मन्त्रीमण्डल
मन्त्रिपरिषद्ले 5,801 करोड रुपियाँको परिव्ययका साथ 12 मेट्रो स्टेशन भएको 11.165 किलोमिटर लम्बाइको लखनऊ मेट्रो रेल परियोजनाको चरण-1बी-लाई मञ्जुरी दियो
Posted On:
12 AUG 2025 3:25PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रिपरिषद्ले उत्तर प्रदेशको लखनऊ मेट्रो रेल परियोजनाको चरण-1बी लाई मजुरी दिएको छ, जसमा 12 स्टेशनहरू - 7 भूमिगत र 5 उचाइमा) सहित 11.165 किलोमिटर लम्बाइको करिडोर हुनेछ। चरण-1बी सञ्चालनमा आएपछि लखनऊ शहरमा 34 किलोमिटर सक्रिय मेट्रो रेल नेटवर्क हुनेछ।
लाभ र विकासलाई बढ़ावा:
लखनऊ मेट्रो रेल परियोजनाको चरण-1बी ले शहरको बुनियादी ढाँचाको विकासमा एक महत्त्वपूर्ण प्रगतिलाई प्रतिनिधित्व गर्दछ। चरण-1ही ले शहरमा मेट्रो रेल नेटवर्कको एक ठूलो विस्तारको रूपमा काम गर्दछ।
राम्रो कनेक्टिभिटी:
लखनऊ मेट्रो परियोजनाको चरण-1बी मा लगभग 11.165 किलोमिटर नयाँ मेट्रो लाइन बिछ्याइनेछ, जसले शहरका सबैभन्दा पुराना र सबैभन्दा घना आबादी भएका इलाकाहरूमा सार्वजनिक परिवहनमा उल्लेखनीय सुधार गर्नेछ, जहाँ वर्तमानमा कुशल कनेक्टिभिटीको अभाव छ।
यस चरणले पुरानो लखनऊका प्रमुख क्षेत्रहरूलाई निर्बाध रूपमा एकीकृत गर्ने लक्ष्य राखेको छ, जसमा सामेल छन्:
- अमिनाबाद, याहियागञ्ज, पाण्डेगञ्ज र चौक जस्ता व्यावसायिक केन्द्रहरू
- महत्त्वपूर्ण स्वास्थ्य सेवा सुविधाहरू, विशेष गरी किङ जर्ज मेडिकल युनिभर्सिटी (मेडिकल कलेज)
- प्रमुख पर्यटक आकर्षण, जसमा बड़ा इमामबाड़ा, छोटा इमामबाड़ा, भूल भुलैया, घण्टाघर र रुमी दरवाजा सामेल छन्
- शहरको समृद्ध र ऐतिहासिक खाद्य संस्कृतिको लागि परिचित पाककला स्थल
यी महत्त्वपूर्ण क्षेत्रहरूलाई मेट्रो नेटवर्कसँग जोडेर, चरण-1बी ले कनेक्टिभिटी मात्र बढाउने छैन, तर आर्थिक गतिविधि, पर्यटनलाई पनि बढ़ावा दिनेछ अनि निवासी र आगन्तुकहरू दुवैको लागि शहरी गतिशीलतालाई सहज बनाउनेछ।
- यातायात भीडमा कमी: मेट्रो रेल एक कुशल वैकल्पिक सडक यातायातको रूपमा र लखनऊ शहरमा मेट्रो रेल नेटवर्कको विस्तारको रूपमा चरण-1बी सँग यातायातको भीड कम गर्ने अपेक्षा गरिएको छ र विशेष गरी पुरानो लखनऊका अत्यधिक भीडभाड हुने मार्गहरूमा प्रभावकारी हुनेछ। सडक यातायातमा कमीले वाहनहरूको सहज आवागमन, यात्रा समयमा कमी र समग्र सडक सुरक्षामा वृद्धि हुन सक्नेछ।
- पर्यावरणीय लाभ: चरण-1बी लखनऊ मेट्रो रेल परियोजना थपिने र लखनऊ शहरमा समग्र मेट्रो रेल नेटवर्कमा वृद्धिले परम्परागत जीवाश्म इन्धनमा आधारित परिवहनको तुलनामा कार्बन उत्सर्जनलाई उल्लेखनीय रूपमा कम गर्नेछ।
- आर्थिक विकास: यात्रा समय कमी र शहरका विभिन्न हिस्साहरू जस्तै विमानस्थल, रेलवे स्टेशन र बस डिपोसम्म राम्रो पहुँचले मानिसहरूलाई आफ्नो कार्यस्थल र गन्तव्यसम्म अधिक कुशलतापूर्वक पुग्न अनुमति दिएर उत्पादकतामा वृद्धि गर्न सक्नेछ। यसका साथै, राम्रो कनेक्टिभिटीले स्थानीय व्यवसायहरूलाई प्रोत्साहित गर्न सक्नेछ, विशेष गरी नयाँ मेट्रो स्टेशनहरू नजिकका क्षेत्रहरूमा जसले पहिले कम पहुँचयोग्य क्षेत्रहरूमा निवेश र विकासलाई पनि आकर्षित गर्न सक्छ।
- सामाजिक प्रभाव: लखनऊमा चरण-1बी मेट्रो रेल नेटवर्कको विस्तारले सार्वजनिक परिवहनसम्म अधिक न्यायसङ्गत पहुँच उपलब्ध गर्नेछ, जसले विविध सामाजिक-आर्थिक समूहहरूलाई लाभ पुग्नेछ र परिवहन असमानताहरू कम गर्नेछ, जसले यात्रा समय घटाएर र आवश्यक सेवाहरूमा पहुँच सुधार गरेर जीवनको उच्च गुणस्तरमा योगदान पुऱ्याउनेछ।
चरण-1बी लखनऊ मेट्रो रेल परियोजना शहरको लागि एक परिवर्तनकारी विकासको साबित हुनेछ। यसले राम्रो कनेक्टिभिटी, यातायातको भीडमा कमी, पर्यावरणीय लाभ, आर्थिक विकास र जीवनको गुणस्तरमा सुधार गर्ने वाचा गर्दछ। प्रमुख शहरी चुनौतीहरूलाई सम्बोधन गरेर र भविष्यको विस्तारको लागि आधार प्रदान गरेर चरण-1बी ले शहरको विकास मार्ग र स्थिरतालाई आकार दिनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
******
(Release ID: 2155510)
Read this release in:
Tamil
,
Kannada
,
Assamese
,
Bengali-TR
,
Bengali
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Punjabi
,
Gujarati
,
Odia
,
Telugu
,
Malayalam