गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन गृह राज्यम न्त्री श्री अजय कुमार मिश्राले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्


उद्धार तथा पुनःस्थापना कार्यलाई तीव्रता दिनका लागि स्रोत संसाधन, राहत सहायता तथा सहयोहका लागि समन्वयमाथि चर्चा केन्द्रित थियो

श्री अजय कुमार मिश्राले प्रधानमन्त्री श्री नरेन्द्र मोदी र केन्द्रीय गृह मन्त्री श्री अमित शाहको नेतृत्वमा रहेको केन्द्र सरकारको राज्य सरकारसँग छिटो तथा प्रभावकारी रिकभरी सुनिश्चित गर्नका लागि सहयोग गर्ने प्रतिबद्धतालाई पुन: पुष्टि गरे

सिक्किमका मुख्यमन्त्रीले तुरुन्त प्रतिक्रियाको लागि भारत सरकारप्रति कृतज्ञता व्यक्त गरे अनि पुनर्स्थापना र पुनर्बहाली कार्यलाई तीव्रता दिन केन्द्र सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे

प्रविष्टि तिथि: 08 OCT 2023 7:57PM by PIB Gangtok

आफ्नो सिक्किम भ्रमणको दोस्रो दिन गृह राज्य मन्त्री श्री अजय कुमार मिश्राले आज सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।

बैठकको प्रारम्भिक एजेण्डा पछिल्लो समय राज्यमा आएको बाढीको सङ्कटपछिको पुनर्स्थापना तथा पुनर्बहाली प्रयासका बारेमा चर्चा गर्नु रहेको थियो। दुवै नेताले वर्तमान अवस्थालाई सम्बोधन गर्न तात्कालिक र दीर्घकालिक रणनीतिको जाँच गर्दै विस्तृत रूपमा चर्चा गरे। राहत तथा उद्धार कार्यलाई तीव्रता दिनका लागि स्रोत साधनको समन्वय, राहत सहायता र सहयोगका विषयमा चर्चा केन्द्रित थियो।

गृह राज्य मन्त्री श्री अजय कुमार मिश्राले प्रधानमन्त्री श्री नरेन्द्र मोदी र केन्द्रीय गृह मन्त्री तथा सहकारिता मन्त्री श्री अमित शाहको नेतृत्वमा राज्य सरकारसँग नजिकबाट सहयोग गर्न छिटो र प्रभावकारी रिकभरी सुनिश्चित गर्न केन्द्र सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गरे। सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले तत्काल प्रतिक्रियाका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनर्स्थापना र पुनर्बहाल कार्यलाई तीव्रता दिन केन्द्र सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। दुवै नेताले स्थिति सामान्य बनाउन अथक प्रयास गर्ने र भर्खरै आएको बाढी प्रभावितलाई सहयोग गर्ने सङ्कल्प दोहोर्याए।

गृह राज्य मन्त्री श्री अजय कुमार मिश्रले पनि मङ्गन जिल्लाको नागामा प्रकोप प्रभावित क्षेत्रको भ्रमण गरे। उनले प्रधानमन्त्रीले परिस्थितिको निरन्तर अनुगमन गरिरहेकोमा जोड दिँदै पीडित नागरिकलाई राहत तथा सहयोग गर्ने आश्वासन दिए। श्री मिश्रले अलग-थलग परेको क्षेत्रमा फसेका व्यक्तिहरूको लागि उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

इण्डो तिब्बत सीमा पुलिस (आईटीबीपी) ले आज पनि मङ्गन जिल्लाको टिस्टा जल विद्युत् आयोजना नजिकै चुङ्थाङ बजारमा खोजी तथा उद्धार कार्य जारी राखेको छ। सुरुङबाट एकजनाको शव फेला परेको छ। जनताको आवत जावतका लागि टिस्टा नदीमा काठको पुल बनाइएको छ। राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) का दुई टोलीले पाकिम जिल्लाको रम्फू र गान्तोक जिल्लाको सिङ्ताममा एक-एक टोलीले पनि खोजी र उद्धार कार्य सञ्चालन गरिरहेका छन्। यसैबीच एनडीआरएफका थप दुई टोली चुङ्थाङ पुगेर खोजी तथा उद्धार कार्यमा जुटेका छन्।

*****


(रिलीज़ आईडी: 1965815) आगंतुक पटल : 169
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Assamese , Bengali , Punjabi