कृषि मन्त्रालय र किसान कल्याण
केन्द्रिय कृषि मन्त्री श्री शिवराजसिंह चौहानको पहलमा देशभरी चल्नेछ विकसित कृषि सङ्कल्प अभियान
पूरी (ओडिशा) बाट 29 मईदेखि शुरु हुनेछ अभियान, वैज्ञानिकहरू गाउँ-गाउँ गएर किसानहरूसँग गर्नेछन् संवाद
पन्ध्र दिनको अभियानमा केन्द्रिय मन्त्री श्री शिवराजसिंहले करिब 20 राज्यमा प्रवास गर्नेछन्
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको “ल्याब टू ल्याण्ड” भिजन अनि विकसित भारतको परिकल्पना हुनेछ साकार
सात सयभन्दा धेरै जिल्ला, 65 हजार गाउँ अनि करिब 1.5 करोड किसानसम्म पुग्नेछ 2170 टीम
Posted On:
27 MAY 2025 5:55PM by PIB Gangtok
नयाँ दिल्ली, 29 मई 2025।
केन्द्रिय कृषि एवं किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराजसिंह चौहानको पहलमा शुरु भइरहेको राष्ट्रव्यापी “विकसित कृषि सङ्कल्प अभियान”को तयारी पूरा भएको छ। 29 मईको दिन ओडिशाको पूरीको पावन पवित्र स्थलबाट यस अभियानको शुरुवात गरिनेछ, जसमा केन्द्रिय मन्त्री श्री शिवराजसिंह चौहान पनि सामेल हुनेछन्। पन्ध्र दिनसम्म चल्ने यस बृहत् अभियानका समय श्री चौहानले करिब 20 वटा राज्यमा प्रवास गर्दै किसान अनि वैज्ञानिकहरूको उत्साह बढाउनका साथै उनीहरूसँग सीधा संवाद पनि गर्नेछन्।
केन्द्रिय मन्त्री चौहानले 29 मईको दिन ओडिशापछि 12 जूनसम्म अभियानको क्रममा जम्मू, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, महाराष्ट्र, हरियाणा, पञ्जाब, उत्तराखण्ड, आसम, मेघालय, कर्नाटक, तामिल नाडु, तेलङ्गाना, आन्ध्र प्रदेश, मध्य प्रदेश, दिल्ली अनि छत्तीसगढमा किसान तथा वैज्ञानिक टोलीका साथ संवादमा पनि सहभागी बन्नेछन्।
यस अभियानको उद्देश्यमा यी बुँदाहरू सामेल छन्, जस्तै क्षेत्र विशेषका लागि खरिफ मौसममा उब्जनी गरिने प्रमुख फसल-बालीसित सम्बन्धित आधुनिक तकनिकीबारे किसानहरूलाई जागरूक गराउनु, किसानहरूका लागि उपयोगी सरकारी योजना-नीतिहरूबारे जागरूक गराउनु, किसानहरूलाई माटोको स्वास्थ्य कार्डमा दिइएको सुझाउ अनुरूप विभिन्न फसलको चयन तथा सन्तुलित मलको प्रयोगका लागि जागरूक अनि शिक्षित बनाउनु लगायत उनीहरूबाट प्रतिक्रिया प्राप्त गर्नु, ताकि उनीहरू गरिएको नवाचारबारे वैज्ञानिक जानकारी प्राप्त गरी अनुसन्धानको दिशा निर्धारण गर्नसकियोस्।
खरिफ मौसममा किसानहरूलाई सीधा फाइदा पुऱ्याउने उद्देश्यका साथ देशव्यापी “विकसित कृषि सङ्कल्प अभियान”, भारतीय कृषि अनुसन्धान परिषद (आइसीएआर) अनि केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा राज्य सरकारहरूको सहयोगमा 29 मईदेखि 12 जूनसम्म 700 भन्दा धेरै जिल्लामा आयोजित गरिनेछ। यस अवधिमा वैज्ञानिकहरूको टोलीले गाउँ-गाउँ गएर किसानहरूसँग संवाद गर्नेछ। अभियानमा देशभरीका सबै 731 कृषि विज्ञान केन्द्र (केभीके), आइसीएआरका सबै 113 संस्थान, राज्य स्तरीय विभागहरू तथा कृषि, बागवानी, पशुपालन, मत्स्य पालनका अधिकारी-कर्मचारीहरूका साथमा प्रगतिशील किसान अनि कृषिसँग जोडिएका मानिसहरू सामेल रहनेछन्।
अभियानको लक्ष्य विभिन्न राज्यमा करिब डेढ करोड किसानहरूसम्म प्रत्यक्ष रूपमा पुग्न अथवा सीधा संवाद गर्नुका अतिरिक्त प्रधानमन्त्री श्री नरेन्द्र मोदीको “ल्याब टू ल्याण्ड”को परिकल्पनालाई धरातलमा उतार्नु रहेको छ। केन्द्रिय मन्त्री श्री शिवराजसिंह चौहान भन्छन्, “यस अभियानले विकसित कृषिका साथसाथै प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विकसित भारत-2047 को सङ्कल्पलाई साकार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
******
(Release ID: 2132225)