कृषि मन्त्रालय र किसान कल्याण
azadi ka amrit mahotsav

केन्द्रिय मन्त्री शिवराजसिंह चौहानले काठमाडौंमा बिमस्टेकको तेस्रो कृषि मन्त्रीस्तरीय बैठकमा भारतको नेतृत्व गरे


कृषकहरूको सशक्तिकरणका लागि भारतले डिजिटल प्रविधि उपयोग गरी लक्षित उपाय कार्यान्वित गरिरहेको छ : शिवराजसिंह चौहान

बिमस्टेक सदस्य देशहरूलाई वेभ्स 2025 मा सहभागी बन्न चौहानको आह्वान

Posted On: 09 APR 2025 2:33PM by PIB Gangtok

केन्द्रिय कृषि एवं कृषक कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराजसिंह चौहानले काठमाडौं, नेपालमा आज बिमस्टेकको तेस्रो कृषि मन्त्री स्तरीय बैठकमा (बीएएमएम) भारतको नेतृत्त्व गरे। यस एकदिने कार्यक्रममा बङलादेश, भोटाङ, नेपाल, म्यानमार, थाइल्याण्ड अनि श्रीलङ्का लगायतका बिमस्टेक देशका कृषि मन्त्री अनि वरिष्ठ कृषि अधिकारीहरूले भाग लिए। यस बैठकले कृषि विकासको क्षेत्रमा बृहत्तर क्षेत्रीय सहयोगको अवसर प्रदान गरेको थियो।

विगतका दसकमा, बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक प्रगतिलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा बिमस्टेक स्थापित भएको छ। कृषि अनि खाद्य सुरक्षा बिमस्टेकको सहकार्यको केन्द्रिय क्षेत्र रहेको छ। क्षेत्रीय कृषि सहयोगलाई आकार दिने सर्वोच्च निर्णायक निकाय रहेको बीएएमएमको यो तेस्रो बैठक हो। पहिलो बीएमएम 12 जुलाई 2019 मा म्यानमारमा आयोजित भएको थियो, जसपछि दोस्रो बीएमएम 10 नोभेम्बर, 2022 मा भारतमा आयोजित गरिएको थियो। तेस्रो बीएमएममा, कृषि मन्त्रीहरूले मत्स्य पालन अनि पशुपालन लगायत बिमस्टेकको कृषि क्षेत्रमा अरू धेरै गति प्रदान गर्ने उपायहरूमाथि चर्चा गरे।

आफ्नो सम्बोधनमा केन्द्रिय मन्त्री शिवराजसिंह चौहानले छिमेकी प्रथमएक्ट ईस्ट पोलिसीको प्रमुख विदेश नीति प्राथमिकता पूरा गर्न बिमस्टेक भारतको निम्ति प्राकृतिक रोजाई रहेको बताए। बिमस्टेकसँग दक्षिण अनि दक्षिणपूर्व एशियासँग जोड्ने सम्भावना छ। हामीसँग साझा इतिहास अनि समृद्ध विरासत छ, जसले हामीलाई प्राकृतिक साझेदार बनाउँदछ, मन्त्री चौहानले बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्त्वमा भारतले कृषकहरूलाई प्रत्यक्ष लाभ अन्तरण, संस्थागत ऋणसम्म सुगम्यतामा सुधार, माटोको स्वास्थ्य कार्ड, राष्ट्रिय खाद्य सुरक्षा मिशन, फसल बीमा, महिलाहरूलाई ड्रोन प्रदान गर्ने नमो ड्रोन दिदी योजना जस्ता लक्षित उपायहरू कार्यान्वित गरिरहेको मन्त्री चौहानले उल्लेख गरे। यसका साथसाथै पर्यावरणको सुरक्षा र माटोको स्वास्थ्यमाथि ध्यान केन्द्रित गर्दै जैविक खेती अनि प्राकृतिक खेती पनि प्रोत्साहित गरिरहेको उनले अवगत गराए।

