गोवा, 16 नोभेम्बर 2026।
भारतीय मुख्यधाराका हिन्दी चलचित्र उद्योगको मुटु रहेको मुम्बई जीवन्त मराठी चलचित्र परम्पराको पनि घर रहनका साथै बलिवुडसँगै विकास हुँदै समृद्ध कथावाचन, धरातलीय यथार्थ तथा गहन साहित्यिक आधारको माध्यमद्वारा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल बनेको छ। यसै चिरस्थायी सिनेमाई विरासतको उत्सव मनाउँदै, 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म उत्सवले (आइएफएफआइ), समकालीन कथानक एवं गैर कथानक चलचित्रको चयनका साथै लब्धप्रतिष्ठ व्यक्तित्त्व अनि सिनेमाई विरासतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मराठी सिनेमाको विविधतालाई केन्द्रमा ल्याएको छ।
यस वर्ष, आइएफएफआइमा, सातवटा मराठी चलचित्रलाई भारतीय प्यानोरामाका लागि चयन गरिएको छ भने प्रतिष्ठित कालजयी चलचित्रलाई सहश्राब्दी श्रद्धाञ्जलि खण्ड अन्तर्गत बहाल संस्करणमा प्रस्तुत गरिनेछ। अर्का मराठी चलचित्रलाई गाला प्रिमियर्स खण्ड अन्तर्गत प्रदर्शित गरिनेछ।

चयनित कथानक चलचित्रमा महेश लिमायेद्वारा निर्देशित आदि अनन्तले आकाङ्क्षी अभिनेता अनि उनका हजुरबाबीच भावनात्मक बन्धनको खोज गर्दछ। यस चलचित्रले स्याहार-सुसार, परिवारको दायित्त्व तथा सफलताको अर्थका चुनौतीहरू प्रकाश पार्दछ भने यसमा अशोक सराफ, सङ्कर्षण करहदे, साखी गोखले अनि योगेश शीर्षतले अभिनय गरेका छन्।
भारतीय प्यानोरामाको मूलधाराका सिनेमा खण्डमा, प्रवीण विथ्थल तार्देद्वारा लिखित एवं निर्देशित देउल बन्द-2 (मन्दिर बन्द-2)-ले आफ्नो कृषक पति गुमाएका महिलाको कथाको माध्यमद्वारा कृषि सङ्कट प्रस्तुत गरिएको छ भने समीर तिवारीद्वारा निर्देशित बापयाले (पुरुष) आफ्नो गाउँ फर्किरहेका तेस्रो लिङ्गी मुख्य अभिनेतालाई परिवार अनि लैङ्गिक पहिचानको शीर्षकमा बुन्दै प्रस्तुत गरिएको छ।
अर्को उल्लेखनीय चयन हो जीजिविषा कालेद्वारा निर्देशित तिगी, जुन आइएफएफआइमा भारतीय कथानक चलचित्र श्रेणीमा सर्वश्रेष्ठ पदार्पण गर्ने निर्देशकको सूचीमा परेको छ। मार्मिक पारिवारिक नाटकमा केन्द्रित यस चलचित्रले सम्बन्ध, त्याग अनि अव्यक्त भावनाको पीडा प्रस्तुत गर्दछ।

भारतीय प्यानोरामा गैर कथानक खण्डमा तीनवटा मराठी चलचित्र प्रस्तुत गरिएको छ, जहाँ प्रत्येकले बिछुट्टै विमर्श प्रस्तुत गर्दछ। अमित पाटकरको पनिसमेन्टले (शिक्षा) दुई प्रकट रूपमा असम्बन्धित चोरीको माध्यमद्वारा ग्लानि अनि त्यसको परिणामको जाँच गर्दछ। सन्तोष दावाखरको स्काई ट्रीले (अभल वृक्ष) खडेरीको समय गाउँलेहरूको आशा प्रस्तुत गर्दछ भने निपुणको दी मूनले (चन्दोबा) सेतो दुबी तथा यस स्थितिका वरिपरी रहेको सामाजिक मूल्याङ्कनसँग किशोरको सङ्घर्षलाई कैद गर्दछ।
भारतीय प्यानोरामाको चयनदेखि इतर, राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्माता दीपक गावडेद्वारा निर्देशित ती आहेस् नालाई (तिमी त्यहीं छौ नि?) गाला प्रिमियर्स खण्ड अन्तर्गत प्रस्तुत गरिनेछ। यस चलचित्रले पीडा, एक्लोपन अनि पहिचानलाई छुनका साथ जीवनमा अर्थ ल्याउने अनापेक्षित मानव सम्बन्धलाई प्रकाश पार्दछ।
मराठी कथावाचनले आइएफएफआइको श्रेष्ठ वेब शृङ्खला पुरस्कार श्रेणीमा पनि चन्द्रकान्त लता गायकवाडद्वारा निर्देशित देवखेलको माध्यमद्वारा स्थान पाएको छ। रोमाञ्चक अनि सनसनीपूर्ण कथा रहेको यो वेब शृङ्खला तटीय गाउँमा रौं खडा गर्ने अन्धविश्वासका साथ तन्त्रसँग जोडिएका रहस्यमयी हत्याहरूको शृङ्खला प्रस्तुत गरिएको छ।

यस उत्सवले मराठी सिनेमाको सहश्राब्दी श्रद्धाञ्जलि खण्डको माध्यमद्वारा, लब्धप्रतिष्ठ अभिनेता सूर्यकान्त मनधरेको जन्म शताब्दीमा श्रद्धाञ्जलि मार्फत् समृद्ध विरासतको पनि उत्सव मनाएको छ। श्रद्धाञ्जलि स्वरूप, उनको 1965 को मराठी चलचित्र साधी मानासेलाई राष्ट्रिय चलचित्र विरासत मिशन अन्तर्गत भारतीय राष्ट्रिय चलचित्र अभिलेखागार (एनएफएआइ) द्वारा बहाल संस्करणमा प्रस्तुत गर्नेछ। हिन्दी अनि मराठी चलचित्रमा आफ्नो गम्भीर अनि स्मरणीय प्रस्तुतिका लागि प्रतिष्ठित स्व. नाना पाटेकरलाई समर्पित श्रद्धाञ्जलि खण्ड पनि 57 औं आइएफएफआइको अंश रहेको छ। हिन्दी चलचित्र दीक्षाका साथै उनको प्रतिष्ठित मराठी चलचित्र नटसम्राटको मिरमार बीचमा खुल्ला मञ्च प्रदर्शनीले दर्शकहरूलाई महान अभिनेताको भारतीय चलचित्र जगतमा चिरस्थायी योगदानको उत्सव मनाउने अवसर प्रदान गर्नेछ।
**********
MPS/TWB