प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 17 औँ निजामती सेवा दिवसलाई गरे सम्बोधन


आज हामीले जुन नीतिहरूमा काम गरिरहेका छौँ, जुन निर्णय लिइरहेका छौँ, ती सबैले आगामी हजार वर्षको भविष्यलाई आकार दिनेछन्: प्रधानमन्त्री

भारतको आकांक्षी समाज - युवा, किसान, महिला - उनीहरूका सपना अभूतपूर्व उँचाइमा पुगिरहेका छन्, यी असाधारण आकांक्षाहरूलाई पूरा गर्नका लागि असाधारण गति आवश्यक छ: प्रधानमन्त्री

वास्तविक प्रगतिको अर्थ साना-ठूला परिवर्तनहरू होइनन् तर पूर्ण मात्रामा प्रभाव हो; हरेक घरमा स्वच्छ जल, हरेक बालबच्चाका लागि गुणस्तरीय शिक्षा, हरेक उद्यमीका लागि वित्तीय पहुँच र हरेक गाउँका लागि डिजिटल अर्थतन्त्रको फाइदा, यो नै समग्र विकास हो: प्रधानमन्त्री

शासनमा गुणवत्ता के कुराले निर्धारित गर्दछ भने योजनाहरू जनतासम्म कति गहिराइमा पुगिरहेका छन् र तिनले जमिनी स्तरमा कति वास्तविक प्रभाव पारिरहेका छन् : प्रधानमन्त्री

पछिल्ला 10 वर्षमा भारतले वृद्धिशील परिवर्तनभन्दा अगाडि बढेर प्रभावकारी परिवर्तन देख्ने अवसर पाएको छ: प्रधानमन्त्री

भारतले शासन, पारदर्शिता र नवाचारामा नयाँ मापदण्ड स्थापित गरिरहेको छ: प्रधानमन्त्री

‘जनभागीदारी’ को दृष्टिकोणले जी20 लाई मानिसहरूको आन्दोलनमा परिण

Posted On: 21 APR 2025 1:14PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको विज्ञान भवनमा 17औँ निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीहरूलाई सम्बोधन गरे। उनले लोक प्रशासनमा उत्कृष्टताका लागि प्रधानमन्त्री पुरस्कार पनि प्रदान गरे। सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निजामती सेवा दिवसको अवसरमा सबैलाई बधाई दिए तथा यस वर्षको समारोहको महत्त्वमाथि प्रकाश पारे, किनकि यो संविधानको 75औँ वर्ष र सरदार वल्लभ भाइ पटेलको 150औँ जन्मजयन्ती हो। 21 अप्रेल, 1947 मा सरदार पटेलको प्रतिष्ठित कथनलाई सम्झना गर्दै उनले निजामती कर्मचारीहरूलाई भारतको स्टील फ्रेमभनेर उल्लेख गरेका थिए। श्री मोदीले पटेलको नोकरशाहीको दृष्टिकोणमाथि जोड दिए, जसले अनुशासन, इमानदारी र लोकतान्त्रिक मूल्यहरूलाई कायम राख्दछन्। उनले विकसित भारत बन्ने भारतको सङ्कल्पको सन्दर्भमा सरदार पटेलका आदर्शहरूको प्रासङ्गिकतालाई रेखाङ्कित गरे तथा सरदार पटेलको दूरदृष्टि र विरासतलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरे।

लाल किल्लाबाट आफ्नो पछिल्लो वक्तव्यमाथि विचार गर्दै आगामी हजार वर्षको लागि भारतको जगलाई मजबुत बनाउने आवश्यकतामाथि बल दिएका थिए, श्री मोदीले भने कि यस सहस्राब्दीमा 25 वर्ष बितिसकेका छन्, जसलाई नयाँ शताब्दी र नयाँ सहस्राब्दीको 25औँ वर्षलाई चिन्हित गर्दछ। आज हामीले जुन नीतिमा काम गरिरहेका छौँ, जुन निर्णय लिइरहेका छौँ, तिनले आगामी हजार वर्षको भविष्यलाई आकार दिनेछन्”, उनले प्रकाश पारे। प्राचीन शास्त्रहरूलाई उद्धृत गर्दै उनले भने, जुन प्रकारले एउटै चक्काले रथ चल्न सक्दैन, त्यसरी नै प्रयास बिना भाग्यमा भर परेर मात्र सफलता हासिल गर्न सकिँदैन। विकसित भारतको लक्ष्य प्राप्त गर्नमा सामूहिक प्रयास र दृढ सङ्कल्पको महत्त्वलाई रेखाङ्कित गर्दै उनले सबैलाई यो साझा दृष्टिकोणको दिशामा हरेक दिन र हरेक क्षण अथक परिश्रम गर्न आग्रह गरे।

वैश्विक स्तरमा भइरहेका द्रुत परिवर्तनहरूको उल्लेख गर्दै उनले परिवारभित्र पनि युवा पुस्तासँग अन्तरक्रियाले परिवर्तनको तीव्र गतिका कारण कसरी पुरानो महसुस गराउन सक्छ भन्ने कुरा उल्लेख गर्दै प्रधानमन्त्रीले हरेक दुईदेखि तीन वर्षमा ग्याजेटहरूको द्रुत विकास र यी परिवर्तनहरूको बीचमा बालबच्चाहरू कसरी हुर्किरहेका छन् भन्ने कुरामा प्रकाश पारे। उनले के कुरामा जोड दिए भने भारतको नोकरशाही, कार्य प्रक्रिया र नीति निर्माणले पुरानो ढाँचामा काम गर्न सक्दैन। उनले 2014 मा शुरु भएको महत्त्वपूर्ण परिवर्तनमाथि टिप्पणी गर्दै यसलाई द्रुत गतिमा भएका परिवर्तनहरूसँग अनुकूलन गर्ने एक शानदार प्रयासको रूपमा वर्णन गरे। उनले भारतको समाज, युवा, किसान र महिलाहरूको आकांक्षामाथि प्रकाश पार्दै भने, उनीहरूका सपनाहरू अभूतपूर्व उँचाइमा पुगेका छन् र यी असाधारण आकांक्षाहरूलाई पूरा गर्नका लागि असाधारण गतिको आवश्यकता पर्दछ। प्रधानमन्त्रीले आगामी वर्षहरूका लागि भारतका महत्त्वाकांक्षी लक्ष्यहरूलाई रेखाङ्कित गरे, जसमा ऊर्जा सुरक्षा, स्वच्छ ऊर्जा, खेलकुदमा प्रगति र अन्तरिक्ष अन्वेषणमा उपलब्धिहरू सामेल छन्, हरे क्षेत्रमा भारतको झण्डा उच्च पार्ने महत्त्वमाथि उनले जोड दिए। भारतलाई छिटोभन्दा छिटो विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बनाउनका लागि निजामती कर्मचारीहरूमा रहेको भारी जिम्मेवारीलाई रेखाङ्कित गर्दै उनले यो महत्वपूर्ण उद्देश्यलाई प्राप्त गर्नमा कुनै पनि प्रकारको ढिलाइलाई रोक्न आग्रह गरे।

यस वर्षको निजामती सेवा दिवसको विषयवस्तु भारतको समग्र विकासमा खुशी व्यक्त गर्दै श्री मोदीले यो केवल एउटा विषयवस्तु मात्र नभई राष्ट्रका जनताप्रतिको प्रतिबद्धता र प्रतिज्ञा हो भन्ने कुरामा जोड दिए। भारतको समग्र विकास भनेको कुनै पनि गाउँ, कुनै पनि परिवार र कुनै पनि नागरिक पछाडि नपर्ने भनेर सुनिश्चित गर्नु हो”, उनले जोड दिए। उनले साँचो प्रगति भनेको साना-ठूला परिवर्तनहरू होइनन् तर पूर्ण मात्रा प्रभाव प्राप्त गर्ने बारेमा हो भनेर उल्लेख गरे। उनले समग्र विकासको दृष्टिकोणलाई रेखाङ्कित गरे, जसमा हरेक घरको लागि स्वच्छ जल, हरेक बच्चाको लागि गुणस्तरीय शिक्षा, हरेक उद्यमीको लागि वित्तीय पहुँच र हरेक गाउँको लागि डिजिटल अर्थतन्त्रको फाइदा सामेल छन्। उनले के कुरामा प्रकाश पारे भने शासनमा गुणवत्ता केवल योजनाहरूको शुभारम्भबाट मात्र निर्धारण हुँदैन, तर यी योजनाहरू जनतामा कति गहिराइमा पुगेका छन् र तिनीहरूको वास्तविक प्रभावबाट निर्धारण हुन्छ। प्रधानमन्त्रीले राजकोट, गोमती, तिनसुकिया, कोरापुट र कुपवाडा जस्ता जिल्लाहरूमा देखिने प्रभावको उल्लेख गरे, जहाँ विद्यालयमा उपस्थिति बढाउनेदेखि लिएर सौर्य ऊर्जा अपनाउनेसम्म महत्त्वपूर्ण प्रगति भएको छ। उनले यी पहलहरूसँग सम्बन्धित जिल्लाहरू र व्यक्तिहरूलाई बधाई दिए, उनीहरूको उत्कृष्ट काम र धेरै जिल्लाहरूले प्राप्त गरेको पुरस्कारको सराहना गरे।