बिमस्टेकभित्र कृषि सहयोगलाई सुदृढ बनाउने भारतको प्रतिबद्धता दोहोऱ्याउँदै, बिउ विकास, पशु स्वास्थ्य अनि कीरा प्रबन्धनको क्षेत्रमा प्रशिक्षण अनि कार्यगोष्ठी आयोजन गरी भारतले बिमस्टेक कृषि सहयोग (2023-2027) अन्तर्गत पहल शुरु गरिसकेको पनि उनले जानकारी दिए। भारतमा एमएससी र पीएचडीका लागि बिमस्टेक सदस्य राष्ट्रका विद्यार्थीहरूलाई पूर्ण वित्तपोषित बिमस्टेक छात्रवृत्ति प्रदान गरिरहेको छ। यसले क्षेत्रको कृषि विधामा क्षमता निर्माणलाई बढाउने दिशामा हाम्रो सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ भनी उनले बताए।

बिमस्टेक देशहरूबीच सहकार्यलाई अझ प्रबल बनाउन, “बिमस्टेक कृषि सहयोग उत्कृष्टता केन्द्रभारतमा स्थापित गर्न पनि प्रस्तावित गरिएको छ। यस केन्द्रले कृषि अनि सम्बन्धित क्षेत्रमा समयबद्ध तरिकाले बिमस्टेकको विभिन्न प्रतिबद्धतालाई समाधान अनि परिचालन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। यस केन्द्रले सटीक कृषि, जलवायु जोखिमको न्यूनिकरण, प्राकृतिक खेती, लैङ्गिक समानता तथा कृत्रिम बुद्धिमतामाथि ध्यान केन्द्रित गर्नेछ। यसले क्षेत्रमा खाद्य सुरक्षा, पोषण अनि आजीविका सुरक्षा सुनिश्चित गर्न ड्रोन, डिजिटल प्रविधि लगायतका उदीयमान प्रविधिमाथि ज्ञान अनि कौशल साझेदारी गर्ने मञ्चका रूपमा काम गर्नेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मनोरञ्जन, रचनात्मकता अनि संस्कृतिको संसारलाई एक साथ ल्याउने लक्ष्यका साथ दिसम्बर 2024 मा विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन 2025 घोषणा गरेको पनि केन्द्रिय मन्त्री चौहानले अवगत गराए। यसले सामग्री सर्जकका लागि रचनात्मकता एवं प्राविधिक नवाचारको शीर्ष मञ्चका रूपमा काम गर्दै ज्ञानको विनिमय सुगम बनाई विश्वभरीका मिडिया एवं मनोरञ्जन उद्योगका दिग्गजहरूसँग अर्थपूर्ण सहकार्यको निम्ति अवसर प्रदान गर्नेछ। मुम्बईमा 1 देखि 4 मई, 2025 सम्म आयोजित हुने यस कार्यक्रममा भाग लिन उनले बिमस्टेक सदस्य देशहरूलाई पनि अपील गरे।

बिमस्टेक देशहरूद्वारा छैटौं बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक कृषि सहकार्य सुदृढिकरणका लागि कार्ययोजनातो (2023-2027) प्रभावी कार्यान्वयन गर्न देखाइएको तत्परताप्रति पनि उनले आभार व्यक्त गरे। क्षेत्रका मानिसहरूको आजीविकामा सुधार ल्याउन र खाद्य सुरक्षा सुनिश्चित गर्न मत्स्य पालन एवं पशुपालनको वहनीय विकासका लागि सहकार्य बढाउने मार्गदर्शनको निम्ति पनि उनले आभार व्यक्त गरे। खाद्य सुरक्षा, जलवायु अनुकूलन तथा क्षेत्रमा कृषिलाई वहनीय बनाउने प्रयासमा बिमस्टेक केन्द्रिय रहेको उल्लेख गर्दै यी प्रयासहरूमा भारतको प्रतिबद्धता दोहोऱ्याउँदै उनले आफ्नो सम्बोधन समापन गरे।

*******


(Release ID: 2120387) Visitor Counter : 21