गृह मामिला मन्त्रालय
जनसङ्ख्या गणना-2027 दुई चरणमा जातिहरूको गणनासँगै आयोजित गरिनेछ
जनसङ्ख्या गणना - 2027 को लागि सन्दर्भ मिति मार्च, 2027 को पहिलो दिन 00:00 बजी हुनेछ
केन्द्र शासित प्रदेश लद्दाख र केन्द्र शासित प्रदेश जम्मू-कश्मीर र हिमाचल प्रदेश र उत्तराखण्ड राज्यका गैर-समकालिक हिउँले घेरिएका क्षेत्रहरूको लागि सन्दर्भ मिति अक्टोबर, 2026 को पहिलो दिनको 00:00 बजी हुनेछ
Posted On:
04 JUN 2025 5:30PM by PIB Gangtok
जातिहरूकोको गणनासँगै जनसङ्ख्या गणना - 2027 दुई चरणमा आयोजन गर्ने निर्णय गरिएको छ। जनसङ्ख्या जनगणना - 2027 को लागि सन्दर्भ मिति मार्च, 2027 को पहिलो दिन 00:00 बजी हुनेछ। केन्द्र शासित प्रदेश लद्दाख र जम्मू-कश्मीर अनि हिमाचल प्रदेश र उत्तराखण्ड राज्यहरूको गैर-समकालिक हिउँले घेरिएका क्षेत्रहरूको लागि सन्दर्भ मिति अक्टोबर, 2026 को पहिलो दिन 00:00 बजी हुनेछ। उपरोक्त उल्लिखिति सन्दर्भ मितिहरूसँग जनसङ्ख्या जनगणना आयोजन गर्ने उद्देश्यको लागि अधिसूचना जनगणना अधिनियम 1948 को धारा 3 को प्रावधान अनुसार 16.06.2025 मा आधिकारिक राजपत्रमा प्रकाशित गरिनेछ।
भारतको जनगणना जनगणना अधिनियम, 1948 र जनगणना नियम, 1990 को प्रावधान अन्तर्गत गरिन्छ। भारतको पछिल्लो जनगणना 2011 मा दुई चरणमा आयोजित गरिएको थियो, अर्थात् i) चरण I - घर सूचीकरण (एचएलओ) (1 अप्रेलदेखि 30 सेप्टेम्बर 2010) र (ii) चरण II - जनसङ्ख्या गणना (पीई) (09 फरवरीदेखि 28 फरवरी 2011) सन्दर्भ मिति सहित - मार्च 2011 को पहिलो दिनको 00:00 बजी, जम्मू र कश्मीर, उत्तराखण्ड र हिमाचल प्रदेशका हिउँले छाडिएका गैर-समकालिक क्षेत्रहरूलाई छोड़ेर, जसको लागि यो 11 देखि 30 सेप्टेम्बर 2010 को बीचमा सञ्चालन गरिएको थियो जसको सन्दर्भ मिति अक्टोबर 2010 को पहिलो दिनको 00:00 बजी थियो।
जनगणना 2021 पनि दुई चरणमा आयोजित गर्ने प्रस्ताव गरिएको थियो, जसरी अप्रेल - सेप्टेम्बर 2020 मा पहिलो चरण र फरवरी 2021 मा दोस्रो चरण आयोजित गर्ने प्रस्ताव गरिएको थियो। 2021 मा आयोजित गरिएको जनगणनाको पहिलो चरणको लागि सबै तयारी पूरा भइसकेका थिए र केही राज्य/केन्द्रशासित प्रदेशहरूमा 1अप्रेल, 2020 बाट फिल्ड वर्क शुरु गर्ने तालिका थियो। यद्यपि, देशभरि कोभिड-19 महामारीको प्रकोपका कारण जनगणनाको काम स्थगित गरिएको थियो।
*******
(Release ID: 2134116)
Read this release in:
Odia
,
Tamil
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Kannada
,
Malayalam