WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभेक्स 2025 मा एम एवं ई स्टार्टअप्सको निवेश सम्भावनामाथि प्रकाश पारियो


एम एवं ईका लागि समर्पित एञ्जल नेटवर्कमाथि काम गरिँदैछ

वेभ्समा 30 स्टार्टअप्सलाई एक-एक गरी कुराकानी गर्ने अवसर दिइयो

 Posted On: 04 MAY 2025 2:15PM |   Location: PIB Gangtok

मुम्बई, 4 मई 2025

 

मुम्बईमा आयोजित विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) अन्तर्गत प्रमुख स्टार्टअप पहल वेभेक्स 2025 नवाचार, उद्यमिता अनि निवेशको एउटा आशाजनक सङ्गम हो।

सूचना एवं प्रसारण मन्त्रालयका संयुक्त निर्देशक आशुतोष मोहलेले वेभेक्सको संक्षिप्त अवलोकन प्रस्तुत गर्दै मिडिया एवं मनोरञ्जन क्षेत्रमा स्टार्टअप्सलाई बढावा दिन तथा उनीहरूका विचारलाई अघि बढाउनका लागि एउटा राष्ट्रिय मञ्च प्रदान गर्ने यसको दृष्टिकोणबारे प्रकाश पारे।

इन्टरनेट एण्ड मोबाइल एसोसिएशन अव् इण्डियाका (आइएमएआइ) चीफ ग्रोथ अफिसर सन्दीप झिङ्गरनले यस पहलले पाएको सकारात्मक प्रतिक्रियामाथि सन्तोष व्यक्त गरे। “हामीलाई एक हजारभन्दा धेरै आवेदन प्राप्त भयो। त्यसमध्ये तीसले सीधै निवेशकहरूसँग सम्पर्क गरे अनि उनीहरूमा आधाभन्दा धेरै अघिबाटै सक्रिय कुराकानीमा छन्,” उनले बताए। एम एवं ई स्टार्टअपमाथि ध्यान केन्द्रित गर्नका लागि यस्ता प्रयास आवश्यक रहेको कुरामाथि उनले बल दिए।

निवेशकहरूको आवाजले यस पहलको परिवर्तनकारी क्षमतालाई अरू धेरै परिप्रेक्ष्यमा प्रदान गरे। वार्मअप भेञ्चर्सका भेन्यु पार्टनर राजेश जोशीले स्टार्टअप संस्थापकदेखि निवेशक बन्नुसम्म आफ्नो व्यक्तिगत यात्रामाथि विचार अघि सारे। “जीवन एउटा पूर्ण चक्रमा आएको छ... हामीले अब 11 स्टार्टअपसँग कुरा गरिरहेका छौं,” उनले बताए।

क्याबिलका संस्थापक मुस्तफा हरनेसवालाले यस क्षेत्रमा निवेश गर्ने सन्दर्भमा पारम्परिक अनिच्छालाई उजागर गरे। “कैयौं मानिस मिडिया एवं मनोरञ्जनमा निवेश गर्नबाट जोगिने गर्छन्। वेभ्सले त्यस मानसिकतालाई परिवर्तित गरिरहेको छ। अब हामी मिडिया एवं मनोरञ्जनका लागि एउटा समर्पित एञ्जल नेटवर्क बनाउने दिशामा काम गरिरहेका छौं र अन्तरराष्ट्रिय सरकारहरूका साथ सहयोगको माध्यमले वैश्विक सम्बन्धको पनि खोज गरिरहेका छौं,” उनले बताए।

प्यानलमा मिडियाको प्रश्नहरूको उत्तर पनि दिइयो, जसबाट स्टार्टअपको उदीयमान परिदृश्यबारे जानकारी प्राप्त भयो। निवेशकले सार्थक सामग्रीमा कसरी अन्तर गर्छन् भन्ने प्रश्नमा राजेशले “गिगल” नामक स्टार्टअप एपको उदाहरण दिए, जसले साइबर बुलिङ र यौन सामग्रीबाट जोगिन सहयोग गर्ने एउटा प्लेटफर्म बनाइरहेको छ र यसलाई जिम्मेवार नवाचारको निम्ति एउटा बेञ्चमार्क बताए।

लिङ्ग प्रतिनिधित्त्वमाथि सन्दीपले महिला उद्यमीहरूको सीमित भागीदारीली स्वीकार गरे। “हामी राम्रो गर्न प्रतिबद्ध छौं। भविष्यका संस्करणहरूमा हामी अरू धेरै महिला उद्यमीहरूलाई आएको हेर्ने आशा गर्छौं,” उनले बताए।

कार्यक्रमको प्रारूपमाथि विस्तारका साथ कुरा गर्दै सन्दीप झिङ्गरनले 2 दिनमा 30 स्टार्टअपलाई एकसँग अर्कोलाई कुराकानी गर्ने अवसर दिइएको बताए। मुस्तफा हरनेसवालाले कन्टेन्ट क्रिएटर्सका लागि मुद्रिकरण रणनीतिको आवश्यकतामाथि बल दिँदै वेभ्स जस्तो पहलले यस अन्तरलाई पाट्न मद्दत गर्ने बताए।

वेभेक्स 2025 ले एम एवं ई क्षेत्रका लागि स्टार्टअप परितन्त्रमा एउटा खेल परिवर्तनकारीका रूपमा स्वयंलाई स्थापित गर्न जारी राख्दै पुराना सीमाहरू तोडी सम्पूर्ण भारतमा निवेशकहरूका लागि नयाँ अवसरलाई बढावा दिनेछ।

 

वास्तविक समयमा आधिकारिक अपडेटहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:

एक्स-मा:

https://x.com/WAVESummitIndia

https://x.com/MIB_India

https://x.com/PIB_India

https://x.com/PIBmumbai

इन्स्टाग्राममा:

https://www.instagram.com/wavesummitindia

https://www.instagram.com/mib_india

https://www.instagram.com/pibindia

********

पीआईबी टीम वेभ्स 2025 । राजित/ पौषाली/निखिता/ दर्शना । 174

 


Release ID: (Release ID: 2127027)   |   Visitor Counter: 9