Social Welfare
विकसित भारत बिल्डाथन २०२५
Posted On:
07 OCT 2025 15:11 PM
विद्यालय स्तरका नवप्रवर्तनकर्ताहरूका लागि राष्ट्रव्यापी कार्यक्रम
मुख्य बुँदाहरू:
- कक्षा ६ देखि १२ सम्मका १ करोड़ विद्यार्थीहरूलाई समावेश गर्दै, स्वदेशी, आत्मनिर्भर भारत, भोकल फर लोकल र समृद्ध भारत जस्ता विषयमा प्रोटोटाइप निर्माणका लागि भारतकै सबैभन्दा ठूलो विद्यालय ह्याकाथन
- १३ अक्टोबर २०२५ मा प्रत्यक्ष राष्ट्रव्यापी कार्यक्रम: सम्पूर्ण विद्यालयहरूमा प्रत्यक्ष प्रसारण मार्फत एकैसाथ आयोजित 'सिंक्रोनाइज्ड लाइभ बिल्डाथन'।
- रु. १ करोड़को पुरस्कार कोष, जसमा १० जना राष्ट्रिय स्तरका विजेताहरू, १०० जना राज्य स्तरीय विजेताहरू, र १००० जना जिल्ला स्तरीय विजेताहरू।
परिचय
विकसित भारत बिल्डाथन २०२५ एउटा राष्ट्रव्यापी नवप्रवर्तन अभियान हो, जसलाई शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय शिक्षा तथा साक्षरता विभागले नीति आयोगको अटल इनोभेसन मिसनको सहकार्यमा आयोजना गरिरहेको छ।

यो अहिलेसम्मकै सबैभन्दा ठूलो विद्यालय ह्याकाथन हो, जसले विद्यालय स्तरमा नवप्रवर्तनको संस्कृतिलाई बलियो बनाउने लक्ष्य राखेको छ। यसले विद्यार्थीहरूलाई आत्मनिर्भर भारत, स्वदेशी, भोकल फर लोकल, र समृद्ध भारत भन्ने चार विषयमा सोच्न, नवीन विचार प्रस्तुत गर्न वा प्रोटोटाइप निर्माण गर्न प्रेरित गर्दछ। बिल्डाथनले हाम्रा युवाहरूमा नवप्रवर्तन, सिर्जनात्मकता, र समस्या समाधान गर्ने क्षमतालाई प्रवर्द्धन गर्दै समृद्ध, विकसित र आत्मनिर्भर भारत निर्माणमा उनीहरूलाई मुख्य भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्य राखेको छ।

बिल्डाथनले राष्ट्रिय शिक्षा नीति २०२० अनुसार प्रयोगात्मक शिक्षाको अवसर प्रदान गर्नेछ। यसमा सबै विद्यार्थीहरूको समावेशी सहभागिता सुनिश्चित गरिनेछ, विशेष गरी आकांक्षी जिल्ला, आदिवासी क्षेत्रहरू र दुर्गम भेगका विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ।
बिल्डाथन २०२५ को समय तालिका

- २३ सेप्टेम्बर , २०२५: मानननीय शिक्षामन्त्री श्री धर्मेन्द्र प्रधानद्वारा विकसित भारत बिल्डाथन २०२५ को शुभारम्भ।
- २३ सेप्टेम्बर – ११ अक्टोबर: पोर्टलमा दर्ता प्रक्रिया।
- ११अक्टोबर – १२ अक्टोबर: तयारी गतिविधिहरू – टोली निर्माण, पञ्जीककरण, मार्गदर्शन, विचार मन्थन सत्रहरू, वैचारिक क्याम्पहरू, र नवेन्वेषी सर्कलहरू सञ्चालन। विद्यार्थीहरूलाई विषय छनौट गर्न र समाधान तयार पार्न सहयोग।
- १३अक्टोबर: विद्यालयहरूमा प्रत्यक्ष प्रसारणमार्फत राष्ट्रव्यापी 'सिंक्रोनाइज्ड लाइभ बिल्डाथन।
- १३ अक्टोबर – ३१ अक्टोबर: विद्यालयहरूद्वारा पोर्टलमा प्रविष्टिहरू बुझाउने।
- १ नोभेम्बर – ३१ दिसम्बर : विशेषज्ञहरूको प्यानलद्वारा प्रविष्टिहरूको मूल्याङ्कन।
- जनवरी २०२६: शीर्ष टोलीहरूको घोषणा र सम्मान समारोह।
मुख्य विशेषताहरू
- समर्पित पोर्टल: पञ्जीकरण र अन्तिम प्रविष्टि (विचार वा प्रोटोटाइप) बुझाउने राष्ट्रिय पोर्टल उपलब्ध।
- सहभागिताको तरिका: बिल्डाथनमा ३ देखि ५ जना विद्यार्थीहरूको टोलीले भाग लिन सक्नेछ। हरेक टोलीले भिडियोको रूपमा आइडिया वा प्रोटोटाइप बुझाउनेछ। विद्यालयबाट सहभागी हुने टोलीहरूको संख्यामा कुनै सीमा निर्धारित हुने छैन।
- मार्गदर्शन सहायता: विद्यार्थीहरूलाई परियोजना निर्माणमा सहयोग गर्न इनक्युबेसन सेन्टर, परिवर्तनका मार्गदशर्क सञ्जाल, उच्च शिक्षण संस्थानहरू, र व्यावसायिक क्षेत्रका स्वयंसेवक तथा मार्गदर्शकहरूले साथ दिनेछन्।
- राष्ट्रिय प्रत्यक्ष कार्यक्रम: राष्ट्रिय स्तरको भर्चुअल लाइभ स्ट्रिमिङ सत्र आयोजित गरिनेछ, जसमा सबै विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरू सामेल रहनेछन्।
- विश्वव्यापी प्रसारण: कार्यक्रमलाई देशव्यापी समाचार तथा मिडिया च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ।
- समावेशी दृष्टिकोण: आकांक्षी ब्लकहरू, आदिवासी क्षेत्रहरू, सीमावर्ती गाउँहरू र दुर्गम स्थानहरूका विद्यालयहरूमा विशेष ध्यान दिइनेछ।
- जिल्ला तथा राज्य स्तरका कार्यक्रमहरू: विद्यालयहरूमा नवप्रवर्तन सम्बन्धी गतिविधिहरू सञ्चालन गरिनेछ। राज्यहरूलाई सामुदायिक स्तरमा धेरै विद्यालयहरू र विशिष्ट व्यक्तिहरूलाई आमन्त्रित गरी नवप्रवर्तन कार्यक्रम आयोजना गर्न प्रोत्साहित गरिनेछ।
- प्रविष्टिहरू बुझाउने प्रक्रिया: कार्यक्रमपछि विद्यालयहरूले आफ्ना नवप्रवर्तन सम्बन्धि प्रविष्टिहरूको भिडियो (विचार वा प्रोटोटाइप) पोर्टलमा बुझाउनेछन्।

