प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले इण्डिया मोबाइल कङ्ग्रेस 2025 लाई सम्बोधन गरे
इण्डिया मोबाइल कङ्ग्रेस र दूरसञ्चार क्षेत्रमा देशको सफलताले आत्मनिर्भर भारतको दृष्टिकोणको मजबुतीलाई प्रतिबिम्बित गर्दछ: प्रधानमन्त्री
आज देशमा लगभग हरेक जिल्लामा 5जी छ, जसले कुनै समय 2जीको लागि सङ्घर्ष गरिरहेका थिए: प्रधानमन्त्री
भारतले आफ्नो मेड इन इण्डिया 4जी स्ट्याक शुरु गरेको छ, यो देशको लागि एक ठूलो स्वदेशी उपलब्धि हो। यसका साथै भारत विश्वका ती पाँच देशहरूको सूचीमा सामेल भएको छ जससँग यो क्षमता छ: प्रधानमन्त्री
हामीसँग विश्वको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार बजार, दोस्रो सबैभन्दा ठूलो 5जी बजार, नेतृत्व गर्नका लागि जनशक्ति, गतिशीलता र मानसिकता छ: प्रधानमन्त्री
भारतमा डिजिटल कनेक्टिभिटी अब एक विशेषाधिकार वा विलासिता रहेन, यो अब हरेक भारतीयको जीवनको एक अभिन्न अङ्ग हो: प्रधानमन्त्री
यो निवेश गर्ने, नवाचार गर्ने र भारतमा निर्माण गर्ने सबैभन्दा उत्तम समय हो! : प्रधानमन्त्री
मोबाइल, दूरसञ्चार, इलेक्ट्रोनिक्स र सम्पूर्ण प्रविधि पारिस्थितिकी तन्त्रमा, चाहे जुनसुकै वैश्विक अवरोधहरू छन्, भारतसँग विश्वलाई समाधान प्रदान गर्ने अवसर छ: प्रधानमन्त्री
Posted On:
08 OCT 2025 12:40PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको यशोभूमिमा एशियाको सबैभन्दा ठूलो दूरसञ्चार, मिडिया तथा प्रविधि कार्यक्रम, इण्डिया मोबाइल कङ्ग्रेस (आईएमसी) 2025 को 9औँ संस्करणको उद्घाटन गरे। इण्डिया मोबाइल कङ्ग्रेसको विशेष संस्करणमा सबै गणमान्य व्यक्तिहरूलाई स्वागत जनाउँदै श्री मोदीले भने अनुसार धेरै स्टार्टअपहरूले वित्तीय धोकाधड़ी रोकथाम, क्वान्टम कम्युनिकेशन, 6जी, अप्टिकल कम्युनिकेशन र सेमीकन्डक्टर लगायतका महत्त्वपूर्ण विषयहरूमा प्रस्तुति दिए। प्रधानमन्त्रीले टिप्पणी गरे अनुसार यस्ता महत्त्वपूर्ण विषयहरूमा प्रस्तुति देखेर भारतको प्राविधिक भविष्य सक्षम हातहरूमा रहेको विश्वासलाई मजबुत बनाउँछ। उनले यस कार्यक्रम र सबै नयाँ पहलहरूको लागि शुभकामना व्यक्त गरे।
इण्डिया मोबाइल कङ्ग्रेस मोबाइल र दूरसञ्चारभन्दा अघि बढ़ेर केही वर्षमा एशियाको सबैभन्दा ठूलो डिजिटल प्रविधि मञ्चको रूपमा उदाएको कुरामाथि प्रकाश पार्दै प्रधानमन्त्रीले यो सफलताको कहानी कसरी लेखियो र यसलाई कसले अघि बढ़ाएको हो भन्ने सवाल उठाए र यसलाई भारतको प्रविधि-प्रेमी मानसिकता आकार दिएको छ, जसको नेतृत्व युवाहरूले गरेका छन् अनि जुन देशका प्रतिभाहरूबाट प्रेरित रहेको बताए।
