प्रधानमन्त्रीको कार्यालय
सिक्किम@50 कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधनको मूलपाठ
Posted On:
29 MAY 2025 12:39PM by PIB Gangtok
सिक्किमका राज्यपाल श्री ओमप्रकाश माथुरजी, राज्यका लोकप्रिय मुख्यमन्त्री, मेरा मित्र प्रेमसिंह तामाङजी, संसदमा मेरा साथी दोर्जीछिरिङ लेप्चाजी, डा. इन्द्रहाङ सुब्बाजी, उपस्थित अन्य जनप्रतिनिधिगण, देवी अनि सज्जनवृन्द।
कञ्चनजङ्घाको शीतल छायाँमा बसेको हाम्रो प्यारो सिक्किमका आमा-बाबु, दाजु-भाइ अनि दिदी बहिनीहरू। सिक्किम राज्यको स्वर्ण जयन्तीको सुखद उपलक्ष्यमा तपाईंहरू सबैलाई मङ्गलमय शुभकामना।
आजको यो दिन विशेष छ, यो अवसर सिक्किमको लोकतान्त्रिक यात्राको स्वर्ण जयन्तीको हो। म स्वयं तपाईंहरू सबैबीच रहेर यस उत्सवको, यस उमङ्गको, 50 वर्षको सफल यात्राको साक्षी बन्न चाहन्थे, म पनि तपाईंहरूका साथमा काँधमा काँध मिलाएर यस उत्सवको हिस्सा बन्न चाहन्थे। म बिहानै दिल्लीबाट निक्लिएर बाघडुग्रा त पुगे, तर मौसमले मलाई तपाईंहरूको दैलोसम्म त पुऱ्यायो, तर अघि जान रोक्यो अनि यसकारण मैले तपाईंहरूको प्रत्यक्ष दर्शन गर्ने अवसर पाइन। तर मैले यो दृश्य देखिरहेको छु, यस्तो भव्य दृश्य मेरो सामु छ, मानिसहरू नै मानिसहरू नजर आइरहेको छ, कति अद्भूत दृश्य छ। कति राम्रो हुन्थ्यो, म पनि तपाईंहरूका बीच भए, तर म पुग्न सकिन, म तपाईंहरू सबैलाई क्षमा माग्न चाहन्छु। तर जसरी माननीय मुख्यमन्त्रीजीले मलाई निमन्त्रण दिएका छन्, म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, जसै राज्य सरकारले तय गर्नेछ, म सिक्किम अवश्यै आउनेछु, तपाईंहरू सबैको दर्शन गर्नेछु, र यस 50 वर्षको सफल यात्राको म पनि एकजना दर्शक बन्नेछु। आजको यो दिन बितेका 50 वर्षको उपलब्धिहरूको उत्सव मनाउने दिन हो, र तपाईंहरूले धेरै राम्रो कार्यक्रम आयोजित गर्नुभएको छ। र मैले त लगातार सुनिरहेको थिए, देखिरहेको थिए, स्वयं मुख्यमन्त्रीजी यस आयोजनलाई यादगार बनाउन धेरै ऊर्जाका साथ लागिरहेका छन्। उनले दिल्लीमा पनि मलाई दुईपटक आएर निमन्त्रण दिएका गएका छन्। म तपाईंहरू सबैलाई सिक्किमको 50 वर्ष भएको उपलक्ष्यम धेरै धेरै बधाई दिन चाहन्छु।
साथीहरू,
