाई ट्रान्सफर्म गर्न अति नै आवश्यक छ, समयको पनि माग हो। हामी युगौंदेखि जुन परम्परामा दबिएका छौं, जकडिएका छौं, त्यसबाट मुक्ति पाउनु पर्नेछ र हाम्रा किसानहरूलाई यसको निम्ति हामीले सहयोग दिइरहेका छौं। हामीले उनीहरूलाई ट्रान्सफर्म गर्ने दिशामा लगातार काम गरिरहेका छौं। आज किसानहरूलाई सहज ऋण प्रदान गरिरहेका छौं, टेक्नोलजीको मद्दत दिइरहेका छौं। किसानहरूले जुन उब्जनी गर्दछन्, त्यसको मूल्य अभिवृद्धिका लागि हामीले काम गरिरहेका छौं। यसका लागि मार्केटिङको पूरा प्रबन्ध होस्, ताकि उसलाई शुरुदेखि अन्त्यसम्म हरेक ठाउँ ह्याण्ड होल्डिङको व्यवस्था होस्, यस दिशामा काम गरिरहेका छौं।

आज जब धरती माताप्रति सम्पूर्ण विश्व चिन्तित छ, जुन प्रकारले उर्वरकका कारण हाम्रो धरती माताको स्वास्थ्य दिनदिनै बिग्रिरहेको छ, हाम्रो धरती माताको उत्पादकता क्षमता समाप्त भइऱहेको छ, कम्ति भइरहेको छ, र यस समय म मेरा देशका लाखौं किसानप्रति आभार व्यक्त गर्न चाहन्छु, जसले प्राकृतिक खेतीको बाटो अपनाए र हाम्रो धरती माताको सेवा गर्ने बिँडो उठाए। र यसपटक पनि हामीले प्राकृतिक खेतीलाई बल दिनका लागि धेरै ठूलो योजनाका साथ विशाल बजेट प्रावधान गरेका छौं।

मेरा प्यारा देशवासीहरू,

आज विश्वको स्थितिलाई हेर्दा, सम्पूर्ण विश्व होलिस्टिक हेल्थ केयरतर्फ फर्किँदैछन् र तब उनीहरूको पहिलो रुचि अर्गेनिक फूड बन्दै गएको छ। आज विश्वको निम्ति अर्गेनिक फूडको यदि कुनै फूड बास्केट बन्नसक्दछ भने त्यो मेरो देशका किसानहरूले बनाउन सक्नेछन्, मेरो देश बन्नसक्नेछ। र यसैले हामीले आउने दिनमा त्यस सपनालाई लिएर अघि बढ्नु पर्नेछ ताकि अर्गेनिक फूडको जुन विश्वमा मा छ र अर्गेनिक फूडको बास्केट हाम्रो देश कसरी बन्नसक्छ!

किसानहरूको जीवन सहज बनोस्, गाउँमा टप क्लास इन्टरनेट कनेक्टिभिटी होस्, किसानहरूलाई स्वास्थ्य सुविधा प्राप्त होस्, किसानका बच्चाहरू पढ्नका लागि स्मार्ट स्कूल उपलब्ध होस्, किसानका बच्चालाई रोजगार उपलब्ध होस्। स-साना खेतबारीको टुक्रामाथि पूरा परिवारले जीवन धान्न धेरै गाह्रो हुन्छ, तब उनीहरूका नवजवानका लागि त्यो स्किल प्राप्त होस्, ताकि नयाँ रोजगार प्राप्त गर्नसकून्, आयको साधन बनोस्, यसको एउटा कम्प्रिहेन्सिभ प्रयास हामीले गरिरहेका छौं।

बितेका वर्षमा महिलाको नेतृत्त्वमा विकास मोडलमाथि हामीले काम गऱ्यौं। नवाचार होस्, रोजगार होस्, उद्यमिता होस्, हरेक क्षेत्रमा महिलाहरूको कदम बढ्दै गइरहेको छ। महिलाहरूले भागीदारी मात्र बढाउँदैछन्, यस्तो छैन, महिलाहरूले नेतृत्त्व पनि दिइरहेका छन्। आज अनेकौं क्षेत्रमा आज हाम्रो रक्षा क्षेत्रमा हेर्नुहोस्, हाम्रो एयरफोर्समा होस्, हाम्रो आर्मी होस्, हाम्रो नेभी होस्, हाम्रो स्पेस सेक्टर होस्, आज हाम्रा महिलाको शौर्य हामी देखिरहेका छौं, देशका लागि। तर अर्कातिर केही चिन्ताको विषय पनि आउँदछ र म आज लाल किल्लाबाट फेरि एकपटक आफ्नो पीडा व्यक्त गर्न चाहन्छु। एउटा समाजको नाताले, हामीले गम्भीरताका साथ सोच्नुपर्नेछ, हाम्रा माता-बहिनी, छोरीहरूप्रति जुन अत्याचार भइरहेका छन्, त्यसप्रति देशमा आक्रोश छ। जन सामान्यको आक्रोश छ। यस आक्रोशलाई मैले महसुस गरिरहेको छु। यसकलाई देशले, समाजले, हाम्रो राज्य सरकारले गम्भीरताका साथ लिनुपर्नेछ। महिलाहरू विरुद्ध अपराधको चाँडोभन्दा चाँडो जाँच होस्। राक्षसी कृत्य गर्नेहरूलाई चाँडोभन्दा चाँडो कडा सजाय होस्, त्यो समाजमा विश्वास उत्पन्न गर्नका लागि आवश्यक छ।

म के पनि बताउन चाहन्छु भने जब बलात्कारको महिलामाथि अत्याचारको घटना घट्दछ, तब त्यसको धेरै चर्चा हुने गर्दछ, धेरै प्रचार हुने गर्दछ, मिडियामा छाइरहने गर्दछ। तर जब .यस्ता राक्षसी मनोवृत्ति व्यक्तिलाई सजाय हुन्छ, त्यो खबर कतै पनि नजर आउँदैन, कुनै एउटा कुनामा हुने गर्दछ। अब समयको माग हो, जसलाई सजाय हुन्छ, त्यसको व्यापक चर्चा हुनुपर्नेछ ताकि यस्ता पाप गर्नेहरूमा डर उत्पन्न होस्, पाप गर्नुको हालत फाँसीमा झुण्डिनुपर्ने हुन्छ भन्ने र मलाई लाग्छ यो डर उत्पन्न गर्न अति नै आवश्यक छ।

