रक्षा मन्त्रालय
azadi ka amrit mahotsav

रक्षामन्त्रीले सिक्किमको सीमावर्ती इलाकामा सेनाका साथ दीपावली मनाए


चुनौतीपूर्ण उच्च तुङ्गीय परिस्थितिमा सीमाको रक्षा गर्न सैनिकहरूको साहस, दक्षता अनि समर्पणको गरे सराहना

श्री राजनाथ सिंहद्वारा शेरेथाङ युद्धस्मारकमा वीरगति प्राप्त गर्ने वीर योद्धाहरूप्रति श्रद्धाञ्जलि अर्पण; बाबा हरभजन सिंह स्मारकमा गरे नमन

पोस्ट गरियो: 08 NOV 2026 3:08PM by PIB Gangtok

नयाँ दिल्ली, 08 नोभेम्बर 2026।

रक्षामन्त्री श्री राजनाथ सिंहले 8 नोभेम्बर, 2026 को दिन सिक्किमको सीमावर्ती इलाकामा तैनाथ त्रिशक्ति वाहिनीका (33 वाहिनी) सैनिकहरूसँग दीपावली मनाए। उनका साथमा थल सेना अध्यक्ष जेनरल धीरज सेठ, जेनरल अफिसर कमाण्डिङ इन-चीफ, पूर्वी कमाण्ड लेफ्टिनेन्ट जेनरल भीएमबी कृष्णन, जेनरल अफिस कमाण्डिङ 33 वाहिनी लेफ्टिनेन्ट जेनरल मानराज सिंह मान तथा भारतीय सेनाका अन्य वरिष्ठ अधिकारी उपस्थित रेहका थिए।

शेरेथाङमा सैनिकहरूसँग संवाद गर्दै श्री राजनाथ सिंले उनीहरूलाई दिवालीको सबैभन्दा उज्यालो प्रकाश रहेको उल्लेख गर्दै सीमामा उनीहरूको समर्पण अनि सतर्कताले सम्पूर्ण राष्ट्रलाई सुरक्षाको भावना प्रदान गर्ने बताए। कसैको ध्यान आकर्षित नगरी अँध्यारो हटाउने दीयो जस्तै, सैनिकहरूले आफ्नो कर्तव्य शान्तपूर्ण तरिकाले पालन गर्दै नागरिकहरूले शान्ति अनि सुरक्षाका साथ चाड-पर्व मनाउन सक्ने सुनिश्चित गरिरहेको उनले बताए।

रक्षामन्त्रीले सैनिकहरूलाई चुनौतीपूर्ण उच्च तुङ्गीय परिस्थितिमा राष्ट्रको सीमाना सुरक्षा गर्न उनीहरूको दक्षता, उच्च सदाचार अनि दृढ सङ्कल्पको सराहना गर्दै त्यही उत्साह अनि समर्पणभावका साथ मातृभूमिको रक्षा गर्न कायम राख्न उनले आग्रह गरे। आफ्नो परिवारदेखि टाढा, राष्ट्रप्रतिको कर्तव्यलाई व्यक्तिगत उत्सव अनि स्वयंभन्दा सर्वोपरि मान्दै सैनिकहरूले दिइरहेको योगदानलाई उनले स्वीकार गरे।

अनुशासन अनि साहसको महत्त्व रेखाङ्कित गर्दै श्री राजनाथ सिंहले प्रविधि जति नै उन्नत भए तापनि, यदि सैनिकमा यी गुणहरू नभए त्यसको कुनै उपयोग हुन नसक्ने कुरामाथि जोड दिए। सैनिकको आचरण, पोशाक, भाषा अनि संयमले नै स्थानीय समुदायबीच सैनिकको छविलाई आकार दिने उनले बताए। भारतीय सेनाले कमाएको सद्भाव अनि विश्वासलाई शेरेथाङ लगायत वरिपरीका इलाकाका स्थानीय जनसमुदायबीच त्यसरी नै सुदृढ बनाउने प्रक्रियालाई निरन्तरता दिन पनि उनले आग्रह गरे।

रक्षामन्त्रीले राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूको शेरेथाङ स्थित युद्ध स्मारकमा श्रद्धाञ्जलि अर्पण गरे। यसका साथै उनले बाबा हरभजन सिंह स्मारकको पनि भ्रमण गर्दै, क्षेत्रको सैन्य-नागरिक परम्परामा विशेष स्थान कायम गर्दै विरासत छोड्ने श्रद्धेय सैनिकप्रति पनि सम्मान अर्पण गरे।

शेरेथाङ युद्ध स्मारकको महत्त्व प्रकाश पार्दै रक्षामन्त्री श्री राजनाथ सिंहले यस्ता स्मारकले पूर्वका घटना अनि बलिदानको स्मरण गराउनुभन्दा बढी सामूहिक स्मृतिलाई आकार दिनका साथै राष्ट्रिय जागरूकता अनि गर्वबोध जगाउने उल्लेख गरे। स्मारकमा सम्मानित सैनिकहरू नागाल्याण्ड, उत्तर प्रदेश, तमिल नाडु, राजस्थान अनि आसमसहित देशको विभिन्न ठाउँबाट आएको उनले बताए। यी वीर योद्धाहरूले क्षेत्र, भाषा वा समुदाय जे-जस्तो भए तापनि, नागरिकहरूको सुरक्षाका लागि आफ्नो प्राणको आहुति दिएको उनले उल्लेख गरे। एकता अनि निःस्वार्थ सेवाको यही भावना नै भारतको आत्मा अनि प्रकृति रहेको र यहाँ हरेक नागरिकले सबै भारतीयलाई परिवारकै सदस्य मान्ने गरेको उनले बताए।

रक्षामन्त्रीले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्त्वमा सरकारले नयाँ दिल्लीमा राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने वीर योद्धाहरूको सम्मानमा राष्ट्रिय युद्ध स्मारक स्थापित गरेको कुरामाथि जोड दिए। करिब 26,000 वीरगति प्राप्त योद्धाहरूको नाम उनीहरूको अदम्य साहस अनि बलिदानलाई सम्मानित राष्ट्रिय युद्ध स्मारकमा स्वर्णिम अक्षरमा लेखिएको उनले जानकारी दिए। स्मारकमा ती वीर योद्धाहरूको नाम देख्दा उनीहरूका परिवार, आफ्न्त अनि स्थानीय गाउँ अनि क्षेत्रका जनमानसप्रति गर्वको गम्भीर भावना उत्पन्न हुने उनले बताए। यी स्मारकहरूले भावी पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा काम गर्ने पनि उनले उल्लेख गरे।

******

MPS/TWB


(रिलिज आईडी: 2334944) आगन्तुक काउन्टर : 8
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Marathi , Assamese , Bengali , Punjabi , Gujarati , Tamil