प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीले जी-20 विकास मन्त्रीहरूको बैठकलाई सम्बोधित गरे


“काशी युगौंदेखि ज्ञान, विचार, विमर्श, संस्कृतिक र आध्यात्मिकताको केन्द्र रहिआएको छ”

“सतत विकास लक्ष्यलाई पछि छुट्न नदिनु सामूहिक जिम्मेवारी हो”

“हामीले ती सयभन्दा बढी आकाङ्क्षी जिल्लामा मानिसहरूको जीवनलाई उन्नत बनाउने प्रयास गरेका छौं, जुन अल्पविकासको पकेटमा थिए”

“डिजिटिकरणले क्रान्तिकारी परिवर्तन ल्याएको छ जहाँ प्रौद्योगिकीलाई एउटा उपकरणका रूपमा मानिसहरूलाई सशक्त बनाउन, डाटा सुलभ बनाउन र समावेशिता सुनिश्चित गर्नका लागि उपयोग गरिँदैछ”

“भारतमा हामी नदी, रुख, पाहाड अनि प्रकृतिका सबै तत्त्वलाई बढी सम्मान गर्दछौं”

“भारत महिला सशक्तिकरणसम्म मात्र सीमित छैन, तर यसको विस्तार महिलाहरूको नेतृत्त्वमा रहेको विकाससम्म छ”

Posted On: 12 JUN 2023 10:03AM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो सन्देशको माध्यमद्वारा जी-20 विकास मन्त्रीहरूको बैठकलाई सम्बोधित गरे। सभालाई सम्बोधित गर्दै प्रधानमन्त्रीले लोकतन्त्रका जननीको सबैभन्दा पुराना जीवन्त शहर बनारसमा सबैलाई स्वागत जनाए। काशीको महत्त्वमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले यो शहर युगौंदेखि ज्ञान, चर्चा, विचार-विमर्श, संस्कृति अनि आध्यात्मिकताको केन्द्र रहेको र अर्कातिर यसमा भारतको विविध विरासतको सार पनि रहेको र यसले देशको विभिन्न भागका मानिसहरूका लागि मिलनविन्दुका रूपमा काम गर्ने गरेको बताए। जी-20 विकास एजेण्डा काशीसम्म पनि पुगेकोमा प्रधानमन्त्री मोदीले प्रसन्नता व्यक्त गरे।

“ग्लोबल साउथका देशहरूका लागि  विकास एउटा मुख्य मुद्दा हो”, प्रधानमन्त्रीले भने। “ग्लोबल साउथका देशहरू जहाँ वैश्विक कोभिड महामारीबाट उत्पन्न व्यवधानहरूबाट गम्भीरत रूपमा प्रभावित भएका छन्, त्यहीं भू-राजनीतिक तनाउ खाद्यान्न, इन्धन अनि उर्वरक सङ्कटको निम्ति पनि जिम्मेवार छ”, प्रधानमन्त्रीले भने। यस्तो परिस्थितिमा तपाईंहरूले लिने निर्णय सम्पूर्ण मानवताको निम्ति महत्त्वपूर्ण ठहरिनेछ, उनले बताए। सतत विकास लक्ष्यलाई पछि छुट्न नदिन मानिसहरूको सामूहिक जिम्मेवारी रहेको कुरा उनले बल दिँदै बताए। ग्लोबल साउथका देशहरूले यसलाई प्राप्त गर्न आवश्यक कार्ययोजनाबारे विश्वलाई ठोस सन्देश पठाउनुपर्नेछ, उनले भने। हाम्रो प्रयास व्यापक, समावेशी, निष्पक्ष अनि दिगो हुनुपर्नेछ साथै सतत विकास लक्ष्य (एसडीजी) पूरा गर्नका लागि निवेश बढाउने प्रयास गर्नुपर्नेछ, प्रधानमन्त्रीले रेखाङ्कित गरे। यसका साथै कैयौं देशले सामना गरिरहेको ऋण सम्बन्धी जोखिम फर्छ्योट गर्नका लागि समाधान खोज्नुपर्नेछ। पात्रता सम्बन्धी मापदण्ड विस्तार गर्नका लागि बहुपक्षीय वित्तीय संस्थानहरूमा सुधार गर्न आवश्यक छ ताकि खाँचो परेका मानिसहरूका लागि वित्त सुलभ हुनसकोस्, प्रधानमन्त्रीले भने। भारतमा हामीले ती सयभन्दा धेरै आकाङ्क्षी जिल्लामा मानिसहरूको जीवन असल बनाउने प्रयास गरेका छौं, जो अल्पविकास पकेटमा थियो, उनले भने। यी आकाङ्क्षी जिल्लाहरू अब देशमा विकासको उत्प्रेरकका रूपमा उदाएको तथ्य पनि उनले रेखाङ्कित गरे। जी-20 विकास मन्त्रीहरूसँग विकासको यस मोडलको आग्रह गर्दै उनले भने, “यो तपाईंहरूका लागि प्रासङ्गिक हुनसक्दछ कारण तपाईंहरूले एजेण्डा 2030 लाई गति दिने दिशामा काम गर्नुहुँदैछ।”