पचास सालअघि सिक्किमले आफ्नो निम्ति एउटा लोकतान्त्रिक भविष्य तय गरेको थियोष सिक्किमका मानिसहरूको जनमन भूगोलका साथमा भारतको आत्मासँग जोडिने पनि थियो। एउटा भरोसा थियो, जब सबैको आवाज सुनिनेछ, सबैको हक सुरक्षित हुनेछ, तब विकासको एक समान मौका पाइनेछ। आज म भन्नसक्छु, सिक्किमका एक-एक परिवारको भरोसा लगातार प्रगाढ भएको छ। र देशले यसको परिणाम सिक्किमको प्रगतिको रूपमा देखेको छ। सिक्किम आज देशको गर्व हो। यी 50 वर्षमा सिक्किम प्रकृतिका साथ प्रगतिको मोडल बनेको छ। जैवविविधताको एउटा ठूलो बगैंचा बनेको छ। शत-प्रतिशत जैविक राज्य बनेको छ। संस्कृति अनि विरासतको समृद्धिको प्रतीक बनेर अघि आएको छ। आज सिक्किम देशका ती राज्यहरूमा पर्दछ, जहाँ प्रतिव्यक्ति आय सबैभन्दा धेरै छ। यी सबै उपलब्धि सिक्किमका तपाईं सबै साथीहरूको सामर्थ्यबाट हासिल भएको हो। यी पचार वर्षमा सिक्किमबाट यस्ता अनेकौं तारा निक्ले, जसले भारतको आकाशलाई उज्यालो बनाए। यहाँका हरेक समाजले सिक्किमको संस्कृति अनि समृद्धिमा आफ्नो योगदान दिएका छन्।
साथीहरू,
2014 मा सरकारमा आएपछि मैले भनेको थिए, - सबैको साथ, सबैको विकास। भारतलाई विकसित बनाउनका लागि देशको सन्तुलित विकास अति नै जरुरी छ। एक क्षेत्रसम्म विकासको फाइदा पुगोस र अर्को पछि छोडिँदै जाओस्, यस्तो हुनुभएन। भारतको हरेक राज्य, हरेक क्षेत्रको आफ्नो विशेषता छ। यसै भावना अन्तर्गत बितेका दसकमा हाम्रो सरकारले पूर्वोत्तरलाई विकासको केन्द्रमा ल्याएको छ। हामीले “एक्ट ईस्ट”को सङ्कल्पमा “एक्ट फास्ट”को सोचका साथ काम गरिरहेका छौं। हालै केही दिनअघि दिल्लीमा नर्थईस्ट इन्भेस्टमेन्ट समिट भयो। यसमा देशका ठूला-ठूला उद्योगपति, ठूला निवेशहरू सामेल भए। उनीहरूले सिक्किमसहित सम्पूर्ण पूर्वोत्तरमा धेरै ठूलो निवेशको घोषणा गरे। यसबाट आउने समयमा सिक्किमका, पूर्वोत्तरका नवजवानहरूका लागि यहीं नै रोजगारका अनेकौं अवसर तयार हुनेछ।
साथीहरू,
आजको यस कार्यक्रममा पनि सिक्किमको भावी यात्राको एक झलक पाइन्छ। आज यहाँ सिक्किमको विकाससँग जोडिएका अनेकौं परियोजनाको शिलान्यास अनि लोकार्पण भएको छ। यी सबै परियोजनाबाट यहाँ स्वास्थ्य स्याहार, पर्यटन, संस्कृति अनि खेलकूदका सुविधाहरू विस्तार हुनेछन्। म तपाईंहरू सबैलाई यी सबै परियोजनाका लागि कोटि-कोटि बधाई दिन चाहन्छु।
साथीहरू,