मेरा प्यारा देशवासीहरू,

हाम्रो देशमा यस्तो बानी बनेको थियो स्वभावले। हाम्रो देशलाई कम आँक्ने, देशप्रति गौरवको भावको अभाव हुनु, थाहा छैन यसले किन हाम्रो मनमा डेरा जमाएको थियो। र हामी कहिलेकाहिँ ढिलो आए भन्ने गर्थ्यौं इण्डियन साइन, लाजका साथ भन्ने गर्थ्यौं। देशलाई यी कुराबाट बाहिर ल्याउन सफलता पाएका छौं। कुनै जमानामा भनिन्थ्यो, खेलौना पनि बाहिरबाट आउने गर्दछ, त्यो दिन हामीले देख्यौं। आज गर्वका साथ भन्नसक्छौं, मेरो देशको खेलौना यस संसारको बजारमा आफ्नो धमक लिएर पुगेको छ। खेलौना हाम्रो एक्सपोर्ट हुन शुरु भएको छ। कुनै एउटा जमाना थियो, हामी मोबाइल फोन इम्पोर्ट गर्थ्यौं, आज मोबाइल फोनको म्यानुफेक्चरिङको ईकोसिस्टम बनेको छ, एउटा टूलो हब बनेको छ र आज हामी मोबाइल फोन विश्वमा एक्सपोर्ट गर्न थालेका छौं। यो भारतको तागत हो।

साथीहरू,

भविष्यका साथ सेमी कण्डक्टरसँग जोडिएको छ। आधुनिकी टेक्नोलजीसँग जोडिएको छ। एआइसँग जोडिएको छ। हामीले सेमी कण्डक्टर मिशनमाथि काम शुरु गरेका छौं र उपकरणमा मेड इ इण्डिया चिप किन नहुनो, के यो सपना मेरो देशका नवजवानले नदेख्ने, ट्यालेन्ट यहाँ छ। सबै यस प्रकारको रिसर्चको काम हिन्दुस्तानमा हुन्छ र अब प्रोडक्सन पनि हिन्दुस्तानमा हुनेछ। सेमी कण्डक्टरको काम पनि हिन्दुस्तानमा हुनेछ र हामी एण्ड टु एण्ड सल्युशन विश्वलाई दिने तागत राख्दछौं।

साथीहरू,

एउटा जमाना हामीले देख्यौं, 2-जीका लागि हामीले कस्तो सङ्घर्ष गर्थ्यौं। आज हरेक उपकरणमा हामी देखिरहेका छौं, हामी तेजीका साथ अङि बढिरहेका छौं र 5जी जुन तेजीका साथ देशमा रोल आउट भएको छ। हिन्दुस्तानको करिब करिब सबै क्षेत्रमा 5 जी पुगेको छ। यो विश्वमा तेजी गतिका साथ 5 जी पुऱ्याउनमा अघि रहेको छ। र साथीहरू, मैले भनेको थिए, हामी रोकिनेवाला छैनौं, 5 जीमा रोकिनु अब हामीलाई स्वीकार छैन। हामीले 6जीमाथि पनि अङिलेदेखि नै मिशन मोडमा काम शुरु गरेका छौं र विश्वमा हामी त्यसमा पनि आफ्नो धाँक जमाउनेछौं। यो म विश्वासका साथ भन्न चाहन्छु।

मेरा प्यारा साथीहरू,

डिफेन्स सेक्टर, हाम्रो आदत नै बनिसकेको थियो, डिफेन्स बजेट जति नै किन नहोस्, तर डिफेन्स बजेट बढ्यो भने त्यो कहाँ जान्छ भनेर  कसैले पनि सोच्दैन थियो। बिदेशबाट खरिदारीमा डिफेन्स बजेट जान्थ्यो। अब हामी आत्मनिर्भर बन्न चाहन्छौं। र म हाम्रा डिफेन्स फोर्सहरूलाई हृदयबाटै आभार प्रकट गर्दछु। उनीहरूले हजारौं सामग्रीको लिस्ट तयार गरेका छौं, उनीहरूले तय गरेका छौं अब हामी बिदेशबाट ल्याउने छैनौं। राष्ट्रका लागि कसरी जिउनु पर्छ, त्यो हाम्रा जवानहरूले सिकाएका छन्। अब यसको कारण डिफेन्स सेक्टरमा हामी आत्मनिर्भर हुँदै गइरहेका छौं। आज डिफेन्स म्यानुफेक्टरिङमा, भारतको पहिचान बनिएको छ अनि  म आज खुशीसाथ भन्न सक्छु कि जुन देश डिफेन्सको हरेक साना तिना चीज बाहिरबाट ल्याउँदथ्यो, आज विस्तार विस्तार संसारको कुनै देशहरूमा हामी जुन डिफेन्स ईक्यूपमेन्ट म्यानूफेक्चरिङ गरिरहेका छौं, त्यो हामी एक्सपोर्ट गर्न लागि रहेछौं। विश्वमा डिफेन्स हब म्यानुफेक्टरिङको रूपमा हामी विस्तार विस्तार अघि आइरहेका छौं। हामी म्यानूफेक्चरिङ क्षेत्रलाई बढ़ावा दिन चाहन्छौ किनकि रोजगारको लागि सर्वाधिक आवश्यक छ। आज पीएलआई स्किमलाई एकदमै ठूलो सफलता मिलेको छ। एफडीआई रिफर्मस, त्यसले पनि हामीलाई एकदमै ठूलो ताकत दिएको छ। एमएसएमईलाई एकदमै ठूलो बल मिलेको छ। नयाँ व्यवस्था विकसित भएको छ अनि त्यसको कारण हाम्रो म्यानुफेक्चरिङ सेक्टर हामी विश्वको एउटा म्यानूफेक्चरिङ हब बन्नेछौं। जुन देशसित यति नौजवान शक्ति छ, जुन देशभित्र यो सामर्थ्य छ, हामी म्यानुफेक्चरिङको दुनियाँमा पनि ईन्डस्ट्री 4.0 मा एकदमै धेरै ठूलो ताकत अघि ल्याउन चाहन्छौं। अनि यसको लागि आवश्यक स्किल डेफलोपमेन्ट त्यमाथि पनि हामीले बलि दिएका छौं। अनि स्किल डेभलोपमेन्टमा पनि हामीले नयाँ मोडल तय गरेका छौं। हामीले जनभागीदारीलाई जोड़ेका छौं ताकि तुरन्तै रिक्वायरमेन्ट अनुसार स्किल डेभलोपमेन्ट हामी गर्न सकौं। अनि मलाई विश्वस छ कि म लाल किलाको प्राचीरबाट भनिरहेको छु, त्यो दिन टाड़ा छैन जब भारत इन्डस्ट्रियल म्यानूफेक्चरिङको हब हुनेछ, विश्वले भारत तर्फ हेर्नेछ।

