महिला तथा बाल विकास मन्त्रालय

छैटौँ राष्ट्रिय पोषण माहको पहिलो 12 दिनमा देशभरिमा जन आन्दोलन ड्यासबोर्डमा 6 करोडभन्दा अधिक गतिविधि पञ्जीकृत भए


‘विशेष स्तनपान तथा पूरक आहार’ विषयमा 1 करोडभन्दा अधिक गतिविधिहरू दर्ता गरियो

जमिनी स्तरमा पोषण परिणामहरूलाई सुधार गर्न अनि व्यवहारमा परिवर्तनलाई प्रोत्साहित गर्नका लागि विविध हितधारकहरूले सक्रिय रूपमा भाग लिइरहेका छन्

Posted On: 16 SEP 2023 3:02PM by PIB Gangtok

मार्च 2018 मा पोषण अभियान शुरु भएदेखि राष्ट्रले पहिलो पटक पोषणमा केन्द्रित राष्ट्रव्यापी जन आन्दोलन शुरु गरेको छ। पोषण अभियान अन्तर्गत यो वार्षिक विशेष गरी जमिनी तहसम्म आवश्यक पौष्टिक खाद्य रदार्थहरूको खपतको सम्बन्धमा जन आन्दोलनहरूलाई व्यावहारिक परिवर्तनलाई बढ़ावा दिनका लागि सावधानीपूर्वक तयार गरिएको छ। तिनै विशिष्ट लाभार्थीहरू अर्थात् गर्भवती महिला, स्तनपान गराउने आमा, किशोर केटीहरू र 6 वर्षसम्मका बालक -बालिकाहरूलाई लक्षित गर्नका लागि डिजाइन गरिएको छ।

जन आन्दोलन हरेक वर्ष दुई पटक मनाइन्छ, सेप्टेम्बरमा पोषण माह र मार्च-अप्रेलमा पोषण पखवाड़ाको समयमा। आजसम्म 10 जन आन्दोलन सफलतापूर्वक मनाइसकिएको छ (प्रत्येक माह र पखवाडाका लागि 5), जसमा 60 करोडभन्दा अधिक संवेदीकरण गतिविधिहरू दर्ता गदरिएको छ। यसले 2018 पछि देशभरि बढ्दो तथा निरन्तर सहभागितालाई दर्शाउँछ।

वर्तमानमा देश महिला तथा बाल विकास मन्त्रालयको तत्त्वावधानमा आयोजित छैटौँ राष्ट्रिय पोषण महोत्सव मनाउँदै छ। यो कार्यक्रमले अधिकतम पहुँचका लागि विभिन्न मुख्य मन्त्रालय र विभागहरूसँग सहकार्यको शक्तिको प्रदर्शन गरिरहेको छ। यी चलिरहेका समारोहहरूको पहिलो 12 दिनमा देशभरिमा जन आन्दोलन ड्यासबोर्डमा 6 करोडभन्दा अधिक गतिविधिहरू दर्ता भएका छन्।

एक महिनासम्म चल्ने यो कार्यक्रमको अवधिमा विभिन्न हितधारकहरूले जमिनी स्तरमा पोषण परिणामहरू सुधार गर्न र व्यवहार बद्लाउलाई प्रोत्साहन गर्नका लागि सक्रिय रूपमा सहभागी जनाइरहेका छन्। ग्रामीण विकास, स्वास्थ्य तथा परिवार कल्याण र पञ्चायती राज जस्ता मन्त्रालयहरू अग्रणी छन् अनि एक्लैले ग्रामीण विकास मन्त्रालयले राष्ट्रिय पोषण माह 2023 अन्तर्गत 6 लाखभन्दा अधिक गतिविधिहरू दर्ता गरेको छ।

भारतका सबै क्षेत्रहरूमा विभिन्न विषयवस्तु अन्तर्गत धेरै गतिविधिहरू सञ्चालन भइरहेका छन्। केही उदाहरणहरू निम्नानुसार छन्:

