मन्त्रीमण्डल

मन्त्रीमण्डलद्वारा हाइड्रोकार्बन क्षेत्रमा सहयोगबारे भारत र गुयानाबीच सम्झौता ज्ञापनमा हस्ताक्षर गर्न स्वीकृति


Posted On: 05 JAN 2024 1:14PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्री मण्डलले हाइड्रोकार्बन क्षेत्रमा सहयोगबारे पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय, भारत सरकार अनि प्राकृतिक संसाधन मन्त्रालय, गुयाना गणराज्यबीच सम्झौता ज्ञापनमा (एमओयु) हस्ताक्षर गर्ने विषयमाथि स्वीकृति दिएको छ।

सम्झौता ज्ञापनको विवरण :

प्रस्तावित सम्झौतामा गुयानाबाट काँचो तेलको सोर्सिङ, गुयानामा अन्वेषण र उत्पादन (ई एण्ड पी) क्षेत्रमा भारतीय कम्पनीहरूको भागीदारी, काँचो तेलको शोधन, क्षमता, निर्माण, द्विपक्षीय व्यापारलाई सुदृढ बनाउने, प्राकृतिक ग्यास क्षेत्रमा सहयोग, गुयानामा तेल अनि ग्यास क्षेत्रमा नियामक नीति ढाँचाको विकासमा सहयोग, जैव इन्धनसहित स्वच्छ ऊर्जा क्षेत्रका साथसाथै सौर ऊर्जा आदिसहित नविकरणीय क्षेत्रमा सहयोग एवं हाइड्रोकार्बन क्षेत्रको पूर्ण मूल्य शृङ्खला सामेल छ।

प्रभाव :

गुयानाका साथ हाइड्रोकार्बन क्षेत्रमा सहयोगबारे सम्झौता ज्ञापनद्वारा द्विपक्षीय व्यापारमा वृद्धि, एक-अर्काको देशमा निवेशलाई बढावा र काँचो तेलको स्रोतमा विविधता ल्याउन सहयोग प्राप्त हुनेछ, जसले देशको ऊर्जा अनि आपूर्ति सुरक्षामा वृद्धि हुनेछ। यसले भारतीय कम्पनीलाई गुयानामा अन्वेषण अनि उत्पादन क्षेत्रमा भाग लिने अवसर प्रदान गर्नेछ। यसका अतिरिक्त, अपस्ट्रीम परियोजनामा वैश्विक तेल एवं ग्यास कम्पनीका साथ काम गरी अनुभव प्राप्त गर्नेछ, जसबाट आत्मनिर्भर भारतको दृष्टिकोणलाई बढावा प्राप्त हुनेछ।

कार्यान्वयन रणनीति एवं लक्ष्य :

यो सम्झौता ज्ञापन हस्ताक्षरको तिथिदेखि लागू हुनेछ र पाँच सालको अवधिसम्म मान्य रहनेछ। यसका पश्चात् कुनै पनि पक्षले यस सम्झौतालाई समाप्त गर्नका लागि दोस्रो पक्षलाई आफ्नो मनसायबारे तीन महिनाअघि लिखित सूचना नदिएसम्म, स्वचालित रूपमा पाँच सालको आधारमा नविकरण गरिनेछ।

पृष्ठभूमि :

हालका दिनमा गुयानाले तेल अनि ग्यास क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ र यो विश्वको नयाँ तेल उत्पादक बनेको छ। गुयानाले 11.2 बिलियन ब्यारल तेलको नयाँ खोज गरेको छ, जुन कूल वैश्विक तेल एवं ग्यासको 18 प्रतिशत र खोजिएको तेलको 32 प्रतिशत हो। ओपेक वर्ल्ड ओयल आटलुक 2022 अनुसार गुयानामा तेल अनि ग्यासको उत्पादनमा उल्लेखनीय वृद्धि देखिने अनुमान व्यक्त गरिएको छ। वर्ष 2021 मा गुयानामा तेल अनि ग्यासको आपूर्ति 0.1 मिलियन ब्यारल थियो, जुन 2027 मा बढेर प्रतिदिन 0.9 मिलियन ब्यारल हुनेछ।

यसका अतिरिक्त, विश्व ऊर्जा 2022 को बृटिश पेट्रोलियम साङ्ख्यिकीय समीक्षा अनुसार भारत विश्वको तेस्रो सबैभन्दा विशाल ऊर्जा उपभोक्ता, तेलको तेस्रो सबैभन्दा विशाल उपभोक्ता तथा चौथो सबैभन्दा ठूलो रिफाइनरी र बढ्दो ऊर्जा आवश्यकताका साथ सबैभन्दा तेजीका साथ बढ्दो प्रमुख अर्थव्यवस्था हो। बृटिश पेट्रोलियम ईनर्जी आउटलुक र इन्टरनेशनल ईनर्जी एजेन्सीको अनुमान अनुसार भारतको ऊर्जा माग 2040 सम्म करिब 3 प्रतिशत प्रति वर्षको दरले बढ्नेछ, जबकि वैश्विक दर 1 प्रतिशत रहेको छ। यसका अतिरिक्त, 2020-2040 बीच वैश्विक ऊर्जा माग वृद्धिमा भारतको अंशदारी करिब 25-28 प्रतिशत रहने आशा गरिएको छ।

देशको ऊर्जा सुरक्षाको आधारमा नागरिकहरूका लागि ऊर्जाको पहुँच, उपलब्धता, सामर्थ्य, सुनिश्चित गर्नका लागि र बढी प्रोत्साहन दिने उद्देश्यका साथ, भारतले काँचो तेल स्रोतहरूको विविधिकरण र गुणवत्तापूर्ण विदेशी परिसम्पत्तिहरूको अधिग्रहणको माध्यमद्वारा हाइड्रोकार्बन क्षेत्रमा नयाँ साझेदारी प्रोत्साहित गर्न ध्यान केन्द्रित गरिरहेको छ। यसले एकल भौगोलिक/ आर्थिक एकाइमाथि निर्भरता घट्नका साथै भारतको रणनीतिक गतिशीलतामा वृद्धि हुनेछ।

गुयानाको महत्त्वलाई ध्यानमा राख्दै हाइड्रोकार्बन क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई नयाँ गति अनि सहयोगको सम्भावित क्षेत्रको सङ्ख्यालाई ध्यानमा राख्दै हाइड्रोकार्बन क्षेत्रमा सहयोगमाथि गुयानासँग एउटा सम्झौता ज्ञापनको प्रस्ताव रहेको छ।

*****



(Release ID: 1993545) Visitor Counter : 61