आज विश्वको एकदमै ठूलो कम्पनीहरू भारतमा निवेश गर्न चाहन्छ। यो चुनावपछि मैले देखेको छु, मेरो तेस्रो कार्यकालमा जति मानिहरू मसित भेट्नको लागि इच्छा गरिरहेका छन् उनीहरूल धेर जसो निवेशक छन्। विश्वभरिका निवेशक छन्, उनीहरू आउन चाहन्छन्, भारतमा निवेश गर्न चाहन्छन्। यो एउटा एकदमै ठूलो स्वर्णिम अवसर हो। म राज्य सरकारहरूसित आग्रह गर्दछु कि तपाईहरू निवेशकहरूलाई आकर्षित गर्नको लागि स्पष्ट नीति निर्धारित गर्नुहोस्। सुशासनको आश्वासन दिनुहोस्,कानून-व्यवस्थाको लागि उनीहरूलाई भरोसा दिनुहोस्। हरेक राज्य  एउटा स्वास्थ्य स्पर्धामा अघि आउनुपर्छ। राज्य-राज्यबिच निवेशकहरूलाई तान्नको लागि स्पर्धा हुनुपर्छ निवेशकहरूको लागि, ताकि उनीहरूको राज्यमा निवेशक आउनेछन् उनको राज्यका नौजवानहरूलाई स्थानीय रूपले अवसर मिल्नेछ, रोजगारको अवसर मिल्नेछ।

नीतिहरूमा परिवर्तन ल्याउनुपर्छ तब वैश्विक आवश्यकता अनुसार राज्यहरूले नीतिहरू परिवर्तित गर्नुपर्छ। लैंडको आवश्यकता भए राज्यहरूले लैंड बैक बनाउनुपर्छ। सुशासन एकलविन्दुमा काम काम गर्नको लागि राज्य जति सक्रिय हुनेछ, जति धेर प्रयास गर्नेछ, जुन निवेशक आइरहेको छ उनीहरू कहिले फर्केर जानेछैनन्। केवल भारत सरकारबाट यो काम हुँदैन। राज्य सरकारहरूको एकदमै ठूलो आवश्यकता हुँदछ। किनकि जुन पनि प्रोजेक्ट लाग्ने वाला छ जुन राज्यमा लाग्ने। त्यसलाई हरेक राज्यसित दैनन्दिनको काम पर्दछ। अनि यसैले म राज्यहरूसित आग्रह गर्दछु कि जब विश्व पूर्ण रूपले भारततर्फ आकर्षित भइरहेको हुनेछ, पूरा विश्व भारतमा निवेष गर्नको लागि प्रतिबद्ध भइरहेको छ तब यो हाम्रो दायित्व बन्दछ कि हाम्रो पुरानो आदतहरू छोड़ेर स्पष्ट नीतिको साथ हामी अघि आउनुपर्छ। हेर्नुहोस् तपाई परिणाम आफ्नो राज्यमा देखिनेछ अनि तपाईको राज्य पनि चम्किनेछ, यो म तपाईहरूलाई विश्वास दिलाउँदछु।

साथीहरू,

भारत आफ्नो उच्च गुणस्तर को लागि परिचित होस् यो एकदमै जरूरी छ। अब विश्वको लागि हामी डिजाइनको क्षेत्र डिजाइन इन इण्डिया, यसमाथि हामीलाई बल दिनुपर्छ।

साथीहरू, भारत आफ्नो उच्च गुणस्तरको लागि परिचित होस् यो एकदमै जरूरी छ। अब विश्वको लागि हामीले डिजाइनको क्षेत्र डिजाइन इन इण्डिया, यसमाथि हामीले बल दिनुपर्छ। हामीले कोशिश गर्नुपर्छ कि भारतीय मानक अन्तरराष्ट्रिय मानक बनिनुपर्छ। भारतीय मानक अन्तरराष्ट्रिय मानक बनिएमात्र हाम्रो हरेक चीजमाथि सरलतासित मुहर लाग्नेछ। अनि यो हाम्रो उत्पादनको गुणस्तरमाथि नर्भर रहनेछ। हाम्रो  सेवाको गुणस्तरमाथि निर्भर रहनेछ। हाम्रो दृष्टिकोणको गुणस्तरमाथि निर्भर रहनेछ। अनि यसैले हामीले गुणस्तरमा बल दिएर अघि बढ़नु पर्छ। हामीसित ट्यालेन्ट छ।  डिजाइनको क्षेत्रमा विश्वलाई धेरै कुरा नयाँ दिनसक्छौं। डिजाइन इन इण्डियास, यस आह्वानलाई लिएर हामी अघि बढनुपर्छ। डिजाइन इ इम्डिया र डिजाइन फर दी वर्ल्ड, यो सपनालाई लिएर अघि बढ़नुपर्छ।

मे देखिरहेछु गेमिङ को संसारको एकदमै ठूलो मार्केट खड़ा भएको छ। तर आज पनि गेमिङको दुनियाँमाथि प्रभाव, विशेषगरी ती खेलहरूलाई बनाउने मानिसहरू, प्रोडक्ट गर्ने मानिस विदेशबाट कमाइ हुन्छ। भारतसित एकदमै ठूलो विरासत छ। हामी गेमिङको दुनियाँमा एकदमै नयाँ प्रतिभालाई लिएर आउन सक्छ। विश्वको हरेक नानीहरूलाई हाम्रो देशको बनिएको गेमिङतिर आकर्षित गर्न सकिन्छ। म चाहन्छु कि भारतका नानीहरू, भारतको नौजवान, भारतको आइटी विशेषज्ञ भारतको एआइको विशेषज्ञ, त्यो गेमिङको दुनियाँलाई लीड गरोस्। खेल्नुमा होइन, गेमिंगको दुनियाँमा हाम्रो प्रोडक्ट पूरा विश्वमा पुग्नुपर्छ। अनि पूरा दुनियाँमा हाम्रो एनिमेटरहरूले काम गर्न सक्छन्। एनिमेशनको दुनियाँमा हामी आफ्नो धाक जमाउन सक्छौं। हामी त्यसै दिशामा काम गरौं।

