पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय

भारतले प्रधानमन्त्री मोदीको नेतृत्त्वमा वैश्विक महानता हासिल गरेको छ : भूपेन्द्र यादव


जलवायु कार्वाही, नवाचार अनि प्रविधिमा विश्वले भारतको नेतृत्त्वलाई मान्यता दिएको छ : भूपेन्द्र यादव

अन्यथा वैश्विक गिरावटका बीच विश्वले भारतलाई प्रधानमन्त्री मोदीको नेतृत्त्वमा प्रकाशमय विन्दुको रूपमा स्वीकार गरेको छ : भूपेन्द्र यादव

Posted On: 19 DEC 2023 1:25PM by PIB Gangtok

भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा वैश्विक महानता हासिल गरेको तथा विश्वले आज जलवायु कार्वाही, नवाचार अनि प्रविधिको क्षेत्रमा भारतको नेतृत्त्वलाई स्वीकार गरेको कुरा केन्द्रिय पर्यावरण, वन तथा जलवायु परिवर्तन, श्रम तथा रोजगार मन्त्री भूपेन्द्र यादवले बताएका छन्।

भारतको उदाउँदो वैश्विक दर्जाको सम्बन्धमा पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै भारतले केवल ₹ 615 करोड खर्च गरेर सफलतापूर्वक चन्द्रमामा पुगेको। चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रयान-3 का साथ भारतको अन्तरिक्ष यात्राको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आत्मनिर्भरता रहेको छ। भारतको शुरुवाती अभियानहरूमा अन्तरराष्ट्रिय साझेदारी रहेको थियो, तर चन्द्रयान-3 आत्मनिर्भरताको दिशामा अर्को कदम रहेको थियो, उनले बताए। यो सबै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्त्वका कारण सम्भव भएको हो, उनले भने।

कोभिड महामारी विरुद्धको प्रतिक्रियामा भारतले कसरी विश्वलाई नै चकित तुल्याएको थियो भन्ने कुरामाथि पनि केन्द्रिय मन्त्रीले ध्यान आकर्षित गराए। “कोभिड महामारी आउँदा विश्वले भारत धराशयी बन्ने सोचेको थियो। तर भारत धराशयी बनेन तर कोभिडको प्रतिक्रियास्वरूप विश्वसामु एउटा उदाहरण पेश गऱ्यो। भारतले विशाल टीकाकरण अभियान मात्र नचलाएर सबैभन्दा तेज अभियान पनि चलायो। योभन्दा अरू बढी के हुनसक्छ? टीका भारतमा बनिएको थियो। भारतले टीका आवश्यक परेका अन्य देशलाईलाई पनि सहायता प्रदान गऱ्यो। कोभिड भ्याक्सिन मैत्री कार्यक्रमले एक सयभन्दा धेरै राष्ट्रलाई सहयोग पुऱ्यायो”, उनले बताए।

कोभिड विरुद्धको प्रतिक्रियामा विश्वले भारतको सरहाना गरेको उल्लेख गर्दै, तयार भारत नै तयार विश्व रहेको कुरा विश्व स्वास्थ्य सङ्गठनले स्वीकार गरेको मन्त्री यादवले बताए।

भारतको आर्थिक अनुकूलनबारे बोल्दै मन्त्री यादवले भने, “कोभिडपछि भारतको अर्थनीति धराशयी हुने आशङ्का थियो। तर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा भारतले सङ्कटलाई अवसरमा परिणत गऱ्यो। विश्वले भारतको कोभिड विरुद्धको सङ्घर्षको सराहना गऱ्यो। आइएमएफ, विश्व ब्याङ्क तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनले पनि भारतको उल्लेखनीय भी आकारको आर्थिक बहाली स्वीकार गरेको छ, जसले चीन र अमेरिकालाई पनि पछि पारेको छ।“

धेरैले हाम्रो बहालीमाथि शङ्का गरिरहेको बेला र सबैभन्दा धेरै यु आकारको बहाली हुने अनुमान लगाइरहेको बेला, भारतले भी आकारको बहाली हासिल गऱ्यो, उनले बताए।

