प्रधानमन्त्रीको कार्यालय

2 करोड लखपति दिदी बनाउने; ड्रोनको उडानलाई महिला स्वयं सहायता समूहले शक्ति दिने लक्ष्य छ: प्रधानमन्त्री


Posted On: 15 AUG 2023 12:42PM by PIB Gangtok

77 औं स्वतन्त्रता दिवसको अवसरमा आज लाल किल्लाको प्राचीरबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सरकारले गाउँमा 2 करोड लखपति दिदीबनाउने लक्ष्यका साथ महिला स्वयं सहायता समूह (एसएचजी) सँग काम गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्रीले आज 10 करोड महिला महिला स्वयं सहायता समूहमा आबद्ध भएको बताउनुभयो। आज गाउँको ब्याङ्कमा दिदी, आँगनवाडीमा र औषधि खुवाउने दिदीहरू भेटिन्छन्।

प्रधानमन्त्रीले कृषि प्रविधिको बारेमा कुरा गर्दै ग्रामीण विकासमा विज्ञान तथा प्रविधिको क्षमताको लाभ उठाउनुपर्ने कुरामा जोड़ दिनुभयो। प्रधानमन्त्रीले 15,000 महिला स्वयं सहायता समूहलाई ड्रोन सञ्चालन र मरम्मतका लागि ऋण र तालिम दिइने बताउनुभयो। ड्रोन की उडानयी महिला स्वयं सहायता समूहहरूद्वारा सञ्चालन गरिनेछ, प्रधानमन्त्रीले भन्नुभयो।

****



(Release ID: 1949048) Visitor Counter : 76