मेरा प्यारा देशवासीहरू,

आज विश्वमा ग्लोबल वार्मिङ, जलवायु परिवर्तन हरेक क्षेत्रमा चिन्ता अनि चर्चाको विषय रहँदछ। भारतले त्यस दिशामा धेरै कदम उठाएको छ। हामी विश्वलाई आश्वस्त गरिरहेका छौं अनि शब्दहरूद्वारा होइन आफ्नो कार्यहरूद्वारा, प्राप्त परिणामहरूद्वारा हामीले विश्वलाई आश्वस्त पनि गरेका छौं अनि विश्वलाई आश्चर्यचकित पनि गरेको छ। हामीमात्र होइन, जसले सिङ्गल युज प्लास्टिक माथि प्रतिबन्ध लगाएको छ। हामीले नविकरणीय़ ऊर्जा माथि विस्तार गरेका छौं, हामीले नविकरणीय ऊर्जा लाई एउटा नयाँ ताकत दिएका छौं। आउने केही वर्षहरूमा हामी शुद्ध शून्य भविष्यतिर अघि बढ़ीरहेका छौं। मलाई याद छ पेरिस अभिसन्धिमा जुन देशहरूले आफ्नो लक्ष्य निर्धारित गरेको थियो, आज म लाल किलाको प्राचिरबाट मेरो देशवासीहरूको ताकत विश्वलाई बताउन चाहन्छु। जी-20 देशको समूह जसले गर्न पाएन त्यो मेरो देशको नागरिकहरूले गरेर देखाएको छ। मेरा देशवासीहरूले गरेर देखाएको छ, हिन्दुस्तानले गरेर देखाएको छ।पेरिस अभिसन्धि भित्र जुन टार्गेट हामीले तय गरेका थियौं, त्यो टारगेटलाई समय भन्दा अघि नै पूरा गर्ने जी-20 देशहरूको समूहमा यदि कोही छ भने त्यो एकमात्र मेरो हिन्दुस्तान हो, एकमात्र मेरो भारत हो। अनि यसैले गर्व हुँदछ साथीहरू नविकरणीयको टारगेट हामीले पूरा गर्यौं। हामी 2030 सम्म नविकरणीय ऊर्जालाई 500 गीगावाटसम्म लिएर जानको लागि मकसदले काम गरिरहेका छौं। तपाई कल्पना गर्न सक्नुहुन्छ कि कति ठूलो लक्ष्य छ। विश्वका मानिसहरू केवल 500 गीगावाट शब्द सुन्छौं नी तब म तर्फ यसरी हेर्नुहुन्छ। तर आज म विश्वासको साथ भन्दैछु देशवासीहरूलाई कि यस लक्ष्यलाई पनि हामी पूरा गरेर रहनेछौं। अनि यसले मानवजातिलाई  पनि  सेवा गर्नेछ, हाम्रो भविष्यको पनि सेवा गर्नेछ, हाम्रो नानीहरूको उज्जव भविष्यको ग्यारेन्टी बन्नेछ। हामीले 2030 सम्म हाम्रो रेलवेको शुद्ध शून्य उत्सर्जनको लक्ष्य लिएर हामी चलिरहेका छौं।

साथीहरू,

पीएम सूर्यघर निशुल्क बिजुली योजनाले त्यसलाई एउटा नयाँ ताकत दिन लागेको छ अनि यो बद्लावको फल मेरो देशको सामान्य परिवारलाई प्राप्त भएको छ, विशेषगरी मेरो मध्मवर्गले पाउनेछन्, जब उनीहरूको बिजुलीको बिल निशुल्क भइरहेको छ। ईलेक्ट्रिकल वाहन, यसको माग बढ़दै गईरहेको छ। जब पीएम सूर्यघर योजनाद्वारा, कुनै बिजुली उत्पादन गरिन्छ सूर्यबाट तब त्यसको ह्वीकलको प्रवासको खर्चा पनि यसले कम गर्नसक्छ।

साथीहरू,

हामी ग्रीन हाइड्रोजन मिशनलाई लिएर एउटा ग्लोबल हब बनाउन चाहन्छौं। एकदमै तेजीसित नीतिहरू बनाइएको छ, एकदमै तेजीसित त्यसको कार्यान्वयनको काम भइरहेको छ अनि भारत ग्रीन हाइड्रोजन एउटा नयाँ ऊर्जा को दिशामा हामी जान चाहन्छौं। अनि यी सबै जुन प्रयास चलिरहेको छ जलवायुको चिन्ता त छ नै, ग्लोबल वार्मिङ को चिन्ता पनि छ। तर यसभित्र ग्रीन जबको एकदमै ठूलो सम्भावना छ। अनि यसैले आउने कालखण्डमा ग्रीन जब को एकदमै ठूलो सम्भावना छ। अनि यसैले आउँदो कालखण्डमा ग्रीन जब्स को महत्व बढ़दा त्यसलाई सबैभन्दा पहिला क्याप्चर गर्नको लागि, मेरो देशका नौजवानहरूको अवसर दिनको लागि अनि ग्रीन जब्स को लगि एउटा एकदमै ठूलो क्षेत्रलाई बढ़ावा दिइरहेका छौं।

मेरा प्यारा देशवासीहरू,

आज हामीसँग यो तिरङ्गा झण्डाको पछाडीपटि ती नवजवान बसेका छन्, जसले ओलम्पिकमा भारतको ध्वज फहराएका छन्। म मेरा देशका सबै एथलिट्सलाई देशका सबै खेलाडीलाई 140 करोड देशवासीको तर्फबाट बधाई दिँदछु। अनि हामी नयाँ संकल्प, नयाँ सपना, अत्यन्तिक पुरुषवार्थका साथ नयाँ लक्ष्य प्राप्त गर्न अघि बढ्नेछौं। यस्तो विश्वाससहित म उनीहरूलाई शुभकामना दिँदछु। आउने केही दिनहरूमा भारतको एउटा ठूलो समुह प्यारा ओलम्पिकका लागि पेरिस जाँदैछ, म मेरा सबै प्यारा ओलम्पिक खेलाडीहरूलाई पनि हृदयबाटै धेरै धेरै शुभकामना दिँदछु।

