मन्त्रीमण्डल
मन्त्रिपरिषद्ले रबि 2025-26 को लागि फस्फेटिक र पोटासिक मलमा पोषण आधारित अनुदान दरहरूलाई मञ्जुरी दियो
Posted On:
28 OCT 2025 3:06PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रिपरिषद्ले आज रबि सिजन 2025-26 (01.10.2025 देखि 31.03.2026 सम्म) को लागि फस्फेटिक र पोटासिक (पी एण्ड के) मलमा पोषण आधारित अनुदान (एनबीएस) दरहरू निर्धारण गर्ने मल विभागको प्रस्तावलाई मञ्जुरी दिएको छ। रबि सिजन 2025-26 को लागि अनुमानित बजेटको आवश्यकता लगभग 37,952.29 करोड रुपियाँ हुनेछ। यो खरीफ सिजन 2025 को लागि बजेटको आवश्यकताभन्दा लगभग 736 करोड रुपियाँ अधिक हो।
डाई अमोनियम फस्फेट (डीएपी) र एनपीकेएस (नाइट्रोजन, फस्फोरस, पोटास, सल्फर) ग्रेड सहितको पी एण्ड के मलहरूमा अनुदान रबि 2025-26 को लागि (01.10.2025 देखि 31.03.2026 सम्म लागू हुने) को आधारमा दिइनेछ, ताकि किसानहरूलाई यी मलहरू सस्तो दाममा सजिलै प्राप्त हुन सकोस्।
लाभ:
- किसानहरूलाई अनुदानित, किफायती र उचित मूल्यमा मलको उपलब्धता सुनिश्चित गरिनेछ।
- मल र इनपुटको अन्तर्राष्ट्रिय मूल्यमा हालैका प्रवृत्तिहरूलाई ध्यानमा राख्दै पी एण्ड के मलहरूमा अनुदानलाई न्यायसङ्गत बनाउनु।
पृष्ठभूमि:
सरकारले मल बनाउने/इम्पोर्ट गर्नेहरूको माध्यमद्वारा किसानहरूलाई अनुदानित मूल्यमा डीएपी सहित 28 ग्रेडको पी एण्ड के मलहरू उपलब्ध गराइरहेको छ। पी एण्ड के मलमा अनुदान 01.04.2010 देखि एनबीएस योजना अन्तर्गत नियन्त्रित छ। आफ्नो किसानमैत्री दृष्टिकोण अनुसार, सरकार किसानहरूलाई किफायती मूल्यमा पी एण्ड के तथा मल उपलब्ध गराउन प्रतिबद्ध छ। युरिया, डीएपी, एमओपी र सल्फर जस्ता मल तथा इनपुटहरूको अन्तर्राष्ट्रिय मूल्यमा हालैको प्रवृत्तिलाई ध्यानमा राख्दै सरकारले रबि 2025-26 को लागि 01.10.2025 देखि 31.03.2026 सम्म डीएपी र एनपीकेएस ग्रेड सहित फस्फेटिक र पोटासिक (पी एण्ड के) मलहरूमा लागू हुने एनबीएस दरहरू अनुमोदन गर्ने निर्णय गरेको छ। किसानहरूलाई किफायती मूल्यमा मल उपलब्ध गराउन अनुमोदित र अधिसूचित दरहरू अनुसार मल कम्पनीहरूलाई अनुदान प्रदान गरिनेछ।
*********
एमजेपीएस
(Release ID: 2183351)
Visitor Counter : 6
Read this release in:
Odia
,
Tamil
,
Malayalam
,
Kannada
,
Assamese
,
Bengali
,
English
,
Urdu
,
हिन्दी
,
Marathi
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Telugu