सूचना तथा प्रसारण मन्त्रालय

केन्द्रीय मन्त्री श्री अनुराग ठाकुरले भारत सरकारको क्यालेण्डर 2024 अनावरण गरे


पारदर्शिता र जवाफदेहिता सरकारको आदर्श वाक्य हो, जसले भारतलाई कमजोर पाँच अर्थव्यवस्थाबाट शीर्ष 5 अर्थव्यवस्थामा पुर्यायो: श्री अनुराग ठाकुर

विश्वले आज भारतलाई आशाको दृष्टिले हेरिरहेको छः श्री ठाकुर

Posted On: 30 DEC 2023 2:13PM by PIB Gangtok

केन्द्रीय मन्त्री श्री अनुराग सिंह ठाकुरले आज ‘हमारा संकल्प विकसित भारत’ को नाराका साथ भारत सरकारको क्यालेण्डर 2024 को शुभारम्भ गरे। क्यालेण्डर 2024 ले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा जन अनुकूल नीतिहरूको डिजाइन र योजना अनि पहलहरूको कार्यान्वयनको माध्यमबाट भारतका जनताको जीवनमा ल्याएको सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनलाई चित्रण गर्दछ। सो अवसरमा बोल्दै मन्त्रीले सरकारका धेरै उपलब्धिहरूको स्मरण गराए, जससित सम्बन्धित तस्वीरहरूले क्यालेण्डरका पानाहरूको शोभा बढ़ाएका छन्।

मन्त्रीले भारतले आत्मनिर्भर बन्ने दिशामा ठूलो फड्को मारेको बताए। मोबाइल फोनको दोस्रो ठूलो आयात गर्ने देश आज दोस्रो ठूलो उत्पादक बनेको छ। जुन देशले खोप आयात गर्थ्यो, त्यसले अहिले खोप मैत्री अन्तर्गत विश्वभर खोप वितरण गरिरहेको छ। भारत आज एक विनिर्माण दिग्गज हो। उनले थपे कि भारतीय उपस्थिति नभएका ठाउँहरूमा पनि भारत अब गणना गर्ने शक्ति भएको छ, र यसको उदाहरण दिँदै उनले भने कि भारत आज तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम हो।

श्री ठाकुरले सरकारले महिला सशक्तिकरणलाई सर्वोपरि मानेको र यसलाई एकातिर उज्ज्वला योजना र अर्कोतर्फ ड्रोन दिदीको उदाहरण दिएको बताए। कृषक कल्याणको विषयमा श्री ठाकुरले स्वामिनाथन समितिको प्रतिवेदनलाई वर्तमान सरकारले कार्यान्वयन गरेको बताए। यस अतिरिक्त, सरकारले किसानहरूको समृद्धिमा अहिलेसम्म 2.8 लाख करोड रुपियाँ खर्च गरेको छ, उनले थपे।

पारदर्शिता र जवाफदेहिता सरकारको आदर्श वाक्य हो र यही नैतिकता हो, जसले भारतलाई कुनै समयको कमजोर पाँच अर्थव्यवस्था मध्येको एउटाबाट आज विश्वको पाँचौँ ठूलो अर्थव्यवस्थासम्म पुर्याएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा यी मूल्य मान्यताहरूको भावना एकदमै माथिबाट प्रवाहित हुँदछ, उनले थपे।

आशावादी स्वरमा आफ्नो सम्बोधन समाप्त गर्दै श्री ठाकुरले भने कि 2023 को अन्त्यसँगै 2024 अवसरहरूको नयाँ बिहानी ल्याइरहेको छ। विश्वले आशाको भावनाले भारततर्फ हेरिरहेको छ, विश्वले भारतलाई आफ्नो नेतृत्वको लागि हेरिरहेको छ।

सो अवसरमा मन्त्रीले ‘हमारा संकल्प विकसित भारत’ नाराका साथ प्रदर्शनीको पनि उद्घाटन गरे।

क्यालेण्डरको बारेमा

प्रत्येक महिनाले महिला, युवा, मध्यम वर्ग, किसान र समाजको हरेक वर्गको अनुहारमा विगत नौ वर्षमा भारत सरकारले गरेका वाचाहरू पूरा गरेर देखाएको मुस्कान देखाउँछ। ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ को प्रतिज्ञालाई साकार पार्न सरकारी निकाय र अधिकारीहरूको भीडले गरेको अथक प्रयासलाई यो श्रद्धाञ्जली हो।

जनवरी:

नयाँ वर्षमा प्रवेश गर्दा हामीले वर्षको पहिलो महिनाको लागि ‘अनलीशिङ पोटेन्शियल, मेकिङ इण्डिया सेल्फ-रिलायन्ट’ भन्ने नाराका साथ नवप्रवर्तन र लचिलोपनको भावनालाई अँगालेका छौं। भारतले मेक इन इण्डिया र मेक फर द वर्ल्ड जस्ता पहलहरूका लागि अतुलनीय सफलता हासिल गरेको छ र जनवरीको विषयवस्तुले आत्मनिर्भर र सशक्त भविष्यतर्फ हाम्रा सामूहिक प्रयासहरूको उचित अनुस्मारकको रूपमा सेवा गरिरहेको छ।

फरवरी:

अगाडि बढ्दै हामी राष्ट्रिय विकासका लागि युवा शक्ति भन्ने नाराका साथ फरवरीलाई मनाउँछौँ। उद्यमशीलतालाई बढावा दिनेदेखि लिएर प्रविधिलाई अँगाल्नेसम्म, फरवरी भनेको युवाहरूको योगदानलाई बढावा दिने, राष्ट्रलाई एक उज्ज्वल तथा अधिक समावेशी भविष्यतर्फ डोहोर्याउने आह्वान हो।