सिक्किमसमेत सम्पूर्ण पूर्वोत्तर, नयाँ भारतको विकास गाथाको एउटा चम्किलो अध्याय बनिरहेको छ। जहाँ कुनै समय दिल्लीदेखि टाढा हुनु विकासको मार्गमा पर्खाल थियो, अब त्यहींबाट अवसरका नयाँ ढोका खोलिँदैछ। यसको सबैभन्दा ठूलो कारण हो, यहाँको कनेक्टिभिटीमा परिवर्तन आउनु, तपाईंहरूले त आफ्नै आँखाले यो परिवर्तन देखिरहनु भएको छ। एक समय थियो, जब पढाईका लागि, उपचारका लागि, रोजगारका लागि, कहीं पनि आउनु-जानु धेरै चुनौती हुन्थ्यो। तर बितेका दस वर्षमा स्थिति धेरै बद्लिएको छ। यस अधिमा सिक्किममा करिब चार सय किलोमिटर नयाँ राष्ट्रिय राजमार्ग बनेको छ। गाउँहरूमा सयकडौं किलोमिटर नयाँ सडक बनेका छन्। अटल सेतु बनेपछि सिक्किमको दार्जीलिङसँग कनेक्टिभिटीमा सुधार आएको छ। सिक्किमलाई कालेबुङसँग जोड्ने सडकमा पनि तेजीका साथ काम चलिरहेको छ। र अब त बाघडुग्रा-गान्तोक एक्सप्रेसवेबाटा पनि सिक्किम आउनु-जानु धेरै सजिलो हुनेछ। यति मात्र होइन, आउने समयमा हामी यसलाई गोरखपुर-सिलगढी एक्सप्रेसवेसँग पनि जोड्नेछौं।
साथीहरू,
आज पूर्वोत्तरका हरेक राज्यको राजधानीलाई रेलवेसँघ जोड्ने अभियान तेजीका साथ अघि बढाइँदैछ। सेवोक-रम्फू रेल लाइनले सिक्किमलाई देशको रेल नेटवर्कसँग जोड्नेछ। हाम्रो के पनि प्रयास छ भने जहाँ सडक बन्नसक्दैन, त्यहाँ रोपवे बनाइनेछ। केही समयअघि यस्तै एउटा रोपवे परियोजनाको लोकार्पण गरियो। यसबाट पनि सिक्किमका मानिसहरूलाई धेरै सहुलियत बढ्नेछ।
साथीहरू,
बितेको एक दसकमा भारत नयाँ सङ्कल्पका साथ अघि बढिरहेको छ। र यसमा उत्तम स्वास्थ्य स्याहारको लक्ष्य हाम्रो धेरै ठूलो प्राथमिकता रहेको छ। बितेका 10-11 वर्षमा देशका हरेक राज्यमा ठूला अस्पतालहरू बनेका छन्। एम्स र मेडिकल कलेजहरूको धेरै विस्तार भएको छ। आज यहाँ पनि 500 पलङ क्षमताको अस्पताल तपाईंहरूलाई समर्पित गरियो। यस अस्पतालले गरीब परिवारलाई राम्रो उपचार सुनिश्चित गर्नेछ।
साथीहरू,
हाम्रो सरकारले एकातिर अस्पताल बनाउन बल दिइरहेको छ भने अर्कातिर सस्ता अनि उत्तम उपचारको पनि व्यवस्था गरिरहेको छ। आयुष्मान भारत योजना अन्तर्गत सिक्किमका 25 हजारभन्दा धेरै साथीले निःशुल्क उपचार गराएका छन्। अब सम्पूर्ण देशमा 70 वर्षभन्दा माथिका सबै बुजुर्गले 5 लाख रुपियाँसम्मको निःशुल्क उपचार पाइरहेका छन्। अब सिक्किमका मेरा कुनै पनि परिवारका बुजुर्गले चिन्ता गर्नुपर्ने छैन। उनीहरूको उपचार हाम्रो सरकारले गर्नेछ।
साथीहरू,
