प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीले 18 जनवरीको दिन विकसित भारत सङ्कल्प यात्राका लाभार्थीहरूसँग संवाद गर्ने


कार्यक्रममा देशभरीका हजारौं विकसित भारत सङ्कल्प यात्रा लाभार्थी सामेल हुने

Posted On: 17 JAN 2024 5:13PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले 18 जनवरी, 2024 को दिन दिउँसो 12.30 बजे भिडियो कन्फरेन्सिङको माध्यमद्वारा विकसित भारत सङ्कल्प यात्राका लाभार्थीहरूसँग संवाद गर्नेछन्। प्रधानमन्त्रीले यस अवसरमा उपस्थित मानिसहरूलाई सम्बोधित गर्नेछन्।

कार्यक्रममा देशभरीबाट विकसित भारत सङ्कल्प यात्राका हजारौं लाभार्थी सामेल हुनेछन्। कार्यक्रममा केन्द्रिय मन्त्री, सांसद, विधायक अनि स्थानीय स्तरका प्रतिनिधि पनि सामेल हुनेछन्।

प्रधानमन्त्रीले 15 नोभेम्बर, 2023 को दिन विकसित भारत सङ्कल्प यात्रा शुरु भएपछि पूरा देशमा विकसित भारत सङ्कल्प यात्राका लाभार्थीहरूसँग नियमित रूपमा संवाद गर्दैआएका छन्। भिडियो कन्फरेन्सिङको माध्यमद्वारा पाँचपटक (30 नोभेम्बर, 9 दिसम्बर, 16 दिसम्बर, 27 दिसम्बर र 8 जनवरी, 2024)। संवाद गरिसकेका छन्। यसका अतिरिक्त प्रधानमन्त्रीले गत महिना आफ्नो बनारस यात्राको समय लगातार दुई दिन (17-18 दिसम्बर) विकसित भारत सङ्कल्प यात्राका लाभार्थीका साथ सम्मुखिन भई संवाद गरे।

देशभरी विकसित भारत सङ्कल्प यात्रा चलाइँदैछ। यसको उद्देश्य सरकारको प्रमुख योजनाहरूको परिपूर्णता प्राप्ति रहेको छ ताकि यी योजनाहरूको लाभ समयबद्ध तरिकाले सबै लक्षित लाभार्थीसम्म पुऱ्याउने सुनिश्चित गर्नसकियोस्।

विकसित भारत सङ्कल्प यात्रामा भाग लिनेहरूको सङ्ख्या 15 करोड पार गरिसकेको छ। धरातलीय स्तरमा गहिरो प्रभाव उत्पन्न गर्नमा सफलताको प्रमाण हो यो, जसले देशभरीका मानिसहरूलाई विकसित भारतको साझा परिकल्पनातर्फ एक जुट गरिरहेको छ।

*****



(Release ID: 1997336) Visitor Counter : 48