बढ्दो डाटा विभाजनको मुद्दामाथि प्रकाश पार्दै प्रधानमन्त्रीले सार्थक नीति निर्माण, कुशल संसाधन आबन्टन र प्रभावी सार्वजनिक सेवा वितरणको निम्ति उच्च गुणस्तरीय डाटा महत्त्वपूर्ण रहेको बताए। डाटा विभाजनलाई पाट्न सहयोगको निम्ति प्रौद्योगिकीको लोकतान्त्रिकरण एउटा महत्त्वपूर्ण उपकरण रहेको उनले बताए। भारतमा डिजिटिकरणले क्रान्तिकारी परिवर्तन ल्याएको उल्लेख गर्दै जहाँ प्रौद्योगिकीलाई एउटा उपकरणका रूपमा मानिसहरूलाई सशक्त बनाउन, डाटा सुलभ बनाउन र समावेशिता सुनिश्चित गर्नका लागि उपयोग गरिरहेको विस्तारका साथ बुझाउँदै प्रधानमन्त्रीले बताए। भारत भागीदार देशहरूका साथ आफ्नो अनुभव साझा गर्न तयार रहेको उल्लेख गर्दै यी चर्चाहरूको तार्किक परिणति विकासशील देशहरूमा चर्चा, विकास र वितरणको निम्ति डाटालाई बढावा दिने दिशामा ठोस कार्वाहीको रूपमा हुने पनि प्रधानमन्त्रीले आशा व्यक्त गरे।

पृथ्वीको अनुकूल जीवनशैलीलाई बढावा दिने पारम्परिक भारतीय विचारमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले भने, “भारतमा हामी नदी, रुख-पात, पाहाड अनि प्रकृतिका सबै तत्त्वलाई बढी सम्मान दिने गर्दछौं।” गत वर्ष संयुक्त राष्ट्र महासचिवका साथ मिशन लाइफ शुभारम्भ गरिएको प्रसङ्गलाई स्मरण गर्दै यस समूहले उच्च स्तरीय सिद्धान्तको एक थान विकसित गर्ने दिशामा काम गरिरहेकोमा खुशी व्यक्त गरे। “यो जलवायु कार्वाहीको दिशामा महत्त्वपूर्ण योगदान हुनेछ”, उनले भने।

सतत विकास लक्ष्य (एसडीजी) प्राप्त गर्ने दिशामा लैङ्गिक समानता अनि महिला सशक्तिकरणको महत्त्व रेखाङ्कित गर्दै प्रधानमन्त्रीले भारत महिला सशक्तिकरणसम्म सीमित नरहेको, तर यसको विस्तार महिलाहरूको नेतृत्त्वमा विकाससम्म पुऱ्याएको प्रधानमन्त्रीले बताए। महिलाहरूले विकासको एजेण्डा तय गरिरहेको तथा उनीहरू विकास अनि परिवर्तनका वाहक रहेको तथ्य पनि प्रधानमन्त्रीले रेखाङ्कित गरे। यसका साथै महिलाहरूको नेतृत्त्व रहेको विकासका लागि परिवर्तनकारी कार्ययोजना अप्नाउन पनि उनले सबैलाई आग्रह गरे।

आफ्नो सम्बोधनलाई समापन गर्दै प्रधानमन्त्रीले भने, काशीको भावनाले भारतको कालातीत परम्पराबाट ऊर्जा प्राप्त गर्दछ। गण्यमान्य व्यक्तिहरूलाई आफ्नो सम्पूर्ण सय बैठक कक्षमा नबिताउने आग्रह गर्दै प्रधानमन्त्रीले काशीको भावना पत्तो लगाउन र त्यसको अनुभव गर्न प्रोत्साहित गरे। “मलाई विश्वास छ, गङ्गा आरतीको अनुभव र सारनाथको दौडाहाले अपेक्षित परिणाम प्राप्त गर्न तपाईंहरूलाई प्रेरित गर्नेछ”, प्रधानमन्त्रीले भने। प्रधानमन्त्री मोदीले एजेण्डा 2030 लाई बढावा दिन र दक्षिणी विश्वका देशहरूका आकाङ्क्षा पूरा गर्न यस विचार-विमर्शको सफलताका लागि पनि आफ्नो शुभकामना दिए।

****



(Release ID: 1931890) Visitor Counter : 100