संस्कृति मन्त्रालय
azadi ka amrit mahotsav

भगवान बुद्धको पवित्र अवशेष तवाङ मठ पुग्यो; यो प्रदर्शनी अरुणाचल प्रदेशको बौद्ध विरासतमा विशेष अवसर हो


नयाँ दिल्लीस्थित राष्ट्रिय सङ्ग्राहलयबाट पवित्र पिपराहवा अवशेष मानिसहरूको दर्शनका लागि तवाङ ल्याइयो

31 अक्टोबरदेखि शुरु भएको यो प्रदर्शनी 21 नोभेम्बर 2026 सम्म तवाङ, बोमडिला र नामसाईमा हुनेछ.

यो पहलले भारतको आफ्नो बौद्ध सभ्यताको विरासतलाई बचाउने र त्यसलाई साझा गर्ने प्रतिबद्धता दर्शाउँछ

पोस्ट गरियो: 02 NOV 2026 9:37AM by PIB Gangtok

नयाँ दिल्ली, 2 नोभेम्बर, 2026

अरुणाचल प्रदेशका मुख्यमन्त्री श्री पेमा खाण्डुले 31 अक्टोबर 2026 को दिन तवाङमा नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्राहलयबाट ल्याइएको शाक्यमुनी बुद्धको पवित्र अवशेषलाई औपचारिक रूपमा ग्रहण गरे। यसका साथै अरुणाचल प्रदेशमा भारतको बौद्ध विरासतको एउटा महत्त्वपूर्ण प्रदर्शनीको शुरुआत भयो। यी पवित्र अवशेषहरूलाई ऐतिहासिक गादेन नामग्याल ल्हात्से (तवाङ मठ) मा पारम्परिक, धार्मिक स्वागत गरियो। जसमा केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री श्री गजेन्द्र सिंह शेखावत, सम्मानित बौद्ध भिक्षु, धार्मिक नेता र भक्त उपस्थित थिए।

यस प्रदर्शनिको आयोजन केन्द्रिय कंस्कृति मन्त्रालय अरुणाचल प्रदेश सरकार, अतरराष्ट्रिय बौद्ध परिसङ्घ (आईबीसी) र नयाँ दिल्लीस्थित राष्ट्रिय सङ्ग्राहलयसँग मिलेर गरिँदैछ। यसमार्फत भक्तजन र आम मानिसहरूका लागि बौद्ध धर्मको तीन महत्त्वपूर्ण केन्द्रहरू क्रमश तवाङ, बौमडिला र नामसाईमा पवित्र अवशेषहरूलाई श्रद्धाञ्जलि दिने अवसर प्राप्त हुनेछ।

अरुणाचल प्रदेशको तवाङमा आयोजित उद्घाटन कार्यक्रममा केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री श्री गजेन्द्र सिंह शेखावत साथमा अरुणाचल प्रदेशका मुख्यमन्त्री श्री पेमा खाण्डु, आदरणीय बौद्ध भिक्षु, अन्तरराष्ट्रिय बौद्ध परिसङ्घका प्रतिनिधि, अन्य गण्यमान्य व्यक्ति र भक्त सामेल भए।

यस अवसरमा आफ्नो सन्देशमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अरुणाचल प्रदेशमा भगवान बुद्धको पवित्र अवशेषहरूको प्रदर्शनी माथि खुशी व्यक्त गरे अनि यसलाई आध्यात्मिक तथा सांस्कृतिक महत्त्वको अवसर बताए। उनले एक शताब्दी भन्दा पनि अधिक समयपछि पवित्र पिपराहवा अवशेषहरूको घरफिर्तीलाई गर्व खुशीको पहल बताए अनि यस प्रदर्शनीले भारतको समृद्ध बौद्ध विरासत र भगवान बुद्धको सार्वभौमिक शिक्षाहरूको महत्त्वलाई अझ दह्रिलो बनाउने छ भनेर विश्वास व्यक्त गरे।

यस प्रदर्शनीको विशेष आध्यातमिक महत्त्व छ, किनभने अहिले तिब्बती बौद्ध परम्परामा भगवान बुद्ध स्वर्गबाट तल उत्रिएको स्मरणमा पालन गरिने एउटा महत्त्वपूर्ण अवसर ल्हाबाबदुछेन मनाइँदैछ।

यो पवित्र अवशेष उत्तर प्रदेशको पिपरहवाबाट आएको हो, जुन प्राचिन कपिलवस्तु र भगवान बुद्धको शाक्य परम्परासँग जोडिएको एउटा पुरातात्विक स्थल हो। नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्राहलयमा राखिएको यी अवशेषहरू बौद्ध समुदायका लागि धेरै ऐतिहासिक, पुरातात्विक र आध्यात्मिक महत्त्व रहेको छ।

यो आयोजनसँगै एउटा प्रदर्शनी जसको शीर्षक छ-पवित्र पिपरहवा कि खोज: पवित्र बुद्ध अवशेषों और उनकी खोज की कहानी। यस प्रदर्शनीमा पिपराहवामा पुरातात्विक खोजहरूको इतिहास, अवशेषहरूको पूजाको महत्त्व र पिपराहवा विरासतको यात्रा जसमा भारतमा यसको फिर्ती सामेल छन्-आदि विषय़लाई प्रस्तुत गरिनेछ।

अतरराष्ट्रिय बौद्ध परिसङ्घले अरुणाचल प्रदेश सरकारसँग मिलेर 2 नोभेम्बर, 2026 को दिन तवाङको कलावाङ्गको सम्मेलन कक्षमा “बौद्ध धर्म : हिमालय क्षेत्र र त्यसअघि प्रसार” नामले एउटा अन्तरराट्रिय  सम्मेलन पनि आयोजित गर्नेछ।

यो प्रदर्शनी 1 देखइ 7 नोभेम्बरसम्म तवाङ मठमा चल्नेच. यसपछि 13 नोभेम्बरसम्म टीजीएल मठ (लोअर गुम्बा), बोमडिलामा र 14 देखि 20 नोभेम्बर 2026 सम्म गोल्डन पगोडा, नामसाईमा चल्नेछ। पवित्र अवशेषलाई 21 नोभेम्बर 2026 को दिन फर्काएर नयाँ दिल्लीको राष्ट्रिय सङ्ग्राहलयमा लगिनेछ।

यो प्रदर्शनी भारतको बौद्ध विरासतलाई उत्तर पूर्वी क्षेत्रका समुदायहरूको नजिक पुऱ्याउने एउटा जरूरी पहल हो। यसका साथै यसले भगवान बुद्धको शान्ति, करुणा, अहिंसा र सद्भावको सार्वभौमिक शिक्षाहरूलाई बढावा मिल्नेछ।

यस्तो प्रयासहरूमार्फत भारत सरकारले देशको समृद्ध बौद्ध विरासतलाई बचाउन, बढवा दिन र विस्तार गर्ने अनि विश्वभरिका बौद्ध समुदायहरूसँग भारतको ऐतिहासिक र आध्यामिक सम्बन्धलाई दह्रिलो बनाउने आफ्नो प्रयासलाई जारी राखेको छ।

*******

MPS/TWB


(रिलिज आईडी: 2331591) आगन्तुक काउन्टर : 6
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Assamese , Bengali-TR , Manipuri , Punjabi , Tamil