मन्त्रीमण्डल
मन्त्रीपरिषद्ले फस्फेटिक र पोटासिक (पी एण्ड के) उर्वरकहरूमा रवि सिजन, 2022-23 (01.01.2023 देखि 31.03.2023 सम्म) को लागि पोषक तत्त्व आधारित अनुदान (एनबीएस) दरहरूमा संशोधन र खरीफ सिजन, 2023 (1.4.2023 देखि 30.09.2023 सम्म) को लागि पोषण आधारित अनुदान (एनबीएस) का दरहरूलाई निर्धारण गर्न स्वीकृति दिएको छ।
किसानहरूलाई छुट, सहुलियत र उचित मूल्यमा उर्वरकको उपलब्धता सुनिश्चित गर्नका लागि कदम उठाइयो
प्रविष्टि तिथि:
17 MAY 2023 3:58PM by PIB Gangtok
माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रीय मन्त्रीपरिषद्ले फस्फेटिक र पोटासिक (पी एण्ड के) उर्वरकहरूमा रवि सिजन, 2022-23 (01.01.2023 देखि 31.03.2023 सम्म) को लागि पोषक तत्त्व आधारित अनुदान (एनबीएस) दरहरूमा संशोधन र खरीफ सिजन, 2023 (1.4.2023 देखि 30.09.2023 सम्म) को लागि पोषण आधारित अनुदान (एनबीएस) का दरहरूलाई निर्धारण गर्न स्वीकृति दिएको छ।
पी एण्ड के उर्वरकहरूमा अनुदान एनबीएस योजना द्वारा 01.01.2019 देखि शासित छ। सरकारले रबी 2022-2023 को लागि 01.01.23 देखि 31.03.2023 सम्म प्रभावी एनबीएस दरहरूमा संशोधनलाई मञ्जुरी दिएको छ अनि खरीफ, 2023 (01.04.2023 देखि 30.09.2023 सम्म) को लागि एनबीएस दरहरूलाई मजुरी दिएको छ, ताकि किसानहरूलाई छुट मूल्यमा 25 ग्रेड फस्फेटिक र पोटाशिक (पी एण्ड के) उर्वरक उपलब्ध गराउन सकियोस्।
सरकारले खरीफ 2023 को लागि 38,000 करोड किसानहरूलाई गुणस्तर र अनुदानित पी एण्ड के उर्वरक उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न अनुदान उपलब्ध गराउने भएको छ।
मन्त्रीपरिषद्को निर्णयले किसानहरूलाई खरीफ सिजनमा छुट, किफायती र उचित मूल्यमा डीएपी र अन्य पी एण्ड के उर्वरकहरूको उपलब्धता सुनिश्चित गर्ने दुई गुणा फाइदा हुनेछ र पी एण्ड के उर्वरकमा अनुदानको तर्कसङ्गतता पनि सुनिश्चित गर्नेछ।
****
(रिलीज़ आईडी: 1924889)
आगंतुक पटल : 229
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Kannada
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Bengali
,
Assamese
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Malayalam