आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

मन्त्रिपरिषद्ले कोटा-बुन्दी (राजस्थान) मा 1507.00 करोड रुपियाँको अनुमानित लागतमा ग्रीन फिल्ड विमानस्थलको विकासलाई मञ्जुरी दियो


Posted On: 19 AUG 2025 3:13PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिले आज कोटा-बुन्दी (राजस्थान) मा 1507.00 करोड रुपियाँको अनुमानित लागतमा ग्रीन फिल्ड विमानस्थलको विकासको लागि भारतीय विमानस्थल प्राधिकरण (एएआई) को प्रस्तावलाई मञ्जुरी दिएको छ।

चम्बल नदीको किनारमा अवस्थित कोटालाई राजस्थानको औद्योगिक राजधानीको रूपमा मान्यता दिइएको छ। यसका साथै, कोटा भारतको शैक्षिक कोचिङ केन्द्रको रूपमा प्रख्यात छ।

राजस्थान सरकारले ए-321 प्रकारको विमान सञ्चालनको लागि उपयुक्त ग्रीनफिल्ड विमानस्थलको विकासको लागि 440.06 हेक्टर जमिन एएआईलाई हस्तान्तरण गरेको छ। यस परियोजनामा 20,000 वर्ग मिटर क्षेत्रफलमा फैलिएको एक टर्मिनल भवनको निर्माण सामेल छ, 1000 व्यस्त समयका यात्रीहरू (पीएचपी) लाई सम्हाल्नमा सक्षम हुनेछ अनि जसको जसको वार्षिक क्षमता 2 मिलियन प्रति वर्ष (एमपीपीए) हुनेछ। यसमा 3200 मिटर x 45 मिटर आकार भएको रनवे 11/29, ए-321 प्रकारको विमानको लागि 07 पार्किङ बे को साथ एक एप्रन, दुई लिङ्क ट्याक्सीवे, एटीसी तथा टेक्निकल ब्लक, फायर स्टेशन, कार पार्क र सम्बद्ध कार्यहरू सामेल छन्।

कोटाको शैक्षिक र औद्योगिक क्षेत्रहरूमा प्रमुखताले यो ग्रीनफिल्ड विमानस्थललाई एक महत्त्वपूर्ण पूर्वाधार परियोजना बनाउँछ, जसको उद्देश्य यस क्षेत्रमा अनुमानित यातायात विकासलाई सम्बोधन गर्नु हो।

विद्यमान कोटा विमानस्थल भारतीय विमानस्थल प्राधिकरण (एएआई) को स्वामित्वमा छ। यसमा 1220 मिटर x 38 मिटर आकारको एक रनवे (08/26) सामेल छ, जुन कोड ‘बी’ विमान (जस्तै डीओ-228) को लागि उपयुक्त छ र एक एप्रन छ, जसले दुईवटा विमानलाई समायोजन गर्न सक्छ। टर्मिनल भवन 400 वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ र व्यस्त समयमा 50 जना यात्रुहरूलाई सम्हाल्न सक्षम छ। अपर्याप्त भूमि उपलब्धता र विमानस्थल वरपरको शहरीकरणका कारण विद्यमान विमानस्थललाई व्यावसायिक सञ्चालनको लागि विकसित गर्न सकिँदैन।

**********


(Release ID: 2157958)