गृह मामिला मन्त्रालय
केन्द्रिय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहद्वारा आसमका मुख्यमन्त्री अनि आसम पुलिसलाई नशालु पदार्थ विरुद्ध निरन्तर कार्वाही तथा ड्रग नेटवर्कमाथि निर्णायक प्रहारको निम्ति बधाई
आसममा नशालु पदार्थका विरुद्ध कार्वाही अन्तर्गत 945 पक्राउ, 547 मामिला दर्ता तथा ₹182 करोडभन्दा बढी मूल्यको ड्रग्स जफत
703 हटस्पट्स विरुद्ध कार्वाही तथा करिब ₹31 करोड मूल्यको सम्पत्ति कुर्कीको प्रक्रिया जारी
प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको “नशामुक्त भारत”को परिकल्पना अन्तर्गत नार्कोटिक्स नियन्त्रणमाथि भिजन डक्युमेन्ट 2026-29 ले ड्रग नेटवर्क ध्वस्त गर्ने हाम्रो सङ्कल्पलाई पुष्टि गर्दछ
भिजन डक्युमेन्ट 2026-29 मा ड्रग नेटवर्कको वित्तीय आधारमाथि प्रहार गर्नका साथै हाम्रा युवाहरूको रक्षा गर्नमाथि जोड
ड्रग विरुद्ध लडाई अटूट सङ्कल्पका साथ जारी रहनेछ
पोस्ट गरियो:
15 OCT 2026 6:34PM by PIB Gangtok
नयाँ दिल्ली, 16 अक्टोबर 2026।
केन्द्रिय गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले आसमका मुख्यमन्त्री श्री हिमन्त विश्वशर्मा अनि आसम पुलिसलाई नशालु पदार्थ विरुद्ध निरन्तर कार्वाही तथा ड्रग नेटवर्कमाथि निर्णायक प्रहराको निम्ति बधाई दिएका छन्।
गृह मन्त्री श्री अमित शाहले एक्समा पोस्ट गरेका छन् “ड्रग नेटवर्कमाथि निर्णायक प्रहार! आसमका मुख्यमन्त्री श्री हिमन्त विश्वशर्माजी अनि आसम पुलिसलाई यस निरन्तर कार्वाहीको निम्ति बधाई, जसको परिणामस्वरूप 945 पक्राउ, 547 मामिला तथा ₹182 करोडभन्दा बढी मूल्यको नशालु पदार्थ जफत भएको छ र साथै 703 हटस्पट्स विरुद्ध कार्वाही अनि करिब ₹31 करोड मूल्यको सम्पत्ति कुर्की गर्ने प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको “नशामुक्त भारत”को भिजन अन्तर्गत, नार्कोटिक्स नियन्त्रणमाथि भिजन डक्युमेन्ट 2026-29 ले ड्रग नेटवर्कलाई ध्वस्त गर्ने, उनीहरूको वित्तीय आधारमाथि प्रहार गर्ने र हाम्रा युवाहरूको रक्षा गर्ने हाम्रो सङ्कल्पलाई पुष्टि गर्दछ। ड्रग्सका विरुद्ध लडाई अटूट सङ्कल्पका साथ जारी रहनेछ।”
“नशामुक्त भारत” अभियान अन्तर्गत आसम पुलिसले 12 अक्टोबर, 2026 को दिन सघन रूपमा अभियानअघि गरेको कार्वाहीपछि नशालु पदार्थ विरुद्ध राज्यव्यापी अभियान चलाएको थियो। यस अभियानको परिणामस्वरूप नशालु पदार्थसित सम्बन्धित 547 मामिला दर्ता गरी 945 आरोपी पक्राउ गरेको थियो।
राज्यव्यापी अभियानको प्रमुख उपलब्धि यस प्रकार छन् :
- करिब ₹1882 करोड मूल्यको मादक पदार्थ अनि मादक औषधि जफत।
- 73 गैर जमानती वारन्त तामेली अनि 47 फरार आरोपी पक्राउ, जसमा पूर्वोत्तरका अन्य राज्यका 10 आरोपी सामेल छन्।
- 703 भन्दा बढी ड्रग हटस्पट्समा छापामारी।
- करिब ₹31 करोड मूल्यको सम्पत्ति जफत गर्ने, कुर्की गर्ने वा फ्रीज गर्ने प्रक्रिया जारी।
- स्वापक ओषधि एवं मन प्रभावी पदार्थ अवैध व्यापार निवारण अधिनियम (पीआइटीएनडीपीएस) अन्त्रगत 157 प्रस्ताव संसाधित।
- सिग्रेट एवं अन्य तमाखु उत्पाद अधिनियम (सीओटीपीए) अन्तर्गत 2,229 छापामारी, 3,662 व्यावसायिक प्रतिष्ठानको निरीक्षण तथा 2,943 शैक्षणिक संस्थानको सर्वेक्षण।
- आइएमएफएल सामेल 1,34,539 लिटर मदिरा जफत वा नष्ट गरियो।
- 633 जागरूकता कार्यक्रम आयोजित, जसद्वारा 1,12,542 नागरिक अनि विद्यार्थीसम्म पुगियो।

**********
MC/SK/TWB
(रिलिज आईडी: 2324241)
आगन्तुक काउन्टर : 14