प्रधानमन्त्रीले टिप्पणी गरे अनुसार नवोन्मेषक र स्टार्टअपहरूले यो विकासलाई गति प्रदान गरेका छन्, जुन देशको क्षमतासँग दृढतापूर्वक उभिएको सरकारद्वारा सम्भव भएको हो। उनले टेलिकम टेक्नोलोजी विकास कोष र डिजिटल कम्युनिकेशन इनोभेशन स्क्वायर जस्ता पहलहरू उद्धृत गरे, जसको माध्यमद्वारा स्टार्टअपहरूलाई वित्त पोषित गरिँदैछ। प्रधानमन्त्रीले भने अनुसार सरकारले उत्पाद विकासलाई सक्षम बनाउनका लागि 5जी, 6जी, उन्नत अप्टिकल सञ्चार, र टेरा-हर्ट्ज जस्ता प्रविधिहरूको लागि परीक्षण केन्द्रहरूलाई वित्तपोषण गरिरहेको छ। उनले के कुरामा जोड दिए भने स्टार्टअप र प्रमुख शोध संस्थानहरू बीच साझेदारीलाई सहज बनाइँदैछ र सरकारी सहयोगमा भारतीय उद्योग, स्टार्टअप र शिक्षा जगतले विभिन्न क्षेत्रहरूमा सहयोग गरिरहेका छन्। उनले उल्लेख गरे अनुसार भारत हरेक क्षेत्रमा अगाडि बढिरहेको छ - स्वदेशी प्रविधिहरूको विकास र विस्तार, अनुसन्धान एवं विकासको माध्यमद्वारा बौद्धिक सम्पदा सिर्जना गर्ने र वैश्विक मानकहरूमा योगदान पुऱ्याउने काम भइरहेको छ। उनले अघि जनाए अनुसार यी प्रयासहरूले भारतलाई वैश्विक मञ्चमा एक प्रभावकारी मञ्चको रूपमा स्थापित गरेका छन्।
प्रधानमन्त्रीले भने, “इण्डिया मोबाइल कङ्ग्रेस र दूरसञ्चार क्षेत्रमा भारतको सफलताले आत्मनिर्भर भारतको दृष्टिकोणको मजबुतीलाई प्रतिबिम्बित गर्दछ। उनले ‘मेक इन इण्डिया’ को विचारलाई कसरी की संशयवादीहरूले एक पटक उपहास गरेका थिए जसले भारतको प्राविधिक रूपमा उन्नत उत्पादहरू बनाउने क्षमतामा सन्देह गर्थे अनि पहिलेका सरकारहरूको शासनकालमा नयाँ प्रविधिहरूलाई अपनाउन दशकौँको ढिलाइलाई उद्धृत गर्थे।” श्री मोदीले राष्ट्रले निर्णायक प्रतिक्रिया दिएको पुष्टि गरे। उनले के कुरामा प्रकाश पारे भने जुन देश कुनै समय 2जी सँग सङ्घर्ष गरिरहेको थियो, त्यो अहिले लगभग हरेक जिल्लामा 5जी कभरेज छ। अनि उनले थप जनाए अनुसार 2014 देखि इलेक्ट्रोनिक्स उत्पादनमा छः गुणा वृद्धि भएको छ, मोबाइल फोन निर्माणमा अट्ठाइस गुणा वृद्धि भएको छ, जबकि यसको निर्यातमा एक सय सत्ताइस गुणा वृद्धि भएको छ। पछिल्लो एक दशकमा, मोबाइल फोन निर्माण क्षेत्रले लाखौँ प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। उनले एक प्रमुख स्मार्टफोन कम्पनीको हालैको आँकड़ालाई उद्धृत गरे, जसमा के देखाइएको छ भने 45 भारतीय कम्पनीहरू अहिले यसको आपूर्ति शृङ्खलाका हिस्सा छन्, जसले लगभग 3.5 लाख नोकरी पैदा भइरहेको छ - केवल एक कम्पनीबाट। प्रधानमन्त्रीले जोड दिँदै भने अनुसार देशभरिमा धेरै कम्पनीहरूले ठूलो मात्रामा विनिर्माण गरिरहेका छन्, अनि जब अप्रत्यक्ष अवसरहरूलाई जोड़िन्छ, तब रोजगारीको आँकड़ा अझ धेरै महत्त्वपूर्ण हुन जान्छ।