साथीहरू,

भारतले जी 20 अर्गनाइज गऱ्यो। हिन्दुस्तानका अनेकौं शहरमा अर्गनाइज गरियो। 200 भन्दा धेरै इभेन्स भए। पूरै विश्वमा जी 20 को यति ठूलो कार्यक्रम कतै पनि भएको थिएन। यस पल्ट भयो। भारतसित ठूलाभन्दा ठूला कार्यक्रम अर्गानाइज गर्ने शक्ति भन्ने कुरा यसले सिद्ध गर्दछ। भारतसित हस्पिटालिटीको सामार्थ्य छ। यदि यो सिद्ध भइसकेको छ भने साथीहरू, हिन्दुस्थानको सपना के छ भने 2036 मा जुन ओलम्पिक हुने छ त्यो मेरो हिन्दुस्तानको धरतीमा होस्। यसका लागि हामी तयारी गर्दैछौं। यसका लागि हामी अघि बढिरहेका छौं।

साथीहरू,

समाजका अन्तिम पंक्तिका जो मानिस छन्। यो हाम्रो सामाजिक दायित्वा हो, यदि कोही पछि पर्दछ  भने हाम्रो अघि बढ्ने गतिलाई कम गरिदिँदछ। यसकारण हामी अघि बढ्न चाहान्छौं भने पनि सफलता तब मात्र प्राप्त हुनेछ जब पछि परेकालाई पनि साथ-साथै अघि लिएर आउनेछौं। अनि यसैकारण  हामी सबैको के दायित्व् बन्दछ भने हाम्रो समाजमा आज पनि जुन क्षेत्र पछि परेका छन्, जुन समाज पछि रहेका छन्, जो मानिसहरू पछि रहेका छन्, हाम्रा ससाना किसान हुन् , हाम्रा जंगलहरूमा बस्ने मेरा आदिवासी भाइ-बहिनीहरू हुन्, हाम्रा आमाहरू, दिदी बहिनीहरू, हाम्रा मजदूर हुन्, हाम्रा श्रमिक साथीहरू हुन्, हाम्रा कामदार मानिसहरू हुन्, यी सबैलाई हामीले बराबरीमा ल्याउनका लागि, हाम्रो बराबरीमा ल्याउनका लागि  भरमग्दुर प्रयास गर्नुपर्छ।  तर अब गति लिइसकिएको छ, अब धेरै दिनसम्म हामीले यस्तो गरिरहनु पर्नेछैन। उनीहरू छिटै नै हाम्रो समक्ष आइपुग्नेछन्। हाम्रो बराबरीमा आउनेछन्। हाम्रो ताकत धेरै नै बढ्नेछ। अनि ठूलो समवेदनासित हामीले यो काम गर्नुपर्नेछ। अनि यसका लागि एउटा ठूलो अवसर आइरहेको छ।

म के मान्दछु भने संवेदनशीलताको दृष्टिबाट यो भन्दा ठूलो अवसर अर्को के हुन सक्छ र। हामीलाई थाहा छ,  1857 को स्वयतन्त्रता सङ्ग्रामभन्दा पहिला पनि अङ्ग्रेजहरूको वाक्क लगाउने हाम्रो देशमा एकजना आदिवासी युवक थिए। 20-22 वर्षको उमेरमा उनले अङ्ग्रेजहरूलाई वाक्क लगाइसकेका थिए। जसलाई आज हामी भगवान बिरसा मुण्डाको रूपमा पूजा गर्दछौं। भगवान बिरसा मुण्डाको 150औं जयन्ती आउँदैछ।  यो हामी सबैका लागि प्रेरणाको कारण बन्नेछ। समाज प्रति, सानो भन्दा सानो व्यीक्ति पनि देशका लागि कस्तो भावना राख्दछ, त्यो भन्दा ठूलो प्रेरणा भगवान बिरसा मुण्डा भन्दा ठूलो अर्को को हुन सक्ला र। आउनुहोस्, हामी भगवान बिरसा मुण्डाको 150औं जयन्ती जब मनाउनेछौं, संवेदनशीलताको हाम्रो भाव बढोस्, समाज प्रति हाम्रो मनोभाव बढ़ोस्, हामी समाजका प्रत्येक व्यरक्तिलाई, गरीबलाई, दलितलाई, पछाडिएकालाई, आदिवासीहरूलाई, प्रत्येकलाई हामीले आफूसित लिएर हिड्यौं, यो संकल्पूलाई लिएर अघि बढ्नुपर्छ। 

मेरा प्यारा देशवासी!

हामी सङ्कल्परसित बढी त रहेका छौं, धेरै अघाडि बढेका छौं, तर के पनि सत्य छ भने केही मानिस हुन्छन्, जो प्रगतिलाई हेर्न सक्दैनन्। केही मानिस हुन्छन् जो भारतको हीत सोच्न सक्दैनन्जबसम्म आफ्नो भलो हुँदैन, तबसम्म उनीहरूलाई अरू कसैको भलो राम्रो लाग्दैन।  यस्तो विकृत मानसिकताले भरिएका मानिसहरूको कुनै कमी हुँदैन।  देशलाई यस्ता मानिसहरूबाट बचाउनु पर्छ। उनीहरू निराशाको गहिराईमा डूबेका मानिसहरू हुन्। यस्ता मुट्ठीभरि निराशाको गहिराईमा डूबेका मानिसहरूको काखमा विकृति जन्मिन्छ, तब त्यो  विनाशको कारण बन्दछ, सर्वनाशको कारण बन्दछ।  अराजकताको मार्गमा हिड्दछ, अनि तब देशलाई ठूलो हानि हुँदछ, जसको भरपाई गर्नमा हामीले फेरि नयाँ तरिकाले मेहनत गर्नुपर्ने हुन्छ। यसैकारण जो यस्ता एकाश निराशावादी तत्व  हुन्छन्, उनीहरू केवल निराश हुन् त्यति मात्र होइन, उनीहरूको काखमा विकृति बढिरहेको हुन्छ। यो विकृतिले विनाशको, सर्वनाशको सपना देखिरहेको हुन्छ, ताना-बाना जोड्ने प्रयासमा लागेको हुन्छ। देशले यिनलाई बुझ्नु पर्छ। तर म देशवासीहरूलाई के भन्न चाहान्छु भने हामी हाम्रो सफा नियतद्वार, हाम्रो ईमानादारीद्वारा, राष्ट्रल प्रति समर्पणद्वारा, हामी सबै परिस्थितिहरूका बीच पनि विपरीत मार्गमा जानेहरूका लागि पनि उनीहरूको पनि मन जितेर, हामी देशलाई अघि बढ़ाउने संकल्प्मा कहिले पनि पछि हट्ने छैनौं, यो म विश्वारस दिलाउन चाहन्छु। 

