प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा अहमदाबाद हवाई दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त


पीएमद्वारा दुर्घटनास्थलको दौडाहा, आपदापछि अथक काम गरिरहेका अधिकारी अनि टोलीसँग गरे भेटवार्ता

Posted On: 13 JUN 2025 10:53AM by PIB Gangtok

नयाँ दिल्ली, 13 जून 2025।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज त्रासदीपूर्ण अहमदाबाद हवाई दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गरेका छन्। उनीहरूले भोगिरहेका अथाह पीडा अनि क्षति स्वीकार गर्दै शोक सन्तप्त परिवारप्रति उनले संवेदना व्यक्त गरेका छन्।

आज श्री मोदीले स्थितिको प्रत्यक्ष निरीक्षण गर्न अहमदाबादमा दुर्घटना स्थलको भ्रमण गरे। उनले आपदापछि अथक रूपमा काम गरिरहेको आपातकालीन मोचन टोली अनि अधिकारीहरूसँग भेटवार्ता गरे।

एक्समा एउटा अलग पोस्टमा श्री मोदी लेख्छन् :

“अहमदाबादमा हवाई दुर्घटनाबाट हामी सबै स्तब्ध भएका छौं। अचानक अनि हृदयविदारक तरिकाले यति धेरै ज्यानको क्षतिलाई शब्दले बयान गर्नसकिँदैन। सबै शोक सन्तप्त परिवारप्रति संवेदना छ। उनीहरूको पीडा हामी बुझ्दछौं र उनीहरूले छोडी गएका खाली ठाउँ वर्षौंसम्म महसुस हुने कुरा पनि हामीलाई थाहा छ। ओम शान्ति।”

“आज अहमदाबादमा दुर्घटनास्थलको दौडाहा गरे। विनाशको दृश्य अति नै दुखदायी छ। दुर्घटनापछि अथक रूपमा काम गरिरहेका अधिकारी अनि टोलीसँग भेटवार्ता गरे। हाम्रो चिन्तन यस अकल्पनीय त्रासदीमा आफ्नो प्रियजन गुमाउनेहरूसँग छ।”

*******


(Release ID: 2136085)