PIB Headquarters
भारतको इलेक्ट्रोनिक्स भविष्यलाई अघि बढाउँदै
ईसीएमएस अन्तर्गत पहिलो ७ परियोजना, रू.५,५३२ करोड़को लगानी स्वीकृत
प्रविष्टि तिथि:
27 OCT 2025 6:18PM by PIB Gangtok
मुख्य बुँदाहरू
- ईसीएमएस अन्तर्गत ७ परियोजनाहरू स्वीकृत, कुल लगानी रू.५,५३२ करोड़।
- यी परियोजनाबाट रू. ४४,४०६ करोड.को उत्पादन हुनेछ र ५,१९५ रोजगार सृजना हुनेछ।
- ईसीएमएस अन्तर्गत लगानी प्रतिबद्धता रू. १.१५ लाख करोड़मा पुगेको छ, जुन लक्ष्यको दोब्बर हो।
- वित्तीय वर्ष २०२४-२५ मा इलेक्ट्रोनिक्स भारतको तेस्रो ठूलो निर्यात श्रेणी बनेको छ।
परिचय
भारतको इलेक्ट्रोनिक्स उत्पादनको कथामा नयाँ अध्याय शुरू भएको छ, जब रू. ५,५३२ करोड़ मूल्यका परियोजनाहरू इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किम (ईसीएमएस) अन्तर्गत स्वीकृत भए।
यी पहिलो सात परियोजनाहरूले देशको तीव्र रूपमा बढ्दै गएको कम्पोनेन्ट पारिस्थितिक प्रणालीमा नयाँ ऊर्जा थप्ने वाचा गरेको छ, जसबाट रू.४४,४०६ करोड़ बराबरको उत्पादन मूल्य र ५,००० भन्दा बढ़ी नयाँ रोजगारीका अवसरहरू सृजना हुने अपेक्षा गरिएको छ।
स्वीकृत परियोजनाहरूको घोषणा केन्द्रीय मन्त्री अश्विनी वैष्णवले गर्नुभयो, जसले भारतको इलेक्ट्रोनिक्स मूल्य शृंखला अझ गहिरो बनाउने दृढ़ प्रयासको सङ्केत गर्दछ। यो पहलले उच्च-मूल्यका कम्पोनेन्टहरूको सुदृढ़ घरेलु आधार निर्माण गरी वृहत स्तरको उत्पादनलाई समर्थन गर्ने सरकारको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ।
हालका वर्षहरूमा, भारतको इलेक्ट्रोनिक्स क्षेत्रले असाधारण वृद्धि हासिल गरेको छ, र वित्तीय वर्ष २०२४–२५ मा तेस्रो वृहत र सबैभन्दा तीव्र गतिमा बढ्ने निर्यात श्रेणीका रूपमा अघि आएको छ। ईसीएमएसले यस गतिलाई अझ सुदृढ़ बनाउने लक्ष्य राखेको छ, जसले भारतलाई उन्नत इलेक्ट्रोनिक्स उत्पादनमा विश्व नेतृत्वकर्ता बन्ने लक्ष्यतर्फ अझ नजिक पुर्याउनेछ।
योजनाको अवलोकन
इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किम (ईसीएमएस) ८ अप्रेल २०२५ मा सूचित गरिएको हो, जसको कुल बजेट रू. २२,९१९ करोड़ (लगभग अमेरिकी डलर २.७ अर्ब) बराबर छ। यस योजनाको अवधि ६ वर्षको छ, साथै एक वर्षको वैकल्पिक तयारी अवधि पनि रहेको छ। यस योजनाको उद्देश्य देशमा इलेक्ट्रोनिक्स कम्पोनेन्ट उत्पादनका लागि सुदृढ़ र आत्मनिर्भर पारिस्थितिकी तन्त्र निर्माण गर्नु हो। यसको मुख्य ध्यान सम्पूर्ण मूल्य शृंखलामा घरेलु र अन्तर्राष्ट्रिय दुवै प्रकारका लगानी आकर्षित गर्न, घरेलु मूल्य अभिवृद्धि बढ़ाउन, र भारतलाई विश्व इलेक्ट्रोनिक्स व्यापारमा एक प्रमुख खेलाड़ीका रूपमा स्थापित गर्न केन्द्रित गरिएको छ।
ईसीएमएसले देशभित्रै आवश्यक कम्पोनेन्टहरू, सब-असेम्बलीहरू र कच्चा पदार्थहरूको उत्पादनलाई प्रोत्साहन दिँदै भारतको इलेक्ट्रोनिक्स उद्योगलाई वैश्विक मूल्य शृंखलासँग एकीकृत गर्ने लक्ष्य राखेको छ।

