प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले सिक्किमका मुख्यमन्त्रीसँग संवाद गरे


सिक्किमको केही भागमा दुर्भाग्यपूर्ण प्राकृतिक आपदालाई ध्यानमा राख्दै स्थितिको जानकारी लिए

प्रविष्टि तिथि: 04 OCT 2023 3:41PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग संवाद गरे। प्रधानमन्त्रीले सिक्किमको केही भागमा दुर्भाग्यपूर्ण प्राकृतिक आपदालाई ध्यानमा राख्दै स्थितिबारे जानकारी लिए। यस स्थितिमा सक्दो सहयोग गर्ने उनले आश्वासन दिए।

सबै प्रभावित मानिसको सुरक्षा अनि कल्याणको निम्ति पनि प्रधानमन्त्री मोदीले प्रार्थना गरे।

प्रधानमन्त्रीले Xमा पोस्ट गरेका छन :

“सिक्किमका मुख्यमन्त्री श्री पीएस तामाङसँग कुरा गरे अनि राज्यको केही भागमा दुर्भाग्यपूर्ण प्राकृतिक आपदालाई ध्यानमा राख्दै स्थितिको जानकारी लिए। चुनौतीलाई सम्बोधित गर्न सक्दो सहयोगको आश्वासन दिए। म प्रभावित सबै मानिसको सुरक्षा र कल्याणको निम्ति प्रार्थना गर्दछु।“

s=20

*****


(रिलीज़ आईडी: 1964190) आगंतुक पटल : 147
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Kannada , English , Urdu , Marathi , हिन्दी , Assamese , Manipuri , Bengali , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Malayalam