विकसित भारतको निर्माण, चार बलियो स्तम्भमा हुनेछ। ती स्तम्भहरू हुन् – गरीब, किसान, नारी अनि नवजवान। आज देशले यी स्तम्भहरूलाई लगातार सुदृढ बनाइरहेको छ। आजको अवसरमा म सिक्किमका किसान भाइ-बहिनीहरूको खुल्ला मनले प्रशंसा गर्न चाहन्छु। आज देश खेतीको जुन नयाँ धारातर्फ बढिरहेको छ, त्यसमा सिक्किम सबैभन्दा अघि छ। सिक्किमबाट जैविक उत्पादको निर्यात पनि बढिरहेकतो छ। हालै यहाँको प्रसिद्ध डल्ले खोर्सानीको पहिलो खेपको निर्यात शुरु भयो। मार्च महिनामा, पहिलो खेप विदेश पुग्यो। आउने समयमा यस्ता अनेकौं उत्पाद यहाँबाट विदेश निर्यात हुनेछन्। राज्य सरकारको हरेक प्रयासका साथ केन्द्र सरकार काँधमा काँध मिलाएर अघि बढिरहेको छ।
साथीहरू,
सिक्किमको अर्गेनिक बास्केटलाई अझ समृद्ध गर्नका लागि केन्द्र सरकारले एउटा अर्को कदम उठाएको छ। यहाँको सोरेङ जिल्लामा देशको पहिलो अर्गेनिक फिसरिज क्लस्टर बनिरहेको छ। यसले सिक्किमलाई देश अनि विदेशमा एउटा नयाँ पहिचान दिनेछ। अर्गेनिक फार्मिङका साथसाथै सिक्किम अर्गेनिक फिसिङका लागि पनि जानिनेछ। विश्वमा अर्गेनिक फिस अनि फिस प्रोडक्ट्सको धेरै ठूलो माग छ। यसबाट यहाँका नवजवानहरूले माछा पनलको क्षेत्रमा नयाँ अवसर पाउनेछन्।
साथीहरू,
केही दिनअघि, दिल्लीमा नीति आयोगको गभर्निङ काउन्सिलको बैठक भएको थियो। यस बैठकमा मैले भनेको छु, हरेक राज्यले एउटा यस्तो पर्यटन गन्तव्य विकसित गर्नुपर्नेछ, जसले अन्तरराष्ट्रिय स्तरको आफ्नो पहिचान बनाउन सकोस्। अब समय आएको छ, सिक्किम केवल हिल स्टेशन नभएर ग्लोबल टुरिजम डेस्टिनेशन बन्ने। सिक्किमक सामर्थ्यको कुनै प्रतिद्वन्द्विता नै छैन। सिक्किम पर्यटनको पूर्ण प्याकेज हो। यहाँ प्रकृति पनि छ, अध्यात्म पनि छ। यहाँ झील, झरना, पाहाड छन्, अनि शान्तिको छायाँमा बसेका बौद्ध मठहरू पनि छन्। कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज, युनेस्को विश्व धरोहर स्थल, सिक्किमको यसै धरोहरमा भारत मात्र नभएर सम्पूर्ण विश्वलाई गर्व छ। आज जब यहाँ नयाँ स्काई वाक बनिरहेको छ, स्वर्ण जयन्ती परियोजनाको लोकार्पण भइरहेको छ, अटलजीको प्रतिमाको अनावरण गरिँदैछ, यी सबै परियोजना सिक्किमको नयाँ उडानका प्रतीक हुन्।
साथीहरू,
सिक्किममा साहसिक अनि खेलकूद पर्यटनको पनि अपार सम्भावना छ। ट्रेकिङ, माउन्टेन बाइकिङ, हाई-अल्टिट्युड ट्रेनिङ जस्ता गतिविधि यहाँ सजिलै हुनसक्छ। हाम्रो सपना छ, सिक्किमलाई कन्फरेन्स टुरिजम, वेलनेस टुरिजम र कनसर्ट टुरिजमको पनि हब बनाइयोस्। स्वर्ण जयन्ती कन्भेन्सन सेन्टर, यही त भविष्यको तयारीको हिस्सा हो। म चाहन्छु, विश्वका ठूला-ठूला कलाकार गान्तोकको मनोरम स्थलमा आएर प्रस्तुति दिऊन् र विश्वलाई भनून्, “यदि कहीं प्रकृति अनि संस्कृति साथसाथमा छ भने त्यो हाम्रो सिक्किम हो!”
