PIB Headquarters
आकाशिँदो उडान, फस्टाउँदो अर्थव्यवस्था : भारतमा उड्डयनको परिकल्पना 2047
Posted On:
23 OCT 2025 5:07PM by PIB Gangtok
|
मुख्य बुँदा
- उडान अनि अन्य पहलका कारण हवाई यात्रा सस्तो, समावेशी अनि सुलभ भएको छ।
- सरकारको लक्ष्य 2047 सम्म हवाई अड्डाको सङ्ख्या बढाएर 350-400 बनाउनु रहेको छ।
- कूल मिलाएर भारतको उड्डयन क्षेत्रले 77 लाखभन्दा धेरै रोजगार प्रदान गर्दछ।
|
परिचय
सम्पर्क एउटा यस्तो सेतु हो जसले भौगोलिक स्थितिहरूलाई अवसरमा परिणत गर्दछ। यो हालैको कुरा नभएर कसरी क्षेत्रीय सम्पर्कले अलग-अलग क्षेत्रको विकास, व्यापार अनि आर्थिक आदान-प्रदानलाई बढावा दिँदै समावेशी अनि सन्तुलित विकास भएको छ भन्ने इतिहासले पनि बताउँछ। वर्तमान समयमा पनि सम्पर्क पर्यटन अनि व्यापार क्षेत्रको निम्ति मात्र नभएर आपात स्थिति अनि बाहिरी बजारमाथि निर्भरता घटाउन पनि सम्पर्कले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। उडान (उडून् देशका आम नागरिक) योजना घरेलु बजारको विकासमा योगदान दिने अनेकौं कारकमध्ये एक रहेको छ। 21 अक्टोबर 2016 देखि शुरु गरिएको अलग-अलग क्षेत्रलाई जोड्ने यस योजनाले क्षेत्रीय स्तरमा हवाई सम्पर्कलाई प्रबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। आज नौ वर्ष पूरा भइरहेको बेला, उडान योजना प्रायोगिक पहलबाट शुरु भई राष्ट्रिय स्तरमा सफलताको गाथा बन्नपुगेको छ, जसले दूरी पाट्नका साथै देशभरी नागरिकहरूका लागि हवाई यात्रा पनि सुलभ बनाएको छ।
भारतमा उड्डयन : समावेसी विकासतर्फ बढ्दै उडान
बितेको दसकमा भारतको आकाश पहिलेभन्दा धेरै नै व्यस्त बनेको छ। भारत विश्वको तेस्रो सबैभन्दा ठूलो घरेलु उड्डयन बजारका रूपमा स्थापित भएको छ। हवाई यात्रीहरूको सङ्ख्याले वर्ष 2014 को 10.3 करोडबाट बढेर 2025 मा 35 करोड पार गरेको छ। यसै गरी हवाई अड्डाको सङ्ख्या वर्ष 2014 को 74 बाट बढेर 2025 सम्म 163 पुगेको छ। यसैबीच, जब भारतले वर्ष 2047 मा आफ्नो स्वतन्त्रताको एक सय वर्ष पूरा भएको उत्सव मनाउनेछ, सरकारको लक्ष्य तबसम्म हवाई अड्डाको सङ्ख्या बढाएर 350-400 पुऱ्याउनु रहेको छ।
उड्डयन भारतको अर्थव्यवस्थामा सबैभन्दा तेज गतिले बढिरहेको क्षेत्रमध्ये एक हो, जसले वायु परिवहन सेवाका साथसाथै पर्यटन, व्यापार, रसद अनि विनिर्माणको माध्यमद्वारा परोक्ष रूपमा योगदान पुऱ्याउँदछ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइसीएओ) अनुसार, उड्डयनमा निवेशको अर्थव्यवस्थामाथि गहिरो प्रभाव पर्ने गर्दछ। यसमाथि खर्च गरिएको प्रत्येक रुपियाँको निम्ति यस क्षेत्रले आर्थिक गतिविधिमा तीन गुणाभन्दा धेरै प्रभाव उत्पन्न गर्दछ र यससँग जोडिएका उद्योगमा 6 गुणाभन्दा धेरै रोजगार प्रदान गर्दछ।
