रसायन तथा उर्वरक मन्त्रालय

प्रधानमन्त्री भारतीय जनऔषधि परियोजनाले वित्तीय वर्ष 2023-24 मा हासिल गऱ्यो लक्षित ₹1000 करोडको बिक्री


विगत 9 वर्षमा यस परियोजना मार्फत् करिब ₹ 25000 करोडको बचत

Posted On: 20 DEC 2023 5:00PM by PIB Gangtok

प्रधानमन्त्री भारतीय जनऔषधि परियोजनाले (पीएमबीजेपी) यस वर्ष ₹ 1000 करोड बराबरको औषधि बिक्री गरी जेनरिक औषधिको इतिहासमा अर्को कीर्तिमान स्थापित गरेको छ। यो उपलब्धि देशका नागरिकहरूले सम्भव बनाएका हुन् जसले जनऔषधि केन्द्रबाट औषधि खरिद गरी ₹ 5000 करोड जति बचत गरेका छन्, जसको उपस्थिति  देशको 785 जिल्लामा छ। यस प्रकारको उल्लेखनीय वृद्धिले अरू धेरै समुदायलाई सेवा पुऱ्याउने र अरू व्यापक रूपमा उपस्थिति दर्ता गर्ने पीएमबीआइको प्रतिबद्धता दर्शाउँदछ।

विगत नौ वर्षमा यस्ता केन्द्रको सङ्ख्यामा 100 गुणा वृद्धि भएको छ, जुन 2014 मा केवल 80 वटा थियो भने देशको सबै जिल्ला समेट्दै करिब 10 हजार केन्द्र पुगेको छ। प्रधानमन्त्रीले आफ्नो 2023 को स्वतन्त्रता दिवसको सम्बोधनमा देशभरी 25,000 प्रधानमन्त्री भारतीय जन औषधि केन्द्र खोल्ने घोषणा गरेका थिए।

प्रधानमन्त्रीद्वारा 30 नोभेम्बर, 2023 को दिन परोक्ष रूपमा झारखण्डको देवघरस्थित एम्समा 10,000 औं जन औषधि केन्द्र उद्घाटन गरी देशका जनमानससम्म औषधिको अरू बढी सुगम अनि व्यापक बनाउने दिशामा यस्ता केन्द्रको सङ्ख्या 25,000 पुऱ्याउने मार्ग प्रशस्त गरे।

सोही अनुरूप सरकारले देशभरी मार्च 2026 सम्म 25,000 जनऔषधि केन्द्र खोल्ने लक्ष्य राखेको छ। आफ्नो वचन कायम गर्दै, देशको प्रत्येक जिल्लामा नयाँ जनऔषधि केन्द्र खोल्नका लागि आधिकारिक वेबसाइट www.janaushadhi.gov.in को माध्यमद्वारा अनलाइन आवेदन आमन्त्रण गरिएको छ भने थप जानकारीका लागि कसैले पनि राष्ट्रिय निःशुल्क नम्बर 1800 180 8080 मा सम्पर्क गर्नसक्नेछन्।

योजना अन्तर्गत देशभरी 10,000 भन्दा धेरै सक्रिय जनऔषधि केन्द्रहरू छन्। पीएमबीजेपी अन्तर्गत 1963 वटा औषधि तथा 293 शल्यक्रियासित सम्बन्धित उपकरणहरू सामेल छन्, जसले प्रमुख चिकित्सीय समूह जस्तै हृदय सम्बन्धी, क्यान्सररोधी, मधुमोहरोधी, सङ्क्रमणरोधी, एलर्जीरोधी, जठरान्त्रीय औषधि तथा न्युट्रासिउटिकल्स आदि समेटिएका छन्। यसका लागि गुरुग्राम, बङ्गलुरू, चेन्नई, गुवाहाटी र सुरतमा पाँचवटा गोदाम छन्। यसलाई एसएपी आधारित वस्तुसूची प्रबन्धन प्रणालीले सहायता गर्दछ। यसका अतिरिक्त, सुदूर अनि ग्रामीण इलाकाहरूमा औषधि वितरणका लागि देशभरी 36 वटा वितरक सक्रिय छन्। पीएमबीजेपीले आफ्नो सूचीमा प्रतिरोध क्षमता बढाउन अनेकौं आयुर्वेद उत्पाद पनि सामेल गर्दै सुपथ मूल्यमा जनमानसलाई सजिलै उपलब्ध गराइएरहेको छ।

*****



(Release ID: 1988825) Visitor Counter : 46