साथीहरू,

चुनौतीहरू धेरै छन्, अनगन्ती चुनौतीहरू छन्। चुनौतीहरू भित्र पनि छन्, चुनौतीहरू बाहिर पनि छन् अनि जति जति हामी शक्तिशाली बन्ने छौं, जति जति हाम्रो प्रतिष्ठा बढ्नेछ, तब चुनौतीहरू पनि बढ़ने नै छन्। बाहिरको चुनौतीहरू अझ धेरै बढ़नेवाला छन् अनि मलाई यसको राम्रोसँग अनुभव छ। तर म यस्ता शक्तिहरूलाई के भन्न चाहन्छु भने भारतको विकास कसैका लागि संकट लिएर आउने छैन। हामी विश्वनमा समृद्ध थियौं, त्यति बेला पनि, हामीले कहिले पनि संसारलाई युद्धमा हुलेनौं। हामी बुद्धको देश हौं, युद्ध हाम्रो मार्ग कदापि होइन। अनि यसका लागि विश्वह चिन्तित हुनु नै पर्दैन। भारत अघि बढ्दा, म विश्व समुदायलाई के विश्वास दिलाउँदछु भने तपाईंहरू भारतको संस्काहरहरूलाई बुझ्नु होस्, भारतको हजारौं वर्षको इतिहासलाई बुझ्नु होस्, तपाईंहरू हामी सङ्कट नमान्नु होस्। तपाईं ती तरिकासित न जोडिनु होस्, जसका कारण पूरै मानव जातिको कल्या ण गर्ने सामर्थ्यु जुन भूमिमा छ, त्यस भूमिलाई धेरै परिश्रम गर्नु परोस्।  तर पनि म देशवासीहरूलाई के भन्न चाहान्छु भने चुनौतीहरू जति नै किन न हुन्, चुनौतीलाई चुनौती दिनु, यो त हिन्दुस्ताानको स्वभाव मै छ। न हामी डग्मगाउने छौं, न त हामी थाक्नेछौं, न त हामी रोकिनेछौं, न त हामी झुक्नेछौं। हामी संकल्पहरूको परिपूर्तिका लागि 140 करोड़ देशवासीहरूको भाग्यन परिवर्तन गर्नका लागि, भाग्य  सुनिश्चित गर्नका लागि, राष्ट्रमको सपनाहरूलाई साकार गर्नका लागि हामी कुनै पनि काम कुरो छोड्ने छैनौं। हामी बैगुणीलाई हामी हाम्रो गुणले जित्नेछौं। यो म विश्वातस दिँदछु। 

मेरा प्याोरा देशवासी,

समाजको मनोरचनामा आएको परिवर्तन पनि कहिले काही ठूलो चुनौतीको कारण बन्दछ। हाम्रा प्रत्येक देशवासी भ्रष्टा्चारको धमिराबाट पिरोलिएका छन्। हरेक स्तररका  भ्रष्टा चारले  सामान्यर मानवीको व्यछवस्था प्रति विश्वाास तोड़ेका छन्।  उसमा आफ्नो योग्यटता, क्षमता प्रति भएको अन्यारय प्रति जुन क्रोघ छ, त्यसले राष्ट्ररको प्रगतिमा नोक्सान गर्दछ। अनि यसैकारण मैले व्याजपक रूपमा भ्रष्‍टाचारविरुद्ध एउटा युद्ध गरिरहेको छु। म जान्दछु, यसको मूल्य मैले तिर्नुपर्नेछ, मेरो प्रतिष्ठाकले तिर्नुपर्ने हुन्छ, तर राष्ट्ररभन्दा ठूलो मेरी प्रतिष्ठाि हुनसक्दैन, राष्ट्रका सपनाहरूबाट भन्दा ठूला मेरा सपना हुनसक्दैनन्। अनि यसैकारण, ईमानदारीसित भ्रष्टाहचारविरुद्ध  मेरो लड़ाई जारी रहनेछ।  तीव्र गतिमा जारी रहनेछ अनि भ्रष्टाचारीहरू माथि अवश्य नै कार्वाही हुनेछ। म भ्रष्टाैचारीहरूका लागि भयको वातावरण सिर्जना गर्न चाहान्छु, ताकि देशका सामान्यै नागरिकलाई लुटने जुन परम्पररा रहेको छ, त्यो परम्पारालाई मैले रोक्नु पर्नेछ। तर सबैभन्दा ठूलो नयाँ चुनौती आएको छ। भ्रष्टा चारीहरूसित भिड्नु त छ नै, तर समाज जीवनमा उच्चत स्तररमा एउटा जुन परिवर्तन आएको छ, त्यो सबैभन्दा ठूलो चुनौती पनि हो, अनि एक समाजका लागि सबैभन्दा ठूलो चिन्ताको विषय पनि हो। के कसैले कल्पएना गर्न सक्छ, मेरै देशमा, यत्रो महान संविधान हामीसमक्ष हुदा पनि केही यस्ता मानिस निस्किरहेका छन् जो भ्रष्टाचारको महिमामण्डन गर्दैछन्।  खुलमखुल्ला भ्रष्टााचारलाई जय-जयकार गर्दैछन्। समाजमा यस प्रकारको बिरुवा रोप्ने जुन प्रयास हुँदैछ, भ्रष्टाचारको जुन महिमामण्डन हुँदैछभ्रष्टाचारीहरूको स्वीकार्यता बढ़ाउने जुन निरन्तर प्रयास हुँदैछ, त्यो स्वरस्थभ समाजका लागि धेरै नै ठूलो चुनौती बनेको छ।  ठूलो चिन्ताको विषय बनेको छ।  ठूलो चुनौतीको विषय बन्न पुगेको छ। भ्रष्टाचारीहरू प्रति, समाजमा दुरत्व कायम गर्दा मात्र कुनै पनि भ्रष्टाचारीलाई त्यस बाटोमा जान डर लाग्नेछ। तर उसको महिमामण्डन हुन्छ भने त जसले आज भ्रष्टााचार गर्दैन, उसलाई पनि के लाग्दछ भने यो त समाजमा प्रतिष्ठााको रङ बन्दै छ, त्यस बाटो जानु हुने नराम्रो होइन।

