पञ्चायती राज मन्त्रालय
पञ्चायतीराज मन्त्रालयद्वारा गुवाहाटीमा क्षेत्रीय कार्यगोष्ठी “सेवा से समृद्धि” आयोजित; शीर्ष ग्राम पञ्चायत तथा च्याम्पियन सामान्य सेवा केन्द्रहरू सम्मानित
केन्द्रिय मन्त्री प्रो. एसपी सिंह बाघेलको अध्यक्षतामा कार्यगोष्ठी सम्पन्न; विकसित भारत 2047 को परिकल्पना साकार गर्न सीएससी र ग्राम पञ्चायतहरूबीच प्रबल सम्मिलनको आह्वान
पोस्ट गरियो:
29 MAY 2026 4:15PM by PIB Gangtok
गुवाहाटी, 29 मई 2026।
केन्द्रिय पञ्चायतीराज मन्त्रालयद्वारा आज गुवाहाटीमा “सेवा से समृद्धि : पञ्चायतमुखी सेवा वितरण” क्षेत्रीय कार्यगोष्ठी आयोजित गरियो। कार्यगोष्ठी सामान्य सेवा केन्द्र विशेष उद्देश्य वाहन (सीएससी-एसपीभी) तथा आसम सरकारको पञ्चायत तथा ग्रामीण विकास विभागको सहयोगमा आयोजित गरिएको थियो। यो अधिकृत, जवाफदेय अनि अनुक्रियाशील पञ्चायतीराज संस्थान तथा ग्रामीण स्थानीय निकायको माध्यमद्वारा सेवा वितरणमा सुधारका साथै ग्रामीण भारतमा जीवनको सहजता सुदृढ बनाउन पञ्चायतीराज मन्त्रालयको शृङ्खलागत पहलको अंश हो। कार्यगोष्ठीले सातवटा राज्यबाट (आसम (आयोजक राज्य), आन्ध्र प्रदेश, मध्य प्रदेश, ओडिशा, पञ्जाब, राजस्थान र तेलङ्गानाका पञ्चायत कार्यकारिणी तथा निर्वाचित प्रतिनिधिहरू, ग्राम स्तरीय उद्यमी (भीईएलएस) लगायत राज्य सरकारका अधिकारकीहरूलाई एकसाथ ल्याउने काम गर्दछ।
कार्यगोष्ठीको अध्यक्षता केन्द्रिय पञ्चायतीराज मन्त्री प्रो. एसपी सिंह बाघेलले गरेका थिए। कार्यगोष्ठीलाई सम्बोधित गर्दै प्रो. बाघेलले राष्ट्रिय समृद्धिको मार्ग गाउँ, कृषक अनि ग्रामीण आजीविकाको मार्ग हुँदै अघि बढ्ने तथा साँचो अर्थमा सशक्त व्यक्ति नै सशक्त गाउँको, सशक्त राज्यको र अन्त्यमा विकसित अनि आत्मनिर्भर राष्ट्रको जग रहेको बताए।
देशभरी सीएससीले धेरै सङ्ख्यामा ग्रामीण रोजगार सिर्जना गर्नका साथै नागरिकहरूलाई पेन्सन, प्रमाण पत्र, बीमा योजना तथा कल्याण कार्यक्रमहरू लगायतका आवश्यक सेवाहरूसम्म निर्बाध सुगम्यता प्रदान गरिरहेको मन्त्री प्रो. बाघेलले प्रकाश पारे। आधार, ब्याङ्क अनि भूमि अभिलेखहरूमा तथ्याङ्कको परिशुद्धतामा सुधार ल्याउन आवश्यक रहेको कुरा रेखाङ्कित गर्दै सानो त्रुटिले पनि पात्र लाभार्थीलाई पीएम किसान जस्ता रूपान्तरणकारी योजनाबाट वञ्चित गर्नसक्ने उनले बताए।
सीएससी परिचालकहरूको उन्नत प्रशिक्षण एवं क्षमता निर्माणको आह्वान जनाउँदै सीएससीहरू प्रभावी रूपमा ग्राम पञ्चायतसँग एकिकृत गरिए, प्रत्येक नागरिकको घर-आँगनमा सार्वजनिक सेवा वितरणको अनुक्रियाशील अनि शक्तिशाली केन्द्र बन्ने केन्द्रिय मन्त्रीले बताए। प्रत्येक नागरिकले समयमा लाभ प्राप्त गर्नका साथै “सेवा से समृद्धि”को परिकल्पनालाई वास्तवमा साकार पार्दै विकसित भारत 2047 का लागि निर्णायक योगदान पुऱ्याउन डिजिटल मञ्च अनि स्थानीय शासन संस्थानबीच गहिरो सम्मिलन स्थापित गर्न उनले हितधारकहरूलाई आग्रह गरे।
