सूचना तथा प्रसारण मन्त्रालय
azadi ka amrit mahotsav

अश्विनी वैष्णवद्वारा केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीको कार्यभार ग्रहण


सरकार जनमानसको सेवाका लागि प्रतिबद्ध, क्याबिनेटको प्रथम निर्णय गरीबहरूलाई समर्पित : वैष्णव

प्रविष्टि तिथि: 11 JUN 2024 11:41AM by PIB Gangtok

केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीका रूपमा अश्विनी वैष्णवले कार्यभार सम्हालेका छन्। यस अवसरमा मिडियासँग कुरा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा रहेको सरकार गरीबहरूको उत्थानका लागि समर्पित रहेको वैष्णवले बताए। क्याबिनेटद्वारा 3 करोड ग्रामीण एवं शहरी घर निर्माणबारे निर्णय दोहोऱ्याउँदै वैष्णवले सरकारको पहिलो दिनको क्याबिनेटको पहिलो निर्णय गरीब सशक्तिकरणको निम्ति समर्पित रहेको बताए। सरकारले देशका जनमानसको निरन्तर सेवा गरिरहने पनि उनले बताए।

सूचना एवं प्रसारण मन्त्रीका रूपमा सेवा गर्न यस अवसरको निम्ति उनले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।

मन्त्रालयका सचिव सञ्जय जाजू अनि मन्त्रालय तथा यस अन्तर्गत मिडिया एकाइका अन्य वरिष्ठ अधिकारीले वैष्णवलाई स्वागत जनाए

**********


(रिलीज़ आईडी: 2024220) आगंतुक पटल : 84
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Khasi , English , Urdu , Marathi , हिन्दी , Hindi_MP , Bengali , Manipuri , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam