आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

असमको सिलचरस्थित डोलूमा २,०१४ करोड़ रुपियाँको अनुमानित लागतमा ग्रिनफिल्ड विमानस्थल निर्माण गर्ने योजनालाई मन्त्रिपरिषद्को स्वीकृति

पोस्ट गरियो: 25 NOV 2026 3:27PM by PIB Gangtok

नयाँ दिल्ली, 25 नोभेम्बर, 2026:

सिलचर विमानस्थलमा रहेको विद्यमान रक्षा मन्त्रालयको स्वामित्वको जमिनले घेरिएको नागरिक विमानस्थलको सञ्चालन तथा स्थानसम्बन्धी गम्भीर सीमितताहरू हटाउन र यात्रु सङ्ख्यामा निरन्तर भइरहेको वृद्धिलाई सम्बोधन गर्न प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रिमण्डलीय समितिले भारतीय विमानस्थल प्राधिकरण (एएआई) मार्फत असमको सिलचरस्थित डोलूमा २,०१४ करोड़ रुपियाँको अनुमानित लागतमा नयाँ ग्रिनफिल्ड विमानस्थल निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।

असमको कछार जिल्लामा अवस्थित डोलू बराक उपत्यकाको रणनीतिक केन्द्रका रूपमा रहेको छ। यो क्षेत्र विस्तृत चिया बगान, कृषिमा आधारित उद्योग तथा पर्यावरणीय र सांस्कृतिक पर्यटनको अपार सम्भावनाका लागि परिचित छ।

प्रस्तावित टर्मिनल भवनको कुल क्षेत्रफल १२,३५१ वर्गमिटर हुनेछ र यसले व्यस्त समयमा ८०० जना यात्रुलाई सेवा दिन सक्नेछ। आधुनिक यात्रु सुविधाहरू, दिगो हरित भवन निर्माणका सिद्धान्त तथा आवश्यकताअनुसार विस्तार गर्न सकिने संरचनालाई ध्यानमा राखेर यसको डिजाइन तयार गरिनेछ। यसका अतिरिक्त, परियोजनाअन्तर्गत ए-३२० विमान सञ्चालनका लागि उपयुक्त कोड-४सी मापदण्डअनुरूपको २,७०५ मिटर × ४५ मिटरको रनवे निर्माण गरिनेछ। यसका साथै, ६ वटा ए-३२० विमान पार्किङ गर्न सकिने नयाँ एप्रोन र छुट्टै आइसोलेसन बे पनि निर्माण गरिनेछ।

ठूलो रणनीतिक महत्त्व बोकेको डोलू ग्रिनफिल्ड विमानस्थलले दक्षिण असम र छिमेकी राज्यका आसपासका क्षेत्रहरूमा हवाई यातायातको तीव्र रूपमा बढ़िरहेको माग पूरा गर्नेछ। यसले विद्यमान पूर्वाधारमा यात्रु तथा हवाई चाप कम गर्नुका साथै व्यापार र पर्यटन प्रवर्द्धनमार्फत क्षेत्रीय आर्थिक सम्भावनालाई उजागर गर्नेछ। यसका साथै, उत्तरपूर्वी भारतलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकासका फराकिला मार्गहरूसँग जोड़्ने विश्वस्तरीय प्रवेशद्वारका रूपमा काम गर्नेछ।

********

MPS/TWB


(रिलिज आईडी: 2341507) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , Marathi , हिन्दी , Assamese , Punjabi , Gujarati , Tamil , Telugu , Kannada , Malayalam