WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

“आख्यान एवं विरासत : भारतको आत्मालाई आकार दिने कथाहरू” माथि चर्चाका साथ वेभ्स 2025 शुरु


“वेभ्स भारत सरकारको सुन्दर पहल हो। यसको हिस्सा बन्नपाउँदा म धेरै खुशी छु” : हेमा मालिनी

“म कला अनि व्यावसायिक सिनेमाबीच फरक छुट्याउँदिन – यो कथा भन्ने प्रक्रिया हो जसले मानिसहरूलाई मोहित गर्दछ” : मोहनलाल

“अभिनय मेरो बाल्यकालदेखिकै पहिलो प्रेम हो” : चिरञ्जीवी

 Posted On: 01 MAY 2025 4:32PM |   Location: PIB Gangtok

मुम्बई, 01 मई 2025

 

प्रथम विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) भव्य शैलीमा मुम्बईको प्रतिष्ठित जियो वर्ल्ड सेन्टरमा आख्यान एवं विरासत : भारतको आत्मालाई आकार दिने कथाहरूमाथि दमदार प्यानल चर्चाका साथ शुरु भयो। यस सत्रमा भारतका कैयौं प्रतिष्ठित सिनेमाई प्रतीक कथावाचन, रचनात्मकता अनि सांस्कृतिक विरासतमाथि आकर्षक बहसमा सामेल भए।

उद्घाटन प्यानलमा हेमा मालिनी, मोहनलाल अनि चिरञ्जीवी जस्ता प्रतिष्ठित व्यक्तित्त्व सामेल थिए जसलाई सुपरस्टार अक्षय कुमारले सञ्चालन गरेका थिए।

यस अवसरमा बोल्दै ड्रीमगर्ल हेमा मालिनीले यस पहलको मन्त्रमुग्ध शब्दमा प्रशंसा गर्दै यो भारत सरकारको सुन्दर पहल रहेको र यसमा सहभागी बन्नपाउँदा खुशी लागेको बताइन्। प्रधानमन्त्री मोदीको दूरदृष्टि अनि नेतृत्त्वले वेभ्सलाई रचनाकार अनि प्रवर्तकहरूको निम्ति अद्वितीय मञ्च बनाएको छ, उनले बताइन्।

प्रतिष्ठित मलयालम अभिनेता मोहनलालले सिनेमाको उदीयमान प्रकृतिबारे आफ्नो विचार साझा गरे। कला सिनेमा अनि मनोरञ्जन सिनेमाबीच अति नै पातलो रेखा रहेको र कला फिल्मको मनोरञ्जन मूल्य पनि हुने गरेको बताए। म कला अनि व्यावसायिक सिनेमाबीच फरक छुट्याउँदिन यो कथावाचन हो, जसले मानिसहरूलाई मोहित गर्दछ,” अभिनेता मोहनलालले बताए।

वरिष्ठ अभिनेता चिरञ्जीवीले आफ्नो सिनेमाई यात्राबारे भावपूर्ण अभिव्यक्ति साझा गर्दै यो अटल अभीप्सा अनि उत्कृष्टताको निरन्तर खोज रहेको बताए। शुरुवाती आकाङ्क्षाको स्मरण गर्दै अभिनेता चिरञ्जीवीले भने, “अभिनय मेरो बाल्यकालदेखिको पहिलो प्रेम थियो। म सधैं लक्ष्य प्राप्त गर्ने इच्छाले प्रेरित थिए। मैले निरन्तर आफूलाई सोध्ने गर्थे कुन विशिष्ट तत्त्वले मलाई उत्तम अभिनेता बनाउन सक्दछ?”

प्रामाणिकताप्रति आफ्नो प्रतिबद्धतामाथि जोड दिँदै अभिनेता चिरञ्जीवीले धरातलसँग जोडिएर रहनका साथै आफैसँग पनि त्यसरी नै जोडिएरै रहने गहिरो इच्छा व्यक्त गरे। दर्शकहरूले मलाई सधैं छिमेककै एकजना केटोका रूपमा हेरून् भन्ने म चाहन्छु। यसैले म आफ्नो अभिनयलाई यथासम्भव स्वाभाविक अनि वास्तविक राख्ने कोशिश गर्दछु”, उनले बताए। आफ्नो कलालाई आकार दिने दिग्गजहरूलाई श्रद्धाञ्जलि दिँदै एक कलाकारका रूपमा आफ्नो विकासमा मिथुन चक्रवर्ती, अमिताभ बच्चन अनि कमल हसन जस्ता सिनेमाई दिग्गजको गहन प्रभाव रहेको उनले स्वीकार गरे।

चर्चा व्यक्तिगत चिन्तन अनि साझा विरासतको एउटा मार्मिक मिश्रण थियो, जसले दर्शकहरूलाई भारतीय सिनेमाका महान अभिनेताहरूको मन अनि हृदयको दुर्लभ झलक प्रदान गरेको थियो।

*****

पीआईबी टीम वेभ्स 2025 । रजित/स्वाधीन/लक्ष्मीप्रिया/ दर्शना । 124


Release ID: (Release ID: 2125859)   |   Visitor Counter: 11