“भारतले हालै आफ्नो मेड-इन-इण्डिया 4जी स्ट्याक शुरु गरेको छ, जुन एक प्रमुख स्वदेशी उपलब्धि हो, यससँगै भारत अब यो क्षमता भएका वैश्विक रूपमा पाँच देशहरूको सूचीमा सामेल भएको छ”, श्री मोदीले यसलाई डिजिटल आत्मनिर्भरता र प्राविधिक स्वतन्त्रतातर्फको महत्त्वपूर्ण कदम भएको टिप्पणी गरे। उनले स्वदेशी 4जी र 5जी स्ट्याकको माध्यमद्वारा भारतले निर्बाध कनेक्टिभिटी मात्र सुनिश्चित गर्ने नभई आफ्ना नागरिकहरूलाई उच्च-गतिको इन्टरनेट र विश्वसनीय सेवाहरू पनि प्रदान गर्ने बताए।
प्रधानमन्त्रीले जानकारी दिए अनुसार 4जी स्ट्याक शुरुआतको दिन देशभरिमा लगभग एक लाख 4जी टावरहरू एक साथ सक्रिय भएका थिए, जसले दुई करोडभन्दा अधिक मानिसहरूलाई भारतको डिजिटल आन्दोलनको हिस्सा बन्न सक्षम बनायो। उनले के कुरामा जोड दिए भने यी मध्ये धेरै क्षेत्रहरू पहिलाबाटै दुर्गम थिए र डिजिटल कनेक्टिभिटीमा पछाडि थिए, तर अहिले इन्टरनेटको पहुँच त्यस्ता सबै क्षेत्रहरूसम्म पुगेको छ।
श्री मोदीले भारतको मेड-इन-इण्डिया 4जी स्ट्याकको एक अर्को प्रमुख विशेषता - यसको निर्यात तयारी - माथि प्रकाश पारे। उनले भने अनुसार यो स्वदेशी स्ट्याकले भारतको व्यावसायिक विस्तारको लागि एक माध्यमको रूपमा काम गर्नेछ र ‘भारत 6जी भिजन 2030’ लाई प्राप्त गर्नमा महत्त्वपूर्ण योगदान दिनेछ।
भारतको प्रविधि क्रान्ति पछिल्लो एक दशकमा द्रुत गतिमा अगाडि बढेको छ र यो गति र मापनसँग मेल खाने गरी बलियो कानुनी र आधुनिक नीतिगत जग लामो समयदेखि आवश्यक रहेको कुरामा जोड दिँदै प्रधानमन्त्रीले दूरसञ्चार अधिनियमको कार्यान्वयनमा जोड दिए, जसले पुरानो भइरहेको भारतीय टेलिग्राफ अधिनियम र भारतीय वायरलेस टेलिग्राफ अधिनियमको स्थान लियो - यी यस्ता कानूनहरूथिए, जुन आजका धेरै नागरिकहरूको जन्मभन्दा पहिलेका थिए। श्री मोदीले 21 औँ शताब्दीका दृष्टिकोणहरूसँग मिल्दोजुल्दो एक नयाँ ढाँचा स्थापना गर्ने आवश्यकतामाथि जोड दिए, जुन सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको छ। उनले टिप्पणी गरे अनुसार नयाँ कानून एक नियामकको रूपमा होइन, तर सहजकर्ताको रूपमा काम गर्दछ। उनले अघि जनाए अनुसार मञ्जुरीहरू सहज भएका छन् र राइट-अफ्-वेका अनुमतिहरू अहिले अझ छिटो गरेर प्रदान गरिन्छ। श्री मोदीले भने अनुसार यसको परिणामस्वरूप फाइबर र टावर नेटवर्कको विस्तार तीव्र गतिमा बढिरहेको छ, जसले व्यवसाय गर्न सजिलो भइरहेको छ, निवेशलाई बढ़ावा मिलिरहेको छ र उद्योगहरूलाई दीर्घकालीन योजना बनाउनमा पनि मद्दत मिलिरहेको छ।