पछिल्ला 10 वर्षमा भारतले वृद्धिशील परिवर्तनदेखि लिएर प्रभावकारी रूपान्तरणसम्म प्रगति गरेको कुरा प्रकाश पार्दै प्रधानमन्त्रीले देशको शासन मोडेल अब अघिल्लो पुस्ताको सुधारमा केन्द्रित भएको, सरकार र नागरिकहरू बीचको खाडललाई कम गर्नका लागि प्रविधि र नवीन प्रथाहरूको उपयोग गर्ने कुरामा जोड़ दिए। उनले यी सुधारहरूको प्रभाव ग्रामीण, शहरी र दुर्गम क्षेत्रहरूमा समान रूपमा स्पष्ट रहेको उल्लेख गरे। उनले आकांक्षी जिल्लाहरूको सफलताको बारेमा टिप्पणी गरे र आकांक्षी ब्लकहरूको समान रूपमा उल्लेखनीय उपलब्धिहरूमाथि जोड दिए। उनले यो कार्यक्रम जनवरी 2023 मा शुरु गरिएको र यसले केवल दुई वर्षमा अभूतपूर्व परिणाम देखाएको स्मरण गरे, जसले यी ब्लकहरूमा स्वास्थ्य, पोषण, सामाजिक विकास र आधारभूत पूर्वाधार जस्ता सूचकहरूमा महत्त्वपूर्ण प्रगतिलाई उजागार गर्दछ। रूपान्तरणकारी परिवर्तनहरूको उदाहरण पेश गर्दै उनले भने, राजस्थानको टोंक जिल्लाको पिपलु ब्लकमा आँगनवाडी केन्द्रहरूमा बालबच्चाहरूको लागि मापन दक्षता 20% बाट बढेर 99% भन्दा अधिक भएको छ, जबकि बिहारको भागलपुरको जगदीशपुर ब्लकमा पहिलो त्रैमासिकको अवधिमा गर्भवती महिलाहरूको पञ्जीकरण 25% बाट बढेर 90% भन्दा अधिक भएको छ। उनले अघि भने, जम्मू र कश्मीरको मारवाह ब्लकमा संस्थागत प्रसव 30% बाट बढ़ेर 100% पुगेको छ र झारखण्डको गुरडीह ब्लकमा धाराको पानी जडान 18% बाट बढ़ेर 100% पुगेको छ। उनले जोड दिँदै भने, यी केवल आँकड़ा मात्र होइनन्, तर अन्तिम किनारसम्म पुग्नको लागि सरकारको दृढ सङ्कल्पका प्रमाण हुन्। सही नियत, योजना र कार्यान्वयनको साथ दुर्गम क्षेत्रहरूमा पनि रूपान्तरण सम्भव छ”, उनले थपे।

पछिल्लो एक दशकमा भारतका उपलब्धिहरूलाई रेखाङ्कित गर्दै रूपान्तरणकारी परिवर्तनहरू र देशले नयाँ उँचाइ प्राप्त गरेको कुरामा जोड दिँदै श्री मोदीले टिप्पणी गरे, “भारत अब यसको विकासको लागि मात्र होइन तर शासन, पारदर्शिता र नवाचारमा नयाँ मानक स्थापित गर्नका लागि चिनिन्छ।उनले भारतको जी20 अध्यक्षतालाई यी प्रगतिहरूको एक महत्त्वपूर्ण उदाहरण हताउँदै भने कि जी20 को इतिहासमा पहिलो पटक, 60 भन्दा अधिक शहरहरूमा 200 भन्दा अधिक बैठकहरू आयोजना गरिएको थियो, जसले एक व्यापक तथा समावेशी पदचिह्न सिर्जना गर्यो। उनले जनसहभागिताको दृष्टिकोणले जी20 लाई नागरिकको आन्दोलनमा कसरी रूपान्तरण गर्यो भन्ने कुरामा जोड दिए। विश्वले भारतको नेतृत्वलाई स्वीकार गरेको छ; भारत केवल सहभागी मात्र होइन, नेतृत्व पनि गरिरहेको छ”, उनले भने।

