युवा मामिला तथा खेलकुद मन्त्रालय
azadi ka amrit mahotsav

युवा मामिला तथा खेल मन्त्रालयद्वारा राष्ट्रिय युवा पुरस्कार 2024 को लागि नामाङ्कन आमन्त्रित



नामाङ्कन 30 सेप्टेम्बर, 2025 सम्म अनलाइन पेश गर्न सकिनेछ

Posted On: 25 AUG 2025 1:44PM by PIB Gangtok

भारत सरकारको युवा मामिला तथा खेलमन्त्रालयले राष्ट्रिय युवा पुरस्कार (एनवाईए) 2024 को लागि नामाङ्कनहरू आमन्त्रित गरेको छ। यो पुरस्कारको उद्देश्य युवाहरूलाई (15-29 वर्ष उमेरका) राष्ट्रिय विकास वा सामाजिक सेवाको क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्नु हो; युवाहरूलाई समुदायप्रति जिम्मेवारीको भावना विकास गर्न प्रोत्साहित गर्नु हो र यसरी असल नागरिकको रूपमा आफ्नो व्यक्तिगत क्षमता सुधार गर्नु हो; अनि राष्ट्रिय विकास र/वा सामाजिक सेवाको लागि युवाहरूसँग काम गर्ने स्वयंसेवी संस्थानहरूले गरेको उत्कृष्ट कार्यलाई मान्यता प्रदान गर्नु हो।

राष्ट्रिय युवा पुरस्कारहरू सामान्यतया राष्ट्रिय युवा महोत्सवको समयमा प्रदान गरिन्छ। यो पुरस्कार दुई वर्गमा प्रदान गरिन्छ:

1. व्यक्तिगत वर्ग

2. सङ्गठन वर्ग

प्रत्येक वर्ष दिइने पुरस्कारहरूको सङ्ख्या सामान्यतया व्यक्तिगत वर्गको लागि 20 र सङ्गठन वर्गको लागि पाँचभन्दा अधिक हुने छैन। यद्यपि, यो योग्य अवस्थामा स्वीकृति दिने अधिकारीको विवेकमा फरक पर्न सक्छ।

व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कारमा पदक, प्रमाणपत्र र रु. 1,00,000/- को पुरस्कार रकम सामेल हुनेछन्। स्वैच्छिक युवा संस्थानहरूलाई प्रदान गरिने पुरस्कारमा पदक, प्रमाणपत्र र रु 3,00,000/- को पुरस्कार रकम सामेल हुनेछन्।

एनवाईए- 2024 को लागि नामाङ्कन https://awards.gov.in पोर्टलको माध्यमद्वारा अनलाइन आमन्त्रित गरिएको छ। आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर, 2025 सम्म बढाइएको छ। विस्तृत दिशानिर्देश र योग्यता मापदण्ड पोर्टलमा उपलब्ध छन्।

स्वास्थ्य, अनुसन्धान र नवाचार, संस्कृति, मानव अधिकारको प्रवर्द्धन, कला र साहित्य, पर्यटन, परम्परागत चिकित्सा, सक्रिय नागरिकता, सामुदायिक सेवा, खेलकुद र शैक्षिक उत्कृष्टता, र स्मार्ट लर्निङ जस्ता विकास गतिविधिहरू र सामाजिक सेवाका विभिन्न क्षेत्रहरूमा युवाहरूको लागि पहिचानयोग्य उत्कृष्ट काम देखाउने व्यक्ति/संस्थानहरूलाई 30 सेप्टेम्बर, 2025 सम्ममा https://awards.gov.in. अवार्ड पोर्टलको माध्यमद्वारा मात्र आफ्नो नामाङ्कन प्रस्तुत गर्नका लागि प्रोत्साहित गरिन्छ।

*****


(Release ID: 2160656)