अन्यथा वैश्विक गिरावटका बीच भारत एउटा प्रकाशमय विन्दु रहेको कुरा आइएमएफ, विश्व ब्याङ्कका साथै अन्य कैयौं वैश्विक प्रमुखले स्वीकार गरेको कुरा उनले बताए। “वर्ष 2022 मा भारतले सकल घरेलु उत्पादको सन्दर्भमा पुराना उपनिवेशक बृटेनलाई पछि पार्दै विश्वको पाँचौं बृहत् अर्थनीतिको दर्जा हासिल गरेको थियो। विश्व ब्याङ्कले भारतको निम्ति वित्तीय वर्ष 2023-24 का लागि जीडीपीको पूर्वानुमान 6.3% लगाएको छ। भारतको विकास दरले अन्य प्रमुख अर्थनीतिहरू जस्तै अमेरिका (2.1%), चीन (4.4%) र युरोक्षेत्र (0.7%)-लाई निरन्तर पछि छोडिरहेको मन्त्री यादवले बताए।

यसका साथै वैश्विक कम्पनीहरूले आफ्नो विनिर्माण केन्द्र भारतमा स्थापना गर्न शुरु गरिरहेको कुरामाथि पनि ध्यान आकर्षित गराए।

“एप्पलले आफ्नो नवीनतम आइफोन 15 को एसेम्ब्लिङ भारतमा शुरु गरेको छ। ताइवानको फक्सकनले वेदान्तसँग मिलेर भारतमा सेमी कण्डक्टर निर्माण गर्ने भएको छ“, मन्त्री यादवले प्रकाश पारे।

जीडीपीको परिप्रेक्ष्यमा भारतले जर्मनीलाई 2025 र जापानलाई 2027 भित्र पछि पार्दै अमेरिका र चीनपछि तेस्रो बृहत् अर्थनीति बन्ने तय छ, उनले बताए।

यसका साथै अमृतकाललाई साकार तुल्याउन स्वतन्त्रताको 100 वर्ष पालन गर्दा 2047 सम्म देशलाई विकसित राष्ट्र बनाउने प्रधानमन्त्रीले सङ्कल्प लिएको कुरा पनि उनले बताए।

“अन्तरराष्ट्रिय प्रणालीमा भारतको भूमिका, यसको आध्यात्मिक तथा सभ्यतागत आधारले विश्वलाई एक परिवार (वसुधैव कुटुम्बकम) र सबैको निम्ति खुशियाली (सर्वेभवन्तु सुखिनः) सम्बन्धी प्रधानमन्त्रीको व्यक्तिगत प्रतिबद्धतालाई नीति निर्धारणमा एकिकृत गरिएको छ। यसले भारतीय जनसमूह लगायतका जनमानसबीच विश्वास जित्न उनलाई सहयोग पुऱ्याएको छ भने यसले मानिसहरूमा आफ्नो जगबारे आत्मविश्वास पनि भरिदिएको छ। विश्वमा आफ्नो स्थानबारे विश्वस्त सुरक्षित भारतले मात्र कुनै पनि मुद्दालाई शक्तिको स्थानबाट सम्बोधित गर्ने कुरामा प्रधानमन्त्रीको विश्वास रहेको कुरा पनि केन्द्रिय मन्त्रीले बताए।

भारतको समृद्ध सांस्कृतिक धरोहर लगायत मृदु शक्तिले वैश्विक प्रभुत्त्वमाथि महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले बताए। भारतको प्राचीन परम्परा जस्तै योग अनि आयुर्वेदले प्रधानमन्त्री मोदीको प्रयासका कारण विश्वव्यापी लोकप्रियता हासिल गरिरहेको उनले बताए। “नाटु-नाटु अनि दी एलिफेन्ट विस्पररले ओस्कर जित्नु हाम्रो मृदु शक्तिको ठूलो जीत हो” भन्दै विश्वभरी छरिएका भारतीय मूलका जनमानसले सांस्कृतिक विनिमय पृष्ठपोषण गर्दै भारतीय मूल्य-मान्यता, परम्परा अनि विचारलाई प्रोत्साहित गरिरहेको उनले बताए।