यस अवसरमा, आसम सरकारका परिवर्तन एवं विकास, श्रमिक कल्याण तथा चिया जनजाति एवं आदिवासी कल्याण मन्त्री रामेशश्वर तेलीले पञ्चायतीराज संस्थानको माध्यमद्वारा अन्तिम कोशसम्मको सेवा वितरण सुदृढ बनाउन भारत सरकार अनि आसम सरकारबीचको सहकार्यको सराहना गरे। चिया जनजाति तथा आदिवासी समुदाय राज्य सरकारको प्राथमिकतामा रहेको र हालका पहलहरू उनाहरूको आजीविकामा सुधार, कल्याण योजनाहरूसम्म पहुँच, शिक्षा, स्वास्थ्य अनि सामाजिक सुरक्षातर्फ निर्देशित रहनका साथै विकासको लाभ समाजको प्रत्येक वर्गसम्म सुनिश्चित गर्न निहित रहेको बताए। योजना कार्यान्वयनमा सशक्त स्थानीय शासनको अपरिहार्य भूमिकामाथि जोड दिँदै अविराम अन्तर विभागीय समन्वयन आसमको विकास यात्रालाई अझ गति प्रदान गर्ने उनले विश्वास व्यक्त गरे।
कार्यगोष्ठीमा सहभागी राज्यका उत्कृष्ट ग्राम पञ्चायत अनि ग्राम स्तरीय उद्यमीहरूलाई पनि सम्मानित गरियो। डिजिटल सेवा वितरणमा अग्रताका लागि राष्ट्रिय ई-शासन पुरस्कार 2025 मा जुरी अवार्डका विजेता ओडिशाको केन्दुझार जिल्लाको सुआकटी ग्राम पञ्चायतलाई ओडिशावान अनि सेवा ओडिशा मञ्चको माध्यमद्वारा आवश्यक सेवाहरूको डिजिटिकरणका लागि मान्यता प्रदान गरियो, जसले महिला नेतृत्त्व तथा तृणमूल स्तरमा समावेशी सेवा वितरणको उदाहरण पेश गर्दै नागरिकहरूलाई 24x7 वास्तविक समयमा मार्गनका साथ सुगम्यता प्रदान गर्दछ।
राष्ट्रिय ई शासन पुरस्कार 2025 मा शीर्ष प्रदर्शनकारीको मान्यता प्राप्त तेलङ्गानाको यदादरी भुवनगरी जिल्लाको शिवरेड्डीगुडेम ग्राम पञ्चायतलाई पारदर्शी,, नागरिकमुखी तथा प्रविधि आधारित तृणमूल शासनको अनुकरणीय नमूनाका रूपमा सम्मानित गरियो।
कार्यगोष्ठीमा सम्मानित च्याम्पिनय ग्राम स्तरीय उद्यमीहरूमा श्रीमती गिरिजा नाथ (आसम), श्रीमती सुमित्रा दास (ओडिशा), श्री अमनदीप सिंह (पञ्जाब) र श्रीमती सुर्तादेवी सैनी (राजस्थान) रहेका थिए, जसलाई ग्राम स्तरमा डिजिटल सेवा वितरणको निम्ति उल्लेखनीय योगदानको निम्ति सम्मानित गरियो।
पञ्चायतीराज मन्त्रालयकी संयुक्त सचिव श्रीमती मुक्ता शेखरले आफ्नो उद्घाटन सम्बोधनमा ग्राम पञ्चायत अनि सीएससीहरूको सम्मिलन, स्थानीय बुझाई अनि डिजिटल क्षमताको मिश्रणका साथ ग्रामीण रूपान्तरणको बलियो स्तम्भ स्थापित भएको र केन्द्रमा डिजिटल शासन प्रत्येक ग्रामीण नागरिकको मर्यादा, सुगम्यता अनि समावेशन सुनिश्चित गर्ने दिशामा केन्द्रित रहेको बताइन्। तृणमूल स्तरमा उत्कृष्टताको उत्सव मनाउँदै मान्यता प्रदान गर्न राष्ट्रिय ई-शासन पुरस्कार अन्तर्गत ग्राम पञ्चायत सेवा वितरण नवाचारका लागि समर्पित श्रेणी शुरु गरिएको पनि उनले अवगत गराइन्।