प्रधानमन्त्रीले जोड दिँदै भने अनुसार देशमा साइबर सुरक्षालाई समान प्राथमिकता दिइँदैछ। उनले भने, साइबर धोकाधड़ी विरुद्धको कानूनलाई कठोर बनाइएको छ, जवाफदेहिता बढाइएको छ र शिकायत निवारण संयन्त्रहरूमा सुधार गरिएको छ। उनले यी उपायहरूबाट उद्योग र उपभोक्ता दुवैले धेरै लाभ उठाइरहेको टिप्पणी गरे।
विश्वले भारतको सम्भावनालाई तीव्र गतिमा पहिचान गरिरहेको कुरामाथि जोड दिँदै प्रधानमन्त्रीले भारतले वैश्विक रूपमा दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार बजार र दोस्रो सबैभन्दा ठूलो 5जी बजारको स्थान ओगटेको कुरामा जोड दिए। बजार मजबुतीका साथ-साथै भारतसँग जनशक्ति, गतिशीलता र एक प्रगतिशील मानसिकता पनि छ। श्री मोदीले जोड दिए अनुसार जब जनशक्तिको कुरा आउँछ, तब भारतले मात्रा र कौशल दुवैको प्रदर्शन गर्दछ। उनले उल्लेख गरे अनुसार भारत विश्वको सबैभन्दा ठूलो युवा आबादीको घर हो र यो पुस्तालाई ठूलो मात्रामा प्रशिक्षित गरिँदैछ। उनले भने, आज भारतमा विश्वमा सबैभन्दा तीव्र रूपमा बढ्दो विकासक आबादी छ।
भारतमा एक जीबी वायरलेस डेटाको मूल्य अब एक कप चियाको मूल्य भन्दा कम छ भन्ने कुरा उल्लेख गर्दै श्री मोदीले प्रति-प्रयोगकर्ता डेटा खपतको मामिलामा भारत अग्रणी राष्ट्रहरूमा पर्छ भन्ने कुरामा प्रकाश पारे, जसले के दर्शाउँछ भने डिजिटल कनेक्टिभिटी अब एक विशेषाधिकार वा विलासिता होइन, तर दैनिक जीवनको एक अभिन्न अङ्ग हो।
“भारत उद्योग र निवेश विस्तारमा केन्द्रित मानसिकताका साथ अग्रणी छ”, श्री मोदीले भने, देशको लोकतान्त्रिक व्यवस्था, सरकारको स्वागतयोग्य दृष्टिकोण र व्यवसाय गर्न सहज नीतिहरूले भारतलाई निवेशक अनुकूल गन्तव्यको रूपमा स्थापित गरेको कुरामा जोड दिँदै भने। उनले भारतको डिजिटल सार्वजनिक बुनियादी ढाँचाको सफलतालाई सरकारको डिजिटल-प्रथम मानसिकताको प्रमाणको रूपमा उल्लेख गरे। पूर्ण विश्वासका साथ प्रधानमन्त्रीले घोषणा गरे, “यो निवेश, नवाचार र मेक इन इण्डियाको सबैभन्दा उत्तम समय हो!” उनले पुष्टि गरे अनुसार विनिर्माणदेखि लिएर सेमीकन्डक्टर, मोबाइलदेखि लिएर इलेक्ट्रोनिक्स र सबै क्षेत्रमा स्टार्टअपसम्म, भारत सम्भावना र ऊर्जाले भरिपूर्ण छ।