आज यस क्षेत्रले परोक्ष रूपमा 77 लाखभन्दा धेरै नोकरीमा सहयोग दिइरहेको छ जसमध्ये 3,69,000 नोकरी सीधै यसमा सामेल छ। यसका साथै कुशलकर्मी-पाइलट, इञ्जिनियर, ग्राउण्ड स्टाफ र लजिस्टिक विशेषज्ञहरूको माग तेजीका साथ वृद्धि हुने आशा गरिएको छ। 116 भन्दा धेरै द्विपक्षीय वायु सेवा सम्झौताका साथ भारतको वैश्विक सम्पर्क गहिरो बन्दै गइरहेको छ कारण भारतीय वायु सेवाहरूको अन्तरराष्ट्रिय स्तरमा विस्तार भइरहेको छ, जसबाट एशियामा उड्डयनको केन्द्रका रूपमा देशको स्थिति बलियो बन्दैगएको छ। नागरिक उड्डयनको क्षेत्रले विमानहरूको निर्माण, ग्राउण्ड ह्याण्डलिङ र रखरखाउ, मरम्मति-सम्भार अनि सञ्चालन (एमआरओ) सेवाहरूमा प्रत्यक्ष विदेशी निवेशको प्रवाह, प्रौद्योगिकी हस्तान्तरण अनि मेक इन इण्डिया पहललाई पनि अघि बढाइरहेको छ। बितेको दसकमा घरेलु हवाई यात्री यातायातमा 10-12 प्रतिशतको वार्षिक वृद्धि भएको छ। वर्ष 2024 मा भारतको कूल हवाई यात्री यातायात बढेर 23.28 करोड पुगेको थियो, जुन 2023 मा 21.61 करोड थियो।
यसै गरी, वर्ष 2040 सम्म हवाई यात्री यातायात 6 गुणा बढेर करिब 1.1 बिलियन पुग्ने आशा गरिएको छ। भारतको वाणिज्यिक एयरलाइन बेडाको सङ्ख्या बढेर मार्च 2040 सम्म करिब 2,359 पुग्ने आशा गरिएको छ। यसै गरी यो क्षेत्र विकसित अर्थव्यवस्था बन्ने दिशामा भारतको यात्राको मुख्य इञ्जिनका रूपमा पनि उदय भइरहेको छ।
उडान : प्रत्येक नागरिकका लागि हवाई यात्राको लोकतन्त्रिकरण
मेट्रो शहरहरूदेखि लिएर पार्वत्य घाटीहरूसम्म, साना शहरहरूलाई जोड्नु, पर्यटनलाई सक्षम बनाउनु र स्थानीय अर्थव्यवस्थालाई गति दिनुका कारण भारतको आकाश नयाँ सम्भावनाको मानचित्र बनेको छ। नागरिक उड्डयन मन्त्रालय अन्तर्गत उडान (उडून् देशका आम नागरिक) योजना यस परिवर्तनको केन्द्रमा छ, जसले हवाई यात्रालाई लोकतान्त्रिक बनाउनका साथै भारतको क्षेत्रीय सम्पर्क परिदृश्यलाई नयाँ रूप दिएको छ।
नीति आयोग अनुसार, वर्ष 2019 म कूल पर्यटन खर्चको 83 प्रतिशतभन्दा धेरै हिस्सा घरेलु यात्रीहरूले वहन गरेका थिए। यो आँकडा वर्ष 2028 सम्म बढेर करिब 89 प्रतिशत हुने आशा गरिएको छ। यस परिवर्तनले उडान जस्तो सरकारी पहलले कसरी बुनियादी ढाँचामा अन्तरलाई पाट्नका साथै लाखौं मानिसका लागि सस्तो हवाई यात्रा सुलभ बनाउनका अतिरिक्त सुदूरवर्ती क्षेत्रहरूलाई जोड्ने काम गरिरहेको छ भन्ने देखाउँछ।

यसले उडान जस्तो पहलको सहायताद्वारा हवाई यात्रा सस्तो अनि समावेशी बनाउन सरकारको प्रयासलाई दर्शाउँछ। यस परिवर्तनले भारतको पर्यटन मानचित्रलाई पनि नयाँ रूप दिएको छ। कुनै समय सुदूर मानिने कुल्लू, शिमला अनि दरभङ्गादेखि लिएर पाकिम, हुबली अनि शिलङसम्मको क्षेत्र अब सीधा हवाई मार्गसँग जोडिन पुगेको छ, जसले गर्दा स्थानीय अर्थव्यवस्था अनि क्षेत्रीय पर्यटनले पनि प्रोत्साहन पाइरहेको छ।

