गोवा, १९ नोभेम्बोर २०२६:
गोवाको पाणाजीमा अन्तिम तयारीका कामहरू सम्पन्न भएसँगै ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) आयोजना गर्न गोवा पूर्ण रूपमा तयार रहेको छ। महोत्सव परिसरदेखि राजधानी शहरका विभिन्न स्थानसम्म कलाकार तथा आयोजक टोलीले महोत्सवको विषयवस्तु ‘स्टोरिज विदआउट बोडर्स’ लाई दर्शाउने विषयगत सजावट, चलचित्रका रिलहरूबाट प्रेरित सुरूङमार्ग, प्रतिनिधिहरूका लागि बनाइएका सहायता कक्ष तथा स्वागतद्वारहरूलाई अन्तिम रूप दिइएको छ।
५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को आयोजना अघि गोवाको राजधानी पाणाजीलाई चलचित्र र संस्कृतिको भव्य केन्द्रका रूपमा सजाइएको छ। महोत्सवका प्रमुख स्थलहरू-ईएसजी कम्प्लेक्स, कला एकाडेमी तथा पाणाजीका वरीपरीका सड़क र क्षेत्रहरूमा भारतको समृद्ध चलचित्र विरासतलाई झल्काउने आकर्षक विषयगत सजावट तथा कलात्मक संरचनाहरू निर्माण गरिएका छन्।

५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को आयोजना स्थलमा मयूरको आकृतिमा आधारित भव्य प्रवेशद्वार तयार पारिएको छ।

गोवाको पाणाजीमा ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को प्रतिक चिन्हलाई रंगविरंगी जियोमेट्रिक एसेन्ट्सले सजाइएको आकर्षक संरचनाले आगन्तुकहरूलाई स्वागत गरिरहेको छ।

गोवाको पाणाजीस्थित महोत्सव स्थलमा ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) तथा एनएफडीसीको आधिकारिक प्रवेशद्वारमुनि प्रदर्शित चलचित्रका पोस्टरहरूले महोत्सवमा समेटिएका विविध विधा र विषय-वस्तुका चलचित्रहरूको उत्सवमय झलक प्रस्तुत गरिएको छ।

महोत्सवको उद्घाटन अघि गोवाको पाणाजीस्थित सड़कको डिभाइडरलाई ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई २०२६) का विभिन्न कलात्मक संरचना तथा रङ्गीचङ्गी आकृतिहरूले आकर्षक ढङ्गले सजाइएको दृश्य।

गोवाको पाणाजीस्थित महोत्सव स्थलमा रुखहरूले घेरिएको पैदलमार्गमा ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को आधिकारिक लोगो तथा पहिचान चिन्ह अङ्कित प्रतिनिधि पञ्जीकरण तथा सूचना कक्षहरू नयाँ रूपमा निर्माण गरी राखिएका छन्।

५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को अन्तिम तयारी पूरा हुने क्रममा महोत्सव स्थलमा चलचित्रको रिलको विशाल स्वरूपमा निर्माण गरिएको सुरुङमार्गभित्र कार्यक्रमका टोलीका सदस्यहरू चलचित्रका पोस्टरहरू स्थआपित गर्दै।

गोवाको पाणाजास्थित एउटा सुसज्जित ट्राफिक आइल्यान्डमा ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को उद्घाटनअघि महोत्सव सम्बन्धि कलात्मक संरचना राखिएको छ।

मयूरका प्वाँखका आकर्षक आकृतिहरू र माथिबाट झुन्डिएका सजावटी कपड़ाका पर्दाहरूले सुसज्जित भव्य एवं झिलिमिली प्रवेशद्वारको तोरणले प्रतिनिधिहरू तथा चलचित्रप्रेमीहरूलाई स्वागत गर्दछ।

भारतको ५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को पूर्वसन्ध्यामा गोवाको पाणाजीस्थित महोत्सव परिसरमा आकर्षक बत्तीहरूले झिलिमिली भएको ‘५७’ अंकको संरचना, जसमा आईएफएफआईको प्रतिष्ठित ‘गोल्डन पिकक’- को प्रतिक अङ्कित छ, ऐतिहासिक वास्तुकलाले सुसज्जित भवन र झिलिमिली बत्तीहरूको सजावटका बीचमा स्थापित गरिएको छ।

भारतको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारीस्वरूप गोवाको पाणाजीस्थित रूखका लहरहरूले ढाकिएको सड़कहरूलाई न्यानो आभास दिने झिलिमिली बत्तीका छत्रहरू र ५७औँ आईएफएफआईका आधिकारिक ब्यानरहरूले उत्सवमय मार्गका रूपमा सजाइएको छ।

भारतको ५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने तयारीमा जुटेको गोवाको पाणाजीस्थित माण्डवी नदी किनारका सड़कहरूलाई आकर्षक एलईडी बत्ती तथा मयूरको आकृतिमा आधारित सजावटी सङ्केत चिन्हहरूले झिलिमिली बनाइएको छ।
**********
MPS/TWB