WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

बृटेन, जापान अनि रूससहित 60 भन्दा धेरै देशका प्रतिनिधि वेभ्स 2025 मा वैश्विक मिडिया संवादनमा सामेल हुनेछन्


वैश्विक मिडिया संवादको हिस्साका रूपमा वेभ्स घोषणा जारी गरिनेछ

वैश्विक मिडिया संवाद वैश्विक मन्त्री स्तरीय भागीदारीका साथ वेभ्स 2025 को केन्द्रविन्दु बन्न तयार

 प्रविष्टि तिथि: 01 MAY 2025 7:02PM |   Location: PIB Gangtok

मुम्बई, 1 मई 2025

 

मुम्बईको वेभ्स सम्मेलनमा पहिलोपटक वैश्विक मिडिया संवाद – जीएमडी आयोजित गर्न भारत तयार छ। यो वैश्विक मिडिया एवं मनोरञ्जन परिदृश्यका साथ देशलाई जोड्न एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुनेछ। संवादको आयोजन सूचना एवं प्रसारण मन्त्रालय र विदेश मन्त्रालयको सहयोगमा गरिँदैछ।

यस कार्यक्रममा 60 भन्दा धेरै देशले भाग लिने आशा गरिएको छ। यसमा एशिया, युरोप, अफ्रिका अनि अमेरिकाका प्रतिनिधि मण्डल सामेल हुनेछन्। रूस, जापान, बृटेन, मिश्र, सऊदी अरब र कैयौं अन्य देशको प्रतिनिधित्त्व मन्त्री स्तरीय अनि वरिष्ठ अधिकारी स्तरमा गरिनेछ। संवादको उद्देश्य अन्तरराष्ट्रिय सहयोगलाई प्रोत्साहित गर्नु, सर्वोत्तम प्रथालाई बढावा दिनु र वैश्विक मिडिया क्षेत्रमा नीति संरेखन, प्रतिभा आदान-प्रदान र क्षमता निर्माणको निम्ति बाटो खोज्नु रहेको छ।

संवादको अन्त्यमा भाग लिने देशहरूद्वारा मिडिया एवं मनोरञ्जन क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगको पुष्टि गर्न र भविष्यको भागीदारी र यसको निम्ति आधार तयार गर्नका लागि एउटा “वेभ्स घोषणा” गरिने आशा गरिएको छ। भारतले आफ्नो मिडिया परितन्त्र र तेजीका साथ बढ्दो मनोरञ्जन उद्योगसँग यस प्रकारको संवाद आयोजित गर्न तयार छ। जीएमडी विश्वलाई आकार दिन मिडियाको भूमिकामाथि वैश्विक विमर्शको केन्द्रमा भारतलाई अघि राख्न महत्त्वपूर्ण छ।

संवाद के अंत में भाग लेने वाले देशों द्वारा मीडिया और मनोरंजन क्षेत्र में अंतर्राष्ट्रीय सहयोग के महत्व की पुष्टि करने और भविष्य की भागीदारी और भागीदारी के लिए आधार तैयार करने के लिए एक ‘वेव्स घोषणा’ किये जाने की उम्मीद है। भारत अपने मीडिया इकोसिस्टम और तेजी से बढ़ते मनोरंजन उद्योग के साथ, इस तरह के संवाद की मेजबानी करने के लिए तैयार में है। जीएमडी दुनिया को आकार देने में मीडिया की भूमिका पर वैश्विक बातचीत के केंद्र में भारत को आगे रखने में महत्वपूर्ण है।

वैश्विक मिडिया संवादले समाज, अर्थव्यवस्था अनि अन्तरराष्ट्रिय सहयोगलाई आकार दिन मिडिया एवं मनोरञ्जनको उदीयमान भूमिकामाथि चर्चा गर्नका लागि विश्वभरीका प्रमुख हितधारकहरूलाई एक साथ ल्याउनेछ। संवादले मिडिया एवं मनोरञ्जन क्षेत्रको उदीयमान परिदृश्यमाथि चर्चा गर्न एउटा मञ्च प्रदान गर्नेछ। तेजीका साथ भइरहोक तकनिकी परिवर्तन, बद्लिँदो विषय-वस्तुका प्रवृत्ति अनि बढ्दो वैश्विक परस्पर सम्बद्धताका साथ, संवादको उद्देश्य समाजलाई आकार दिन, नवाचारलाई बढावा दिन र अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिन मिडियाको भूमिकामाथि विचार, अनुभव र दृष्टिकोण आदान-प्रदान गर्न प्रोत्साहित गर्नुरहेको छ।

वेभ्समा भारतले बृटेन, रूस, इण्डोनेशिया, केन्या, भोटाङ अनि मिश्रसहित 10 भन्दा धेरै देशका साथसाथै विश्व बौद्धिक सम्पदा सङ्गठन (डब्लुआइपीओ) जस्ता अन्तरराष्ट्रिय सङ्गठनका साथ द्विपक्षीय बैठक पनि गर्नेछ। यसले वैश्विक सहयोगलाई सुदृढ बनाउन र आपसी हितका प्रमुख क्षेत्रमा साझेदारीलाई बढावा दिन भारतको प्रतिबद्धतालाई दर्शाउँछ।

यस कार्यक्रममा विदेश मन्त्री डा. एस जयशङ्कर, रेल, सूचना एवं प्रसारण तथा ईलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णव र सूचना एवं प्रसारण तथा संसदीय मामिला राज्य मन्त्री डा. एल मुरूगन सामेल हुनेछन्। गणमान्य व्यक्तिहरूको उपस्थितिले एउटा प्रबल, समावेशी अनि दूरदर्शी वैश्विक मिडिया वातावरणलाई बढावा दिन भारतको प्रतिबद्धतालाई रेखाङ्कित गर्नेछ।

******

पीआईबी टीम वेभ्स 2025 । रजित/अथिरा थम्पी/दर्शना। 128


रिलीज़ आईडी: 2126029   |   Visitor Counter: 32

इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Assamese , Gujarati , Tamil , Telugu , Malayalam