प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

सधैँ असल र सकारात्मक कर्म गर्नुपर्ने महत्त्व उजागर गर्दै प्रधानमन्त्रीद्वारा संस्कृत सुभाषित साझा

पोस्ट गरियो: 16 NOV 2026 8:53AM by PIB Gangtok

नयाँ दिल्ली: 16 नोभेम्बर 2026

प्रधानमन्त्री नरेन्द्र मोदीले आज संस्कृतको एक सुभाषित साझा गर्दै कुनै पनि मानिस एक क्षणका लागि पनि कर्म नगरी रहन नसक्ने बताउनुभएको छ। त्यसैले मानिसले आफ्नो जीवन सधैँ असल र सकारात्मक कर्ममा लगाउनुपर्नेमा उहाले जोड दिनुभएको छ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा निम्न संस्कृत श्लोक साझा गर्नुभएको छ :

“न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्।

कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः॥”

यसको भावार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले बताउनुभएको छ कि यस सृष्टिमा कुनै पनि मानिस एक क्षणका लागि पनि कर्म नगरी रहन सक्दैन। प्रकृतिबाट उत्पन्न गुण र आफ्नै स्वभावका कारण प्रत्येक व्यक्ति निरन्तर कर्म गर्न प्रेरित हुन्छ। त्यसैले हामीले आफ्नो जीवन सधैँ असल र सकारात्मक कर्म गर्दै बिताउनुपर्छ।

********

MPS/TWB


(रिलिज आईडी: 2336873) आगन्तुक काउन्टर : 11
मा यो विज्ञप्ति पढ्नुहोस्: Bengali , English , Urdu , Marathi , हिन्दी , Assamese , Punjabi , Gujarati , Tamil , Telugu , Kannada , Malayalam