प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले कार्यभार सम्हालेदेखि वैश्विक स्तरमा उनले भारतको दर्जा मात्र नबढाएर विश्व नेतृत्त्वहरूमाथि ठूलो प्रभाव पारेको पनि उनले बताए। विश्वका नेतृत्त्वहरूले स्पष्ट रूपमा प्रधानमन्त्री मोदीको प्रशंसा गर्ने गरेको केन्द्रिय मन्त्री यादवले बताए।

विगत दस वर्षमा भारतले देशको सबै स्तरमा सकारात्मक भावना विकास गरेको छ। आज हाम्रा युवाहरू रोजगार माग्नेको साटो दिने बनेका छन्। भारत दिनहुँ नयाँ स्टार्टअप्स शुरु गर्ने सम्बन्धमा प्रथम श्रेणीमा पुगेको छ। स्टार्टअपको सङ्ख्याको हिसाबले दोस्रो, र स्टार्टअप परिवेशको परिप्रेक्ष्यमा तेस्रो स्थानमा छौं। भारत भारतमा विश्वको तेस्रो सबैभन्दा धेरै युनिकर्न छ। वर्ष 2021 मा हामीले प्रत्येक 29 दिनमा एउटा नयाँ युनिकर्न थप्ने काम गऱ्यों भने 2022 मा यो काम नौ दिनभित्रै थप्ने काम भयो, उनले बताए।

देशले जलवायु कार्वाहीको दिशामा हासिल गरेको सकारात्मक उपलब्धिबारे प्रकाश पार्दै यसले वैश्विक नेतृत्त्व दर्शाउने कुरा पनि उनले बताए।

“वैश्विक जलवायु परिवर्तन पहल तथा नविकरणीय ऊर्जातर्फको प्रतिबद्धतामा भारतले सक्रिय सहभागिता देखाएको छ। शुरुवाती अनुकूलन सञ्चारका साथमा 2018 को ग्रीन हाउस ग्यास सूचीको आधारमा युएनएफसीसीसीसँग राष्ट्रिय सञ्चार साझा गर्ने 26 वटा देशमध्ये भारत एक रहेको छ। भारतले अन्तरराष्ट्रिय सौर गठबन्धन, एलईएडी-आइटी, सीडीआरआइ, आइआरआइएस, ग्रीन क्रेडिट पहल तथा अन्तरराष्ट्रिय बिग क्याट एलायन्स जस्ता जलवायु कार्वाहीका मञ्च भारतको पहलमा भएको हो। भारतले नविकरणीय ऊर्जाको सम्बन्धमा 2030 सम्म हासिल गर्न राखिएको लक्ष्यलाई 2020-21 मै हासिल गरिसकेको छ”, उनले बताए।

यो सबै प्रधानमन्त्री मोदीको नेतृत्त्वका कारण सम्भव भएको हो जसले सतत विकास तथा जलवायु कार्वाहीमा वैश्विक सहकार्यलाई आफ्नो प्राथमिकता क्षेत्रमा राखेका छन्, मन्त्री यादवले ब.ए।

विश्वभरी शान्ति स्थापनाको दिशामा भारतले गरेको प्रयासबारे पनि उनले प्रकाश पारे।

भारतले भूइँचालो अनि भलबाढी जस्ता प्राकृतिक आपदाद्वारा प्रभावित देशहरूलाई राहत प्रदान गरेको छ। जेनरिक औषधि तथा सुपथ स्वास्थ्य स्याहार समाधानका हामी शीर्ष उत्पादक राष्ट्र हौं। टेलिमेडिसिन तथा कृत्रिम बुद्धिमतता जस्ता नयाँ प्रविधि पनि स्वास्थ्य स्याहारका लागि देशले विकास गरिरहेको छ। मानवीय कर्तव्यका रूपमा हिंसक सङ्घर्षका बीच रहेका देशहरूलाई हामीले सहायता पठाइरहेका छौं, उनले बताए।

*****



(Release ID: 1988528) Visitor Counter : 50