उपराष्ट्रपतिको सचिवालय
azadi ka amrit mahotsav

उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको 51औँ राज्य स्थापना दिवस समारोहलाई सम्बोधन गरे


सिक्किम कृषिमा मात्र जैविक होइन, तर आफ्नो चरित्रले पनि जैविक बनेको छ: उपराष्ट्रपति

सिक्किम प्रकृति, संस्कृति र शासन बीच सामञ्जस्यको एक चम्किलो उदाहरण होः उपराष्ट्रपति

प्रधानमन्त्रीको एक्ट ईस्ट, एक फास्ट दृष्टिकोणले ‘अष्टलक्ष्मी’ राज्यहरूमा विकासलाई गति दिइरहेको छ: उपराष्ट्रपति

उपराष्ट्रपतिले राज्य स्थापना दिवस समारोहको क्रममा सिक्किमको समृद्ध सांस्कृतिक विरासतको सराहना गरे

भारतका उपराष्ट्रपति सी.पी. राधाकृष्णनले आज गान्तोकमा सिक्किमको 51 औँ राज्य स्थापना दिवस समारोहलाई सम्बोधन गरे।

पोस्ट गरियो: 16 MAY 2026 7:08PM by PIB Gangtok

राज्य स्थापना दिवस समारोहको अवसरमा सिक्किमका नागरिकलाई बधाई दिँदै उपराष्ट्रपतिले पछिल्ला 50 वर्षमा हिमाली राज्यको यात्रा असाधारण रहेको बताएका छन्। उनले विद्यार्थीको रूपमा सिक्किमको भारतमा विलयसँग सम्बन्धित विकासहरूलाई नजिकबाट नियालेको र आज 51 औँ राज्य स्थापना दिवस समारोहमा उपस्थित हुन पाउँदा असाध्य प्रसन्नता व्यक्त गरे।

सिक्किमलाई हरियो, जैविक, सफा र स्वच्छभनेर वर्णन गर्दै उपराष्ट्रपतिले सिक्किम कृषिमा मात्र जैविक नभएर चरित्रले पनि जैविक भएको टिप्पणी गरे। राज्यमा आफ्नो सड़क यात्राको उल्लेख गर्दै उनले सिक्किमका जनताको अनुशासित तथा दयालु स्वभावलाई प्रत्यक्ष रूपमा देखेको बताए। उनले अघि भने अनुसार असल विचार र सौहार्दपूर्ण जीवन शैलीले व्यक्ति र समाज दुवैलाई मजबुत बनाउँछन्।

उपराष्ट्रपतिले सिक्किम प्रकृति, संस्कृति र शासन बीचको सामञ्जस्यले के हासिल गर्न सक्छ भन्ने कुराको एक चम्किलो उदाहरणको रूपमा रहेको बताए। यस अवसरमा राज्यका जनतालाई बधाई दिँदै उनले राज्य स्थापनाको 51 औँ वर्षले विकास, परिवर्तन र समावेशी विकासको एक नयाँ चरणको शुरुआत गर्ने बताए।

सिक्किमका प्रथम मुख्यमन्त्री श्री काजी ल्हेण्डुप दोर्जीलाई श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले भने अनुसार उनलाई सधैँ एक दूरदर्शी नेताको रूपमा स्मरण गरिनेछ, जसले बुद्धिमत्ता, साहस र प्रतिबद्धताका साथ सिक्किमलाई एक ऐतिहासिक लोकतान्त्रिक सङ्क्रमण कालबाट सफलतापूर्वक पार गराए।

राज्य स्थापनाको 50 औँ वर्षगाँठको समापन समारोहमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको हालैको सिक्किम भ्रमणलाई उल्लेख गर्दै उपराष्ट्रपतिले 4,000 करोड़ रुपियाँभन्दा अधिक मूल्यका धेरै विकास परियोजनाहरू शुभारम्भ गरिएको र तिनलाई जनतामा समर्पित गरिएको उल्लेख गरे। उनले प्रधानमन्त्रीको एक्ट ईस्ट, एक्ट फास्टभन्ने दृष्टिकोणलाई प्रकाश पार्नुका साथै सिक्किमलाई उत्तर-पूर्वको अष्टलक्ष्मीको अभिन्न अङ्गको रूपमा वर्णन गरे।

उपराष्ट्रपतिले भने कि विकसित भारत @2047’ को दृष्टिकोण समावेशी विकासमा आधारित छ, जहाँ कुनै पनि क्षेत्र पछाड़ि नपरेको होस्। पूर्वोत्तर क्षेत्रको विकास मन्त्रालयको पूर्वोत्तर बुनियादी ढाँचा र कनेक्टिभिटीलाई मजबुत पार्ने कामको लागि सराहना गर्दै उनले यस क्षेत्रमा रेलवे र हेलीपोर्ट सुविधाहरूको विस्तारमाथि प्रकाश पारे। आफ्नो हालैको मिजोरम भ्रमणलाई उल्लेख गर्दै उनले भने कि राम्रो रेल कनेक्टिभिटीले पूर्वोत्तरमा व्यापार, पर्यटन र आर्थिक विकासलाई बढावा दिएको छ। सिक्किमले पनि चाँड़ै नै सिधा रेल सम्पर्क प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले यसले राज्यका जैविक उत्पादहरूलाई भारतभरिका बजारमा पुग्न मद्दत गर्ने र विकसित भारत ऽ 2047 मा यसको योगदानलाई मजबुत बनाउने उल्लेख गरे।