लाल किल्लाबाट आफ्नो हालैको स्वतन्त्रता दिवसको सम्बोधनलाई स्मरण गर्दै, जहाँ उनले चालू वर्षलाई प्रमुख सुधार र रूपान्तरणकारी परिवर्तनको रूपमा घोषणा गरेका थिए, प्रधानमन्त्रीले भने अनुसार सुधार तीव्र गतिमा बढिरहेको छ, जसले गर्दा उद्योग र नवप्रवर्तकहरूको जिम्मेवारी बढ्दै गएको छ। उनले स्टार्टअप र युवा नवप्रवर्तकहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिए, जसले आफ्नो गति र जोखिम उठाउने क्षमताको माध्यमद्वारा नयाँ मार्ग र अवसर पैदा गरिरहेका छन्। श्री मोदीले यस वर्ष इण्डिया मोबाइल कङ्ग्रेसले 500 भन्दा अधिक स्टार्टअपहरूलाई आमन्त्रित गरेकोमा सन्तुष्टि व्यक्त गरे, जसले गर्दा उनीहरूलाई निवेशक र वैश्विक सल्लाहकारहरूसँग जोडिने बहुमूल्य अवसर प्रदान गरिएको छ।
यस क्षेत्रको विस्तारमा स्थापित कम्पनीहरूले बढ्दो भूमिका खेल्दै आएको कुरामा जोड़ दिँदै श्री मोदीले टिप्पणी गरे अनुसार यी कम्पनीहरूले मजबुत अनुसन्धान र विकास क्षमताहरूका साथ देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि स्थिरता, मात्रा र दिशा प्रदान गर्छन्। “स्टार्टअपको गति र स्थापित कम्पनीहरूले एक साथ मिलेर काम गर्दा भारत सशक्त हुनेछ”, प्रधानमन्त्रीले जोड दिए।
उद्योगका धेरै महत्वपूर्ण क्षेत्रहरूलाई युवा स्टार्टअप नवप्रवर्तक, शिक्षाविद्, शोध समुदाय र नीति निर्माताहरूबाट सहयोगात्मक प्रयासहरूको आवश्यकता पर्ने कुरामा जोड दिँदै प्रधानमन्त्रीले के आशा व्यक्त गरे भने इण्डिया मोबाइल कङ्ग्रेस जस्ता मञ्चहरूले यस्तो संवादको लागि प्रभावकारी उत्प्रेरकको रूपमा काम गर्नेछन्। उनले मोबाइल, दूरसञ्चार, इलेक्ट्रोनिक्स र व्यापक प्रविधि पारिस्थितिकी तन्त्रमा वैश्विक आपूर्ति शृङ्खला व्यवधानहरूमा ध्यान दिन आग्रह गर्दै भने कि जहाँ पनि वैश्विक अड़चनहरू छन्, भारतसँग समाधान प्रस्तुत गर्ने अवसर छ। श्री मोदीले सेमीकन्डक्टर निर्माणको उदाहरण उद्धृत गरे, जहाँ पहिला क्षमता केही देशहरूसम्म सीमित थियो र अहिले विश्वले विविधीकरण चाहन्छ। उनले थप पुष्टि गरे अनुसार भारतले यस दिशामा महत्त्वपूर्ण कदम चालेको छ अनि देशभरिमा दस सेमीकन्डक्टर निर्माण एकाइहरूमा काम चलिरहेको छ।
प्रधानमन्त्रीले भने, इलेक्ट्रोनिक्स निर्माणमा वैश्विक कम्पनीहरूले यस्ता विश्वसनीय साझेदारहरूको खोजी गरिरहेका छन् जसले मात्रा र विश्वसनीयता दुवै प्रदान गर्न सक्छन्। उनले के कुरामा जोड दिए भने विश्वलाई दूरसञ्चार नेटवर्क उपकरणको डिजाइन र निर्माणको लागि पनि विश्वसनीय साझेदारहरूको आवश्यकता छ अनि एक महत्त्वपूर्ण प्रश्न उठाए - भारतीय कम्पनीहरूले यस्तो किन गर्न सक्दैनन्? विश्वसनीय वैश्विक आपूर्तिकर्ता र डिजाइन साझेदार बन्न सक्दैनन्?