प्रधानमन्त्रीले सरकारी दक्षताको बारेमा बढ्दो चर्चामाथि प्रकाश पार्दै यस सन्दर्भमा भारत अन्य देशहरू भन्दा 10-11 वर्ष अगाडि रहेको कुरामा जोड दिए। उनले पछिल्ला 11 वर्षमा ढिलाइलाई समाप्त गर्न, नयाँ प्रक्रियाहरूलाई शुरु गर्न र प्रविधिको माध्यमद्वारा टर्नअराउण्ड समयलाई कम गर्नका लागि भइरहेका प्रयासहरूमाथि टिप्पणी गरे। उनले भने कि 40,000 भन्दा अधिक अनुपालनलाई हटाइएको छ अनि व्यापारलाई बढ़ावा दिनका लागि 3,400 भन्दा अधिक कानुनी प्रावधानहरूलाई अपराधमुक्त गरिएको छ। उनले यी सुधारहरूको क्रममा सामना गर्नुपरेको प्रतिरोधको सम्झना गरे, जसमा आलोचकहरूले यस्ता परिवर्तनहरूको आवश्यकतामाथि प्रश्न उठाएका थिए। यद्यपि, उनले के कुरामा जोड दिए भने सरकार दबाउको अगाडि झुकेन। नयाँ परिणाम प्राप्त गर्न नयाँ दृष्टिकोणहरू आवश्यक रहेको कुरामा उनले जोड़ दिए। उनले यी प्रयासहरूको परिणामस्वरूप भारतको व्यवसाय गर्न सजिलो श्रेणीमा भएको सुधारलाई थप प्रकाश पारे तथा भारतमा निवेशका लागि वैश्विक उत्साहलाई उल्लेख गरे। प्रधानमन्त्रीले निर्धारित लक्ष्यहरूलाई प्रभावकारी रूपमा प्राप्त गर्नका लागि राज्य, जिल्ला र ब्लक स्तरमा नोकरशाहीलाई समाप्त गरेर यस अवसरको लाभ उठाउने आवश्यकतामाथि बल दिए।

पछिल्ला 10-11 वर्षको सफलताले विकसित भारतको लागि एक मजबुत जग बसालेको छ”, श्री मोदीले भने। राष्ट्रले अब यो बलियो आधारमा विकसित भारतको भव्य भवन निर्माण शुरु गरेको छ, तर उनले अगाडि रहेका महत्त्वपूर्ण चुनौतीहरूलाई स्वीकार गरे। उनले आधारभूत सुविधाहरूमा संतृप्तिको प्राथमिकतालाई जोड दिँदै भारत विश्वको सबैभन्दा अधिक आबादी भएको देश बनेको उल्लेख गरे। विकासमा समावेशिता सुनिश्चित गर्नका लागि उनले अन्तिम माइल वितरणमा बलियो ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले नागरिकहरूको विकसित आवश्यकता र आकांक्षाहरूमाथि प्रकाश पार्दै भने कि निजामती सेवाले प्रासङ्गिक रहन समकालीन चुनौतीहरूसँग अनुकूलन गर्नुपर्छ। श्री मोदीले अघिल्ला मानदण्डहरूको तुलनाभन्दा अघि बढ़ेर नयाँ मानदणअड स्थापित गर्नुपर्ने आवश्यकतामाथि बल दिए। उनले 2047 सम्ममा विकसित भारतको दृष्टिकोण विरुद्ध प्रगतिलाई मापन गर्न, प्रत्येक क्षेत्रमा लक्ष्यहरू प्राप्त गर्ने हालको गति पर्याप्त छ कि छैन भनेर जाँच गर्न र आवश्यक पर्ने ठाउँमा प्रयास तीव्र पार्न आग्रह गरे। उनले आज उपलब्ध प्रविधिमा भएको प्रगतिलाई जोड दिए र यसको शक्तिको उपयोग गर्न आह्वान गरे। पछिल्लो एक दशकका उपलब्धिहरूलाई उजागर गर्दै श्री मोदीले गरीबहरूका लागि 4 करोड घर निर्माणको उल्लेख गरे, जसमा 3 करोड अझ निर्माण गर्ने लक्ष्य राखिएको छ, 5-6 वर्षभित्र 12 करोडभन्दा अधिक ग्रामीण परिवारलाई धाराको पानीसित जोड्ने लक्ष्य राखिएको छ, जसको उद्देश्य प्रत्येक गाउँको घरमा चाँडै धारा जडान सुनिश्चित गर्नु हो। उनले पछिल्ला 10 वर्षमा विपन्न वर्गका लागि 11 करोडभन्दा अधिक शौचालय निर्माण गर्ने कुरा पनि उल्लेख गरे, जबकि फोहोर प्रबन्धन नयाँ लक्ष्य र लाखौँ विपन्न वर्गका व्यक्तिहरूलाई 5 लाख रुपियाँसम्मको निःशुल्क उपचार प्रदान गर्ने लक्ष्य राखेको बताए। श्री मोदीले नागरिकहरूको लागि पोषणमा सुधार गर्न नयाँ तरिकाका प्रतिबद्धताहरूको आवश्यकतामा जोड दिए र अन्तिम लक्ष्य 100% कभरेज र 100% प्रभाव हुनुपर्ने कुराको घोषणा गरे। उनले यो दृष्टिकोणले पछिल्लो एक दशकमा 25 करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकालेको र यसले गरिबीमुक्त भारततर्फ डोर्याउने विश्वास व्यक्त गरे।