यस अवसरमा आसम सरकारका अतिरिक्त मुख्य सचिव, पञ्चायत एवं ग्रामीण विकास डा. बालेपु कल्याण चक्रवर्तीले समावेशी अनि डिजिटल शासनप्रति राज्यको प्रतिबद्धता रेखाङ्कित गर्दै तृणमूल स्तरमा कुशल अनि नागरिकमुखी सेवा वितरण सुनिश्चित गर्न क्षमता निर्माण, शक्ति विकेन्द्रिकरण तथा पञ्चायतीराज संस्थानको भूमिकामाथि जोड दिए। ग्रामीण शासनमा परिवर्तन ल्याउन राज्यहरूबीच सहकार्यात्मक सिकाइका साथै डिजिटल मञ्चहरूको भूमिकामाथि उनले बल दिए। सेवा से समृद्धिको व्यापक परिकल्पनाप्रति आसमको प्रतिबद्धता पुष्टि गर्दै यस कार्यगोष्ठीको चर्चा-परिचर्चाले देशभरी पञ्चायतीराज संस्थानको सुदृढिकरणका लागि कार्वाहीयोग्य परिणाम ल्याउने उनले विश्वास व्यक्त गरे।
सीएससी-एसपीभीका प्रबन्ध निर्देशक एवं सीईओ अखिल कुमारले दुर्गम इलाकाहरूमा पनि आधार, प्यान, ब्याङ्किङ, बीमा, पेन्सन अनि कल्याण योजनाहरू कुनै लामो दूरीको यात्राबिनै सुगम बनाउँदै सीएससी विश्वकै सबैभन्दा विशाल अन्तिम कोशको सेवा वितरण सञ्जाल बनेको उल्लेख गरे। सीएससी मोडलको व्यापक सामाजिक-आर्थिक प्रभावबारे उल्लेख गर्दै उल्लेखनीय सङ्ख्यामा आकाङ्क्षी महिला उद्यमीहरूका साथै लाखौं भीएलईहरूलाई सशक्त बनाउनका साथै तृणमूल स्तरमा डिजिटल पूर्वाधार सुदृढ बनाइएको उनले अवगत गराए।
कार्यगोष्ठीले पञ्चाय आधारित सेवा वितरणमा सर्वोत्तम कार्यप्रणालीमाथि राज्यहरूबीच ज्ञान आदान-प्रदान गर्नका साथै समकक्षीहरूद्वारा सिकाइको निम्ति समृद्ध मञ्च प्रदान गरेको थियो। “नीतिदेखि जनतासम्म : शासनलाई कार्वाहीमा रूपान्तरण” शीर्षक अन्तर्गत पहिलो प्यानल चर्चाले ध्वजवाहक राज्य सेवा वितरण मञ्च जस्तै ई-मित्र (राजस्थान), ई-सेवा (पञ्जाब), लोक सेवा प्रत्याभूति पोर्टल (मध्य प्रदेश), पञ्चायत सचिवालय (आन्ध्र प्रदेश), मी सेवा (तेलङ्गाना र ओडिशावानका (ओडिशा) लगायत सीएससी-एसपीभीका प्रतिनिधिहरू एक साथ ल्याएको थियो, जसलाई आसम सरकारको पञ्चायत एवं ग्रामीण विकास आयुक्त श्रीमती कीर्ति जालीले समन्वयन गरेकी थिइन्।
प्रविधि आधारित पञ्चायतीराज एवं सेवा वितरणमाथि पहिलो प्राविधिक सत्रलाई भारतीय प्रविधि संस्थान, गुवाहाटीका सहायक प्रोफेसर डा. सिद्धार्थ सिंहाले सम्बोधित गरेका थिए। दोस्रो प्राविधिक सत्र “पूर्वाधारका रूपमा भाषा :भाषिनीमार्फत् अन्तिम कोशसम्म शासनको पुनर्कल्पना” विषयमाथि व्याख्यान भाषिनीका सीईओ अमिताभ नागले प्रस्तुत गर्दै साँचो अर्थमा सुगम्य अनि समावेशी शासनलाई समर्थ बनाउन बहुभाषी डिजिटल पूर्वाधारको रूपान्तरणकारी सम्भावनाबारे अवगत गराए।


*********
PG/SS/MPS
(रिलिज आईडी: 2266742)
आगन्तुक काउन्टर : 10