३० सितम्बर सम्म, यस योजना अन्तर्गत लगानी प्रतिबद्धता रू.१,१५,३५१ करोड़ पुगेको छ, जुन प्रारम्भिक लक्ष्य रू.५९,३५० करोड़को झण्डै दोब्बर हो। आउँदो ६ वर्षभित्र रू.१०,३४,७५१ करोड़ बराबरको उत्पादन हुने अपेक्षा गरिएको छ, जुन प्रारम्भिक अनुमान भन्दा २.२ गुणा अधिक हो। प्रोत्साहन स्वरूप खर्च हुने रकम रू.४१,४६८ करोड़ पुग्ने अनुमान गरिएको छ, जुन प्रारम्भिक मूल्याङ्कन रू.२२,८०५ करोड़को लगभग १.८ गुणा अधिक हो। यस योजनाबाट १,४१,८०१ प्रत्यक्ष रोजगारीका अवसरहरू सृजना हुने अपेक्षा गरिएको छ, जुन ९१,६०० को लक्ष्यभन्दा धेरै हो, साथै ठूलो संख्यामा अप्रत्यक्ष रोजगारीका अवसरहरू पनि उत्पन्न हुने अनुमान गरिएको छ।
ईसीएमएस अन्तर्गत पहिलो स्वीकृत परियोजनाहरूमा समावेश उत्पादहरू
पहिलो चरणका स्वीकृत परियोजनाहरूमा आधुनिक प्रविधिका लागि अत्यावश्यक र उच्च-मूल्यका इलेक्ट्रोनिक कम्पोनेन्टहरू र सामग्रीहरू समावेश छन्। यी परियोजनाहरूले स्मार्टफोन, वाहन, चिकित्सकीय उपकरणहरू, दूरसञ्चार, र औद्योगिक प्रणालीहरूमा प्रयोग हुने कम्पोनेन्टहरूको ठूला स्तरमा उत्पादन सम्भव बनाउँदै वैश्वक मूल्य शृंखलामा भारतको स्थानलाई अझ सुदृढ़ बनाउनेछ।
क्यामेरा मोड्युल सब-असेम्बली

क्यामेरा मोड्युल सब-असेम्बलीहरू स्मार्टफोन, ड्रोन, चिकित्सकीय उपकरणहरू, र रोबोटहरूमा प्रयोग गरिन्छ। यी इलेक्ट्रोनिक उपकरणहरू उच्च गुणस्तरको फोटो र भिडियो कैद गर्न सक्षम हुँदछ र स्मार्टफोन, ट्याब्लेट, ल्यापटप, सुरक्षा क्यामेरा, वाहन प्रणाली, र आईओटी उपकरणहरूमा इमेजिङ कम्पोनेन्टको रूपमा कार्य गर्दछ।
मल्टि-लेयर पीसीबी

मल्टि-लेयर प्रिन्टेड सर्किट बोर्ड (पीसीबी) वाहन, उपभोक्ता इलेक्ट्रोनिक्स, आईसीटी, चिकित्सकीय उपकरण, दूरसञ्चार, अन्तरिक्ष तथा सुरक्षा, र औद्योगिक उत्पादनमा प्रयोग गरिन्छ। यी बोर्डहरूमा धेरै तामा र डाइइलेक्ट्रिक तहहरू हुन्छन्, जसलाई थ्रु-होल भिया मार्फत जड़ान गरिन्छ, र यी उपभोक्ता इलेक्ट्रोनिक्स, औद्योगिक नियन्त्रण, र वाहन प्रणालीहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ।
एचडीआई पीसीबी

हाई-डेन्सिटी इन्टरकनेक्ट पीसीबी उपभोक्ता इलेक्ट्रोनिक्स र वेयरेबल टेक्नोलोजी, वाहन, इलेक्ट्रोनिक्स, चिकित्सकीय उपकरण, दूरसञ्चार, अन्तरिक्ष र सुरक्षा क्षेत्रमा प्रयोग गरिन्छ। यी पीसीबीहरू माइक्रोभिया, ब्लाइन्ड र बुरिएड भिया, भिया-इन-प्याड संरचना, साना ट्रयाक र साँघुरो दूरी भएका उन्नत संस्करणहरू हुन्। यसले स्मार्टफोन, ट्याब्लेट, वेयरेबल, अन्तरिक्ष र चिकित्सकीय उपकरणहरूका लागि संकुचित र उच्च प्रदर्शन डिजाइन सक्षम बनाउँदछ।
लेमिनेट (कपर क्ल्याड लेमिनेट)

