महिला तथा बाल विकास मन्त्रालय
महिला एवं बाल विकास मन्त्रालयद्वारा 1 अप्रेल 2025 देखि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारका लागि आवेदन आमन्त्रित
आवेदन जमा गर्ने अन्तिम तिथि 31 जुलाई 2025
Posted On:
27 MAR 2025 4:53PM by PIB Gangtok
नयाँ दिल्ली, 27 मार्च 2025।
महिला एवं बाल विकास मन्त्रालयले राष्ट्रिय पुरस्कार पोर्टलको ( https://awards.gov.in ) माध्यमद्वारा 1 अप्रेल, 2025 देखि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारको निम्ति आवेदन आमन्त्रित गरिरहेको छ। मन्त्रालयले बहादुरी, खेल, सामाजिक सेवा, विज्ञान एवं प्रौद्योगिकी, पर्यावरण तथा कला एवं संस्कृतिमा उल्लेखनीय उपलब्धिका लागि 5 देखि 18 आयु वर्षका बच्चाहरूलाई सम्मानित गर्न हरेक साल प्रधानमन्त्री बाल पुरस्कार आयोजित गर्दछ।

भारतमा बसोबासो गर्ने भारतीय नागरिक रहेका तथा 5 देखि 18 वर्षसम्मको आयुवर्गका (31 जुलाई 2025 सम्म) कुनै पनि बच्चा, यी पुरस्कारका लागि पात्र ठहरिनेछन्। पुरस्कारका लागि स्व-नामाङ्कन र सिफारिश दुवैमाथि विचार गरिन्छ। अनलाइन आवेदन गर्ने अन्तिम मिति 31 जुलाई 2025 तोकिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि कृपया वेबसाइट ( https://awards.gov.in ) हेर्नुहोला।
मन्त्रालयले प्रत्येक वर्ष बहादुरी, खेल, सामाजिक सेवा, विज्ञान एवं प्रौद्योगिकी, पर्यावरण तथा कला एवं संस्कृतिमा उल्लेखनीय उपलब्धिका लागि 5 देखि 18 वर्षका बच्चाहरूलाई सम्मानित गर्नका लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार आयोजित गर्दछ।
*******
(Release ID: 2126042)