मेरा प्यारा देशवासी,

बाङ्ग्लादेशमा जे पनि भइरहेको छ, त्यसलाई लिएर छिमेकी देशकाको नातामा चिन्ता हुने कुरालाई म बुझ्न सक्छु। म आशा गर्छु त्यहाँ स्थिति चाढै नै सामान्य हुनेछ। विशेषगरि 140 करोड़ देशवासीको चिन्ता, कि त्यहाँ हिन्दू, त्यहाँका अल्पसङ्ख्यक समुदायको सुरक्षा सुनिश्चित होस्। भारत सदैव चहान्छ, हाम्रो छिमेकी देश सुख र शान्तिको मार्गमा हिँड़ोस्। शान्तिका प्रति हाम्रो प्रतिबद्धता छ। हाम्रो समस्कार छ,हामी आउने दिनहरूमा बाङ्ग्लादेशको विकास यात्रामा सदैव हाम्रो शुभचिन्तन नै हाम्रो रहनेछ। हामी मानव जातिको भलाई सोच्नेहरू हौँ।

मेरा प्यारा देशवासी,

हाम्रो संविधानको 75 वर्ष भइरहेको छ, भारतको संविधानको 75 वर्षको यात्राले देशलाई एकताबद्ध गर्न र देशलाई महान बनाउन ठूलो भूमिका खेलेको छ। हाम्रो देशको संविधानले भारतको लोकतन्त्रलाई बलियो बनाउन ठूलो भूमिका खेलेको छ। हाम्रो संविधानले हाम्रो देशका दलित, उत्पीडित, शोषित र वञ्चितहरूलाई सुरक्षा प्रदान गर्ने ठूलो काम गरेको छ। अब संविधान जारी भएको 75 वर्ष मनाउन गइरहेका बेला देशवासीले संविधानमा उल्लेखित कर्तव्यको भावनालाई जोड दिनु अत्यन्त जरुरी छ र कर्तव्यको कुरा गर्दा म नागरिकलाई मात्रै बोझ पार्न चाहन्न। केन्द्र सरकारको पनि कर्तव्य हुन्छ, केन्द्र सरकारका प्रत्येक कर्मचारीको पनि कर्तव्य हुन्छ, राज्य सरकारको पनि कर्तव्य हुन्छ, राज्य सरकारका प्रत्येक कर्मचारीको पनि कर्तव्य हुन्छ। पञ्चायत, नगरपालिका, नगरपालिका, तहसील, जिल्ला, हरेक स्थानीय स्वराज संस्थाको कर्तव्य हुन्छ। तर एकै समयमा 140 करोड देशवासीको कर्तव्य छ। हामी सबै मिलेर कर्तव्य निर्वाह गर्यौं भने अरुको अधिकारको रक्षा गर्ने औजार बन्छौं र जब कर्तव्य पूरा हुन्छ तब अधिकारको संरक्षण निहित हुन्छ, त्यसका लागि छुट्टै प्रयास गर्नु पर्दैन।

 म चाहन्छु कि हामी हाम्रो यो भावनालाई लिएर अगाडि बढौं। हाम्रो लोकतन्त्र पनि बलियो हुनेछ। हाम्रो बल अझै बढ्नेछ र हामी नयाँ शक्तिसँग अगाडि बढ्नेछौँ।

मेरा प्यारा देशबासीहरु,

हाम्रो देशमा सर्वोच्च अदालतमा समानुपातिक संहिताको बारम्बार बहस भएको छ। देशको एक ठूलो वर्गको विश्वास र यसमा सत्यता छ कि हामी बाँचिरहेका छौं, वास्तवमा एक प्रकारको साम्प्रदायिक नागरिक संहिता, भेदभावपूर्ण नागरिक संहिता हो भनेर धेरै पटक आदेशहरू दिइएको छ। जब हामी संविधानको 75 वर्षको उत्सव मनाइरहेका छौं र संविधानको मर्मले त्यसो गर्न भन्छ, देशको सर्वोच्च अदालतले पनि त्यसो गर्न भनेको छ र संविधान निर्माताको सपना पूरा गर्नुपर्छ यो सबैको जिम्मेवारी हो र यो विषयमा देशमा व्यापक छलफल हुनुपर्छ भन्ने मेरो मान्यता हो। सबैले आ-आफ्नो विचार ल्याएर धर्मको आधारमा देशलाई टुक्राउने, भेदभावको कारण बन्ने, त्यस्ता कानुनको आधुनिक समाजमा कुनै स्थान छैन, त्यसैले म भन्छु, अब देशको माग छ। देशमा धर्मनिरपेक्ष संहिता हुनुपर्छ, हामीले साम्प्रदायिक संहिता बनेको 75 वर्ष बिताएका छौं। अब धर्मनिरपेक्ष संहितातर्फ अघि बढ्नुपर्छ, तब मात्र देशमा धर्मको आधारमा भइरहेको विभेद र आम नागरिकले महसुस गर्ने दुरीबाट मुक्ति पाउनुहुनेछ।

मेरा प्यारा देशवासीहरू,

जब म सधैं देशको चिन्ताको बारेमा भन्छु, नातावाद, जातिवादले भारतको लोकतन्त्रलाई ठूलो हानि पुर्याछइरहेको छ। नातावाद र जातीयवादबाट देश र राजनीतिलाई मुक्त गर्नुपर्छ। आज मेरो अगाडि युवाहरूले मेरो भारत नामको संस्थाको बारेमा लेखेको देख्छु। यो धेरै राम्रो लेखिएको छ। मेरो भारत धेरै मिशन छन्। देशको राजनीतिक जीवनमा जतिसक्दो चाँडो एक लाख युवालाई जनप्रतिनिधि बनाएर अगाडि बढाउने अभियान पनि छ, जसको परिवारमा कुनै राजनीतिक पृष्ठभूमि छैन। हो जसका बाबुआमा, दाजुभाइ, काका, मामा र काकीहरू कहिल्यै राजनीतिमा थिएनन्। पञ्चायत होस्, नगरपालिकामा, जिल्ला परिषदमा , विधानसभा वा लोकसत्तामा, यस्ता होनहार युवाको यति लाख ताजा रगत अहिलेसम्म कुनै पुस्तामा आएको छैन।  एक लाख नयाँ युवा, आफ्नो परिवारमा जुनसुकै विगतको राजनीतिक इतिहास जस्तोसुकै भए पनि, जातियवादबाट मुक्ति पाउन, नातावादबाट मुक्ति पाउन, लोकतन्त्रको समृद्धि पाउन सकून्, त्यस्ता नयाँ व्यक्तिहरू राजनीतिमा आउनुपर्छ। पार्टी, यदि तपाई चाहनुहुन्छ भने त्यो समूहमा सामेल हुनेहरू। त्यही पार्टीमा प्रवेश गरेपछि उनी जनप्रतिनिधि बनेर अगाडि आए।

