प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

महाराष्ट्रको गढचिरौलीमा आयोजित जनजातीय गौरव दिवस कार्यक्रमलाई प्रधानमन्त्रीले भिडियो कन्फरेन्सिङमार्फत गर्नुभएको सम्बोधन

पोस्ट गरियो: 15 NOV 2026 1:23PM by PIB Gangtok

नयाँ दिल्ली, १५ नोभेम्बर २०२६

जोहार !

देशका कुना-कुनाबाट जोड़िनुभएका तपाईहरू सबैलाई ‘जनजातीय गौरव दिवस’ को धेरै-धेरै बधाई। धरती आबा भगवान बिरसा मुण्डाको जन्म जयन्तीमा म उहाँप्रति श्रद्धापूर्वक नमन गर्दछु। जनजातीय गौरव दिवस देशको यस्तो चाँड़ हो, जससित जनजातीय समाजको गौरव जोड़िएको छ, जससित भगवान बिरसा मुण्डाको प्रेरणा जोड़िएको छ। यही ऊर्जाका साथ आज देशभरि नै जनजातीय गौरव दिवसका कार्यक्रमहरू भइरहेका छन्। देशले आज आफ्ना आदिवासी नायक-नायिकाहरूलाई गर्वका साथ स्मरण गरिरहेको छ। विशेष गरी, महाराष्ट्रको गढचिरौलीमा यति ठूलो आयोजन भइरहेको छ, मेरो नजर जहाँ जहाँ पुग्दैछ, मानिसहरू मात्रै देखिंदैछन् र गढचिरौलीमा त जनजातीय समाजको समृद्ध संस्कृति रहेको छ। राघोजी भाङ्गरे, भागोजी नाईक र वीर बाबुराव शेडमाके, यस्ता वीरहरूको वीरगाथा यो धरतीसँग जोड़िएको छ। यस अवसरमा म सम्पूर्ण आदिवासी वीरहरूलाई श्रद्धापूर्वक नमन गर्दछु। देशभरिबाट यस आयोजनमा सहभागी भइरहनुभएका सबै राज्यपालहरू, सबै आदरणीय मुख्यमन्त्रीहरू, उप-मुख्यमन्त्रीहरू र प्रत्येक जनप्रतिनीधिलाई पनि म अभिनन्दन गर्दछु।

साथीहरू,

१५ नोभेम्बर २०२१ देखि जनजातीय गौरव दिवस मनाउने जुन शुरूवात भयो, आज त्यो एउटा राष्ट्रिय उत्सव बनिसकेको छ। गत वर्ष भगवान बिरसा मुण्डाको १५० औँ जन्म जयन्तीमा देशभरिमा २ लाखभन्दा अधिक कार्यक्रमहरू भए। करोडौँ देशवासीहरू यी आयोजनहरूको हिस्सा बने। एक समय थियो, जब हाम्रो देशमा अनेक दिवस र उत्सवहरू विदेशी दृष्टिकोणबाट तय हुन्थे। तर आज, भारतले आफ्नै विरासतलाई, आफ्नै इतिहासलाई, आफ्नै नायकहरूलाई स्वदेशी स्वाभिमानका साथ गौरवपूर्वक सम्झना गरिहेको छ। यो हाम्रो राष्ट्रिय चेतनामा आएको एउटा ठूलो परिवर्तनको प्रतीक हो।

साथीहरू,

स्वतन्त्रताको लड़ाइँमा, खासी पहाड़हरूमा तिरोत सिंहको सङ्घर्ष होस्, छोटा नागपुरको कोल आन्दोलन होस्, वा सिद्धो-कान्हूको नेतृत्वमा भएको सन्थाल क्रान्ति होस्, जनजातीय समाजले सधैँ अन्याय विरुद्ध आवाज उठायो। मानगढको धरतीमा गोविन्द गुरुका अनुयायीहरूले बलिदान दिए। रानी गाइदिन्ल्यू, तांत्या भील, यस्ता अनेक वीर र वीरङ्गनाहरूले आफ्ना साहसले देशलाई प्रेरणा दिए। अल्लूरी सीताराम राजु र रानी दुर्गावती जस्ता महान व्यक्तित्वहरूले पनि आदिवासी आन्दोलनहरूलाई ऊर्जा दिए। र यी सबै गाथाहरूका साथ-साथ भगवान बिरसा मुण्डाको विद्रोह, युवा उमेरमा वहाँको सङ्घर्ष, आज पनि हामी करोडौँ देशवासीहरूका लागि निकै ठूलो प्रेरणा हो।