  • विशेष स्तनपान तथा पूरक आहारभन्ने नाराका साथ 1 करोडभन्दा बढी गतिविधिहरू दर्ता गरिएका छन्।
  • अरुणाचल प्रदेशमा मिशन लाइफको माध्यमद्वारा पोषण सुधारविषय अन्तर्गत गतिविधिहरूको एक शृङ्खला आयोजित गरियो, जसको उद्देश्य पोखरी, कुवा र पानीका ट्याङ्कीहरू जस्ता सामुदायिक जल निकायहरूको वर्षा जल सङ्कलन, सरसफाइ र डिसिल्टिङको बारेमा सचेतना जगाउने उद्देश्यले गरिएको थियो।
  • बिहार राज्यमा पोषण माह मनाउनका लागि समाज कल्याण तथा न्याय मन्त्रीद्वारा एलईडी लाइटिङका साथ एक पोषण रथको शुभारम्भ गरियो।
  • लेहको बासगो गाउँमा सरपञ्च, स्वास्थ्य कर्मचारी, अभिभावक र बालक - बालिकाको उपस्थितिमा पोषण मेला बढ़ो उत्साहका साथ सम्पन्न भएको थियो।
  • कर्नाटकले कोलार, हसन र चिकमगलुर जस्ता विभिन्न जिल्लाहरूमा कोख लिने, अन्नप्राशन समारोह र पोषण मेलाहरू जस्ता ठूलो सङ्ख्यामा गतिविधिहरू सहित राष्ट्रिय पोषण माह 2023 मनायो।
  • आहार विविधता र बाजराको उपभोगलाई बढावा दिनका लागि गोवा, गुजरात, अरुणाचल प्रदेश र असम लगायत धेरै राज्यहरूले ब्लक कार्यालय र आँगनवाडी केन्द्रहरूमा रेसिपी प्रतियोगिताहरूको आयोजना गरे।
  • मिजोरमका विभिन्न भागहरूमा खाद्य संसाधन मानचित्रण गतिविधिहरू आयोजना गरिए।
  • पोषण भी पढाई भी (पीबीपीबी) पहल अन्तर्गत प्रारम्भिक बाल्यकाल हेरचाह तथा शिक्षा (ईसीसीई) मा आमाबाबु र समुदायहरूलाई सामेल गराउने प्रशिक्षण र संवेदीकरण सत्रहरू पूर्ण जोशमा छन्।
  • देशका विभिन्न भागबाट विकास मापन (स्वस्थ बालक प्रतिस्पर्धा) जस्ता यस्तै प्रकारले पहलहरूको सूचना मिलेको छ।

वर्तमान अभियानले प्रमुख विषयहरूमाथि ध्यान केन्द्रित गरिरहेको छ, जसमा विशेष स्तनपान तथा पूरक आहार, स्वस्थ बालक स्पर्धा / विकास मापन र एनिमिया जस्ता कुपोषण चुनौतीहरूसित जुझ्नका लागि बाजरा / स्थानीय भोजन / परम्परागत भोजनमा जनजाति समुदायहरूलाई संवेदनशील बनाउने सामेल छन्।

विशिष्ट संवेदनीकरण गतिविधिहरूको सन्दर्भमा, स्वस्थ बालक स्पर्धा / विकास मापन अभियानले सबैभन्दा अधिक 15 लाख गतिविधिहरू दर्ता गरेको छ, त्यसपछि गाउँको सीमाभित्र विकास निगरानी र खाद्य ंससाधन मानचित्रणमाथि संवेदीकरण गतिविधिहरू दर्ता गरिएका छन्, जुन 14 लाख गतिविधिहरूको करिब छ। यस अतिरिक्त, आदिवासी जिल्लाहरूमा बालक - बालिका, किशोरी केटीहरू र महिलाहरूका लागि रक्तअल्पता शिविरहरूले 12 लाखभन्दा अधिक गतिविधिहरू दर्ता गराएका छन्, जसमा 11 लाख घरेलु भ्रमणमा ईसीसीईमा ध्यान केन्द्रित गरियो, जसमा विशेष गरी अभिभावकहरूलाई सामेल गरियो।

सामूहिक रूपमा प्रत्येक जन आन्दोलन र यसको अद्वितीय सहभागितामूलक संवेदीकरण गतिविधिहरूको माध्यमद्वारा पोषणलाई जन भागीदारीको हिस्सा बनाउने दिशामा निरन्तर प्रगति भइरहेको छ।

****



(Release ID: 1958120) Visitor Counter : 85