देशले निर्णय गरोस्, आगामी दिनमा राजनीतिसँग कुनै सम्बन्ध नभएका यस्ता एक लाख ताजा रगतका युवा आउनेछन् भने सोच पनि नयाँ र क्षमता पनि नयाँ हुनेछ। लोकतन्त्रको समृद्धि हुन्छ त्यसैले हामी यही दिशामा अघि बढ्नुपर्छ र देशमा बारम्बार हुने निर्वाचनले देशको प्रगतिमा बाधा पुऱ्याउने र गतिरोध सिर्जना गरिरहेको म औंल्याउन चाहन्छु। आज कुनै पनि योजनालाई चुनावसँग जोड्न सजिलो भएको छ। किनभने हरेक तीन/छ महिनामा कतै कतै चुनाव भइरहन्छ। जुनसुकै योजनाको खुलासा गर्नुहोस्, तपाईले मिडियामा देख्नुहुनेछ कि जब चुनाव आउँछ, त्यस्तै हुन्छ, जब चुनाव आउँछ, त्यस्तै हुन्छ। हरेक काम चुनावको रङले रंगिएको छ  र यसैले देशमा व्यापक चर्चा भएको छ। सबै राजनीतिक दलले आआफ्नो धारणा राखेका छन् । समितिले निकै राम्रो प्रतिवेदन तयार गरेको छ। एक राष्ट्र एक निर्वाचनका लागि देश अगाडि बढ्नुपर्छ। लाल किल्लाबाट तिरङ्गा झण्डाको साक्षीमा, म देशका राजनीतिक दलहरूलाई, देशको संविधान बुझ्ने जनतालाई आग्रह गर्दछु, भारतको विकास र त्यसको लागि आम जनताको लागि भारतको स्रोत साधनको अधिकतम उपयोग गर्न आग्रह गर्दछु। राष्ट्र एक निर्वाचनको सपना साकार पार्न अगाडि बढ्नुपर्छ।

मेरा प्यारा देशवासीहरू,

भारतको स्वर्णिम काल 2047 हो, विकसित भारत हामीलाई पर्खिरहेको छ। बाधा, अवरोध र चुनौतिलाई पार गर्दै दृढ सङ्कल्पका साथ अगाडि बढ्न यो देश प्रतिबद्ध छ। र साथीहरू, म स्पष्ट रूपमा देख्न सक्छु कि मेरो विचारहरूमा कुनै सङ्कोच छैन। मेरो सपनाको अगाडि कुनै पर्दा छैन। 140 करोड देशवासीको कडा परिश्रमले हाम्रा पुर्खाको रगत हाम्रो नसामा छ भन्ने म प्रष्ट देख्छु। यदि ती 40 करोड जनताले स्वतन्त्रताको सपना पूरा गर्न सक्छन् भने 140 करोड देशवासीले समृद्ध भारतको सपना साकार गर्न सक्छन्। 140 करोड देशवासीहरूले विकसित भारतको सपना साकार गर्न सक्छन्। र मैले पहिले पनि भनेको थिएँ कि मेरो तेस्रो कार्यकालमा देश पक्कै तेस्रो अर्थतन्त्र बन्छ, तर म तीन गुणा काम गर्छु, म तीन गुणा छिटो काम गर्छु, म तीन गुणा फराकिलो काम गर्छु, ताकि देशको लागि मैले देखेको सपनाहरू पुरा होस्। म धेरै नजिक छु, मेरो प्रत्येक पल देशको लागि हो, मेरो प्रत्येक पल देशको लागि हो, मेरो प्रत्येक कण माँ भारतीको लागि हो, त्यसैले 24 बाइ 7 र 2047 यो प्रतिबद्धता लिएर आउनुहोस्। हाम्रा पुर्खाहरूले देखेका सपनाहरूलाई सङ्कल्प गरौं, हाम्रा सपनाहरू जोडौं, हाम्रा प्रयासहरूलाई जोडौं र 21 औं शताब्दीमा, जुन भारतको शताब्दी हो, हामी स्वर्म भारतको रूपमा बाँचौं, त्यही शताब्दीमा हामी विकसित भारतको रूपमा बाँचौं। र ती सपनाहरू पूरा गर्दै हामी अगाडि बढ़ौँ र स्वतन्त्र भारत 75 वर्षको यात्रा पछि नयाँ उचाइमा अघि बढिरहेको छ, तब हामीले कुनै कसर छोड्नु हुँदैन। अनि म तिमीलाई आश्वासन दिन्छु, तपाईले मलाई जुन जिम्मेवारी दिनुभयो, म कुनै कसर छोड्ने छैन, म कडा परिश्रममा कहिल्यै पछि पर्नेछैन, म हिम्मतमा कहिल्यै पछि पर्दैन, म चुनौतीहरूको सामना गर्न कहिल्यै डराउँदिन, किन? किनकी म तपाईंको लागि जिउछु, तपाईंको भविष्यको लागि जिउछु, म भारत माताको उज्ज्वल भविष्यको लागि बाँच्छु र ती सपनाहरू पूरा गर्न आज हामी राष्ट्रिय झण्डाको छायामुनि, तिरङ्गाको छायामुनि दृढ सङ्कल्पका साथ अगाडि बढौं म सँग भन्नुहोस् -

भारत माता की जय।

भारत माता की जय।

भारत माता की जय।

वन्देम मातरम्।

वन्देम मातरम्।

वन्देम मातरम्।

वन्देम मातरम्।

जय हिन्द‍।

जय हिन्द‍।

जय हिन्द‍।

 

*************

 


(Release ID: 2045732) Visitor Counter : 80