साथीहरू,

आज जनजातीय गौरव दिवसको यस अवसरमा देशका अलग-अलग राज्यहरूमा जनजातीय विकाससँग जोड़िएका १७० भन्दा धेर परियोजनाहरूको लोकार्पण र ७० भन्दा अधिक परियोजनाहरूको शिलान्यास गरिएको छ। मिजोरममा महान् स्वतन्त्रता सेनानी रोपु-इलियानी जीलाई समर्पित सङ्ग्रहालयको लोकार्पण भएको छ। अरुणाचल प्रदेशमा जनजातीय अनुसन्धान संस्थानको नयाँ भवनको लोकार्पण पनि भएको छ। यसबाहेक, लोकार्पण र शिलान्यास भएकाहरूमा शिक्षासँग जोड़िएका संस्थानहरू छन्, स्वास्थ्य सेवाहरू छन्, जनजातीय उत्पादनहरूका लागि मार्केटिङ केन्द्रहरू छन्, र गाउँहरूमा आधारभूत सुविधाहरूको विस्तारसँग जोड़िएका अनेक कामहरू छन्। देशका विभिन्न राज्यहरूमा लगभग ३० हजार करोड़ रूपियाँको परियोजनाहरूको लोकार्पण र शिलान्यास भएको छ। म यी सबै परियोजनाहरूका लागि तपाईहरू सबैलाई, देशवासीहरूलाई धेरै-धेरै बधाई दिंदछु।

साथीहरू,

आजको यो आयोजन यस्तो समयमा भइरहेको छ, जब देशका दुईवटा ठूला उपलब्धिको चर्चा हरेक जगहमा भइरहेको छ। पहिलो उपलब्धि हो- देशका लगभग ५० करोड़ मानिसहरूले भीषण गरीबीलाई परास्त गर्नु, गरीबीबाट बाहिर निस्कनु, र दोस्रो उपलब्धि हो- देशबाट नक्सलवाद, माओवादी आतङ्कलाई समाप्त गर्नु, माओवादी आतङ्कबाट मुक्ति पाउनु। यी दुवै उपलब्धिहरू हाम्रा जनजातीय दाजु-भाइ तथा दिदी-बहिनीहरूको जीवनसँग गहिरो रूपमा जोड़िएका छन्। यसकारण, केही हप्ता अघि विश्व बैंकको रिपोर्ट आएको छ, र विश्व बैंकको रिपोर्टमा भनिएको छ कि पछिल्लो १२-१३ वर्षमा भारतका लगभग ५० करोड़ मानिसहरू, यो आँकड़ा निकै ठूलो छ, ५० करोड़ मानिसहरू भीषण गरीबीबाट बाहिर निस्किएका छन्। म यसलाई स्वतन्त्रतातापछि देशको सबैभन्दा ठूला उपलब्धिहरूमध्ये एउटा मान्दछु। यो सिङ्गो देशको उपलब्धि हो, यो कुनै एउटा सरकारको श्रेय होइन, यसको पछि समाजको सामूहिक शक्ति छ, यसको पछि देशका प्रत्येक नागरिकको प्रयास छ, उनीहरूको परिश्रम छ। बितेका वर्षहरूमा केन्द्र सरकारले जनजातीय कल्याणका लागि जुन निर्णयहरू गर्‍यो, जुन योजनाहरू बनायो, तिनीहरूको पनि यस उपलब्धिमा निकै ठूलो भूमिका रहेको छ। म यस उपलब्धिको लागि सम्पूर्ण देशवासीहरूलाई, विशेष गरी आफ्ना जनजातीय दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई धेरै-धेरै बधाई दिँदछु।

