मन्त्रीमण्डल

मन्त्री मण्डलद्वारा भारत अनि डोमिनिकन गणराज्यबीच चिकित्सा उत्पाद विनियमनको क्षेत्रमा सहयोगमाथि सम्झौता ज्ञापनलाई स्वीकृति


Posted On: 18 JAN 2024 1:01PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्रीमण्डललाई स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको केन्द्रिय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) तथा डोमिनिकन गणराज्यको चिकित्सा, खाद्य तथा स्वच्छता उत्पाद सङ्गठन महानिर्देशालय, सार्वजनिक स्वास्थ्य एवं सामाजिक सहायक मन्त्रालयबीच चिकित्सा उत्पाद विनियमन क्षेत्रमा सहयोगमाथि हस्ताक्षरित सम्झौता ज्ञापनबारे अवगत गराइयो। यो सम्झौता ज्ञापन 4 अक्टोबर, 2023 को दिन हस्ताक्षर गरिएको थियो।

यस सम्झौता ज्ञापनले चिकित्सा उत्पाद अनि पक्षकारहरूको अधिकार क्षेत्रभित्र प्रासङ्गिक प्रशासनिक एवं विनियामक मामिलासित सम्बन्धित क्षेत्रमा सूचना आदान-प्रदान र सहयोगलाई बढावा दिनेछ। अन्तरराष्ट्रिय बजारमा चलिरहेका घटिया,  नकली दवाईहरूका मुद्दालाई सम्बोधित गर्नका लागि, सम्झौता ज्ञापनमा हस्ताक्षरको माध्यमद्वारा विनियामक अभिकरणहरूबीच संवादको सुविधा प्रदान गर्नसकिनेछ।

विनियामक प्रथाहरूको संयोजनले भारतबाट दवाईहरूको निर्यात बढाउन मद्दत प्राप्त हुनसक्नेछ, जसको परिणामस्वरूप शिक्षित पेशेवरहरूका लागि फार्मास्युटिकलको क्षेत्रमा रोजगारको असल अवसरमा सहयोग प्राप्त हुनसक्नेछ।

यस सम्झौता ज्ञापनले चिकित्सा उत्पादहरूको  निर्यातलाई सुविधा प्रदान गर्नेछ, जसले विदेशी मुद्रा अर्जित हुनेछ। यो आत्मनिर्भर भारतको दिशामा अर्को एउटा कदम हो।

*****



(Release ID: 1997404) Visitor Counter : 59