औद्योगिकीकरण र उद्यमशीलताको गतिलाई नियन्त्रण गर्ने एक नियामकको रूपमा नोकरशाहीको पछिल्लो भूमिकामाथि विचार व्यक्त गर्दै, प्रधानमन्त्रीले जोड दिएक भने, राष्ट्र यो मानसिकताभन्दा अगाड़ि बढ़िसकेको छ र अहिले यस्तो माहोल बनिरहेको छ, जसले नागरिकहरू बीच उद्यमलाई बढ़ावा दिन्छ र उनीहरूलाई अवरोध पार गर्न मद्दत गरिरहेको छ। नागरिक सेवाहरूलाई एक सक्षमकर्ताको रूपमा रूपान्तरण गर्नुपर्छ, आफ्नो भूमिकालाई केवल नियम पुस्तिकाहरूको रक्षकबाट अघि बढ़ाएर विकासको सूत्रधार बन्नुपर्छ”, उनले भने। एमएसएमई क्षेत्रको उदाहरण प्रस्तुत गर्दै उनले मिशन म्यानुफ्याक्चरिङको महत्त्व र यस मिशनको सफलता कसरी एमएसएमईहरूमा धेरै निर्भर छ भन्ने कुरामाथि प्रकाश पारे। प्रधानमन्त्रीले वैश्विक परिवर्तनहरूको बीचमा, भारतका एमएसएमई, स्टार्टअप र युवा उद्यमीहरूसँग अभूतपूर्व अवसर रहेको औँल्याए। उनले वैश्विक आपूर्ति शृङ्खलामा अधिक प्रतिस्पर्धी बन्नुपर्ने आवश्यकतामाथि जोड दिए तथा एमएसएमईहरूले साना उद्यमीहरूबाट मात्र नभई वैश्विक रूपमा पनि प्रतिस्पर्धाको सामना गर्ने कुरा उल्लेख गरे। उनले टिप्पणी गरे कि यदि कुनै सानो देशले आफ्ना उद्योगहरूलाई अनुपालनको राम्रो सहजता प्रदान गर्दछ भने यसले भारतीय स्टार्टअपहरूलाई उछिन्न सक्छ। यसरी नै , उनले वैश्विक सर्वोत्तम प्रथाहरूमा भारतले आफ्नो स्थानको निरन्तर मूल्याङ्कन गर्ने आवश्यकतामा जोड दिए। प्रधानमन्त्रीले जोड दिँदै भने कि भारतीय उद्योगहरूको लक्ष्य वैश्विक स्तरमा सर्वश्रेष्ठ उत्पाद बनाउनु हो भने भारतको नोकरशाहीको लक्ष्य विश्वमा अनुपालनको सबैभन्दा सहज व्यवस्था प्रदान गर्नु हुनुपर्छ।