साथीहरू,

यति ठूलो सङ्ख्यामा मानिसहरू गरीबीबाट बाहिर निस्कनु, आफैमा निकै ठूलो परिवर्तन हो। यो परिवर्तन एउटा ठूलो सङ्कल्पको सिद्धिसम्मको यात्राको सुदीर्घ कथा हो। सङ्कल्प कसरी सिद्ध गर्न सकिन्छ, त्यो आज भारतले गर्न सक्छ, प्रत्येक भारतीयले गर्न सक्छ, यो आत्मविश्वास पैदा भएको छ। हामीले एउटा सङ्कल्प लिएका थियौँ, जो दशकौँदेखि विकासका सुविधाहरूबाट वञ्चित रहेका छन्, उनीहरूलाई प्राथमिकता दिनुपर्छ। जसो-जसो हाम्रा सङ्कल्पहरू वास्तविकता बनेर जमीनमा उत्रिन थाले, सकारात्मक परिवर्तनहरूको शृङ्खला बन्न थाल्यो। देशका ती आदिवासी क्षेत्रहरू, जो पछाड़ि परेकाहरूमा पनि अति पछाड़ि परेका क्षेत्र थिए, जहाँ जीवनका आधारभूत सुविधाहरू पनि पुगेका थिएनन्, ती क्षेत्रहरूमा हाम्रो सरकारले आफ्नो पूर्ण सामर्थ्य लगायो। पीएम-जनमन योजना र धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियान, यी दुवै योजनाहरूका लागि हामीले एक लाख करोड़ रूपियाँभन्दा बढ़ीको बजेट बनायौँ। हाम्रो प्रयास थियो कि स्वतन्त्रतातापछि जुन परिवारहरूसम्म सबैभन्दा ढिलो सुविधाहरू पुगे, अब ती परिवारहरूसम्म सबैभन्दा छिटो सुविधाहरू पुर्‍याइयोस्।

साथीहरू,

वञ्चितहरूलाई वरीयता, वञ्चितहरूलाई वरीयता, यो हाम्रो प्राथमिकता रह्यो। हामीले देशका गरीब परिवारहरूका लागि चार करोड़भन्दा बढ़ी पक्का घरहरू बनायौँ। देशका ती १८ हजार गाउँहरूसम्म बिजुली पुर्‍यायौँ, जहाँ स्वतन्त्रताको यति दशकपछि पनि बिजुली पुगेको थिएन। आयुष्मान भारत योजनाका माध्यमबाट पाँच लाख रूपियाँसम्मको निःशुल्क उपचारको सुविधा दियौँ। देशभरिमा एक लाख ७५ हजारभन्दा बढ़ी आयुष्मान आरोग्य मन्दिरहरू बनाइए, जसको कारण टाड़ा-टाड़ाका जनजातीय क्षेत्रहरूसम्म पनि स्वास्थ्यको लाभ पुग्यो। जब गरीब परिवारहरूलाई शौचालय प्राप्त भयो, स्वच्छताका सुविधाहरू बढ़े, तब अनेक रोगहरूको खतरा पनि कम भयो।

साथीहरू,

गरीबीलाई परास्त गर्नका लागि गरीब परिवारहरूका लागि आम्दानीका अवसरहरू बढ़ाउनु पनि उत्तिकै आवश्यक थियो। हामीले मुद्रा योजनाका माध्यमबाट बिना ग्यारेन्टीको ऋणको सुविधा दियौँ। यस योजना अन्तर्गत लाखौँ करोडौँ रूपियाँको सहयोग प्रदान गरिएको छ। यस प्रकारका सबै योजनाहरूको लाभ गरीबहरूले पाए, दलितहरूले पाए, पछाड़िएकाहरूले पाए, हाम्रा जनजातीय दाजु-भाइ तथा दिदी-बहिनीहरूले पनि पाए। यसबाट उनीहरूभित्र अघि बढ्ने नयाँ आत्मविश्वास पैदा भएको छ।