कपर क्ल्याड लेमिनेटहरू, वाहन, उपभोक्ता इलेक्ट्रोनिक्स, चिकित्सकीय उपकरण, आईसीटी, दूरसञ्चार, अन्तरिक्ष, सुरक्षा अनि औद्योगिक उत्पादनमा प्रयोग गरिन्छ। यसले मल्टि-लेयर पीसीबी निर्माणका लागि आधार कम्पोनेन्टको रूपमा कार्य गर्दछ।
पोलिप्रोपिलिन फिल्म

पोलिप्रोपिलिन फिल्म उपभोक्ता इलेक्ट्रोनिक्स, वाहन, आईसीटी, औद्योगिक तथा उत्पादन, दूरसञ्चार, र कम्प्युटिङमा प्रयोग हुने क्यापासिटरहरूमा प्रयोग गरिन्छ। यो क्यापासिटर निर्माणमा प्रयोग हुने प्रमुख सामग्री हो।
ईसीएमए अन्तर्गत स्वीकृत प्रणालीहरूको अवलोकन
प्रारम्भिक प्रणालीहरूको पहिलो समूहले घरेलु प्रमुख उत्पादकहरूबाट भारतमा उच्च-मूल्यका कम्पोनेन्ट उत्पादन क्षमता निर्माण गर्ने दृढ प्रतिबद्धता देखाउँछ।
यी परियोजनाहरू तमिलनाडु, आन्ध्र प्रदेश, र मध्य प्रदेशमा फैलिएका छन्, जसमा रू. ५,५३२ करोड़को लगानी रहेको छ र रू.४४,४०६ करोड़को उत्पादन र ५,१९५ नयाँ रोजगारी सृजना हुने अपेक्षा गरिएको छ।
|
आवेदनकर्ताको नाम
|
उत्पाद
|
परियोजनाको स्थान
|
जम्मा लगानी (₹ करोड़)
|
जम्मा उत्पादन (₹ करोड़)
|
क्रमिक रोजगार (व्यक्तिहरू)
|
|
केन्स सर्किट्स इण्डिया प्राइभेट लिमिटेड
|
बहु-परत मुद्रित बोर्ड (पीसीबी)
|
तमिलनाडु
|
104
|
|
220
|
|
केन्स सर्किट्स इण्डिया प्राइभेट लिमिटेड
|
क्यामेरा मोड्युल सब–असेम्ब्ली
|
तमिलनाडु
|
325
|
12,630
|
480
|
|
केन्स सर्किट्स इण्डिया प्राइभेट लिमिटेड
|
एचडीआई पीसीबी
|
तमिलनाडु
|
1,684
|
4,510
|
1,480
|
|
केन्स सर्किट्स इण्डिया प्राइभेट लिमिटेड
|
लेमिनेट
|
तमिलनाडु
|
1,167
|
6,875
|
300
|
|
एसआरएफ लिमिटेड
|
पोलिप्रोपिलिन फिल्म
|
मध्य प्रदेश
|
496
|
1,311
|
225
|
|
सिर्मा स्ट्राटेजिक इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड
|
बहु-परत मुद्रित सर्किट बोर्ड (पीसीबी)
|
आन्ध्र प्रदेश
|
765
|
6,933
|
955
|
|
एस्सेन्ट सर्किट्स प्रावेट लिमिटेड
|
बहु-परत मुद्रित सर्किट बोर्ड (पीसीबी)
|
तमिलनाडु
|
991
|
7,847
|
1,535
|
|
कुल
|
|
|
5,532
|
44,406
|
5,195
|
भारतको प्रमुख निर्यात श्रेणीका रूपमा इलेक्ट्रोनिक्स

२०२४–२५ मा इलेक्ट्रोनिक्स भारतको तेस्रो वृहत र सबैभन्दा तीव्र गतिमा बढ़ने निर्यात श्रेणीको रूपमा अघि आएको छ, जुन २०२१–२२ मा सातौं स्थानमा थियो।
वित्तीय वर्ष २०२५–२६ को पहिलो ६ महिनामा इलेक्ट्रोनिक्स निर्यात अमेरिकी डलर २२.२ अर्ब पुगेको छ, जसले मजबुत वृद्धि दर कायम राख्दै यस क्षेत्रलाई देशको दोस्रो ठूलो निर्यात वस्तु बन्ने दिशामा अघि बढ़ाइरहेको छ।
देशको इलेक्ट्रोनिक्स उत्पादन वर्ष २०१४–१५ मा रू.१.९ लाख करोड़बाट बढ़ेर २०२४–२५ मा रू. ११.३ लाख करोड़ पुगेको छ, जसले छ गुणा वृद्धि देखाउँदछ। यसै अवधिमा निर्यात रू. ३८,००० करोड़बाट बढ़ेर रू.३.२७ लाख करोड़ पुगेको छ, जुन आठ गुणाको वृद्धि हो। बितेको दशकमा, इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रले देशभरि लगभग २५ लाख रोजगारीका अवसरहरू सृजना गरेको छ।