साथीहरू,
जी-20 समिटको बैठकलाई पनि हामीले पूर्वोत्तरसम्म यस कारण लिएर आएका थियौं, ताकि विश्वले यहाँको क्षमतालाई देख्नसकून्, यहाँको सम्भावनालाई बुझ्न सकून्। मलाई खुशी छ, सिक्किमको एनडीए सरकारले यस परिकल्पनालाई तेजीका साथ धरातलमा उतारिरहेको छ।
साथीहरू,
आज भारत विश्वको सबैभन्दा ठूलो आर्थिक शक्तिमध्ये एक हो। आउने समयमा भारत स्पोर्ट्स सुपरपावर पनि बन्नेछ। र यस सपनालाई साकार गर्नमा पूर्वोत्तर अनि सिक्किमका युवाशक्तिको ठूलो भूमिका छ। यही धरती हो, जसले हामीलाई भाइचुङ भोटिया जस्ता फूटबल लिजेन्ड दियो। यही सिक्किम हो, जहाँबाट तरुणदीप राई जस्ता ओलम्पियन निक्ले, जसलाल प्रधान जस्ता खेलाडीले भारतलाई गौरव दिलाए। अब हाम्रो लक्ष्य छ, सिक्किमको हरेक गाउँ, हरेक कस्बाबाट एक नयाँ च्याम्पियन निक्लिऊन्। खेलमा केवल भागीदारी नभएर विजयको सङ्कल्प होस्। गान्तोकमा जुन नयाँ स्पोर्ट्स कम्प्लेक्स बनिरहेको छ, आउने दसकमा च्याम्पियनहरूको जन्मभूमि बन्नेछ। “खेलो इण्डिया” योजना अन्तर्गत सिक्किमलाई विशेष प्राथमिकता दिइएको छ। प्रतिभाको पहिचान गरी, प्रशिक्षण, प्रविधि अनि टुर्नामेन्ट, हरेक स्तरमा मद्दत गरिँदैछ। मलाई पूरा विश्वास छ, सिक्किमका युवाहरूको यही ऊर्जा, जोशले भारतलाई ओलम्पिक पोडियमसम्म पुऱ्याउने काम गर्नेछ।
साथीहरू,
सिक्किमका तपाईंहरू सबैलाई पर्यटनको पावर थाहा छ, बुझ्नुहुन्छ। पर्यटन मनोरञ्जन मात्र नभएर यो विविधताको उत्सव पनि हो। तर आतङ्कीहरूले पहलगाममा जे गऱ्यो, त्यो भारतीयहरूमाथि मात्र हमला नभएर, मानवताको आत्मामा पनि हमला थियो, भाइचाराको भावनामाथि हमला थियो। आतङ्कीहरूले हाम्रा अनेकौं परिवारको खुशीलाई खोसे, तिनीहरूले हामी भारतीयलाई विभाजित गर्ने षडयन्त्र रचे। तर आज सम्पूर्ण विश्वले देखिरहेको छ, भारत पहिलेभन्दा अनेकौं गुणा एकजुट छ। हामीले एकजुट भएर आतङ्की अनि तिनीहरूका हिमायतीहरूलाई स्पष्ट सन्देश दिएका छौं। तिनीहरूले हाम्रा छोरीहरूको सिउँदोको सिन्दूर पुछेर जिउन गाह्रो बनायो, हामीले आतङ्कीहरूलाई अपरेशन सिन्दूरद्वारा कठोर जवाफ दियौं।
साथीहरू,
आतङ्की अड्डाहरू ध्वस्त भएपछि बौलाएको पाकिस्तानले हाम्रा नागरिक अनि सैनिकहरूमाथि आक्रमणको कोशिश गऱ्यो, तर त्यसमा पनि पाकिस्तानको पोल खोलियो। र हामीले तिनीहरूको कैयौं एयरबेसलाई ध्वस्त पारेर भारतले कहिले के गर्नसक्छ, कति तेजीका साथ गर्नसक्छ, कति सटीक रूपमा गर्नसक्छ भन्ने देखायौं।
साथीहरू,