साथीहरू,

हामीले ती क्षेत्रहरूमा पनि विशेष ध्यान दियौँ, जुन लामो समयसम्म विकासमा पछि परेका थिए। देशका १०० भन्दा बढ़ी आकांक्षी जिल्लाहरू र ५०० भन्दा बढ़ी आकांक्षी ब्लकहरूमा विकासको, सुविधाको, नागरिकहरूको अधिकारहरूको रक्षाको विशेष अभियान चलायौँ। यसमा ठूलो सङ्ख्यामा जनजातीय जनसङ्ख्या भएका क्षेत्रहरू सामेल छन्। अब पीएम कृषि धन धान्य योजना अन्तर्गत कृषिको क्षेत्रमा पछि परेका १०० जिल्लाहरूमा पनि विशेष ध्यान दिंइदैछ। हाम्रो प्रयास छ कि त्यहाँका किसानहरू, गरीब परिवारहरू र जनजातीय समाजलाई अघि बढ़ाउने नयाँ अवसरहरू प्राप्त होस्। यी सामूहिक प्रयासहरूले ‘सबका साथ-सबका विकास’ को मन्त्रले देशका गरीबहरूलाई नयाँ आत्मविश्वास दिएको छ, र करोडौँ गरीबहरूले गरीबीलाई परास्त गरेर देखाएका छन्।

साथीहरू,

देशको दोस्रो उपलब्धि, जसको मैले चर्चा गरेको थिएँ, त्यो हो- नक्सलवाद, माओवादबाट मुक्ति। हाम्रो गढचिरौली, गढचिरौली लगायत देशका समस्त आदिवासी क्षेत्रहरूका मानिसहरूलाई थाहा छ, नक्सली हिंसाले सबैभन्दा धेरै नोक्सान हाम्रो जनजातीय समाजकै गरेको छ। २०१४ मा, देशका लगभग सवा सय जिल्लाहरू माओवाद-नक्सलवादबाट पीड़ित थिए। प्रत्येक वर्ष हिंसाका सयौँ घटनाहरू हुन्थे। यी घटनाहरूमा हजारौँ निर्दोष मानिसहरूले आफ्नो ज्यान गुमाउनु पऱ्यो। यसमा धेरै ठूलो सङ्ख्या हाम्रा आदिवासी दाजु-भाइ तथा दिदी-बहिनीहरूको थियो।

तर साथीहरू,

माओवादी-नक्सलवादबाट प्रभावित मानिसहरूलाई, त्यस बेलाका सरकारहरूद्वारा, त्यस जमानामा, मेरा यी दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई उनीहरूको भाग्यको भरमा छोड़िएको थियो, उनीहरूको अधिकार खोसिएको थियो। अनि सबै मुखमा ताला लगाएर बसेका थिए, सबै चुप बस्थे। तपाईहरूलाई अचम्भ लाग्नेछ, मेरा यी जनजातीय समाजका यी दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई मतदानसम्म गर्न दिइँदैनथ्यो। त्यतिबेलाका सरकारहरू यसै गरी मूकदर्शक बनेर बसिरहन्थे, आँखा चिम्लेर बसेका हुन्थे। गरीब आमाको अघिबाटै, उनका साना-साना नानीहरूलाई, यी माओवादी-नक्सलवादीहरूले खोसेर लैजान्थे र कसैले केही गर्न सक्दैनथ्यो। नक्सलीहरूले हाम्रा घरका छोरी-चेलीहरूलाई उठाएर लैजान्थे, सबैजना विवश बनेर छटपटाइ रहनु बाहेक केही गर्न सक्दैनथे।