निजामती कर्मचारीहरूले प्रविधि बुझ्न मात्र नभई स्मार्ट तथा समावेशी शासनको लागि यसको प्रयोगलाई सक्षम बनाउने कौशल प्राप्त गर्नुपर्ने आवश्यकतामा जोड दिँदै श्री मोदीले टिप्पणी गरे, “प्रविधिको युगमा शासन भनेको प्रणाली प्रबन्धनको बारे होइन; यो सम्भावनाहरूलाई बढाउने बारेमा हो’’। उनले प्रविधिको माध्यमद्वारा नीति र योजनाहरूलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन प्रविधि-प्रेमी बन्ने महत्त्वमाथि जोड दिए। उनले सटीक नीति डिजाइन र कार्यान्वयन सुनिश्चित गर्नका लागि डेटा सञ्चालित निर्णय लिनमा विशेषज्ञताको आवश्यकतालाई प्रकाश पारे। कृत्रिम बुद्धिमत्ता र क्वान्टम फिजिक्समा द्रुत गतिमा भइरहेको प्रगतिलाई हेर्दै डिजिटल र सूचना युगलाई पार गर्ने प्रविधिमा एक आगामी क्रान्तिको भविष्यवाणी गर्दै श्री मोदीले निजामती कर्मचारीहरूलाई सर्वोत्तम सेवाहरू प्रदान गर्न र नागरिकहरूको आकांक्षालाई पूरा गर्न यो प्राविधिक क्रान्तिको लागि तयारी गर्न आग्रह गरे। भविष्यको लागि तयार निजामती सेवा निर्माणका लागि निजामती कर्मचारीहरूको क्षमतालाई बढ़ाउने महत्त्वलाई रेखाङ्कित गर्दै उनले यो लक्ष्य प्राप्त गर्न मिशन कर्मयोगी र निजामती सेवा क्षमता निर्माण कार्यक्रमको महत्त्वमाथि प्रकाश पारे।

प्रधानमन्त्रीले द्रुत गतिमा परिवर्तनशील समयमा वैश्विक चुनौतीहरूको नजिकबाट ध्यानमा राख्नुपर्ने आवश्यकतामा जोड दिए, उनले के कुरामाथि प्रकाश पारे भने खाद्यान्न, जल र ऊर्जा सुरक्षा प्रमुख मुद्दाहरू रहेको कुरामा जोड दिए, विशेष गरी ग्लोबल साउथका लागि, जहाँ जारी सङ्घर्षले कठिनाइहरूलाई बढाइरहेको छ, दैनिक जीवन र जीविकोपार्जनलाई असर गरिरहेको छ। उनले घरेलु र बाह्य कारकहरू बीचको बढ्दो अन्तरसम्बन्धलाई बुझ्नुको महत्त्वमाथि पनि जोड दिए। उनले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, महामारी र साइबर अपराधका खतराहरूलाई सक्रिय कार्वाहीको आवश्यकता पर्ने महत्त्वपूर्ण क्षेत्रहरूको रूपमा पहिचान गरे, भारतलाई यी चुनौतीहरूलाई सम्बोधन गर्न दस कदम अगाडि रहन आग्रह गरे। उनले यी उदीयमान वैश्विक मुद्दाहरूलाई प्रभावकारी ढङ्गमा सामना गर्नका लागि स्थानीयत रणनीति विकास गर्ने र लचिलोपन निर्माण गर्ने आवश्यकतामाथि बल दिए।

लाल किल्लाबाट शुरु गरिएको पञ्च प्राणको अवधारणालाई दोहोऱ्याउँदै एक विकसित भारतको लागि सङ्कल्प, दासताको मानसिकताबाट मुक्ति, सम्पदामा गर्व, एकताको शक्ति र कर्तव्यहरूको इमानदारीले पूर्तिमा जोड दिँदै श्री मोदीले टिप्पणी गरे कि निजामती कर्मचारीहरू यी सिद्धान्तहरूका प्रमुख वाहक हुन्। उनले भने, “हरेक चोटि जब तपाईं सुविधामा भन्दा इमानदारी, जडतामा नवाचार वा स्थितिमा सेवालाई प्राथमिकता दिनुहुन्छ, तब तपाईंले राष्ट्रलाई अगाडि बढाउन सक्नेहुनेछ।उनले निजामती कर्मचारीहरूमा आफ्नो पूर्ण विश्वास व्यक्त गरे। आफ्नो पेशेवर यात्राको शुरुआत गर्ने युवा अधिकारीहरूलाई सम्बोधन गर्दै उनले व्यक्तिगत सफलतामा सामाजिक योगदानको महत्त्व बारेमा प्रकाश पारे। उनले भने सबैले आफ्नो क्षमता अनुसार समाजलाई केही दिनुपर्ने टिप्पणी गरे। उनले निजामती कर्मचारीहरूको विशेषाधिकारमाथि जोड दिँदै उनीहरूले समाजमा महत्त्वपूर्ण योगदान दिन सक्ने अनि राष्ट्र र यसका जनताले प्रदान गरेको यो अवसरको अधिकतम सदुपयोग गर्न आग्रह गरे।