राज्यका रूपमा सिक्किमको 50 वर्षको यो खुड्किलो हामी सबैको निम्ति प्रेरणा हो। विकासको यो यात्रा अब अझै तेज हुनेछ। अब हामीसमक्ष 2047 छ, त्यो साल जब देशको स्वतन्त्रताको 100 वर्ष पूरा हुनेछ।
र यही त्यो समय हुनेछ, जब सिक्किम राज्य बनेको 75 वर्ष पूरा हुनेछ। यसैले हामी आज यो लक्ष्य तय गरौं, 75 को खुड्किलो पुग्दा हाम्रो सिक्किम कस्तो हुनेछ? हामी सबै कुन प्रकारको सिक्किम हेर्न चाहन्छौं, हामीले रोडम्याप बनाउनुपर्नेछ, 25 सालको भिजनका साथ कदम-कदममा कसरी अघि बढ्ने, यो सुनिश्चित गर्नुपर्नेछ। हरेक समय बीच-बीचमा त्यसको समीक्षा गरिरहनु पर्नेछ। र लक्ष्यबाट हामी कति टाढा छौं, कति तेजीका साथ अघि बढ्नु छ। नयाँ साहस, नयाँ उमङ्ग, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्नेछ, हामीले सिक्किमको अर्थनीतिको गति बढाउनु पर्नेछ। हामीले हाम्रो सिक्किम एउटा वेलनेस स्टेटका रूपमा विकसित गर्ने कोशिश गर्नुपर्नेछ। यसमा पनि विशेष गरी हाम्रा नवजवानहरूले धेरै अवसर पाऊन्। हामीले सिक्किमका युवाहरूलाई स्थानीय आवश्यकताका साथ विश्वको मागका लागि पनि तयार गर्नुपर्नेछ। विश्वमा जुन क्षेत्रमा युवाहरूको माग छ, उनीहरूका लागि यहाँ कौशल विकासका नयाँ अवसरहरू हामीले बनाउनु पर्नेछ।
साथीहरू,
हामी सबै मिलेर एउटा सङ्कल्प गरौं, आगामी 25 वर्षमा सिक्किमलाई विकास, विरासत अनि वैश्विक पहिचानको सर्वोच्च शिखर दिलाउनेछौं। हाम्रो सपना छ – सिक्म भारतको मात्र नभएर सम्पूर्ण विश्वको ग्रीन मोडल स्टेट बनोस्। एउटा यस्तो राज्य जहाँका हरेक नागरिकसँग पक्का घर होस्, एउटा यस्तो राज्य जहाँ हरेक घरमा सोलर पावरबाट बिजुली आएको होस्, एउटा यस्तो राज्य जसले एग्रो स्टार्टअप्स, टुरिजम स्टार्टअप्समा नयाँ परचम लहराओस्, जसले अर्गेनिक फूडको निर्यातमा विश्वमा आफ्नो पहिचान बनाओस्। एउटा यस्तो राज्य, जहाँका हरेक नागरिकले डिजिटल ट्रान्जेक्सन गरोस्, जसले वेस्ट टू वेल्थको नयाँ उँचाईमा हाम्रो पहिचानलाई पुऱ्याओस्, आगामी 25 साल यस्ता अनेकौं लक्ष्य प्राप्तिको हो, सिक्किमलाई वैश्विक मञ्चमा नयाँ उँचाईमा पुऱ्याउनेको हो। आउनुहोस्, हामी यसै भावनाका साथ अघि बढौं र विरासतलाई, यसै गरी अघि बढाउँदै लैजाऔं। एकपटक फेरि, सम्पूर्ण सिक्किमवासीलाई यस महत्त्वपूर्ण 50 वर्षको यात्रामा, यस महत्त्वपूर्ण अवसरमा देशवासीहरूको तर्फबाट, मेरो तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छु, धेरै धेरै धन्यवाद!
*****
(Release ID: 2132291)
Read this release in:
Odia
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Telugu
,
Kannada