उडानको दृष्टिकोणले हवाई यात्रालाई लोकतान्त्रिक बनाउनुपर्ने आवश्यकतामाथि जोड गिएको छ र यसै भावनाले बढी समावेशी उड्डयन क्षेत्रको सपनालाई जन्म दिएको हो। आम जनमानसको सपनाप्रति यसै प्रतिबद्धताले उडानलाई जन्म दिएको हो।
उडानको उपलब्धि :
- भारतलाई जोड्ने काम गर्दैछ आरसीएस-उडान योजनाले : क्षेत्रीय सम्पर्क योजना (आरसीएस) – उडानले देशभरी 649 मार्गमा परिचालन शुरु गर्नका साथै 93 हवाई अड्डालाई (2 जल हवाई अड्डा अनि 15 हेलिपोर्टसहित) जोड्ने काम गरेको छ, जसमध्ये 12 हवाई अड्डा/ हेलिपोर्ट पूर्वोत्तर क्षेत्रमा छन्। यसले अण्डमान, निकोबार अनि लक्षद्वीप द्वीपसमूहलाई पनि राष्ट्रिय उड्डयन सञ्जालसँग जोड्ने काम गरेको छ।
- कोशेढुङ्गाका रूपमा हासिल उपलब्धि : उडान अन्तर्गत सञ्चालित उडानहरूमा अहिलेसम्म 1 करोड 56 लाखभन्दा धेरै यात्रीले यात्रा गर्नका साथै देशभरीका क्षेत्रीय मार्गहरूमा कूल 3.23 लाख आरसीएस उडान परिचालन गरिएका छन्। एयरलाइनहरूका लागि क्षेत्रीय मार्गलाई व्यावसायिक रूपमा दिगो बनाउन ₹4,300 करोडको व्यवहार्यता अन्तर निधि (भीजीएफ) वितरण गर्नका अतिरिक्त ₹4,638 करोड क्षेत्रीय हवाई अड्डाको विकासमा निवेश गरिएको छ।
- क्षेत्रीय सम्पर्कको विस्तार : यस योजनाको उद्देश्य देशभरी 120 नयाँ गन्तव्यसम्म क्षेत्रीय सम्पर्क बढाउँदै आउँदो 10 वर्षमा 4 करोड यात्रीहरूलाई सेवा पुऱ्याउनु रहेको छ। यस योजनाले पार्वत्य, आकाङ्क्षी अनि पूर्वोत्तर क्षेत्रका जिल्लाहरूमा हेलीप्याड तथा स-साना हवाई अड्डाहरूलाई पनि सहायता प्रदान गर्नेछ।
- उडान यात्री क्याफेका साथ हवाई अड्डाहरूमा सस्तो भोजनको व्यवस्था : कोलकाता अनि चेन्नई हवाई अड्डामा शुरु गरिएको उडान यात्री क्याफे पहलले सस्तो अनि गुणस्तरीय खाद्य सामग्री (₹10 मा चिया, ₹20 मा समोसा) प्रदान गर्दछ, जसले गर्दा हवाई यात्रा सबैको निम्ति बढी समावेशी अनि सुलभ बनेको छ।
भविष्यतर्फ : 2047 को निम्ति दृष्टिकोण
जसै-जसै भारत आफ्नो स्वतन्त्रताको शताब्दीतर्फ अघि बढिरहेको छ, उड्डयन क्षेत्र महत्त्वकाङ्क्षी विकास पथमा अग्रसर छ – वर्ष 2025 मा 163 हवाई अड्डाबाट बढेर 2047 सम्म 350 भन्दा धेरै हवाई अड्डासम्मको लक्ष्य निर्धारित गरिएको छ, जबकि यात्रीको सङ्ख्याले एक अरब (1 बिलियन) पार गर्ने सम्भावना छ।
यस आँकडाले स्वच्छ इन्धन, डिजिटल हवाई मार्ग अनि समावेशी गतिशीलताको दिशामा भारतको परिवर्तनलाई दर्शाउँछ।
