सूचना तथा प्रसारण मन्त्रालय
वेभ्स 2025 - विषयवस्तु सङ्गीत प्रतियोगिता, क्रिएट इन इण्डिया च्यालेञ्जका विजेताहरूको घोषणा गरियो
Posted On:
11 APR 2025 6:34PM by PIB Gangtok
मुम्बई, 11 अप्रेल 2025
सूचना तथा प्रसारण मन्त्रालयले भारतीय सङ्गीत उद्योगको सहयोगमा आज विषयवस्तु सङ्गीत प्रतियोगिताका विजेताहरूको घोषणा गर्यो, जुन 32 वेभ्स - क्रिएट इन इण्डिया च्यालेञ्ज शृङ्खलामध्ये एक हो। पहिलो विश्व अडियो र भिडियो मनोरञ्जन शिखर सम्मेलन (वेभ्स 2025) 01 देखि 4 मई, 2025 सम्म मुम्बईमा आयोजना हुने तय गरिएको छ।

भारतका विविध सङ्गीत प्रतिभाहरूलाई अघि ल्याउनका लागि आयोजित यो प्रतियोगितामा देशभरिबाट सयौँ प्रविष्टिहरू प्राप्त भएका थिए। एक प्रतिष्ठित निर्णायक मण्डलले उनीहरूको मौलिकता, सङ्गीतात्मक र वेभ्स विषयवस्तुसित संरेखितको कठोर मूल्याङ्कनपछि 6 जना विजेतालाई चयन गर्यो।
प्रतियोगिताको लागि निर्णायक मण्डलमा भारतीय सङ्गीत उद्योगका प्रसिद्ध नामहरू सामेल थिए: सोमेश कुमार माथुर - हिन्दुस्तानी शास्त्रीय गायक र संरक्षक; सन्दीप बाक्चु - पार्श्व गायक तथा टलिउड अभिनेता; गुलराज सिंह - बलिवुडमा सङ्गीतकार र सङ्गीत निर्माता।
विषयवस्तु सङ्गीत प्रतियोगिताका विजेताहरू
स्थिति
|
नाम(हरू)
|
शहर
|
राज्य
|
विजेता
|
कुणाल कुण्डु र अल्लाप सरदार
|
कोलकाता
|
पश्चिम बङ्गाल
|
प्रथम उपविजेता
|
विवेक दुबे
|
मुम्बई
|
महाराष्ट्र
|
दोस्रो उपविजेता
|
भवगणेश थम्बिरन
|
कोयम्बटुर
|
तमिलनाडु
|
तेस्रो उपविजेता
|
जयनाथन आर
|
चेन्नई
|
तमिलनाडु
|
चौथो उपविजेता
|
जयनाथन आर
(दोस्रो संयोजन)
|
चेन्नई
|
तमिलनाडु
|
पाँचौँ उपविजेता
|
दीप राजेश डाबरे
|
पुणे
|
महाराष्ट्र
|
वेभ्सको बारेमा
मिडिया तथा मनोरञ्जन (एम एण्ड ई) क्षेत्रको लागि एक माइलखुट्टी कार्यक्रम, पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारले 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजना गर्नेछ।
चाहे तपाईँ उद्योगका पेशेवर हुनुहुन्छ, निवेशक हुनुहुन्छ, निर्माता हुनुहुन्छ वा नवप्रवर्तक हुनुहुन्छ भने पनि शिखर सम्मेलनले एम एण्ड ई परिदृश्यसित जोड्न, सहयोग गनर्र्, नवाचार गनर्र् र योगदान दिनका लागि अन्तिम वैश्विक मञ्च प्रदान गर्दछ।
वेभ्स भारतको रचनात्मक शक्तिलाई बढावा दिनका लागि तयार छ, जसले सामग्री निर्माण, बौद्धिक सम्पदा र प्राविधिक नवाचारको केन्द्रको रूपमा आफ्नो स्थितिलाई बढाउनेछ। फोकसमा उद्योग र क्षेत्र सामेल छन्, जसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, चलचित्र, एनिमेशन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि र सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सामाजिक मिडिया प्लेटफर्म, जेनेरेटिभ एआई, संवर्धित वास्तविकता (एआर), भर्चुअल वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।
प्रश्नहरू छन्? यहाँ उत्तर खोज्नुहोस्
पीआईबी टोली वेभ्सबाट नवीनतम घोषणाहरूसँग अद्यावधिक रहनुहोस्
आउनुहोस्, हामीसँग यात्रा गर्नुहोस्! वेभ्सको लागि अहिले नै पञ्जीकरण गर्नुहोस्
*****
पीआईबी टोली वेभ्स 2025 । निकिता/धनलक्ष्मी/परशुराम । 92
(Release ID: 2121194)
Visitor Counter : 16