राष्ट्रपतिको सचिवालय
azadi ka amrit mahotsav

भारतकी राष्ट्रपति सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल


सिक्किम विश्वविद्यालयसँग क्षेत्रको भाषा, संस्कृति अनि पर्यावरण संरक्षण गर्ने विशेष दायित्त्व छ : राष्ट्रपति द्रौपदी मुर्मू

राष्ट्रपतिद्वारा शिक्षाको माध्यमद्वारा स्वयंलाई सशक्त बनाउँदै समाज अनि राष्ट्रको समुत्थानका लागि काम गर्न विद्यार्थीहरूलाई आह्वान

राष्ट्रपति द्रौपदी मुर्मूद्वारा पूर्ण साक्षर राज्य घोषित भएकोमा सिक्किम सरकार अनि जनतालाई बधाई

पोस्ट गरियो: 27 MAY 2026 6:34PM by PIB Gangtok

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले गान्तोकमा आज सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागिता जनाइन्।

यस अवसरमा बोल्दै राष्ट्रपतिले प्राकृतिक सौन्दर्य, संस्कृति अनि जैवविविधताका लागि सिक्किमले विशिष्ट पहिचान प्राप्त गरेको उल्लेख गरिन्छ। हिमालयको सर्वोच्च शिखरमध्ये एक रहेको कञ्चनजङ्घा सिक्किमको निम्ति प्रकृतिको अमूल्य उपहार रहेको बताइन्। सिक्किमका जनमानसले यसलाई संरक्षक देवताको रूपमा पूज्ने गरेको उल्लेख गर्दै प्रकृतिको संरक्षण अनि पोषणप्रति अपार जिम्मेवारीको भावना उनीहरूमा निहित रहेको बताइन्।

सिक्किम वर्ष 2016 मा भारतको प्रथम पूर्ण जैविक राज्य बन्नु सिक्किमको निम्ति अति नै गर्वको विषय रहेको बताइन्। विकास अनि प्रकृतिको संरक्षण साथसाथै अघि बढ्नसक्ने सिक्किमले प्रदर्शित गरेको मा खुशी व्यक्त गरिन्। प्लास्टिकको प्रयोग घटाउने, जैविक खेतीलाई प्रोत्साहन तथा पर्यावरणको संरक्षण जस्ता पहल सम्पूर्ण राष्ट्रको निम्ति प्रेरणा बन्ने उनले बताइन्। यदि सबै व्यक्तिले आफ्नो परिवेशका साथै प्रकृति अनि समाजको स्वच्छताका लागि जिम्मेवारी वहन गरे, देशले तेज प्रगति हासिल गर्नसक्ने उनले बताइन्।

सिक्किम अब पूर्ण साक्षर राज्य बनेको विषय आम नागरिकका साथै विशेष गरी सिक्किमे जनमानसको निम्ति गर्वको कुरा रहेको उल्लेख राष्ट्रपतिले गरिन्। यस ऐतिहासिक उफलब्धिका लागि उनले सिक्किम सरकार अनि जनतालाई बधाई दिइन्।

पूर्वोत्तर क्षेत्रको विकास देशको समावेशी प्रगतिको निम्ति अपरिहार्य रहेको उल्लेख गर्दै यस क्षेत्रका युवाहरूमा अपार प्रतिभा रहेको उल्लेख गरिन्। सिक्किम लगायत अन्य राज्यबाट आएका सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूलाई राष्ट्र विकासप्रति योगदान पुऱ्याउने सामूहिक भावनाका साथ अघि बढ्दै जोडिएर रहन उनले आग्रह गरिन्। आफ्नो क्षमता अनि समर्पणको माध्यमद्वारा उनीहरूले समाजको सीमान्तकृत वर्गको जीवनमा सुधार ल्याउनसक्ने उनले बताइन्। यसो गरी उनीहरूले समावेशी विकासलाई पोषित गर्न महत्त्वपूर्ण भूमिका खेल्नसक्ने उल्लेख गरिन्।

शिक्षा अनि अनुसन्धानको केन्द्र हुनुका अतिरिक्त सिक्किम विश्वविद्यालयसँग क्षेत्रको भाषा, संस्कृति अनि पर्यावरणको संरक्षण गर्ने विशेष दायित्त्व रहेको राष्ट्रपति मुर्मूले बताइन्। सिक्किम विश्वविद्यालयले आधुनिक शिक्षालाई स्थानीय परम्परा, परितन्त्रीय जागरूकता अनि सामाजिक दायित्त्वसँग एकिकृत गरिरहेको कुरामा उनले हर्ष व्यक्त रिन्। विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यो उपयुक्त मार्ग रहेको उनले उल्लेख गरिन्।

शिक्षा आत्मनिर्भरताको निम्ति महत्त्वपूर्ण औजार रहेको उल्लेख गर्दै राष्ट्रपतिले विद्यार्थीहरूलाई शिक्षाद्वारा सशक्त बनाउँदै राष्ट्र अनि समाजको समुत्थानका लागि काम गर्न आह्वान जनाइन्। आफ्नो क्षमतामाथि पूर्ण विश्वास राख्दै अन्यको ज्ञान अनि अनुभवबाट सिकी पृथकतामा नभएर सहकार्यद्वारा प्रगति हासिल गरी दुवै अल्पकालीन अनि दीर्घकालीन उद्देश्य परिभाषित गरी त्यसलाई हासिल गर्ने रणनीति प्रतिपादन गर्नुपर्ने सल्लाह राष्ट्रपतिले दिइन्। देश वर्ष 2047 सम्म विकसित भारत बन्ने लक्ष्य लिएर अघि बढिरहेको उल्लेख गर्दै विद्यार्थीहरू चुनिएका क्षेत्रमा  कुशलता, समानता अनि वहनीयताको मूल्य-मान्यता आत्मसात गर्दै अघि बढ्ने विश्वास राष्ट्रपति मुर्मूले व्यक्त गरिन्।

यसअघि राष्ट्रपतिले गान्तोकमा महिलाहरूका लागि पिङ्क बस अनि ठोस फोहोर प्रबन्धनका लागि संसाधन बहाली वाहनलाई हरियो झण्डा देखाइन्।

राष्ट्रपतिको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस्

*****

MJPS/SS/PRK


(रिलिज आईडी: 2265992) आगन्तुक काउन्टर : 9
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Malayalam