सहभागिता कसरी जनाउने

- योग्यता: भारतभरिका कक्षा ६ देखि १२ सम्मका सबै विद्यालयका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। विद्यार्थीहरूले एउटै विद्यालयका ३ देखि ५ जनाको टोली बनाउनु पर्नेछ। विद्यार्थीहरूले आफ्ना शिक्षकहरूको सहयोगमा दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्। विद्यालयहरूबाट सहभागी हुने टोलीको संख्या सीमित छैन।
- टोलीको पञ्चीकरण: विद्यालय/शिक्षकहरूले विद्यार्थीहरूलाई टोली बनाउन प्रोत्साहित गर्नु पर्नेछ। त्यसपछि टोलीहरूलाई आधिकारिक बिल्डाथन पोर्टलमा पञ्जीकृत गराउनु पर्नेछ। पञ्जीकरण पश्चात् प्रत्येक टोलीलाई एउटा अद्वितीय पञ्जीकरण आईडी प्रदान गरिनेछ। विकसित भारतको लागि विद्यालयहरूका निम्ति पञ्जीकरण लिङ्क रहेको छ- vbb.mic.gov.in
- विषयको छनौट: प्रत्येक टोलीले बिल्डाथनका चारवटा विषयहरूमध्ये एउटा छनौट गर्नुपर्नेछ अनि त्यसपछि सम्बन्धित विषय अन्तर्गत कुनै समस्या चिन्हिन गर्नुपर्नेछ।
- विचार मन्थन र निर्माण: टोलीले समुदायसंग सम्बन्धित समस्या समाधानका लागि विचारहरू गर्नेछ।
- प्रस्तुतीकरणको तयारी: टोलीहरूले २ देखि ५ मिनेटको भिडियो तयार गर्नुपर्नेछ जसमा कुन समस्या समाधान गर्न खोजिएको हो, प्रस्तुत गरिएको नवप्रवर्तन/प्रोटोटाइप के हो, यसको काम गर्ने तरिका र यसको सम्भावित प्रभावहरूलाई समेट्नु पर्नेछ।
- प्रस्तुति: परियोजनाको भिडियो वा सारांशहरूलाई पोर्टलमा १३ अक्टोबरदेखि ३१ अक्टोबर २०२५ भित्र बुझाउनु पर्नेछ।
पुरस्कारहरू
विशेषज्ञहरूको प्यानलले सबै प्रविष्टिहरूको मूल्याङ्कन गर्नेछ। उत्कृष्ट विद्यार्थी टोलीहरूलाई पुरस्कार प्रदान गरिनेछ। विजयी विद्यालय र विद्यार्थीहरूलाई लामो समयसम्म व्यावसायिक सहकार्य, मार्गदर्शन र स्रोतहरूद्वारा समर्थन गरिनेछ ताकि उनीहरूको नवप्रवर्तनलाई अझ बलियो बनाउन सकियोस्।
पुरस्कार राशी कुल: रु. १ करोड़, जसमा १० जना राष्ट्रिय स्तरका विजेताहरू, 100 जना राज्य स्तरका विजेताहरू र १००० जना जिल्ला स्तरका विजेताहरू रहनेछन्।
*******
एसके
Visitor Counter : 18
Provide suggestions / comments