पोस्ट गरियो:
16 NOV 2026 8:55AM by PIB Gangtok
नयाँ दिल्ली : 16 नोभेम्बर 2026
प्रधानमन्त्री नरेन्द्र मोदीले आज उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म चल्ने छठ महापर्व सम्पन्न भएको बताएका छन्। प्रकृतिप्रति समर्पित यस पवित्र पर्वका क्रममा दृढ सङ्कल्प र आध्यात्मिक साधनाको अद्भुत सङ्गम देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले देशभर व्रत बसेका सम्पूर्ण श्रद्धालु तथा उनीहरूका परिवारका सदस्यहरूमाथि छठी मैयाको शुभ आशीर्वाद रहिरहोस् भनी प्रार्थना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ:
“उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेसँगै आज चार दिनसम्म चल्ने महापर्व छठको अनुष्ठान सम्पन्न भएको छ। प्रकृतिप्रति समर्पित यस पवित्र पर्वमा दृढ सङ्कल्प र आध्यात्मिक साधनाको अद्भुत सङ्गम देख्न पाइयो। छठी मैयासँग सम्पूर्ण भक्तजनहरू, साथै देशभर रहेका मेरा परिवारजनलाई आफ्नो शुभ आशीर्वाद प्रदान गरिदिन प्रार्थना गर्दछु।”
********
MPS/TWB