यो रूपान्तरणमा मोबाइल उत्पादन क्षेत्रले प्रमुख भूमिका खेलेको छ। यस खण्डको उत्पादन वर्ष २०१४–१५ मा रू.१८,००० करोड़बाट बढ़ेर २०२४–२५ मा रू.५.४५ लाख करोड़ पुगेको छ, जुन २८ गुणा वृद्धि हो। भारत अहिले विश्वको दोस्रो ठूलो मोबाइल फोन उत्पादक देश बनेको छ, जहाँ २०१४ मा केवल २ एकाइहरू सञ्चालनमा रहेका थिए भने अहिले ३०० भन्दा बढ़ी उत्पादन एकाइहरू सञ्चालित रहेको छ।
मोबाइल फोन निर्यातले उल्लेखनीय प्रगति देखाएको छ। वर्ष २०१४–१५ मा रू. १,५०० करोड़बाट बढ़ेर २०२४–२५ मा रू.२ लाख करोड़ पुगेको छ, जसले १२७ गुणा वृद्धि दर्शाउँछ। वर्ष २०२४ मा केवल एप्पलले मात्र रू.१,१०,९८९ करोड़ मूल्यका आइफोन निर्यात गर्यो, जसले रू.१ लाख करोडटको सीमा पार गर्दै वार्षिक रूपमा ४२ प्रतिशत वृद्धि हासिल गर्यो। वित्तीय वर्ष २०२५–२६ को पहिलो पाँच महिनामा, स्मार्टफोन निर्यात रू.१ लाख करोड़ पुगेको छ, जुन बितेको वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशतले अधिक हो।
भारतले अब मोबाइल उत्पादनमा लगभग आत्मनिर्भरता हासिल गरेको छ। दश वर्षअघि जहाँ अधिकांश आवश्यक मोबाइलहरू आयात गरिन्थे, आज झण्डै सम्पूर्ण उपकरणहरू घरेलु रूपमा उत्पादन गरिंदैछ। यो रूपान्तरणले भारतको नीतिगत पारिस्थितिकी तन्त्रको मजबुती र विश्वस्त ग्लोबल इलेक्ट्रोनिक्स उत्पादन तथा निर्यात केन्द्रका रूपमा भारतको उदयलाई स्पष्ट रूपमा उजागर गर्दछ।
निष्कर्ष
भारतको इलेक्ट्रोनिक्स उत्पादन क्षेत्र अहिले एउटा निणार्यक मोड़मा आइपुगेको छ।
इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किम (ईसीएमएस) अन्तर्गत परियोजनाहरूको स्वीकृतिले केवल एउटा औद्योगिक उपलब्धि होइन, तर आत्मनिर्भरता सुदृढ़ गर्ने र प्रविधि उत्पादनमा भारतको वैश्विक स्थान बलियो बनाउने रणनीतिक कदमको प्रतीक हो। मजबुत लगानी प्रतिबद्धता, रेकर्ड उत्पादन लक्ष्य, र निरन्तर रोजगारी सृजनासंगै, यो योजना भारतको इलेक्ट्रोनिक्स मूल्य शृंखलाको आधारलाई अझ मजबुत पार्ने दिशामा अग्रसर छ।
पाट्पुर्जादेखि तयार उपकरणसम्म, भारत आत्मविश्वासका साथ उत्पादनको नयाँ स्तरतर्फ अघि बढ़ीरहेको छ। निर्यातमा वृद्धि, घरेलु उत्पादनको विस्तार, र मोबाइल उत्पादनको तीव्र वृद्धिले भारतको प्रगतिको दिशा स्पष्ट देखाउँछ।
भारतल अहिले केवल आफ्नो आवश्यकताका लागि उत्पादन गर्दैन तर वैश्विक आपूर्ति शृंखलालाई पनि शक्ति प्रदान गर्दैछ।
यी प्रयासहरू निरन्तर जारी रहे, भारतको वैश्विक इलेक्ट्रोनिक्स केन्द्र बन्ने दृष्टिकोणले अहिले वास्तविक रूप लिन थालेको छ।
सन्दर्भहरू
पीआईबी पृष्ठभूमि सामग्रीहरू
वाणिज्य एवं उद्योग मन्त्रालय
****
एमपीएस/टीडब्ल्यूबी
(रिलीज़ आईडी: 2187231)
आगंतुक पटल : 20