मार्च:

गरीबहरूको सेवा गर्नु र सीमान्तकृतहरूको उत्थान गर्नु मोदी सरकारका मुख्य प्राथमिकताहरू मध्ये एक हो। ‘वञ्चितहरूलाई प्राथमिकता’ भन्ने नारा सहितको मार्च महिनाले हाम्रा कार्य र नीतिहरूले समावेशिता र न्यायप्रतिको समर्पणलाई प्रतिबिम्बित गर्दै सबैभन्दा बढी आवश्यक पर्नेहरूलाई सहयोग उपलब्ध गराउनु नै साँचो प्रगति हो भन्ने कुराको सम्झना गराएको छ।

अप्रिल:

महिलाहरूले समाजमा अभिन्न भूमिका निर्वाहन गर्छन्; उनीहरूको प्रगति बिना समाजको समग्र प्रगति रोकिन्छ। अप्रेलको विषयवस्तुले सबै क्षेत्रमा महिलाहरूलाई सशक्त बनाउने, एक यस्तो भविषयलाई बढ़ावा दिनुमाथि ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्दछ, जहाँ उनीहरूको नेतृत्व र योगदान निर्णय लिने र दिगो विकासको अभिन्न अङ्ग हो।

मई:

हाम्रा समर्पित किसानहरूको अविश्वसनीय कामलाई बढ़ावा दिन यो महिनाको मुख्य आकर्षण हो। यसले कृषि विकासका लागि नीतिहरू, दिगो अभ्यासहरूलाई समर्थन गर्ने र देशलाई खुवाउनेहरूको कल्याण सुनिश्चित गर्नेमा सरकारद्वारा गरिएको पहलको महत्त्वलाई जोड दिन्छ।

जून:

विगत दश वर्षमा पीएम स्वनिधि, पीएम विश्वकर्मा र मुद्रा योजना जस्ता धेरै सरकारी पहलहरूले भारतमा रोजगारीको सङ्ख्या, स्वरोजगारको अवसर र व्यापारमा उल्लेखनीय वृद्धि गरेको छ। यो महिना ‘रोजगारी र स्वरोजगारीका अवसरहरूमा वृद्धि’ भन्ने नाराका साथ रोजगारी सिर्जना र उद्यमशीलतालाई बढावा दिने र आर्थिक सशक्तिकरणमा केन्द्रित हुन आमन्त्रित गरिएको छ।

जुलाई:

जुलाई भनेको हाम्रो समाजको मेरुदण्ड, मध्यम वर्गको उत्सव मनाउने बारेमा हो। उनीहरूको कडा परिश्रमले नयाँ भारतको भावनालाई परिभाषित गर्दछ र उनीहरू विकास र नवप्रवर्तनको नेतृत्वमा अग्रपङ्क्तिमा छन्। हाम्रो सरकारले मध्यम वर्गको हितका लागि ‘जीवनको सहजता’ तर्फ निरन्तर काम गरेको छ।

अगस्त:

अगस्त महिनाले विश्व आर्थिक मञ्चमा भारतको बढ्दो कदको प्रतिनिधित्व गर्दछ। डिजिटल इण्डिया, मेक इन इण्डिया र भोकल फर लोकल जस्ता प्रमुख पहलहरूका साथ, भारतले विश्वको तेस्रो ठूलो अर्थव्यवस्था बन्ने बाटो प्रशस्त गरेको छ।

सेप्टेम्बर:

अत्याधुनिक सुविधा सहितको आधुनिक पूर्वाधारमा भएको महत्त्वपूर्ण लगानीदेखि विस्तारित परिवहन सञ्जालसम्म, सेप्टेम्बर महिनाले देशको प्रगतिको लागि लचिलो जग निर्माण गर्न विगत 10 वर्षमा गरेको परिवर्तनकारी कदमको प्रमाण हो।

अक्टोबर:

अक्टोबरले हामीलाई आयुष्मान कार्डहरू, जन औषधि केन्द्रहरू र नयाँ -एम्स र जिल्ला अस्पतालहरूले देशको स्वास्थ्य पूर्वाधारलाई सुदृढ गर्दै स्वास्थ्य सेवाको पहुँच र किफायतीमा भएका प्रगतिहरूमा जोड दिएर स्वस्थ भारतको सपना मनाउन आमन्त्रित गर्दछ।

नोभेम्बर:

हाम्रो अन्तर्निहित जीवन्त संस्कृतिमा गर्व गर्नदेखि लिएर सांस्कृतिक वंशलाई सुदृढ गर्न विभिन्न कला प्रकारहरूको प्रवर्द्धन र सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण गर्ने, नोभेम्बरको विषयवस्तु समग्र र दिगो विकास सुनिश्चित गर्न हाम्रो मूल्य र संस्कृतिको कदर गर्ने बारे हो।

दिसम्बर:

वसुधैव कुटुम्बकम्- को आदर्श वाक्य - एक पृथ्वी, एक परिवार, एक भविष्य - र मिशन लाइफ जस्ता पहलहरूका साथ, भारतले विश्व-मित्र, विश्वको मित्रको रूपमा आफ्नो लागि ठाउँ बनाएको छ।

क्यालेण्डरलाई हाम्रो राष्ट्रको विकास र प्रगतिको लागि हाम्रो समर्पणको दैनिक अनुस्मारकको रूपमा सेवा गर्न डिजाइन गरिएको हो। यसले सबैलाई दृढ सङ्कल्प, एकता र साझा दृष्टिकोणका साथ काम गर्न प्रेरित गर्दछ, र सबै भारतीयलाई सबैका लागि समृद्ध र विकसित भारततर्फको यात्रामा लाग्न प्रेरित गर्छ।

****



(Release ID: 1991816) Visitor Counter : 99