वर्ष 2047 सम्म 2.5 करोड नोकरीको अनुमानका साथै एमआरओ, ड्रोन निर्माण अनि पाइलट प्रशिक्षणको क्षेत्रमा बढ्दो अवसरका साथ उड्डयन भारतको 10 ट्रिलियन डलरको अर्थव्यवस्थाको महत्त्वपूर्ण स्तम्भ बन्नेछ।

यसैबीच, उड्डयन क्षेत्रमा यी पहलहरू भारतको 2047 को सपना साकार तुल्याउन महत्त्वपूर्ण ठहरिनेछ – सुदूरवर्ती क्षेत्रलाई जोड्ने, आजीविकामा सहयोग र सतत विकासलाई अघि बढाउने।

कृषि उडान : सेप्टेम्बर 2020 मा शुरु गरिएको कृषि उडान पहलले विशेष गरी आदिवासी अनि पूर्वोत्तर राज्यहरूलाई फाइदा पुऱ्याउनका लागि कृषि उब्जनी र चाँडै नाश हुने वस्तुहरूको तीव्र गतिले परिवहनलाई सक्षम बनाउँदछ। अपरेशन ग्रीन्स योजनासँग मिलेर यसमा 50 प्रतिशत माल ढुवानी सहायता, बहुविध परिवहन विकल्प अनि बागवानी तथा यससँग जोडिएका उब्जनीहरूलाई यसले समेट्दछ।
जीवनरेखा उडान : मार्च 2020 मा कोभिड-19 लकडाउनका समय, यो विशेष पहल निर्बाध चिकित्सा अनि आवश्यक आपूर्ति सुनिश्चित गर्नका लागि शुरु गरिएको थियो। यस अन्तर्गत 588 भन्दा धेरै उडानको माध्यमद्वारा 5.45 लाख किलोमिटरको परिधिमा 1,000 टन मालको ढुवानी गरियो। यसमा विशे, गरी पूर्वोत्तर क्षेत्र, द्वीप अनि पार्वत्य इलाकाहरूमाथि ध्यान केन्द्रित गरिएको थियो। जीवनरेखा उडानले कोभिड प्रयोगशाला स्थापित गर्न, चिकित्सा टोलीको परिवहन अनि विशाखापत्तनममा ग्यास चुहावट जस्तो आपात स्थितिलाई सम्बोधित गर्न पनि सहायता प्रदान गरेको थियो।
ग्रीनफील्ड हवाई अड्डा नीति : ग्रीनफील्ड हवाई अड्डा नीतिले भारतको उड्डयन बुनियादी पूर्वाधार विस्तार गर्नका साथै मेट्रो केन्द्रहरूमा भीड घटाउनका लागि प्रयोगमा नरहेको भूमिमा सार्वजनिक-निजी भागीदारीको माध्यमद्वारा नयाँ हवाई अड्डा निर्माण गर्नका लागि रूपरेखा प्रदान गर्दछ।
यात्रा अनुभवलाई उत्तम बनाउनु : यात्रा अनुभवलाई उत्तम बनाउनु, निरर्थक रूपमा हुने कठिनाई घटाउनु र समयको बचत गर्नुका लागि सरकारले डिजी यात्रासहित कैयौं पहल शुरु गरेको छ। वर्ष 2022 मा लागू डिजी यात्राले अनुहारको पहिचानको तकनिकी उपयोग गरी यात्रीहरूलाई कागजरहित, सम्पर्करहित आवागमन अनि जाँच प्रक्रिया सक्षम बनाएको छ। मार्च 2025 सम्म 52 करोड 20 लाखभन्दा धेरै यात्रीले यस सुविधाको उपयोग गरेका थिए। डिजी यात्रा एप एण्ड्रोयडका साथसाथै आइओएस प्लेटफर्ममा पनि उपलब्ध छ र यसलाई अहिलेसम्म 12 करोड 10 लाखभन्दा धेरै उपयोगकर्ताले डाउनलोड गरिसकेका छन्।
उडान प्रशिक्षण अनि पाइलट विकास : सरकारले आउँदो 10-15 वर्षमा 30,000-34,000 पाइलटको अनुमानित माग पूरा गर्नका लागि उडान प्रशिक्षण सङ्गठन (एफटीओ) अनि वाणिज्यिक पाइलट लाइसेन्सिङ विस्तार गरिरहेको छ। डीजीसीएले लैङ्गिक समावेशनलाई बढावा दिनका लागि 13-18 प्रतिशत महिला पाइलटका साथमा 2025 सम्म सबै उड्डयन भूमिकामा महिलाहरूको 25 प्रतिशत प्रतिनिधित्त्वको लक्ष्य राखेको छ।