प्रधानमन्त्रीले निजामती कर्मचारीहरूका लागि सुधारहरूको पुन: कल्पना गर्नुपर्ने आवश्यकतामा जोड दिए अनि सबै क्षेत्रहरूमा द्रुत गति र विस्तारित सुधारको लागि आह्वान गरे। उनले बुनियादी ढाँचा, नवीकरणीय ऊर्जा लक्ष्य, आन्तरिक सुरक्षा, भ्रष्टाचारलाई समाप्त गर्ने, सामाजिक कल्याण योजनाहरू र खेल तथा ओलम्पिकसँग सम्बन्धित लक्ष्यहरू जस्ता प्रमुख क्षेत्रहरूलाई उजागार गरे तथा हरेक क्षेत्रमा नयाँ सुधारहरू कार्यान्वयन गर्न आग्रह गरे। उनले अहिलेसम्म हासिल भएका उपलब्धिहरूलाई अझ धेरै गुणा पार गर्नुपर्ने टिप्पणी गरे, जसले प्रगतिको लागि उच्च मानक स्थापित गर्न सक्नेछ। प्रधानमन्त्रीले प्रविधि सञ्चालित संसारमा मानवीय निर्णयको महत्त्वमा जोड दिए एवं निजामती कर्मचारीहरूलाई संवेदनशील बनिरहन, विपन्नहरूको आवाज सुन्न, उनीहरूको सङ्घर्षलाई बुझ्न र उनीहरूका समस्याहरूलाई समाधान गर्न प्राथमिकता दिन आग्रह गरे। आफ्नो सम्बोधनको अन्त्य गर्दै उनले नागरिक देवः भवःको सिद्धान्तलाई अतिथि देवः भवःको लोकाचारसँग तुलना गर्दै निजामती कर्मचारीहरूलाई आफूलाई केवल प्रशासकको रूपमा नभई विकसित भारतको शिल्पकारको रूपमा हेर्न आह्वान गरे, जसले समर्पण र करुणाका साथ आफ्नो जिम्मेवारीलाई पूरा गरे।

यस अवसरमा कार्मिक, लोक शिकायत तथा पेन्शन मन्त्रालयका केन्द्रीय राज्य मन्त्री डा. जितेन्द्र सिंह, प्रधानमन्त्रीका प्रधान सचिव - 2, श्री शक्तिकान्त दास, क्याबिनेट सचिव श्री टी. भी. सोमनाथन र प्रशासनिक सुधार तथा लोक शिकायत विभागका सचिव श्री वी. श्रीनिवास उपस्थित थिए।

 

पृष्ठभूमि

प्रधानमन्त्रीले सधैँ भारतभरिका निजामती कर्मचारीहरूलाई नागरिकहरूको हितका लागि आफूलाई समर्पित गर्ने, सार्वजनिक सेवाका लागि प्रतिबद्ध हुने र आफ्नो काममा उत्कृष्टताको दिशामा प्रयास गर्नका लागि प्रोत्साहित गरेका छन्। यस वर्ष, प्रधानमन्त्रीद्वारा जिल्लाहरूको समग्र विकास, आकांक्षी ब्लक कार्यक्रम र नवाचारका श्रेणीहरूमा निजामती कर्मचारीहरूलाई 16 पुरस्कार प्रदान गरिएको थियो। यसको माध्यमद्वारा उनीहरूलाई आम नागरिकको कल्याणको लागि गरिएको कार्यलाई सम्मानित गरियो।

 

******


(Release ID: 2123164) Visitor Counter : 10