प्रधानमन्त्रीको कार्यालय
उज्बेकिस्तान र किर्गिज गणराज्यको यात्रा अघि प्रधानमन्त्रीको प्रस्थान बयान
पोस्ट गरियो:
29 AUG 2026 8:45AM by PIB Gangtok
म 29 अगस्तदेखि 1 सेप्टेम्बर 2026 सम्म उज्बेकिस्तान गणराज्य र किर्गिज गणराज्यको यात्रामा गइरहेको छु।
राष्ट्रपति शौकत मिर्जियोयेभको निमन्त्रणामा, म राजकीय भ्रमणको लागि 29-30 अगस्तमा ताश्कन्दको भ्रमण गर्नेछु। हालैका वर्षहरूमा, भारत-उज्बेकिस्तान रणनीतिक साझेदारीमा उल्लेखनीय प्रगति भएको छ। म राष्ट्रपति मिर्जियोयेभसँग व्यापार र निवेश, डिजिटल कनेक्टिभिटी, रक्षा, ऊर्जा क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने तथा ‘विकसित भारत’ र ‘याङ्गी उज्बेकिस्तान’ को हाम्रो साझा दृष्टिकोणलाई अगाड़ि बढ़ाउने विषयमा चर्चाका लागि उत्सुक छु। म शास्त्री स्मारक र ताश्कन्द स्टेट युनिभर्सिटी अफ् ओरिएन्टल स्टडीजमा रहेको महात्मा गान्धी केन्द्रको पनि भ्रमण गर्नेछु, जुन हाम्रा दुई देशहरूलाई जोड्ने करिबी सांस्कृतिक तथा मानिसहरू बीतको सम्बन्धको प्रतीक हो।
ताश्कन्दबाट, किर्गिज गणतन्त्रका राष्ट्रपति महामहिम श्री सादिर झापारोभको निमन्त्रणामा, म 26औँ एससीओ शिखर सम्मेलनमा भाग लिनका लागि बिश्केक जानेछु; यो सम्मेलन यस महत्त्वपूर्ण सङ्गठनको 25औँ वर्ष पूरा भएको प्रतीक हो। भारत 2017 देखि एससीओको सक्रिय तथा रचनात्मक सदस्य रहेको छ। म सुरक्षा, कनेक्टिभिटी र अवसरमा आधारित यस क्षेत्रको लागि भारतको दृष्टिकोणलाई अगाड़ि बढ़ाउन र आतङ्कवाद, अलगाववाद र चरमपन्थको प्रकोपबाट मुक्त क्षेत्रको लागि अन्य सदस्यहरूसँग मिलेर काम गर्नका लागि उत्सुक छु, जसले हाम्रो छिमेक र बाहिर शान्ति र स्थिरतालाई निरन्तर खतरामा पारिरहेको छ।
म राष्ट्रपति झापारोभ र एससीओका अन्य नेताहरूसित भेट गर्ने तथा छैटौँ ‘वर्ल्ड मोम्याड गेम्स’को उद्घाटन समारोहमा सामेल हुनाका लागि पनि उत्सुक छु, यो आयोजन मध्य एशियाको समृद्ध जीवित विरासतको उत्सव हो, जसलाई भारतले गहिरो सम्मान गर्दछ।
मलाई के विश्वास छ भने यो यात्राले मध्य एशियामा भारतको रणनीतिक साझेदारीलाई मजबुत बनाउनेछ, यस क्षेत्रसँग हाम्रो सभ्यतागत सम्बन्धलाई अझ गहिरो बनाउनेछ अनि शान्ति, स्थिरता र समृद्धिको हाम्रो साझा प्रयासलाई अगाड़ि बढ़ाउनेछ, जुन ती मूल्यहरू हुन्, जुन विश्वसँग भारतको जुड़ावको केन्द्रमा छन्।
****
एमजेपीएस/एसएस/एसटी
(रिलिज आईडी: 2304946)
आगन्तुक काउन्टर : 11
मा यो विज्ञप्ति पढ्नुहोस्:
English
,
Urdu
,
हिन्दी
,
Marathi
,
Manipuri
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Kannada
,
Malayalam