श्री मोदीले मोबाइल निर्माणमा चिपसेट, ब्याट्री, डिस्प्ले र सेन्सर जस्ता घटकहरूको उत्पादन देशमै गर्नुपर्ने टिप्पणी गरे। उनले भने, विश्वले पहिलेभन्दा धेरै अधिक डेटा उत्पन्न गरिरहेको छ, जसले गर्दा भण्डारण, सुरक्षा र सम्प्रभुताका मुद्दाहरू अत्यन्तै महत्त्वपूर्ण भएर गएका छन्। प्रधानमन्त्रीले के कुरामा जोड़ दिए भने डेटा केन्द्र र क्लाउड पूर्वाधारमा कामलाई अगाडि बढाएर भारतमा एक वैश्विक डेटा केन्द्रको रूपमा उदाउने क्षमता रहेको छ। प्रधानमन्त्रीले आगामी सत्रहरू उही दृष्टिकोण र ध्यान केन्द्रित गर्दै जारी रहने आशा व्यक्त गर्दै आफ्नो सम्बोधनको समापन गरे। उनले फेरि एक पटक सम्पूर्ण भारत मोबाइल कङ्ग्रेस कार्यक्रमको लागि सबै सहभागीहरूलाई शुभकामना व्यक्त गरे।
यस कार्यक्रममा केन्द्रीय मन्त्री श्री ज्योतिरादित्य सिन्धिया, डा. चन्द्रशेखर पेम्मासानी सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
पृष्ठभूमि
दूरसञ्चार विभाग (डीएटी) र भारतीय सेलुलर अपरेटर सङ्घ (सीओएआई) द्वारा संयुक्त रूपमा आयोजित इण्डिया मोबाइल कङ्ग्रेस (आईएमसी) 2025 को आयोजन 8 देखि 11 अक्टोबरसम्म इनोभेट टु ट्रान्सफर्म विषयवस्तु अन्तर्गत गरिनेछ, जसमा डिजिटल परिवर्तन र सामाजिक प्रगतिको लागि नवाचारको लाभ उठाउनका लागि भारतको प्रतिबद्धतालाई प्रकाश पार्नेछ।
आईएमसी 2025 ले दूरसञ्चार र उदीयमान प्रविधिहरूमा भएका नवीनतम प्रगतिहरूलाई प्रदर्शन गर्नेछ, जसले वैश्विक नेता, नीति निर्माता, उद्योग विशेषज्ञ र नवप्रवर्तकहरूलाई एक साथ ल्याउनेछ। यो कार्यक्रम अप्टिकल कम्युनिकेशन, टेलिकममा सेमीकन्डक्टर, क्वान्टम कम्युनिकेशन, 6जी र धोखाधडी जोखिम सङ्केतक जस्ता प्रमुख विषयहरूमा केन्द्रित हुनेछ, जसले अघिल्लो पुस्ताको कनेक्टिभिटी, डिजिटल सम्प्रभुता, साइबर धोखाधडी रोकथाम र वैश्विक प्रविधि नेतृत्वमा भारतका रणनीतिक प्राथमिकताहरूलाई प्रतिबिम्बित गर्दछ।
150 भन्दा अधिक देशका 1.5 लाखभन्दा अधिक आगन्तुक, 7,000 भन्दा अधिक वैश्विक प्रतिनिधि र 400 भन्दा अधिक कम्पनीहरूले भाग लिने अपेक्षा गरिएको छ। 5जी/6जी, एआई, स्मार्ट मोबिलिटी, साइबर सुरक्षा, क्वान्टम कम्प्युटिङ र हरित प्रविधि जस्ता क्षेत्रहरूमा 1,600 भन्दा अधिक नयाँ प्रयोग-मामिला 100 भन्दा अधिक सत्र र 800 भन्दा अधिकवक्ताहरूको माध्यमद्वारा प्रदर्शन गरिनेछ।
आईएमसी 2025 ले अन्तर्राष्ट्रिय सहकार्यलाई पनि जोड दिन्छ, जसमा जापान, क्यानडा, युनाइटेड किङ्गम, रूस, आयरल्याण्ड र अस्ट्रियाका प्रतिनिधिमण्डलहरू कार्यक्रममा सहभागी हुनेछन्।
********
एमजेपीएस/एसआर
(Release ID: 2176448)
Visitor Counter : 4
Read this release in:
Odia
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Bengali
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam