प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ‘सिक्किम@50’ समारोहलाई सम्बोधन गरे


प्रधानमन्त्रीले सिक्किममा धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गरे

सिक्किम देशको गौरव हो: प्रधानमन्त्री

पछिल्लो एक दशकमा हाम्रो सरकारले पूर्वोत्तरलाई भारतको विकास यात्राको केन्द्रमा राखेको छ: प्रधानमन्त्री

हामीले ‘एक्ट ईस्ट’ नीतिलाई ‘एक्ट फास्ट’ को भावनाका साथ अगाडि बढाइरहेका छौँ: प्रधानमन्त्री

सिक्किम र सम्पूर्ण पूर्वोत्तर भारतको प्रगतिमा एक उज्जवल अध्यायको रूपमा उदाइरहेका छन्: प्रधानमन्त्री

हामी सिक्किमलाई वैश्विक पर्यटन स्थल बनाउने प्रयास गरिरहेका छौँ: प्रधानमन्त्री

आगामी वर्षहरूमा भारत वैश्विक खेल महाशक्तिको रूपमा उदाउनका लागि तयार छ, पूर्वोत्तर र सिक्किमको युवा शक्तिले यो सपनालाई साकार पार्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ: प्रधानमन्त्री

हाम्रो सपना भनेको सिक्किम भारतको लागि मात्र नभई सम्पूर्ण विश्वको लागि हरित मोडेल राज्य बनोस्: प्रधानमन्त्री

Posted On: 29 MAY 2025 12:00PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमद्वारा गान्तोकमा ‘सिक्किम@50’ कार्यक्रमलाई सम्बोधन गरेका छन्। कार्यक्रमको विषयवस्तु थियो ‘जहाँ प्रगतिले उद्देश्य पूरा गर्छ अनि प्रकृतिले विकासलाई बढ़ावा दिन्छ’। यस अवसरमा बोल्दै उनले सिक्किम राज्यको 50औँ वार्षिकोत्सवको यस विशेष अवसरमा सिक्किमका जनतालाई बधाई दिए। उनले भने अनुसार आफू त्यहाँका जनताको जोश, ऊर्जा र उत्साहलाई व्यक्तिगत रूपमा हेर्न चाहन्थे, तर प्रतिकूल मौसमका कारण उनी उपस्थित हुन सकेनन्। उनले निकट भविष्यमा सिक्किम भ्रमण गर्ने र उनीहरूको उपलब्धि र उत्सवको हिस्सा बन्ने वाचा गरे। प्रधानमन्त्रीले आज पछिल्ला 50 वर्षको उनीहरूको उपलब्धि मनाउने दिन भएको टिप्पणी गर्दै भव्य कार्यक्रमलाई यादगार बनाउन सिक्किमका मुख्यमन्त्री र उनको टोलीको ऊर्जाको प्रशंसा गरे। उनले सिक्किमका जनतालाई उनीहरूको राज्यको स्वर्ण जयन्ती समारोहमा फेरि एक पटक शुभकामना दिए।

श्री मोदीले भने, “50 वर्ष पहिला, सिक्किमले आफ्नो लागि लोकतान्त्रिक भविष्यको रूपरेखा तयार गरेको थियो। सिक्किमका जनता भारतको भूगोलसँग मात्र होइन, तर यसको आत्मासँग पनि जोडिएका छन्।” उनले अझ भने, “जब हरेक आवाज सुनिन्छ र अधिकार सुरक्षित हुन्छ, तब विकासको लागि समान अवसर देखा पर्ने कुरा विश्वास हुन्छ।” उनले भने अनुसार आज सिक्किमको प्रत्येक परिवारको विश्वास अझ मजबुत बनेको छ। श्री मोदीले के कुरामा जोड दिए भने सिक्किमको उल्लेखनीय प्रगतिमा यो विश्वासको परिणाम देशले देखेको छ। उनले भने, “सिक्किम राष्ट्रको गौरव हो”, उनले भने अनुसार पछिल्ला 50 वर्षमा सिक्किम प्रकृतिसँगै प्रगतिको एक मोडेल बनेको छ। यो जैव विविधताको एक विशाल अभयारण्यमा परिणत भएको छ, 100% जैविक राज्यको दर्जा प्राप्त गरेको छ अनि सांस्कृतिक र सम्पदा समृद्धिको प्रतीकको रूपमा देखा परेको छ।” श्री मोदीले के कुरामाथि प्रकाश पारे भने आज सिक्किम देशमा सबैभन्दा अधिक प्रति व्यक्ति आय भएका राज्यहरूमध्ये एक हो। उनले पुष्टि गरे अनुसार यी उपलब्धिहरू सिक्किमका जनताको क्षमताका प्रमाण हुन्। श्री मोदीले पछिल्ला पाँच दशकमा सिक्किमबाट उदाएका धेरै ताराहरूलाई पहिचान गरियो, जसले भारतको क्षितिजलाई उज्यालो बनायो। उनले सिक्किमको समृद्ध संस्कृति र समृद्धिमा सिक्किमको हरेक समुदायको योगदानलाई स्वीकार गरे।

2014 देखि आफ्नो सरकारले सबका साथ, सबका विकासको सिद्धान्तलाई पालना गरेको कुरामा जोड दिँदै प्रधानमन्त्रीले एक विकसित भारतको लागि सन्तुलित विकासको आवश्यकता रहेको कुरामा बल दिए, जसले गर्दा कुनै पनि क्षेत्र पछाडि नपरोस् र अर्को क्षेत्र अगाडि बढ्दै जाओस् भन्ने कुरा सुनिश्चित हुन्छ। प्रधानमन्त्रीले भने, “भारतको हरेक राज्य र क्षेत्रका आफ्नै विशिष्ट शक्तिहरू छन्, यो दृष्टिकोणलाई ध्यानमा राख्दै सरकारले पछिल्लो एक दशकमा पूर्वोत्तरलाई विकासको केन्द्रमा राखेको छ।” प्रधानमन्त्रीले जोड दिँदै भने, “सरकारले ‘एक्ट ईस्ट नीतिलाई ‘एक्ट फास्ट’ को भावनाका साथ अगाडि बढाइरहेको छ। हालैमा दिल्लीमा  आयोजित पूर्वोत्तर निवेश शिखर सम्मेलनलाई सम्झना गर्दै प्रधानमन्त्रीले भने अनुसार कार्यक्रममा अग्रणी उद्योगपतिहरू र प्रमुख निवेशकहरूले भाग लिए, जसले सिक्किम सहित पूर्वोत्तरमा महत्त्वपूर्ण निवेशको घोषणा गरेका छन्। उनले आगामी वर्षहरूमा यसले सिक्किम र पूर्वोत्तर क्षेत्रका युवाहरूका लागि असङ्ख्य रोजगारीका अवसरहरू पैदा गर्ने बताए।

श्री मोदीले भने, “आजको कार्यक्रमले सिक्किमको भविष्यको यात्राको एक झलक प्रस्तुत गर्दछ।” उनले के कुरामाथि प्रकाश पारे भने सिक्किमको विकाससँग सम्बन्धित धेरै परियोजनाहरूको उद्घाटन र शिलान्यास गरिएको छ। उनले जोड दिए अनुसार यी परियोजनाहरूले यस क्षेत्रमा स्वास्थ्य सेवा, पर्यटन, सांस्कृतिक र खेल सुविधाहरूमा वृद्धि गर्नेछन्। उनले यी परियोजनाहरूको सफल शुभारम्भको लागि सबैलाई हार्दिक बधाई दिए।

प्रधानमन्त्रीले भने, सिक्किम, सम्पूर्ण पूर्वोत्तरसँगै भारतको विकास गाथामा एक चम्किलो अध्याय बनिरहेको छ, जहाँ दिल्लीबाट दूरीले कुनै समय प्रगतिमा बाधा पुर्याएको थियो, त्यही क्षेत्रले अहिले अवसरका नयाँ ढोकाहरू खोलिरहेको छ। उनले जोड दिए अनुसार यो परिवर्तनको सबैभन्दा ठूलो कारण कनेक्टिभिटीमा भएको सुधार हो, एक यस्तो परिवर्तन जसले सिक्किमका जनताले प्रत्यक्ष देखेका छन्। प्रधानमन्त्रीले त्यो समयलाई पनि सम्झना गरे जब शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको लागि यात्रा एक प्रमुख चुनौती थियो। यद्यपि, उनले पछिल्लो एक दशकमा परिस्थितिमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गरे। उनले औंल्याए अनुसार यस अवधिमा सिक्किममा लगभग 400 किलोमिटर नयाँ राष्ट्रिय राजमार्ग निर्माण भएका छन्। गाउँहरूमा सयौँ किलोमिटर नयाँ सडकहरू निर्माण गरिएका छन्। अटल सेतुको निर्माणले सिक्किमको दार्जीलिङसँगको सम्पर्क बढाएको छ, श्री मोदीले सिक्किमलाई कालेबुङसँग जोड्ने सडकमा काम तीव्र गतिमा अगाडि बढिरहेको बताए। उनले थप बताए अनुसार बागडोगरा-गान्तोक एक्सप्रेसवेले सिक्किम आउने-जाने यात्रालाई धेरै सजिलो बनाउनेछ। भविष्यलाई ध्यानमा राख्दै उनले यस एक्सप्रेसवेलाई गोरखपुर - सिलगढ़ी एक्सप्रेसवेसँग जोड्ने योजना घोषणा गरे, जसले यस क्षेत्रको बुनियादी ढाँचालाई अझ मजबुत बनाउनेछ।

पूर्वोत्तरका सबै राज्यका राजधानी शहरहरूलाई रेलवे नेटवर्कमा जोड्ने प्रयासहरूमाथि प्रकाश पार्दै श्री मोदीले भने, सेवक-रम्फू रेल लाइनले सिक्किमलाई राष्ट्रिय रेल नेटवर्कमा एकीकृत गर्नेछ। उनले के कुरामा बल दिए भने जहाँ सडकहरू निर्माण गर्न सकिँदैन, त्यहाँ विकल्पको रूपमा रोपवेहरू निर्माण गरिँदैछन्। श्री मोदीले यो पनि उल्लेख गरे कि आज धेरै रोपवे परियोजनाहरूको उद्घाटन गरिएको छ, जसले सिक्किमका जनताको लागि सुविधालाई अझ सुधार गर्दछ। उनले टिप्पणी गरे अनुसार पचिल्लो एक दशकमा भारतले नयाँ सङ्कल्पहरू लिएर अगाडि बढेको छ र स्वास्थ्य सेवालाई राम्रो बनाउनु एक प्रमुख प्राथमिकता बनेको छ। उनले बताए अनुसार पछिल्ला 10-11 वर्षमा हरेक राज्यमा ठूला अस्पतालहरू स्थापना भएका छन्। श्री मोदीले देशभरिमा एम्स र मेडिकल कलेजहरूको महत्त्वपूर्ण विस्तारमाथि थप प्रकाश पार्दै सबैभन्दा वञ्चित परिवारहरूका लागि पनि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सिक्किमका जनतालाई 500 शैयाको अस्पताल समर्पण गर्ने घोषणा गरे।

प्रधानमन्त्रीले भने अनुसार सरकारले एकातिर अस्पताल निर्माणमा ध्यान केन्द्रित गरिरहेको छ भने अर्कोतिर किफायती तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा पनि सुनिश्चित गरिरहेको छ। उनले आयुष्मान भारत योजना अन्तर्गत सिक्किमका 25,000 भन्दा अधिक मानिसहरूले नि:शुल्क उपचार पाएको कुरामा जोड दिए। उनले देशभरिमा 70 वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरू अब 5 लाख रुपियाँसम्मको नि:शुल्क उपचारको लागि योग्य भएको घोषणा गरे। उनले थप आश्वासन दिए अनुसार सिक्किमका परिवारहरूले अब आफ्ना बुजुर्ग सदस्यहरूको स्वास्थ्य सेवाको बारेमा चिन्ता लिनु पर्दैन, किनकि सरकारले उनीहरूको उपचारको हेरचाह गर्नेछ।

श्री मोदीले भने, विकसित भारतको आधार चार मजबुत स्तम्भहरू - गरीब, किसान, महिला र युवाहरूको सशक्तिकरणमा अड़िएको छ। उनले के कुरामा बल दिए भने देशले यी स्तम्भहरूलाई निरन्तर मजबुत बनाइरहेको छ। उनले सिक्किमका किसानहरूको प्रशंसा गरे अनि भारतको कृषि उन्नतिमा उनीहरूको महत्त्वपूर्ण योगदानलाई स्वीकार गरे। श्री मोदीले भने, “सिक्किम कृषि विकासको नयाँ लहरमा अग्रणी छ।” उनले सिक्किमबाट जैविक उत्पादहरूको निर्यात बढ्दै गएको कुरामा पनि जोड दिए। उनले उल्लेख गरे अनुसार हालैमा सिक्किमको प्रसिद्ध डल्ले खुर्सानीको पहिलो पटक निर्यात गरिएको थियो र पहिलो खेप मार्च 2025 मा विदेश पठाइएको थियो। श्री मोदीले आगामी वर्षहरूमा सिक्किमका धेरै उत्पादहरू वैश्विक स्तरमा निर्यात गरिने टिप्पणी गरे। उनले यी प्रयासहरूलाई समर्थन गर्न केन्द्र सरकारले राज्य सरकारसँग काँधमा काँध मिलाएर काम गरिरहेको पुष्टि गरे।

केन्द्र सरकारले सिक्किमको जैविक टोकरीलाई अझ समृद्ध बनाउनका लागि एक अर्को कदम चालेको कुरालाई रेखाङ्कित दिँदै प्रधानमन्त्रीले सोरेङ जिल्लामा देशको पहिलो जैविक मत्स्य पालन क्लस्टर स्थापना भइरहेको घोषणा गरे। उनले भने अनुसार यो पहलले राष्ट्रिय र वैश्विक दुवै स्तरमा सिक्किमलाई नयाँ पहिचान दिलाउनेछ। प्रधानमन्त्रीले जोड दिए अनुसार जैविक खेतीका साथ साथै सिक्किम अब जैविक माछा पक्रिनका लागि पनि चिनिनेछ। उनले भने, जैविक माछा र माछा उत्पादहरूको लागि वैश्विक माग महत्त्वपूर्ण हुन्छ। उनले टिप्पणी गरे अनुसार यो विकासले मत्स्य पालन क्षेत्रमा सिक्किमका युवाहरूका लागि नयाँ अवसरहरू पैदा गर्नेछ।

दिल्लीमा हालै सम्पन्न भएको नीति आयोगको गभर्निङ काउन्सिलको बैठकले प्रत्येक राज्यले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पर्यटन गन्तव्य विकास गर्नुपर्ने आवश्यकतामा केन्द्रित भएको कुरालाई सम्झना गर्दै श्री मोदीले जोड दिए अनुसार सिक्किम केवल एक पहाडी स्टेशनभन्दा बाहिर विकसित हुने र आफूलाई वैश्विक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने समय आएको छ। उनले जोड़ दिँदै भने, सिक्किमको क्षमता अतुलनीय छ, यसले एक सम्पूर्ण पर्यटन प्याकेज प्रदान गर्दछ। उनले सिक्किम प्राकृतिक सौन्दर्य र आध्यात्मिकताका साथसाथै झील, झरना, पहाड र शान्त बौद्ध मठको घर भएको कुरा प्रकाश पारे। श्री मोदीले औंल्याए अनुसार युनेस्को विश्व सम्पदा स्थल कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज एक यस्तो सम्पदा हो जसले भारतलाई मात्र होइन तर सम्पूर्ण विश्वलाई गौरवान्वित गर्दछ। उनले भने अनुसार आज, एक नयाँ स्काईवाक निर्माण भइरहेको छ, स्वर्ण जयन्ती परियोजनाको उद्घाटन भइरहेको छ र अटल बिहारी वाजपेयीको प्रतिमाको अनावरण भइरहेको छ, यी सबै परियोजनाहरू सिक्किमको प्रगतिको नयाँ उँचाइको प्रतीक हुन्।

प्रधानमन्त्रीले जोड़ दिँदै भने, सिक्किममा साहसिक र खेल पर्यटनको अपार सम्भावना छ। उनले भने अनुसार ट्रेकिङ, माउन्टेन बाइकिङ, र उच्च उँचाइमा प्रशिक्षण जस्ता गतिविधिहरू यस क्षेत्रमा फस्टाइरहेका छन्। उनले सिक्किमलाई सम्मेलन पर्यटन, कल्याण पर्यटन र कन्सर्ट पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने दृष्टिकोण रहेको बताए। स्वर्ण जयन्ती सम्मेलन केन्द्र यस भविष्यको तयारीको एक महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले गान्तोकको रमणीय परिदृश्यमा प्रख्यात वैश्विक कलाकारहरूको प्रदर्शनको आफ्नो आकांक्षा व्यक्त गरे अनि सिक्किम प्रकृति र संस्कृतिको सामञ्जस्यको आदर्श उदाहरण रहेको दृष्टिकोणमा आफ्नो सहमति व्यक्त गरे।

पूर्वोत्तरमा जी-20 शिखर सम्मेलन बैठकहरू ल्याउनु यस क्षेत्रको क्षमतालाई विश्व सामु प्रदर्शन गर्ने दिशामा एक कदम हो भन्ने कुरामा जोड दिँदै श्री मोदीले सिक्किम सरकारले यो दृष्टिकोणलाई कसरी द्रुत गतिमा जीवन्त बनाइरहेको छ भन्ने कुरामा सन्तुष्टि व्यक्त गरे। उनले भारत अब एक प्रमुख वैश्विक आर्थिक शक्ति हो र खेलकुद महाशक्ति बन्ने बाटोमा रहेको बताए। उनले जोड दिए अनुसार पूर्वोत्तरका युवाहरू, विशेष गरी सिक्किमले, यो सपना पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। श्री मोदीले सिक्किमको समृद्ध खेल विरासतलाई स्वीकार गर्दै फुटबलका दिग्गज भाइचुङ भोटिया, ओलम्पियन तरुणदीप राई र एथलिट जसलाल प्रधान जस्ता व्यक्तित्वहरूको उल्लेख गरे। उनले भविष्यको परिकल्पना गरे जहाँ सिक्किमको प्रत्येक गाउँ र शहरले नयाँ च्याम्पियन उत्पादन गर्दछ। “खेलकुद केवल सहभागिताको बारेमा होइन, तर दृढ सङ्कल्पका साथ जित्ने बारेमा हुनुपर्छ”, श्री मोदीले भने। गान्तोकमा रहेको नयाँ खेलकुद परिसर भविष्यका च्याम्पियनहरूका लागि प्रशिक्षण स्थल बन्ने कुरा उल्लेख गर्दै उनले खेलो इण्डिया योजना अन्तर्गत सिक्किमलाई विशेष ध्यान दिइँदैछ भन्ने कुरामा जोड दिए। उनले प्रतिभा पहिचान, प्रशिक्षण, प्रविधि र प्रतियोगिताहरूलाई हरेक तहमा समर्थन गरिएको कुरामा जोड दिए। उनले सिक्किमका युवाहरूको ऊर्जा र जोशले भारतलाई ओलम्पिक गौरव दिलाउने विश्वास व्यक्त गरे।

“सिक्किमका जनताले पर्यटनको शक्ति बुझेका छन् र पर्यटन केवल मनोरञ्जन मात्र होइन विविधताको उत्सव हो”, प्रधानमन्त्रीले टिप्पणी गरे। पहलगाममा भएको आक्रमण केवल भारतीयहरूमाथिको आक्रमण मात्र होइन, मानवता र भाइचाराको भावनामाथिको आक्रमण हो भन्ने कुरालाई जोड दिँदै उनले आतङ्ककारीहरूले धेरै परिवारको खुशी मात्र छिनेका छैनन् तर भारतका जनतालाई विभाजित गर्ने प्रयास गरेको कुरामा जोड दिए। “आज विश्वले भारतको अभूतपूर्व एकता देखिरहेको छ र पूरा देश आतङ्ककारी र उनीहरूका समर्थकहरूलाई स्पष्ट सन्देश पठाउन एकजुट भएको छ”, श्री मोदीले घोषणा गरे। उनले भने अनुसार उनीहरूले भारतीय छोरीहरूको निधारको सिन्दूर पुछेर पीडा दिएका छन्, तर भारतले अपराधीहरू विरुद्ध अपरेशन सिन्दूरको साथ जवाब दियो। उनले भने, “आतङ्कवादीहरूको अड्डा नष्ट भएपछि पाकिस्तानले भारतीय नागरिक र सैनिकहरूलाई निशाना बनाउने प्रयास गर्यो, तर यस प्रक्रियामा पर्दाफास भयो।” श्री मोदीले जोड दिए अनुसार भारतले पाकिस्तानका धेरै एयरबेसहरू ध्वस्त पारेर राष्ट्रको सामरिक क्षमता प्रदर्शन गरेर प्रतिक्रिया दियो।

“सिक्किमको एक राज्यको रूपमा 50 वर्षको कोसेढुङ्गा सबैका लागि प्रेरणाको विषय हो र विकासको यात्रा अब अझ तीव्र हुनेछ”, श्री मोदीले भने। 2047 ले भारतको स्वतन्त्रताको 100 वर्ष र सिक्किमको राज्यको रूपमा 75 वर्ष मनाउने कुरालाई जोड दिँदै उनले यस कोसेढुङ्गामा सिक्किम कस्तो देखिनुपर्छ भन्ने कुराको लागि लक्ष्य निर्धारण गर्नुपर्ने आवश्यकतामा जोड दिए। सिक्किमको भविष्यको लागि रोडम्यापको कल्पना, योजना र समय-समयमा समीक्षा गर्नका लागि सामूहिक प्रयासहरूको आग्रह गर्दै श्री मोदीले सिक्किमको अर्थतन्त्रलाई बढावा दिने र यसलाई ‘वेलनेस स्टेट’ को रूपमा आकार दिने महत्त्वमाथि जोड दिए। उनले युवाहरूका लागि अधिक अवसर पैदा गर्न विशेष ध्यान दिनुपर्ने कुरामाथि बल दिए। श्री मोदीले भने, सिक्किमको युवा पुस्ता स्थानीय आवश्यकताहरूका लागि मात्र नभई वैश्विक मागहरूका लागि पनि तयार हुनुपर्छ। उनले वैश्विक रूपमा युवाहरूको उच्च माग भएका क्षेत्रहरूमा नयाँ कौशल विकास अवसर स्थापना गर्ने आवश्यकतामाथि पनि जोड़ दिए।

प्रधानमन्त्रीले आगामी 25 वर्षमा सिक्किमलाई विकास, सम्पदा र वैश्विक पहिचानको सर्वोच्च शिखरमा पुर्याउन सामूहिक प्रतिज्ञा लिन सबैलाई आह्वान गरे। प्रधानमन्त्रीले भने, “हाम्रो सपना भनेको सिक्किम भारतको लागि मात्र नभई सम्पूर्ण विश्वको लागि हरित मोडेल राज्य बनोस्।” सिक्किमका प्रत्येक नागरिकको लागि सुरक्षित घर सुनिश्चित गर्ने लक्ष्यमा पनि प्रधानमन्त्रीले जोड़ दिए। उनले प्रत्येक घरमा सौर्य ऊर्जाबाट चल्ने बिजुली ल्याउने दृष्टिकोणलाई पनि जोड दिए। “सिक्किम कृषि-स्टार्टअप र पर्यटन स्टार्टअपमा अग्रणीको रूपमा देखा पर्नुपर्छ र जैविक खाद्य निर्यातमा वैश्विक स्तरमा आफ्नो पहिचान स्थापित गर्नुपर्छ”, श्री मोदीले कल्पना गरे। उनले थप बताए अनुसार सिक्किम यस्तो ठाउँ हुनुपर्छ जहाँ प्रत्येक नागरिकले डिजिटल लेनदेनलाई अँगाल्छन् र एउटा यस्तो राज्य जहाँ फोहोरबाट धनको पहललाई नयाँ उँचाइमा पुऱ्याइन्छ। आगामी 25 वर्ष यी महत्त्वाकांक्षी लक्ष्यहरू हासिल गर्न र वैश्विक मञ्चमा सिक्किमको उपस्थिति स्थापित गर्न समर्पित छ, श्री मोदीले सबैलाई यो भावनाका साथ अगाडि बढ्न र आफ्नो समृद्ध सम्पदाको निर्माण जारी राख्न आग्रह गर्दै निष्कर्ष निकाले।

यस कार्यक्रममा सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुर, सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ सहित अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

पृष्ठभूमि

राज्य स्थापनाको गौरवशाली 50 वर्षको उपलक्ष्यमा प्रधानमन्त्रीले सिक्किम@50 मा भाग लिए: जसको विषयवस्तु जहाँ प्रगति उद्देश्यले पूरा गर्दछ र प्रकृतिले विकासलाई पोषण गर्दछ रहेको थियो। सिक्किम सरकारले सुनौलो, समृद्ध र समर्थ सिक्किम विषयवस्तु अन्तर्गत एक वर्ष लामो कार्यक्रमहरूको योजना बनाएको छ, जसले सिक्किमको सांस्कृतिक समृद्धि, परम्परा, प्राकृतिक वैभव र यसको इतिहासको सारलाई मनाउँछ।

प्रधानमन्त्रीले सिक्किममा धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन पनि गरे। परियोजनाहरूमा नाम्ची जिल्लामा 750 करोड रुपियाँभन्दा अधिक लागतको 500 शैयाको नयाँ जिल्ला अस्पताल; गेजिङ जिल्लाको पेलिङमा साङ्गाछोलिङमा यात्रु रोपवे; गान्तोक जिल्लाको साङ्खोलामा रहेको अटल अमृत उद्यानमा भारत रत्न अटल बिहारी वाजपेयी जीकोप्रतिमा आदि सामेल छन्।

प्रधानमन्त्रीले राज्य स्थापनाको 50 वर्ष पूरा भएको अवसरमा स्मारक सिक्का, स्मारिका सिक्का र डाक टिकट पनि जारी गरे।

 

********


(Release ID: 2132284)