साथीहरू,

आज जब त्यो माओवाद-नक्सलवाद समाप्त भयो, तब ती आमाहरू, मेरा जनजातीय समाजका माताहरू- दिदी-बहिनीहरूले आज हामीलाई अनेकौँ आशिर्वाद दिइरहेका छन्। ती दिदी- बहिनीले हामीलाई आशिर्वाद दिइरहेका छन्, जसले आज आफूलाई सुरक्षित महसुस गरिरहेका छन्। जसको बाल्यकाल खोसिएको थियो, उ अब युवा बनेर हामीसँग जोड़िरहेको छ, उसले पढ़ाइको अवसर पाइरहेको छ, रोजगारीको अवसर पाइरहेको छ। छत्तीसगढ़मा बस्तर जस्तो क्षेत्र, जहाँ एक समय मानिसहरू जान डराउँथे, अहिले केही दिनअघि मात्रै मैले त्यस क्षेत्रको केन्द्र बिन्दुमा, त्यहाँ हाम्रा सुरक्षा बलहरूसँग दीपावली मनाएँ। गढचिरौली लगायत सबै नक्सल प्रभावित रहेका क्षेत्रहरूमा यस पटकको दीपावलीमा बत्तीको साथसाथै आशाको किरण पनि मानिसहरूसम्म पुगेको छ।

साथीहरू,

आज हाम्रो आदिवासी समाज, हाम्रो जनजातीय समाजले उत्साहका साथ देशको प्रगतिमा योगदान दिइरहेको छ। आज देशको नेतृत्व पनि आदिवासी समाजको एउटी छोरीको हातमा छ। हामी सबैलाई राष्ट्रपति द्रौपदी मुर्मूजीप्रति गर्व छ।

साथीहरू,

आज समय आएको छ, हामी भगवान बिरसा मुण्डाबाट प्रेरणा लिएर विकसित भारतको सपनालाई पूरा गर्नमा आफ्नो पूर्ण ऊर्जा लगाऔँ। यही आह्वानका साथ भगवान बिरसा मुण्डालाई प्रणाम गर्दै एक पटक फेरि तपाईहरू सबैलाई जनजातीय गौरव दिवसको धेरै-धेरै शुभकामना दिँदछु। र म तपाईहरूलाई आग्रह गर्दछु, प्रत्येक वर्ष १५ नोभेम्बरको प्रतीक्षा हुनुपर्छ। भगवान बिरसा मुण्डाको जन्म जयन्ती, त्यसभन्दा पनि बढ़ेर जनजातीय गौरव दिवस, यो सिङ्गो देशको गर्व हो, सिङ्गो देशको स्वाभिमान हो। हरेक १५ नोभेम्बरलाई पहिलेभन्दा बढ़ी शक्ति, पहिलेभन्दा बढ़ी उत्साह र पहिलेभन्दा बढ़ी व्यापकताका साथ हामीले हरेक पटक मनाउँदै जानुपर्छ, जनजातीय गौरव दिवसमा नयाँ सङ्कल्पहरू लिँदै जानुपर्छ र ती सङ्कल्पहरूलाई समय सीमाभित्र सिद्ध गर्नका लागि हामी सबैले पूर्ण शक्ति लगाएर अघि बढ्नुपर्छ। स्वतन्त्रताको यति वर्षसम्म जुन काम भएको छैन, त्यो हामीले कम समयमा गरेर देखाउनु पर्छ। म एकपल्ट फेरि, म स्क्रिनमा हेरिरहेको छु, कति धेरै स्थानमा, कति धेरै मानिसहरू बसिरहेका छन्, र म देखिरहेको छु उनीहरू उत्साह र उमङ्गले भरिएका छन्। यो दृश्य नै जनजातीय गौरव दिवसको मान-सम्मान र शान बनेको छ। मेरो तर्फबाट यति सफल प्रयासका लागि पनि जनजातीय समाजका मेरा यी सबै दाजु-भाइ तथा दिदी-बहिनीहरू अभिनन्दनका पात्र हुनुहुन्छ। म तपाईहरू सबैलाई धेरै-धेरै अभिनन्दन गर्दछु। तपाईहरू सबैलाई धेरै-धेरै धन्यवाद दिंदछु।

जोहार।

 

अस्वीकृति: यो प्रधानमन्त्रीको सम्बोधनको अनुमानित अनुवाद हो। मूल सम्बोधन हिन्दी भाषामा गरिएको थियो।

*******

MPS/TWB


(रिलिज आईडी: 2336844) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Manipuri , Assamese , Bengali , Punjabi , Gujarati , Odia , Telugu , Kannada