मुख्यमन्त्री श्री प्रेम सिंह तामाङको नेतृत्वमा रहेको सिक्किम सरकारको प्रशंसा गर्दै उपराष्ट्रपतिले यो राज्य सतते विकासको एक वैश्विक मोडेलको रूपमा खड़ा भएको बताए। उनले 2016 मा सिक्किम विश्वको पहिलो 100 प्रतिशत जैविक राज्य बनेको स्मरण गरे अनि 76,000 हेक्टरभन्दा अधिक कृषि भूमिलाई रसायनमुक्त पारिस्थितिक प्रणालीमा रूपान्तरण गर्नुलाई केवल एक कृषि सुधार मात्र होइन, तर एक सांस्कृतिक क्रान्ति बनेको बताए।

उपराष्ट्रपतिले मेरो रुख मेरो सन्ततिजस्ता पहलहरूको प्रशंसा गरे, जस अन्तर्गत प्रत्येक जन्मेका बच्चाको लागि 108 ठआ रूख रोपिन्छन् र शिशु समृद्धि योजनाको पनि सराहना गरे, जसले बालबालिकालाई वित्तीय सुरक्षा प्रदान गर्दछ। उनले भने, यस्ता पहलहरूले आध्यात्मिकतालाई दिगोपनसँग र पर्यावरणीय नेतृत्वलाई सामाजिक सुरक्षासँग जोड्ने राज्यको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

सिक्किमको रणनीतिक महत्त्वलाई रेखाङ्कित गर्दै उपराष्ट्रपतिले यस राज्यलाई राष्ट्रको प्रहरीको रूपमा वर्णन गरे। उनले भने कि विभिन्न समुदायहरू बीचको एकता, सहयोगको भावना र जनतामा देशभक्तिको गहिरो भावनाले सिक्किमलाई भारतको अखण्डताको एक मजबुत स्तम्भ बनाउँछ। उनले सीमावर्ती र भाइब्रेन्ट भिलेज’ (जीवन्त गाउँ)को भ्रमण गरेको तथा विकास कार्यहरूमा तीव्र ल्याएकोमा राज्यपाल श्री ओम प्रकाश माथुरको पनि प्रशंसा गरे।

उपराष्ट्रपतिले उल्लेख गरे अनुसार भाइब्रेन्ट भिलेजकार्यक्रम अन्तर्गत, सिक्किमका 58 गाउँहरूलाई चरणबद्ध रूपमा सामेल गरिने छन्। उनले सीमावर्ती गाउँहरू अब अन्तिम गाउँ नभई भारतका पहिलो गाउँहरू भएको बताए।

यस कार्यक्रमको क्रममा, उपराष्ट्रपतिले कनेक्टिभिटी, बुनियादी ढाँचा, शिक्षा र शासनसँग सम्बन्धित धेरै विकास परियोजनाहरूको शिलान्यास गरे अनि तिनको भर्चुअल माध्यमद्वारा उद्घाटन गरे। यसमा रिम्बी-योकसम सड़कको स्तरोन्नति, एनएच-10 मा सुरक्षात्मक कार्य र पुल निर्माण, रम्फू खोलामा एक स्टील पुल, बुर्तुक हेलीपोर्टको पुनर्निर्माण र स्तरोन्नति, नाम्चीको कामराङ सरकारी डिग्री कलेजमा एक नयाँ विज्ञान ब्लक अनि पाकिमको आरिटारमा एक औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई) सामेल थिए। उपराष्ट्रपतिले सिक्किम उत्पाद अन्तःशुल्क प्रबन्धन प्रणालीको पनि शुभारम्भ गरे, जसको उद्देश्य सुशासन र कार्यकुशलतामा सुधार ल्याउनु हो।

यस अवसरमा, उपराष्ट्रपतिले सिक्किम राइजको पनि शुभारम्भ गरे। यो सरकारद्वारा समर्थित एक उद्यमशीलता कार्यक्रम हो, जुन परामर्श (मेन्टरशिप), इन्क्युबेशन, वित्तपोषण र बुनियादी ढाँचाको सहयोगको माध्यमद्वारा नवीन विचारहरूलाई ठूला व्यवसायहरूमा बदल्नका लागि तयार डिजाइन गरिएको छ। उनले मिशन सिक्किम अर्ग्यानिक्सको पनि शुभारम्भ गरे, जसको उद्देश्य जैविक र सतत विकासको क्षेत्रमा राज्यको नेतृत्वलाई अझ अधिक मजबुत बनाउनु हो।

उपराष्ट्रपतिले एक सांस्कृतिक कार्यक्रम पनि अवलोकन गरे, जसमा  लेप्चा, भोटिया र नेपाली समुदाय सहित विभिन्न समुदायहरूको परम्परागत भेषभूषा र समृद्ध विरासतलाई प्रदर्शित गरिएको थियो। सिक्किमको सांस्कृतिक विविधताको सराहना गर्दै उनले भने कि राष्ट्रवादको भावना अन्तर्गत विविध परम्पराहरूको एकताले एक भारत, श्रेष्ठ भारतको दृष्टिकोणलाई साँच्चै प्रतिबिम्बित गर्दछ।

यस अवसरमा उपस्थित विशिष्ट व्यक्तिहरूमा सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुर, सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ, पूर्वोत्तर क्षेत्र विकासका केन्द्रीय मन्त्री श्री ज्योतिरादित्य एम सिन्धिया, सिक्किम विधान सभाका अध्यक्ष श्री मिङ्मा नर्बु शेर्पा, सिक्किम सरकारका जनस्वास्थ्य अभियान्त्रिकी मन्त्री श्री सोनाम लामा; वरिष्ठ अधिकारी र अन्य विशिष्ट व्यक्तिहरू सामेल थिए।

*****

 

पीआर/एएसएम/भीएमजे/एमपीएस/टीडब्ल्यूबी


(रिलिज आईडी: 2261846) आगन्तुक काउन्टर : 7
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Gujarati , Tamil