कृषि मन्त्रालय र किसान कल्याण
श्री शिवराज सिंह चौहानले ‘विकसित कृषि संकल्प अभियान’ को गरे शुभारम्भ
क्षेत्रको आवश्यकता अनुसार अघिल्ला अनुसन्धानको मार्ग तय गरिनेछ - श्री चौहान
केन्द्रीय कृषि मन्त्रीले सामूहिक स्वामित्व र समर्पणका साथ अभियानमा सामेल हुन आह्वान गरे
Posted On:
29 MAY 2025 5:29PM by PIB Gangtok
केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री श्री शिवराज सिंह चौहानले आज ओडिशाको पुरी जिल्लाको सखीगोपालबाट ‘विकसित कृषि संकल्प अभियान’ को शुभारम्भ गरेका छन्। कृषि तथा किसान कल्याण मन्त्रालय र भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) द्वारा शुरु गरिएको यो ऐतिहासिक पहल भारतीय कृषिलाई रूपान्तरण गर्ने र वैज्ञानिक नवाचार र जमिनी स्तरको सहभागिताको माध्यमद्वारा देशको खाद्य भविष्य सुरक्षित गर्ने दिशामा एक ठोस कदम हो। 15 दिने अभियानको क्रममा श्री चौहानले लगभग 20 राज्यहरूको भ्रमण गर्नेछन्। यो अभियानलाई साकार पार्नका लागि राज्य सरकारहरूले प्रमुख भूमिका खेल्नेछन् र सबै राज्यहरूले सामूहिक स्वामित्व र समर्पणको माध्यमद्वारा यो अभियानलाई सफल बनाउने अपेक्षा गरिएको छ।



आफ्नो भाषणमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रीले भने, ‘यो अभियानले दुईतर्फी संवादको तरिका अपनाउनेछ, एकातिर वैज्ञानिकहरूले किसानहरूसँग शोध र प्राविधिक जानकारी साझा गर्नेछन् भने अर्कोतिर किसानहरूले सामना गरिरहेका चुनौतीहरूको बारेमा जानकारी सङ्कलन गर्नेछन्। यी निष्कर्षहरूले भविष्यका शोध प्रयासहरूलाई मार्गदर्शन गर्न र व्यावहारिक, स्थान-विशिष्ट समाधान प्रदान गर्नमा मद्दत गर्नेछन्। ‘प्रयोगशालाबाट भूमि’ लाई जोड्नका लागि हाम्रो भारतीय कृषि अनुसन्धान परिषद् र कृषि विज्ञान केन्द्रका वैज्ञानिकहरू यस अभियानसँग जोडिनेछन्।’
श्री चौहानले 16 हजार वैज्ञानिकहरूको टोली गठन गरिएको बताए, जसले गाउँ-गाउँमा गएर किसानहरूसँग संवाद गर्नेछन्। 2,170 टोली गठन गरिएको छ र तिनीहरू किसानहरूसँग सम्पर्कमा रहनेछन्। एउटा टोली एक दिनमा 2 गाउँमा जानेछ। यो अभियान 15 दिनसम्म चल्नेछ र किसानहरू बीच प्रत्यक्ष संवाद हुनेछ। क्षेत्रको हावापानी, पानी, माटोको पोषक तत्त्व र अन्य कुराहरूलाई ध्यानमा राख्दै किसानहरूलाई कुन फसल लगाउने, कुन जातको प्रयोग गर्ने, मल कसरी प्रयोग गर्ने आदि कुराहरू सिकाइनेछ। यसका साथै, प्राकृतिक खेती र दाल तथा तिलहनको खेतीको बारेमा किसानहरूसँग चर्चा गरिनेछ। वैज्ञानिकहरूले प्रत्यक्ष संवादको माध्यमद्वारा किसानहरूको व्यावहारिक समस्या समाधान गर्नेछन्। खेतको आवश्यकता अनुसार अघिल्ला अनुसन्धानको दिशा पनि तय गरिनेछ।
श्री चौहानले फेरि एक पटक सबैलाई यस अभियानमा सामेल हुन र भारतभरि यसलाई प्रभावकारी र सफल बनाउन आह्वान गरे।
यस अवसरमा जनतालाई सम्बोधन गर्दै मुख्यमन्त्री श्री मोहन चरण माझीले भने, ‘विकसित कृषि संकल्प अभियान’ आधुनिक प्रविधि र नयाँ बीउ प्रजातिहरूको बारेमा किसानहरूमा जागरूकता सिर्जना गर्न भारत सरकारको एक अभूतपूर्व पहल हो।
यो अभियान 29 मईदेखि 12 जून 2025 सम्म 700 भन्दा अधिकी जिल्लाहरूमा आयोजना गरिनेछ। यस अभियानमा 731 केभीके, 113 आईसीएआर संस्थान, राज्य स्तरीय विभाग र कृषि, बागवानी, पशुपालन, मत्स्य पालन र नवीन किसानहरूका अधिकारीहरू सहभागी हुनेछन्। यस अभियानको माध्यमद्वारा, प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विकासशील भारतको संकल्पमा एक मजबुत अध्याय जोड्ने प्रयास गरिएको छ।
*******
(Release ID: 2132696)