ड्रोन नियम 2021, उत्पादनसँग जोडिएको प्रोत्साहन योजना (पीएलआइ) : ड्रोन नियम, 2021 अन्तर्गत नियमहरूलाई सरल बनाउँदै व्यापक व्यावसायिक उपयोगलाई सक्षम बनाई भारतको ड्रोन क्षेत्रलाई उदार बनाइएको छ। यसको पूरकका रूपमा उत्पादनसँग जोडिएको प्रोत्साहन (पीएलआइ) योजना अन्तर्गत वित्त वर्ष 2024-25 मा ₹34.79 करोड वितरित गरियो, जसले स्वदेशी विनिर्माणलाई प्रोत्साहित गर्नका साथै आयातमाथि निर्भरता घटाएको छ, जुन कारण भारतमा ड्रोनको निम्ति आत्मनिर्भर अनि अनुकूल परिवेशले बढावा पाएको छ।
भारतीय वायुयान अधिनियम, 2024 : वैधानिक सुधारको उद्देश्य समकालीन आवश्यकता अनि वैश्विक मानक अनुरूप विमान अधिनियम, 1934 लाई पुनः अधिनियमित गरी भारतको उड्डयन क्षेत्रको आधुनिकीकरण गर्नुरहेको छ। शिकागो अभिसन्धि अनि आइसीएओ जस्ता अन्तरराष्ट्रिय सम्मेलन अनुरूप यस नयाँ कानुनले मेक इन इण्डिया र आत्मनिर्भर भारत पहल अन्तर्गत स्वदेशी विनिर्माणलाई बढावा दिनका साथै लाइसेन्स जारी गर्ने प्रक्रियाको सरलीकरण जस्ता नियामक प्रक्रियालाई सुव्यवस्थित गर्दछ। यस अधिनियमले अनावश्यक नियमहरू हटाउनका साथै अपीलको प्रावधान प्रदान गर्दछ।
निष्कर्ष :
भारतको नागरिक उड्डयन क्षेत्र सबैभन्दा तेज गतिले बढिरहेको क्षेत्रमध्ये एक बनी उदाएको छ, जुन कारण यो देश विश्वमा तेस्रो सबैभन्दा विशाल घरेलु उड्डयन बजार बन्नपुगेको छ। देशमा यात्री यातायातमा अभूतपूर्व वृद्धि, क्षेत्रीय सम्पर्कको विस्तार अनि उड्डयन पूर्वाधारको आधुनिकीकरण जारी छ। यस कारण, मन्त्रालयको प्रयास लाखौं जनमानसको यात्रा अनुभवलाई उत्तम बनाउन, आर्थिक समृद्धिलाई बढावा दिन, सुदृढताका साथ राष्ट्रको एकिकरण र भारतलाई विकसित राष्ट्र बनाउने आफ्नो लक्ष्य – विकसित भारत@2047 –को दिशामा आत्मविश्वासका साथ बढ्नका लागि सशक्त बनाउने काम गरिरहेको छ।
सन्दर्भ :
https://www.iata.org/en/iata-repository/publications/economic-reports/the-value-of-air-transport-to-india
https://www.pib.gov.in/PressNoteDetails.aspx?NoteId=152143&ModuleId=3
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2123537
https://www.pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2066445
https://sansad.in/getFile/annex/266/AU669_kOqHSU.pdf?source=pqars#:~:text=Out%20of%20which%2C%20RCS%20flights,economic%20growth%2C%20and%20enhance%20tourism
https://www.iata.org/en/iata-repository/publications/economic-reports/the-value-of-air-transport-to-india
*******
एमपीएस/टीडब्ल्यूबी
(Release ID: 2182052)
Visitor Counter : 4